content stringlengths 20 64.1k ⌀ |
|---|
रासस काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो।, बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामं... |
सुदीप श्रेष्ठ मंगलबार राति सवा ७ बजे बिक्रम बुढाथोकीको फोन आयो।, ‘तपाईंले खोज्नुभएको दिदी भेटिनुभयो नि?’, ‘ल गज्जब भयो, तपाईंले उहाँको मोबाइल नम्बर माग्नुभयो त?’, ‘छैन सर,’ उनले जवाफ दिए, ‘अहिले दिदी मैसँग हुनुहुन्छ।’, ‘ओहो! खोइ दिनू त दिदीलाई।’, ‘ल कुरा गर्नुस् है,’ बिक्रमले यति भनेपछि चार सेकेन्ड मोबाइलमा क्यारक्यार... |
युवराज श्रेष्ठ पोखरा महानगरका सडकबाट पार्किङ शुल्क असुल्ने ठेकेदार कम्पनीले सम्झौताअनुसार महानगरलाई किस्ता रकम नबुझाएको पाइएको छ।, कम्पनीले ठेक्का सम्झौताता भएपछि पहिलो किस्ता बुझाए पनि तीन किस्ता बुझाउन बाँकी रहेको महानगरका लेखा प्रमुख जयराम पौडेलले जानकारी दिए।, पौडेलका अनुसार ठेकेदार कम्पनीले तीन किस्ता गरी १ करोड ... |
पूर्णप्रसाद मिश्र बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन। मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन।, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरू गरिएको आठ दिन पूर... |
सेतोपाटी संवाददाता झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि ... |
सेतोपाटी संवाददाता आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।, आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आं... |
रासस विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख रूपैयाँ जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ।, मंसिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो।, सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चि... |
रासस पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् ।, काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ ।, गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लाग... |
सेतोपाटी संवाददाता लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट दुई महिनाको अवधीमा ६१ लाखभन्दा बढी रकम संकलन भएको छ।, यसअघि गत असोज ३० गते तीन महिना संकलन भएको दानपेटिकाबाट २७ लाख १८ हजार रकम गणना भएको थियो।, यसपटक दुई महिनामै ६१ लाख २० हजार ८ सय ६ रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।, लुम्बिनी वि... |
सेतोपाटी संवाददाता प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ। अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ।, कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन्।, आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासी... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएक... |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले मंसिर २४ देखि मंसिर २९ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, हेर्नुहोस् तस्बिरहरू, लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्... |
डा.अमृता श्रेष्ठ सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ। , उमेर पुगेपछि कपाल फुल्नु स्वभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ। ... |
सेतोपाटी संवाददाता बैतडीमा २१ वर्षीया माया लुहारको हत्या गरेको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। , अनुसन्धान सकेर सोमबार जिल्ला अदालत बैतडीमा प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। , ‘पर्सीसम्म प्रतिवेदन पुरा गरेर अदालतमा पठाउछौं, घाइतेको घटना विवरण... |
सेतोपाटी संवाददाता रामेछापमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। , उमाकुण्ड गाउँपालिका-७ एकराते छागा स्थित दुरागाउँबाट भुजितर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। , शनिबार दिउँसो पौने १२ बजे बा ११ च ७५९१ नम्बरको गाडी आफैं अनियन्त्रित भई सडकब... |
युनिक श्रेष्ठ काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , तार्केश्वर नगरपालिका-६ पुशलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, पक्राउ पर्नेमा तार... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले डोटीका भूकम्प पीडितलाई १० लाख सहयोग प्रदान गरेको छ।, महानगरले विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गरेको हो। , कात्तिक २३ गते गएको भूकम्पले त्रिपालमा रात काट्न बाध्य भएपछि सहयोग माग्दै पीडितहरू महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेट्न गएका थिए। यसरी पीडितह... |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई डिजिटल सुविधा दिने उद्देश्यले नयाँ एप्स लन्च गरेको छ।, केही सानो काम पर्दा पनि वडामै धाउन पर्ने प्रणालीको अन्त्य गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका डिजिटल सुशासन एप्स ‘काठमाडौं मेट्रोपोलिटन’ लन्च गरेको महानगरपालिकाका सूचना प्रविधि विभाग प्रमुख नवराज ढकालले जानका... |
सेतोपाटी संवाददाता बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। , शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको हो। बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको हत्या भएको हो। , उनको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। उनको हत्या गरेको आरोपमा प्रहरीले ब... |
सेतोपाटी संवाददाता पत्रकार महासंघ कैलालीले सदस्यता लिएर पेशागत रुपमा सक्रिय नरहेका पत्रकारलाई हटाउने भएको छ। , शनिबार धनगढीमा सम्पन्न भएको साधारण सभाबाट सदस्यता शुद्धिकरण गर्ने निर्णय गरिएको हो।, असहज परिस्थितिमा महासंघलाई सहयोग गर्ने कतिपय सदस्यलाई स-सम्मान विदाइ गर्ने, केहीलाई मानार्थ सदस्यता दिने र केहीको सदस्यता न... |
सेतोपाटी संवाददाता जंगली हात्तीको आक्रमणबाट चितवनका एक वृद्धाको मृत्यु भएको छ।, भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौली मेघौलीकी ७० वर्षीया भागिरथी सुवेदीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी सुवेदीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी व... |
रासस बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ।, नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा १ ञ २४३८ नम्बरको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए।, उनकाअनुसार भ्यानको ठक्कर... |
रासस गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्षकी भइन्।, यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यही उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्।, उनले तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन्। बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बज... |
रासस न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा प्रदेश नम्ब... |
सबिना श्रेष्ठ बेलायती चित्रकार हेनरी एम्ब्रोस ओल्डफिल्डले सन् १८५५ मा भग्नावशेषमा परिणत कीर्तिपुरको चित्र बनाएका थिए।, जलरङमा बनाएको उक्त चित्रमा ठूटो मात्र बाँकी उमामहेश्वर मन्दिरको स्वरूप अनि भत्किइसकेको दरबारको अवशेष देख्न सकिन्छ। , कीर्तिपुरबारे बताउँदै ओल्डफिल्डले चित्रमा लेखेका छन्- कीर्तिपुर कहिल्यै व्यापक सहर ... |
सेतोपाटी संवाददाता बैतडीमा एक जना शिक्षक मृत फेला परेका छन्।, पाटन नगरपालिका– ६ को कुष्ण माध्यमिक विद्यालयमा कार्यरत अन्दाजी ५० वर्षीय धनबहादुर विष्ट मृत फेला परेका हुन्।, उनी शनिबार दिउँसो कार्यरत विद्यालय नजिकै पाटन बहुमुखी क्याम्पसको होस्टेलमा मृत फेला परेका हुन्।, विष्ट सोही होस्टेलमा बस्दै आएका थिए। उनको घर बैतडी... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। , बुधबार ३८ औं महानगर दिवसको उपलक्ष्यमा महानगर र नेपाली सेनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको महानगरपालिकाले जनाएको छ। , शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउ... |
रासस विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए। नजिकै पिपल चौतारा र मन्दिर। अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो।, लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए। शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त ... |
सेतोपाटी संवाददाता काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो। दुर्घटनामा घाइते २१ जनाको उपचार जारी छ। एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बसमा ३९ यात्रु सवार थिए।, बा ३ ख ४३८५ नम्बरको उक्त बस बेथानचोक-५ स्थित च्याल्टी पुगेर बनेपा नगरपालिका-११ फर्किँदै गर्दा द... |
सेतोपाटी संवाददाता श्रीमतीमाथि घरेलु हिंसा र दाइजो लिएको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार राती डाक्टर पंकज चौधरीलाई रामगोपालपुरस्थित उनको घरबाट पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। , उनी र महोत्तरीकै औराहीकी नेहा चौधरीको ९ महिनाअघि विवाह भएको थियो। उक्त विवाहम... |
सेतोपाटी संवाददाता रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पराल, प्लाष्टिक तथा घाँसपात जलाउन स्थानीयलाई प्रतिबन्ध लगाएको छ।, नगरका विभिन्न क्षेत्रका खेत खलियान तथा खाली जग्गामा फाँडिएको झाडी, धानको बोटको जरा, पराल तथा प्लाष्टिकजन्य फोहोर जलाउँदा वातावरण प्रदुषित भएको तथा जनस्वास्थ्यमा असर परिरहेको भन्दै यस्ता वस्तुहरू नज... |
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वर ४ मा टिपरको ठक्करपछि सविन फुयालको हत्या गरिएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।, दोषीमाथि कारबाहीको माग गर्दै त्रिचन्द्रका विद्यार्थीहरूले आज प्रदर्शन गरेका हुन्। , त्रिचन्द्र क्याम्पस पढ्ने विद्यार्थी सविनलाई गत मंसिर २५ गते टिपरले ठक्कर दिएको थिय... |
सुदीप श्रेष्ठ पछिल्ला केही दिनमा काठमाडौं महानगरका प्रहरीले सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका ठेला लखेटी लखेटी खोसिरहेका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।, तरकारी बेच्ने, खानेकुरा बेच्ने, खिद्रीमिद्री सामान बेच्ने यी साना र निर्वाहमुखी व्यवसायीमाथिको धरपकडको भिडिओ त हामीले देखेका छौं। तर उनीहरूलाई देखेका... |
सेतोपाटी संवाददाता काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, बिहीबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठाडो भर्याङमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। , बा.१ प ७६३ नम्बरको पर्यटक बसले बाग्मती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट सिन्धुल... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले आपराधिक घटनामा दोषी ठहर भई सजाय भोगिरहेकालाई उन्मुक्ति दिन ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ।, बुधबार आयोगले आपराधिक घटनाका दोषी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई उन्मुक्ति दिन ल्याइएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले... |
नवीनबाबु गुरूङ काठमाडौं महानगपालिकाले २८ औं महानगर दिवस मनाएको छ। , बसन्तपुर डबलीमा आयोजित २८ औं काठमाडौं महानगर दिवसको उपलक्ष्यमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो। , उक्त कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरी, ललितपुरका मेयर चिरीबाबु महर्जन र काठमाडौं- २ की नव... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकैपटक आठ हजार ४८८ जना जवानको सरूवा गरेको छ। , सरुवा गर्न केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको थियो।, सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सहा... |
सविना कार्की राम्रा सामुदायिक स्कुल, काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौं महानगरपालिकाको 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत वडा नम्बर १३ को नमूना स्कुल हो।, यो स्कुलमा हाल साढे चार हजार विद्यार्थी छन्। पाँचवटा आकर्षक भवन छन्। सबै कक्षाकोठामा विद्यार्थी खचाखच छन्। शैक्षिकसँगै व्यावहारिक सिकाइ र उच्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ।, महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ।, महानगरले आज (मंसिर २९ गते) २८ औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ।, ‘काठमाडौं महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वड... |
रासस सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।, ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।, ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई बयलवासबा... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा मानसिक समस्यामा रहेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मानसिक रूपमा अशक्त १७ वर्षीया किशोरीलाई ७ महिनासम्म बलात्कार गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना... |
रासस भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सुनका गरगहना चोरी भएको छ।, यहाँ डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ का ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको हो।, महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फ... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिएका छन्।, बुधबार र बिहीबार गस्तीमा गएको टोलीले एक भाले र एक पोथी गैंडा मृत भेटेको निकुञ्जले जनाएको छ। , चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार अमलटारी सेक्टरको कुजौली रेञ्जपोष्टअन्तर्गत नारायणी नदीको किनारमा ५ महिनाको भाले (केटो... |
सेतोपाटी संवाददाता काठमाडौंको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको ह... |
सेतोपाटी संवाददाता विश्वकप फुटबलमा सट्टाबाजी गराएको आरोपमा अर्का एक एजेन्ट पक्राउ परेका छन्। , बेटिङ एप वान एक्स बेट लगायत एपमार्फत् सट्टाबाजी गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौं मह... |
रासस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसदमा पेश गर्न समिति गठन गरिएको छ।, मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी एकीकृत ऐन कानुन तर्जुमा समिति गठन ग... |
सेतोपाटी संवाददाता शुक्रबार प्रदेश १ का पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज (शुक्रबार) देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली रहनेछ। यस्तै, तराईका भू–भागमध्ये केही ठाउँमा हुस्सु कुहिरो लाग्ने र बाँकी भूभागमा मौसम सामान्यतया सफा र... |
सेतोपाटी संवाददाता राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको चंखेली गाउँपालिकासम्म अब मुगु हुँदै सवारी साधन चल्ने भएका छन्।, मुगुको सदरमुकाम गमगढीबाट हुम्लाको चंखेली गाउँपालिका जोड्ने सडक निर्माण भएर सञ्चालनमा आएको हो।, गमगढीदेखि चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण भएर सञ्चालनमा आएको हो।, निर्माण भएको... |
रासस वन तथा वातावरण विभागले प्रदूषण जाँच नगरी सञ्चालन भएका सवारीसाधनलाई आज पुस १ गतेदेखि रु एक लाख जरिवाना गर्ने भएको छ।, विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह ... |
सेतोपाटी संवाददाता जाजरकोटमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।, जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए।, वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रद... |
सेतोपाटी संवाददाता नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने भएका छन्।, सामाजिक सञ्जाल ट्विटरमा उनले आफू यात्रामा निस्किसकेको जानकारी दिएका छन्।, I am on a bike🚴trip to Dhaka, capital of 🇧🇩, from Kathmandu through 🇮🇳. During the journey, I plan to cover 850 km... |
सेतोपाटी संवाददाता धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुरकी २८ वर्षीया अमृता यादवको हत्या उनका श्रीमानले नै गरेको खुलेको छ।, सोमबार बिहानै ४/५ बजेतिर उनका श्रीमान वीरेन्द्र यादवले बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, ‘बिहानै चिया पकाउन भन्दा उनले मानिनन्। ३/४... |
सेतोपाटी संवाददाता जाजरकोटमा जीप दुर्घटनामा परेको छ।, सोमबार दिउँसो ४ बजेतिर कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटनामा परेको हो।, छेडागाड नगरपालिका–५ भीरपाटीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, दुर्घटनामा क्षतिको यकिन विवरण आइसकेको छैन।, स्थानीयस्तरमा रहेको प्रहरी र जिल्ला प्रहरी कार्य... |
भगवती पाण्डे आफ्नै श्रीमानको हत्या आरोपमा प्रहरीले अर्घाखाँचीमा एक महिलालाई पक्राउ गरेको छ।, छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका चुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले उनकै श्रीमानको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।, प्रहरीका अनुसार गत मंसिर २४ गते लक्ष्मीका श्रीमान बलबहादुर सार्की घरभित्रै मृत अवस्थामा फेला परेका थि... |
सेतोपाटी संवाददाता चितवनमा विवाह भोज खाएका पाँच सय जना एकसाथ बिरामी परेका छन्।, भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका उनीहरू बिरामी परेका हुन्। बिरामी भएकामध्ये ३० जना भन्दा बढी उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन्।, अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभ... |
सेतोपाटी संवाददाता फलफूलमा लुकाएर प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर पुर्याउने महिला पक्राउ परेकी छन्। , केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का २२ वर्षीय अशोक खड्का लागुऔषधसहित पक्राउ परेका थिए।, उनलाई प्रहरीले हिरासतमा राखेर लागुऔषध मुद्दा चलाई अनुसन्धान जारी राखेको थियो।, यही क्रममा सोमबार बिह... |
नारायण खड्का बुधबारदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङबाटै औपचारिक रूपमा सबै काम सुरू हुने भएको छ। , मुख्यमन्त्री कार्यालयमा झण्डोत्तोलन गरी विधिवत रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यान्वयन भएको घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। , प्रदेश सरकारले झण्डोत्तोलन कार्यक्रम गर्ने जिम्मा आन्तरिक मामिला ... |
सेतोपाटी संवाददाता ट्याक्टर दुर्घटनामा परि सहचालकको मृत्यु भएको छ। , दाङको दंगीशरण गाउँपालिका-६ का १७ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , गाउँपालिकाको वडा नं. ३ बबई नदीको एकलीबाट ढुंगा बोकेर सिमठानातर्फ जाँदै गरेको रा १ ब ४५३३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सोमबार राति ८ बजेतिर दुर्घटनामा परे... |
रासस विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ। डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो।, वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबान... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकास्थित सुन्धारामा पानी झार्न तत्कालीन समयमा काठबाट बनाइएको संरचनामा डोजर लगाएर क्षति पुर्याइएको छ।, सुन्धारामा पानी झार्न तत्कालीन समयमा काठबाट बनाइएको संरचनामा आइतबार पूर्ण रूपमा डोजर लगाई क्षति पुर्याइएको काठमाडौं महानगरपालिका २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।, उ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ।, मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ। , हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु ... |
सेतोपाटी संवाददाता जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाका अनुसार उपचारका लागि लगिएका थप एक घाइते जयलाल अधिकारीको पनि बाटोमै मृत्यु भएको छ।, छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको... |
भगवती पाण्डे निर्माण सम्पन्न भएर पनि सञ्चालन कार्यविधि नबन्दा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगमा आउन सकेको छैन।, बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा बनेको सुविधा सम्पन्न सम्मेलन केन्द्र प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ ११ गते एक समारोहमा उद्घाटन गरेका थिए।, बुटवलमा ठूला गोष्ठी, सेमिन... |
सेतोपाटी संवाददाता काठमाडौंको तार्केश्वर नगरपालिका-३ तीनपिप्लेमा एक युवकको शंकास्पद मृत्यु भएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तीनपिप्लेका अन्दाजी २३ वर्षीय सविन फुयालको मृत्यु भएको हो। मृतकका आफन्त तथा स्थानीयले उनको हत्या भएको बताएका छन्। , आइतबार राति तीनपिप्लेमा ठूलो आवाज आएको भन्दै प्रहरीलाई रिपोर्टिङ... |
सेतोपाटी संवाददाता काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या भएको छ। , तार्केश्वर नगरपालिका-६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। उनको शव सोही नगरपालिकाको वडा ३ मा रहेको पाखावनमा शव फेला परेको हो। , घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलको खोंचमा उनको शव मंसिर २२ गते फेला परेको हो। ,... |
सेतोपाटी संवाददाता ३६३ किलो गाँजा बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। , पर्सा ठोरी गाउँपालिका-३ स्थित ठुटेखोला इलाकाबाट सोमबार उक्त मात्राको गाँजासहित ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो। , सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठो... |
राजेश घिमिरे चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा बन्दै गरेको एउटा भव्य भवनको अगाडि दर्जनौं मान्छेहरू फोटो खिचाउँदै थिए। उनीहरू कोही सेल्फी खिच्न, कोही टिकटक बनाउनमा मस्त देखिन्थे।, उनीहरूमध्ये कसैलाई पनि थाहा थिएन यो कसले, कुन प्रयोजनका लागि बनाएको भवन हो। न त वरपरका स्थानीयलाई नै यसबारे धेरै कुरा थाहा रहेछ। पदमपुर... |
सेतोपाटी संवाददाता मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष विजयकुमार दत्तले बताए।, मधेशी आयोगले गरेको निर्णय का... |
सेतोपाटी संवाददाता कालिकोटमा जेसिबी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। , त्रिवेणी गाउँपालिका-१ स्थित कर्णाली नदीमा गत शनिबार फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना भएको थियो। उक्त दुर्घटना हुँदा तीन जना बेपत्ता भएका थिए। , ती मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको... |
सेतोपाटी संवाददाता कतारमा जारी विश्वकप २०२२को खेलमा बेटिङ गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना एजेन्टलाई पक्राउ गरेको प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको सानेपा बस्ने २० वर्षीय... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) हरूले सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन अपिल गरेका छन्।, सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी ल्याएको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ।, राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी रहेक... |
सेतोपाटी संवाददाता कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ।, तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले विसं २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।, सर... |
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको पहिचान खुलेको छ।, प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्... |
सेतोपाटी संवाददाता सिराहामा एक जना महिलाको हत्या भएको छ। , मंगलबार दिउँसो ३ बजे जंगलमा घाँस काट्न गएकी एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। , मृत्यु हुनेमा मिर्चौया नगरपालिका-१ की ३० वर्षीया लक्ष्मीनियाँ कापर छिन्।, डिएसपी बुढाथोकीका अनुसार उनी दिउँसो घाँस काट्न गएकी ... |
सेतोपाटी संवाददाता मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।, धनुषाको विदेह नगरपालिका-९ इटहर्वा स्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।, उनलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मु... |
सेतोपाटी संवाददाता काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक- ५ स्थित च्याल्टी पुगेर ... |
सेतोपाटी संवाददाता नेपाल स्काउटले लैनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ।, यो जग्गा खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत भोगचलन गर्दै आएको स्काउटको भनाइ छ।, ‘मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९ बमोजिम ३५ दिनभित्र स्थान खाली गरी, बाँकी रहेको हरहिसाबसमेत हरफार गरी, नेपाल स्काउ... |
रासस अर्घाखाँचीमा 'हामी सादा पोशाकमा खटिएका प्रहरी हौं' भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताए।, उनीहरूले सन्धिखर्क नग... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको छ।, मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः ब... |
डा. प्रभात चन्द्र ठाकुर मानिसको रूद्रघन्टीको तल रहेको एउटा ग्रन्थी थाइरोइड हो। यसले उत्पादन गर्ने हर्मोनलाई थाइरोइड हर्मोन भनिन्छ। यसै ग्रन्थीमा देखिने समस्या र यसले उत्पादन गर्ने हर्मोनको सन्तुलन बिग्रिएमा थाइरोइडसम्बन्धी रोग लाग्छ ।, थाइरोइड हर्मोनको उत्पादन बढी भए पनि र कम भए पनि समस्या हुन्छ। बढी भएमा हाइपर थाइरोड... |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले मंसिर १७ मंसिर २३ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्डको जंगलबाट बाब... |
सेतोपाटी संवाददाता मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ। तर पनि उपत्यकावासीहरु हर्षित छैनन्।, पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए। मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन्।, लामो लाइन लागेर सार्वजनिक धारोहरुमा पानी थाप्ने मा... |
चन्द्र काफ्ले सात वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका ३५ वर्षीय युवाका लागि सिड्नीमा आफ्नै व्यवसाय गर्नु कल्पनाको कुरा मात्र थियो।, गुल्मीका विनोद कुँवरले त्यो कल्पना साकार गरेका छन्। आज उनी सिड्नीमा बसोबास गर्ने नेपाली समुदायमाझ एक सफल व्यवसायीका रूपमा चिनिन्छन्।, उनी अस्ट्रेलिया आउँदा १८ लाख रूपैयाँभन्दा बढी... |
सेतोपाटी संवाददाता नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन्। , शनिबार बिहान करिब ८ बजेतिर उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार स्थित घरमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए। , उनी झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए। उनी बिहान झुन्डिएको अवस्थ... |
सेतोपाटी संवाददाता कर्णाली करिडोरको कालीकोट खण्डबाट कर्णाली नदिमा जेसिबी खस्दा दुई जनाको मृत्यु भएको छ।, शनिबार दिउँसो साढे १ बजे कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ। , दुर्घटना हुँदा सान्नीत्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र वडा नम्बर २ का १६ व... |
सेतोपाटी संवाददाता डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ।, शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो। , स्थानीयले शनिबार दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए।, प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो।, मृतकको शव पोष्टमर्टमका लागि अस्पतालमा ... |
सेतोपाटी संवाददाता गोरखा र लम्जुङको सीमा भई बगेको चेपे नदीमा निर्माणाधीन ७ मेगावाट क्षमताको चम्पादेवी जलविद्युत आयोजनाको कार्यालय स्थानीय किसानहरूले तोडफोड गरेका छन्।, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा किसानहरूले तोडफोड र आगजनी गरेको गोरखा प्रहरीले जनाएको छ।, आयोजनामा पानी लैजादा आफू... |
सेतोपाटी संवाददाता काठमाडौंको हलचोकमा कन्टेनर गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। , शनिबार दिउँसो काठमाडौं महानगरपालिका-१५ हलचोकमा कन्टेनर गाडीले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, ग.२ ख ६१० नम्बरको कन्टेनरले बा.प्र.-०२-०२२ प १८१२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा वीरगंज महानगरपालिका-११ का ४५ वर्षीय सुवास ... |
सेतोपाटी संवाददाता पुलबाट मोटरसाइकल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. २ स्थित बालिमखोलाको पुलबाट मोटरसाइकल सँगै खसेका यादव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार अन्दाजी ३२ वर्षीय चौधरी गएराति मोटरसाइकलसहित पुलदेखि खसेका हुन... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो। यो हालसम्म यो वर्षकै सबैभन्दा कम हो।, हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। , यो सँगै काठमाडौं उपत्यकासहित देशभ... |
सेतोपाटी संवाददाता यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार पुरस्कारबाट गौरी शंकरलाल दास पुरस्कृत भएका छन्।, राष्ट्रिय मानव अधिकार आयोगले शनिबार गरेको एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारकर्मी गौरीशंकरलाललाई एक लाख रूपैयाँ रासीको उक्त पुरस्कार प्रदान गरेका हुन्।, मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण योगद... |
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्।, बाँके, बर्दिया, दाङ र रोल्पा कार्य क्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयर... |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। , आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्... |
सेतोपाटी संवाददाता १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , गुल्मी मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। , दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको... |
सेतोपाटी संवाददाता काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु भएको छ। , नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ६६ वर्षीया तुलसाकुमारी कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। , उनको आफ्नै घरको पानी भरिएको ट्यांकीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।, ट्यांकीमा डुबेकी उनलाई मनमोहन मेमोरियल अस्पतालमा ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं टोखा नगरपालिका-१० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र पोखरा महानगरपालिका-१७ का ६१ वर्षीय विश्वकुमार गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए।, आइत... |
सेतोपाटी संवाददाता आइतबार टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा नीलो रंगको कोट-पेन्ट र सेतो सर्ट लगाएका केही युवा-युवतीहरू देखिए। , त्यहाँ भएकाहरूमध्ये ६ जना उक्त सरकारी पोशाकमा र दुई जना सामान्य पोशाकमै थिए। उमेर हेर्दा १९ देखि ३० वर्षसम्मका थिए। , ती आठै जना युवायुवतीको हातमा हतकडी लगाइएको थियो।, प्रहरीले उनीहरू... |
नारायण खड्का व्यक्तिगत सम्बन्ध र चिनजानका आधारमा महिला प्रयोग गरी एक व्यक्तिबाट लाखौं असुल्न खोज्ने तीन जना पक्राउ परेका छन्। , दाङको गढवा गाउँपालिका वडा नं. ६ माइती घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ दशरथ टोल बस्दै आएकी ३५ वर्षीया कृष्णी गहतराज (विश्वकर्मा), घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका २७ वर... |
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले सट्टाबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। , विभिन्न गेममा अनलाइन सट्टाबाजी गरेको आरोपमा एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।, पक्राउ पर्नेमा भारत घर भई नरदेवी बस्दै आएक... |
सेतोपाटी संवाददाता धारिलो हतियार प्रहार गरे धनुषामा एक महिलाको हत्या भएको छ।, बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज विहान हत्या भएको हो।, हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको छ।, उनका श्रीमान वीरेन्द्र यादवले आज ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.