content stringlengths 20 64.1k ⌀ |
|---|
रासस एसियाली राजमार्गअन्तर्गत पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा निर्मित ६ लेनको नयाँ पुल आइतबारदेखि सञ्चालन भएको छ। काँकडभिट्टाबाट भारत पश्चिम बङ्गालको पानीटङ्की नाकासँग जोड्ने मेची नदीमा निर्माण गरिएको ‘मितेरी पुल’का रूपमा परिचित नयाँ पुल पाँच सय ७५ मिटर लामो रहेको छ।, डेढ वर्षअघि नै निर्माण कार्य सम्पन... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ।, मेयर चिरीबाबु महर्जनले महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताए।, ‘छिटोभन्दा छिटो स्वास्थ्य बीमा गराएर कार्यान्वयन गर्नुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी यो कार्यक्रम लागू हुन्छ,’ उनले भने।, महानगरका प्... |
खेमराज गौतम बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ। अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ। स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको छ भने ‘एक घर, एक धारा’ निर्मा... |
सेतोपाटी संवाददाता खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले बिरोध गरेको छ । , काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताले सोमबार महानगरको निर्णय बिरूद्धमा बिरोध गरेका हुन्। , उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बा... |
सेतोपाटी संवाददाता बाँकेमा तीन युवामाथि खुकुरी प्रहार गरेको आरोपमा चार युवा पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का २९ वर्षीय विनय भण्डारी, वडा नं. ६ का ३१ वर्षीय तासे भनिने प्रकाश थापा, राप्ती सोनारी–२ का ३१ वर्षीय नारायण डाँगी र बैजनाथ–५ का २९ वर्षीय प्रकाश रसाइली भनिने तुलसीराम सुनारलाई प्रहरीले ... |
सेतोपाटी संवाददाता भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ।, गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरीको मृत्यु भएको हो। , आइतबार राति कामका लागि उत्तराखण्डको मेरठमा बस्दै आएका उनीहरू कोठामा रेलमा... |
सेतोपाटी संवाददाता बारामा लोड गरिएको पेस्तोलसहित एक जना पक्राउ परेका छन्। , पचरौता नगरपालिका-४ गुलरिया सीमा इलाकाबाट आइतबार कम्मरमा पेस्तोल बाँधेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मोतिहानी १६का ... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा एक जनामाथि खुकुरी प्रहार गरी हत्या भएको छ। , हत्या आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। , पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको हत्या भएको हो। उनीमाथि गत शनिबार खुकुरी प्रहार भएको थियो। , सोही ठाउ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत पुस ६ गते वेबसाइटमा एउटा सूचना राखेको छ- मानिस पहिचानसम्बन्धी।, फोटोसमेत राखिएको उक्त सूचनामा करिब ३५/४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरूषलाई कसैले देखे वा पहिचान गरेमा खबर गर्न भनिएको छ।, ती व्यक्तिलाई पहिचान गरी सबैभन्दा पहिले खबर गर्ने व्... |
सेतोपाटी संवाददाता कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयहरूले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन्। , सोमबार कोटेश्वर महादेव स्थानका स्थानीयहरू अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत् आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्वर महादेवस्थान क्षेत... |
सेतोपाटी संवाददाता ३५ वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ। , जिल्ला प्रहरी कार्यालय काठमाडौंले ३५ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा काठमाडौं साबिक तीनथाना गाविस-४ हाल चन्द्रागिरि नगरपालिका-१५ का ६०... |
सेतोपाटी संवाददाता काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले खुकुरी प्रहार गर्ने ३ जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन गरेको छ।, गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र विद्यार्थीहरूले खुकुरी प्रहार गरेका थिए।, खुकुरी प्रहार गर्न संलग्न रहेका विद्यार्थीहरू ... |
सेतोपाटी संवाददाता देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै तराईमा हुस्सु र कुहिरो लागिरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।, प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई... |
सेतोपाटी संवाददाता जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।, छ महिनाअघि जापान पढ्न गएका धनकुटाका अनिश कटवालको मृत्यु भएको हो।, घटना अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भ भएको दिनको (पुस १७ गतेको) हो। उनी आफ्नै कोठामा मृत फेला परेका थिए।, कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने भाडा) मा डुबेर उनको मृत्यु भएको ... |
मनिका विश्वकर्मा लैंगिक तथा अल्पसंख्यक समुदायका कथा, जब उनलाई आफू समलिंगी हुँ भन्ने थाहा भयो, तब समाजले आफूमाथि कस्तो व्यवहार गर्ला भन्ने चिन्ताले गाँज्न थाल्यो।, मन्द मुस्कानका साथ बोलिरहँदा पनि उनको अनुहारमा एउटा प्रश्न थियो– किन समलिंगी व्यक्तिलाई समाजले स्वीकार गर्न सक्दैन? के ऊ मान्छे होइन?, उन्नाइस वर्ष उमेरका य... |
सेतोपाटी संवाददाता खुलामञ्चमुनि तीनतले भूमिगत पार्किङ बनाउने योजनाको चौतर्फी विरोध भएपछि काठमाडौं महानगरपालिकाले आफ्नो कुरा फेरेको छ।, महानगरको दसौं कार्यपालिका बैठकले गत कात्तिकमा खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र भूमिगत पानी पुनर्भरण पिट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थ... |
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा भएको एउटा सडक दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ।, अंग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान उज्यालो नहुँदै भएको उक्त दुर्घटनामा ती युवती विभत्स तरिकाले मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, टाइम्स अफ इन्डियाका अनुसार जनवरी १ तारिखको बिहान सवा तीन बजेतिर दिल्लीको सुल्तान... |
सेतोपाटी संवाददाता काठमाडौंको धुम्बाराहीमा आगो लागेर ज्यान गुमाएकी पुष्पा न्यौपानेका प्रेमी सुधन संग्रौलालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ। , इन्गेजमेन्ट तोडेपछि काठमाडौं महानगरपालिका-१० बुद्धनगरकी २७ वर्षीया न्यौपानेले धुम्बाराहीस्थित सुधनको घर अगाडि पुगेर पेट्रोल छर्केर आगो लगाएकी थिइन्। गत मंसिर १८ गते आगोले जले... |
रोहित महतो ढल्केवर–जनकपुर राजमार्गबाट करिब एक किलोमिटिर पश्चिम, धनुषाको मिथिला नगरपालिका वडा नम्बर १, बसही खोला किनारमा ३ वर्षअघि बसेको एउटा बस्ती छ।, केही भूमिहीन र विपन्न परिवारहरूको यो बस्तीमा फुसको छानो भएका ४० वटा घर छन्। नगरपालिकाले बसाएको यो बस्तीको नाम ‘नयाँ टोल’ रह्यो।, टोलका सबै जसो परिवार ज्याला मजदुरी गरेर... |
सेतोपाटी संवाददाता काठमाडौंमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ।, आगलागीबाट बा १ ह ३९६७ नम्बरको टेम्पोमा क्षति पुगेको छ।, पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो।, चालक मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतले टेम्पोमा एक्कासी आगो लागेको सेतोपाटीलाई बताए।, ‘यात्रुलाई... |
सेतोपाटी संवाददाता कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। दर्जनौ बेपत्ता भएका छन्।, थाइल्याण्डको सिमानामा रहेको पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी ७० जना घाइते भएका छन्।, उद्धारकर्ताहरूले भवनमा फसेका पीडितहरूको खोजी गरिरहेकाले मृतकको संख्या अझै ब... |
नवीनबाबु गुरूङ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पानसमा बत्ती बालेर र बेलुन उडाएर तमु ल्होसारको उद्घाटन गरेका छन्।, टुँडिखेलमा आयोजित कार्यक्रममा गुरूङ समुदायका व्यक्तिले प्रचण्डलाई गुरूङ पहिरन पहिराएर सम्मान गरेका थिए। , गुरूङ समुदायले आज तमु ल्होसार मनाउँदै छन्।, हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होसार मनाइन... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले विश्वसम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र अनुमतिबिना कुनै पनि कार्यक्रम गर्न निषेध गरेको छ।, ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण गर्नका लागि भन्दै महानगरपालिकाले आगामी आइतबारबाट दरबार स्क्वायर क्षेत्रभित्र सवारी प्रवेशदेखि विभिन्न कार्यक्रममा प्रतिबन्ध लगाएको ललित... |
रासस धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक... |
रासस 'शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो। तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन। विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख र पीडा सम्झँदा यो जागिर कसरी टिकाऊँ भन्ने परिरहेको छ।' , यो भनाइ हो धादिङको पिपल भञ्ज्याङ माविमा दरबन्दीमा कार्यरत दृष्टिबिहीन शिक्... |
सेतोपाटी संवाददाता थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ।, उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भा... |
दिपकजंग शाही व्यवस्थित र फराकिलो बन्ने भन्दै चर्चामा आएको सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य सडक स्तरोन्नतिको सुरूआतमै त्रुटी देखिएको छ।, वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा पर्ने मंगलगढी चोकदेखि काठको पुलसम्मको सडक स्तरोन्नति गर्ने काम सुरू भएको छ।, एक वर्षअघि ठेक्का भएको सडक स्तरोन्नतिको काम भर्खरै सुरू भएको हो। सु... |
रासस सरकारले छिमेकी देशमा कोरोना भाइरसका संक्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरू गरेको छ। , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाश... |
सेतोपाटी संवाददाता बुटवलको अस्पताल लाईनमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।, पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका वडा नं १ का २८ वर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, उक्त जिप अनियन्त्रीत भई पल्टिदा भएको द... |
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ।, पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भा... |
डा.निमेश पौडेल जाडोको मौसममा सबैभन्दा पहिले हामी चिसोबाटै जोगिनुपर्छ। , यो बेलामा रुघाखोकी लाग्नु स्वभाविक हो। रुघाखोकी वर्षमा करिब २ देखि ४ पटकसम्म धेरैलाई लाग्छ। यसबाट जोगिन हामीले आफ्नो शरीरलाई तातो राख्नुपर्छ।, आफूलाई कतिको जाडो लागेको छ र कुन साधनमा यात्रा गरिएको छु भन्ने हो। मोटरसाइकलमा यात्रा गर्नेलाई अलि धेरै ... |
रासस ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एक जनाको मृत्यु भएको छ।, नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो।, दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरल... |
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा दिएको छ।, त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा गर्न थालेको हो। , त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहाल... |
सेतोपाटी संवाददाता तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।, बन्दिपुर गाउँपालिका-५ याम्पास्थित पृथ्वीराजमार्गमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्काले जानकारी दिए। , शनिबार दिउँसो २ बजे पोखराबाट काठमाडौ आउँदै गरेको नं.३-०१-००६ ख ०९२४ नं.को बस र विपरित दिशाबा... |
सेतोपाटी संवाददाता आफूविरूद्ध समाचार लेखेको भन्दै धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकारको ज्यान मार्ने धम्की दिएका छन्।, मेयर दासले अनलाइनखबरमा कार्यरत पत्रकार शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिएका छन्। , शुक्रबार मधेश प्रदेश सांसदहरूको शपथ समारोहमा समाचार संकलनको क्रममा भेटिएका मेयर दासले प्रदे... |
सेतोपाटी संवाददाता कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी अन्य पाँच जना गम्भीर घाइते भएका छन्।, यस्तै, दुई जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।, शनिबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत वनबेहडामा सुपप्र ०२००१ ज ४०६ नम्बरको हायस दुर्घटना... |
रासस कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन्।, बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए। , पक्राउ परेकाहरूबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ।, ‘शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोल... |
सेतोपाटी संवाददाता हाल देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहन... |
सेतोपाटी संवाददाता इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। , आइतबार बिहान ८ बजे इलाम नगरपालिका- १ साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो।, आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो।, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाए... |
सेतोपाटी संवाददाता आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्।, विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।, पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको... |
सेतोपाटी संवाददाता रौतहटबाट ९१ किलो गाँजा बरामद भएको छ। , आइतबार बिहान ११ बजे राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित पिपरा टोलबाट ९१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए। , रोकेर राखेको बोलेरो गाडीमा गाँजा छ भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको ... |
नवीनबाबु गुरूङ मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ।, आईतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी... |
विनोद सापकोटा झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।, गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो।, हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्।, त्यही क्रममा हात्तीले ... |
सेतोपाटी संवाददाता अप्टिमिष्ट ईन्टरनेशनल नेपालले ‘एजुकेशन फन्ड’ तयार पारेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई निः शुल्क पढाउने भएको छ।, कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षाको लागि आर्थिक सहयोग गर्ने निर्णय भएको संस्थाका गभर्नर पृथ्वी राज थापाले जानकारी दिए।, २ दिनसम्म राजधानीमा चलेको नेपाल डिस्ट्रिक अफ डिस्ट्रिक सम्मेलन... |
सेतोपाटी संवाददाता महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।, उनले सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई साथी बनाएका थिए। कुराकानी गरी महिलालाई अश्लिल तस्बिरहरू प्रदर्शन गर्न क... |
सेतोपाटी संवाददाता महोत्तरीमा अपहरण गरी फिरौती मागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , पिपरा गाउँपालिका-५ चाँदनी चौकस्थितबाट लहान नगरपालिका-३ मा बस्ने ४० वर्षीय मोहम्मद इसराक सिद्दिकी अपहरणमा परेका थिए। उनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। , उनलाई गत शनिब... |
सेतोपाटी संवाददाता पर्सामा अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोला बस्ने १४ वर्षीय निरजकुमार पासवानको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। , उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको... |
नारायण खड्का दाङको पहाडी बस्तीको एउटा विद्यालय जहाँ पूर्व प्राथमिकदेखि बाह्र कक्षासम्ममा एक हजारभन्दा बढी विद्यार्थी पढ्छन्।, यो एउटा यस्तो सामुदायिक विद्यालय हो जसले अभिभावकलाई विद्यालय आउन आह्वान गरेर सडक किनारामा एउटा बोर्ड नै राखेको छ।, यो हो दाङको झेलनेटा स्थित सुधा माध्यमिक विद्यालय। विद्यालय बाहिरको सडकमा एउटा ... |
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रवक्ता फेरिएका छन्। , बुधबारदेखि सहायक रथी कृष्णप्रसाद भण्डारीले प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। , झापा चारआलीस्थित २१ बाहिनीपतिमा रहेका उनलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखको जिम्मेवारी दिएको हो।, यसअघि सहायक रथी नारायण सिलवाल प्रमुख थिए। आज एक कार्यक्रमबीच उनल... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ। पुस लागेसँगै मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्न थालेकामा पछिल्लो समय बिहानपख देशभर हुस्सु लाग्न थालेको छ। , काठमाडौंसहित तराईका केही क्षेत्रमा बुधबार मध्याह्नसम्म नै हुस्सु लागेको थियो भने मध्य तराईमा दिउँसो पनि घाम लाग्न सकेन ।, काठमाडौंमा न्यूनतम तापक्... |
एजेन्सी अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गर्ने भएको छ।, आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गर्दै यात्रामा कडाइ गरेको हो।, यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ। यो नियम ... |
सेतोपाटी संवाददाता बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ। , बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा पुनरावेदनको मुद्दा परेको हो। , पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलक... |
रासस मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ।, बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। , तेस्रो पटक मेलम्... |
रासस कैलालीमा ट्र्याक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ। , गौरीगंगा नगरपालिका–५ मा ट्र्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, हिलोमा फसेको ट्र्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगंगा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो। , चौधरीलाई गाडीको बीचको टाय... |
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। , बिहीबार उच्च अदालत पाटनमा पुरावेदनको पेसी थियो। न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो। , उनीमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्... |
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीवार) परेको छ। , पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ। , गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे... |
सेतोपाटी संवाददाता सर्लाहीको कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , प्रमुख प्रशासकीय अधिकृत श्याम... |
सेतोपाटी संवाददाता राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम असार मसान्तसम्म नसके निर्माण कम्पनी कारबाहीमा पर्ने भएको छ।, मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले बागलुङ–अक्षते खण्ड अन्तर्गत तीन किलोमिटर सडक पुस मसान्तसम्म र थप १५ किलोमिटर सडक कालोपत्र असार महिनासम्म नगरे सम्झौता रद्द गरी कारबाही गर्ने भएको हो।, कार... |
शरद् शर्मा/रासस तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ। मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ।, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका य... |
सेतोपाटी संवाददाता टेलिग्रामका च्याट ग्रुपमा अश्लिल भिडिओ हालेर आर्थिक लाभ लिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , अश्लिल भिडिओ च्याट ग्रुपमा हालेर आर्थिक लाभ लिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक पुरूषलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए। , धादिङ थाक्रे गाउँपालिका-७ ... |
सेतोपाटी संवाददाता २०७९ जेठ १० गते एकाबिहानै बञ्चरेडाँडामा प्रहरीले घेरा हाल्यो।, त्यस दिन सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न लगेको थियो।, स्थानीयले आक्रोशित हुँदै ढुंगामुढा गरे। लाठी र बुट बर्सियो। कयौं राउन्ड अश्रुग्यास प्रहार गरियो। अन्ततः दर्जनभन्दा बढीलाई पक्राउ गरेर नि... |
सविता बुढा धनगढी उपमहानगरपालिका–१, मनकापुर सुकुम्बासी शिविरकी बासिन्दा ७४ वर्षीया बाजी थारू बिरामी परिरहन्छिन्। उनका श्रीमान धनीराम पनि वृद्ध भए। बाजी बिरामी पर्दा अस्पताल लैजाने र हेरचाह गर्ने काम धानीरामकै हो। छोराहरू शिविरबाहिर बस्छन्। आमाबाबुसँग बस्न मिल्ने गरी जमिन छैन।, बाजी र धनीराम धेरै वर्ष कमैया बसे। मुक्त भ... |
सेतोपाटी संवाददाता महोत्तरीमा एक युवकको शव फेला परेको छ।, पिपरा गाउँपालिका-५ चाँदनी चोकस्थित जनकपुर जलेश्वर सडक खण्डको उत्तरतर्फ कल्भटमा जमेको पानीमा आइतबार बिहान एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईका अनुसार स्थानीयले शव देखेपछि बिहान साढे ६ बजेतिर प्र... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्। , प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो।, सिफारिस अनुसार उनलाई गृहले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद र... |
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिकाले चितवनका १२ विद्यालयका ९८६ जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ।, चिसो बढेसँगै विपन्न समुदायका बालबालिकाहरू विद्यालय जान नसकेपछि महानगरले न्यानो कपडा वितरण गरेको हो। , बिहीबार पश्चिम चितवनको आधारभूत विद्यालय सिसाबास, जमानसिंह आधारभूत विद्यालय र आधारभूत विद्यालय खयरघारी... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयको निर्देशनपछि कार्यविधि विपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन्। , मंगलबार विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। , त्यस निर्देशन अनुसार बिहीबार साँझ ५ बजेसम्म... |
एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ। , स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार ३:३० बजे निधन भएको हो।, आफ्नी आमाको निधनमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भगवानको चरणमा एक... |
नारायण खड्का भारतबाट घर फर्किरहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। , बाँकेस्थित जमुनाहा नाकामा भारतबाट आउने ५१ जनालाई परीक्षण गर्दा भारतबाट घर फर्कंदै गरेकी जाजरकोटकी ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। , बाँके जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीले असोज १ गतेदेखि बाँकेको... |
राजेश घिमिरे ‘नारायणी नदी जोगाऊ’ अभियानमा संलग्न युवाहरूको समूहले भरतपुर महानगरपालिकालाई माटो दान गरेको छ।, विभिन्न सामाजिक संस्थाहरूमा संलग्न दर्जनौं युवाहरू बिहीबार साना झोलामा माटो लिएर महानगरको कार्यालय पुगेका थिए। कार्यालय भवनको मूल गेटमा त्यो माटो थुपारेर महानगरलाई दान गरेको बेटर चितवन नामक संस्थाका संस्थापक अध्... |
सेतोपाटी संवाददाता मोरङ, बेलबारी नगरपालिकाका वडा सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन्।, बेलबारी-२ का २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि थुनामा जेल चलान भएका हुन्।, मोरङकै २४ वर्षीय एक जना स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले तोलांगीलाई पुर्पक्षका लागि थ... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले हिमाली चुस्ता र डाउन ज्याकेट पाउने भएको छ।, गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरूलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको हो। , यसअघि प्रत्येक तीन-तीन वर्षमा कटन प्याडेट... |
सेतोपाटी संवाददाता गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।, ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।, तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।, ‘तमु ल्होसार’ पर्व सूर्यक... |
एजेन्सी कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै भारतले आइतबारदेखि चीनसहित ६ देशबाट आउने यात्रीलाई नेगेटिभ आरटी–पीसीआर रिपोर्ट अनिवार्य गरेको छ। , चीन, जापान, दक्षिण कोरिया, हङकङ, थाइल्यान्ड र सिङ्गापुरबाट आउने अन्तर्राष्ट्रिय यात्रुले आगामी सातादेखि ‘एयर सुविधा’ फारम भरेर ७२ घण्टा अगाडि आरटी–पिसिआर परीक्षण गरेको नेगेटि... |
सेतोपाटी संवाददाता गोली प्रहारबाट एक जना भारतीय नागरिकको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ।, भारतको विहार, मोतिहारी छौडादाने पिप्रा बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन यादवलाई छातीमा गोली हानी हत्या गर्ने मुख्य अभियुक्त भारत विहार जिल्ला मोतिहारी थाना घोडासहान ग्राम सेखौना–१ ... |
भगवती पाण्डे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्।, प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको छ।, सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै ... |
सेतोपाटी संवाददाता सोमबार पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री नियुक्त भएका छन्। आजै साँझ कार्यभार सम्हालेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक पनि भयो। , अब प्रचण्डले काम गर्ने कार्यालय यही हो। , यो भवन २०७७ साल फागुनमा मात्र पूरा तयार भएको हो। नवनिर्मित भवनको उद्घाटन तत्काल... |
सेतोपाटी संवाददाता जुम्लामा कार्यरत प्रमुख सेनानी मृत फेला परेका छन्। , २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेती सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षध धर्मराज जोशीले जानकारी दिए। , चन्दननाथ नगरपालिका-२ मा रहेको उक्त बाहिनीको शौचालयमा उनी झुन्डिएको अवस्थ... |
रासस बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।, सोमबार बेलुकी करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ का चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्... |
एजेन्सी चीनले आगामी पुस २४ ( जनवरी ८ ) बाट अन्तर्राष्ट्रिय यात्रीका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने भएको छ।, चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने घोषणा गरेको हो।, यो सँगै चीनले करिब ३ वर्ष... |
सेतोपाटी संवाददाता आज प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एकको हिमाली भू-भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले प्रदेश एक, गण्डकी तथा सुदूरपश्चिम प... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। , प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।, ‘उनलाई निलम्बन गर्ने प्र... |
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका–१, आरूखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ।, नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुरले जानकारी द... |
सेतोपाटी संवाददाता नेपाल जेसिज सन् २०२३ को अध्यक्षमा विकास मानन्धर निर्वाचित भएका छन्।, नेपाल जेसिजको ४९ औं राष्ट्रिय महाधिवेशन वीरगञ्जबाट वर्ष २०२३ को नेतृत्वको लागि अध्यक्ष पदमा काभ्रे जेसिजका पूर्व-अध्यक्ष विकास मानन्धर विजयी भएका हुन्।, वीरगञ्ज जेसिजकाे आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट पाँच सय ९५ मतसहि... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको ... |
सविता बुढा कञ्चनपुरको वेदकोट नगरपालिकामा एक महिनायता सडकमा छाडा छोडिएका पशुचौपायाको विषयले विवाद सिर्जना भएको छ।, स्थानीयहरूले छाडा पशुचौपाया नगरपालिकामा ल्याएर हुलिदिएका छन्। छाडा पशुचौपायाले सवारी दुर्घटना र लगाएको गहुँबाली सखाप पार्न थालेको भन्दै स्थानीयहरूले नगरपालिकामा छोडेका हुन्।, अहिले नगरपालिकाले आफ्नो कार्या... |
सेतोपाटी संवाददाता धनुषामा करेन्ट लागेर मृत्यु भएको भनिएकी महिलाको हत्या भएको खुलेको छ।, विदेह नगरपालिका- ७ स्थित बेलापट्टि बस्ने ३० वर्षीया कविता देवी साहलाई उनकै जेठाजुका छोराले हत्या गरेको प्रारम्भिक अनुसन्धाममा देखिएको प्रहरीले जनाएको छ।, हत्या आरोपी २० वर्षीय दिलिप साहलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि... |
रासस चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन्। निकुञ्जमा खोरमा पाँच वटा बाघ छन्।, निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन्।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको ह... |
सेतोपाटी संवाददाता कालिकोट खाँडाचक्र नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंगलबार विशेष अदालतमा उनीविरूद्ध आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनीमाथि एक लाख ९७ हजार ८९५ रुपैयाँ हिनामिना गरेको आरोप छ।, अ... |
रासस दस लाख रूपैयाँ फिरौती माग्ने एक युवकलाई मधेस प्रदेश प्रहरीले धनुषाबाट पक्राउ गरेको छ।, मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहलाई ज्यान मार्ने धम्की दिँदै १० लाख रूपैयाँ माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्द... |
सेतोपाटी संवाददाता राहदानी (पासपोर्ट) लिन बिहानैदेखि नै लाइनमा उभिनुपर्ने बाध्यता अझै हटेको छैन।, आज पनि सर्वसाधारणहरू काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा झिसमिसेमै लाइनमा उभिएर सेवा लिन पर्खिरहेका छन्।, बिहान झिसमिसेमै सर्वसाधारणहरू राहदानी विभाग पुगेर पालो कुर्ने गर्छन्। पुसको यो चिसोमा लाइनमा बस्न सास्ती छ... |
सेतोपाटी संवाददाता बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो।, केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १:२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गए... |
नवीनबाबु गुरूङ तमु (गुरूङ) सञ्चारकर्मी संघ नेपाल (एट्जोन) ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।, हरेक वर्ष तमु ल्होसारको अवसरमा वितरण हुँदै आएको ‘तमु पत्रकारिता पुरस्कार’ को विभिन्न शीर्षकमा देशभरका ६ जना सञ्चारकर्मीहरूलाई पुरस्कृत गरेको हो।, आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरूङको प्रमुख आतिथ्यमा भएको कार्यक्... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको ... |
सेतोपाटी संवाददाता बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।, मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।, लामिछानेमाथि नाबाल... |
सेतोपाटी संवाददाता राष्ट्र संघीय शान्ति मिसन फर्म्ड पुलिस युनिट (एफपियू) मा जान सशस्त्र प्रहरीहरूले कम्तीमा १५ वर्ष सेवा अवधि पुर्याउनु पर्ने भएको छ। सशस्त्र प्रहरी बलले शान्ति मिसनमा जान आफ्ना कर्मचारीहरूले अनिवार्य रूपमा कम्तीमा १५ वर्ष सेवा दिएको हुनुपर्ने मापदण्ड बनाएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानक... |
रासस आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टिका २० वर्षीय दिलीपकुमार साह रहेका छन्।, सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए।, उक्त घटनाको अनुसन्धान गर्दै जाँदा ... |
विवेक मिश्र/रासस दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ। सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल संख्यामा देखिएको हो।, असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्द... |
रासस तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि बसपार्क पुग्छन्।, उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्।, न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो। तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन्। यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष... |
विनोद सापकोटा झापाको शिबसताक्षी नगरपालिका–१० टेक्रास्थित कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा बिहीबार एक अधबैसे पुरूषको शव फेला परेको थियो।, मृतक कन्काई नगरपालिका–४ बस्ने वर्ष ५५ को पदमलाल बाँस्तोला भएको खुलेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनायो। , प्रहरीले मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भए... |
रोहित महतो धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा स्वास्थ्यकर्मीहरू विद्यालय र स्वास्थ्य संस्था बन्द गरि आन्दोलनमा उत्रिएका छन्।, गत साउनदेखि तलब भत्ता नपाएको भन्दै नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय र स्वास्थ्य चौकीका शिक्षक कर्मचारीहरू विगत तीन सातादेखि नगरपालिका परिसरमा धर्ना बसेका हुन्।, असार १० गतेभित्र सम्प... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.