content
stringlengths
20
64.1k
निशा भण्डारी आइतबार टुँडिखेलमा माघे संक्रान्ति विशेष कार्यक्रम गरी मनाइएको छ।, माघी मनाउन थारु र मगर समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सजिएका थिए।  , कार्यक्रममा दुबै समुदायले छुट्टाछुट्टै स्थानमा आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत समेत गरेका छन्।, सूर्य धनु राशिबाट मकर...
सेतोपाटी संवाददाता आइतबार बिहान पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।, काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर दुर्घटनामा परेको हो।, ६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना एयर होस्ट...
भगवती पाण्डे रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, दाङलगायत लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा आइतबार बिहानैदेखि शितलहर चलेको छ।, शनिबार दिनभर घाम लागेको यस क्षेत्रमा आइतबार बिहानैदेखि बाक्लो हुस्सु्सहित शितलहर चलेको हो। यस वर्षको जाडो सुरू भएदेखि हुस्सुसहित चिसो बढेपनि शितलहर भने आइतबार बिहानदेखि मात्र चलेको हो। शितलहर ...
सेतोपाटी संवाददाता आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।, दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।, ’३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ के...
सेतोपाटी संवाददाता पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ।, आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।, जहाज दुर्घटना हुँदा अहिलेसम्म ६४ जनाको शव फेला परिसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाले ती शवलाई निकाल्ने प्रयास ग...
सेतोपाटी संवाददाता पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको खोजी कार्य राति पनि हुने भएको छ।, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको हो। , उनका अनुसार जहाजमा रहेका ३ जना अझै बेपत्ता छन्। अहिलेसम्म ६९ जनाको शव फेला परेको र तीमध्ये ४७ जनाको शव गण...
सेतोपाटी संवाददाता मानव अधिकार तथा शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन्।, नवलपरासी पश्चिमको भूमहीमा भएको राष्ट्रिय परिषद्को बैठकबाट बराल सभापतिमा चयन भएका हुन्। शान्ति समाजको महासचिवमा रेनुका पौडेल र कोषाध्यक्षमा किरण ढकाल चयन भएका छन्।, मानव अधिकार, शान्ति र लोकतन्त्रका क्षेत्रमा काम गर्नका लागि २०...
सेतोपाटी संवाददाता आइतबार बिहान  पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो। , तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ...
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकाहरूको शव खोजी गर्न सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ।, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर टोली परिचालन गरिएको हो।, सशस्त्रका १५ जनाको टोली शव खोजी गरिरहेको छ। ३ जनाको शव फेला पर्न बाँकी...
सेतोपाटी संवाददाता आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।, आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।, भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।, पोखरामा भएको दुर्घटनामा परी ...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आज भएको जहाज दुर्घटनामा परी निधन भएको छ।, आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो।, पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाच...
शोभा शर्मा बालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई खेलमा फर्काउन धेरैलाई हतार देखिन्छ।, खेल क्षेत्रका जिम्मेवार पदाधिकारीसमेत नाबालिग बलात्कारजस्तो गम्भीर अभियोग लागेका सन्दीपलाई थुनामुक्त हुनेबित्तिकै सफाइ नै पाएझैं गरी खेलमा फर्काउने पक्षमा उभिएका छन्।, कसुरबाट सफाइ नपाउँदै खेलमा फर्काउँदा पीडित ...
सेतोपाटी संवाददाता नेपालमा भएका जहाज दुर्घटनामध्ये आन्तरिकतर्फ अहिलेसम्मकै धेरैको मृत्यु भएको छ। , आइतबार बिहान काठमाडौंबाट साढे १० बजे उडेको ९ एन-एएनसी जहाज पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा दुर्घटना भएको हो। उक्त जहाज १०:५० मा दुर्घटना भएको हो।, नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका अनुसार दुई इन्जिन जहा...
युवराज श्रेष्ठ पोखराको आकाश आइतबार धुमिल थियो। हिमाल छोपिएका थिए। घाम मधुरो थियो। प्रकाश मधुरो भए पनि उपत्यका आसपासका डाँडा प्रष्ट देखिन्थे। हवाइजहाजलाई चाहिने भिजिबिलिटी पुग्थ्यो। जहाजहरू बिहानैदेखि आउजाउ गरिरहेका थिए।, काठमाडौंबाट पोखराका लागि उडेको एटिआर ७२ जहाज विहान १०:५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टाव...
सेतोपाटी संवाददाता पोखरामा भएको जहाज दुर्घटनामा बेपत्ताको खोजी तथा उद्धार भोलि मात्रै गरिने भएको छ। , राति उद्धारको काम गर्न कठिन भएको भन्दै सोमबार बिहानदेखि मात्रै खोजी तथा उद्धार गरिने नेपाली सेनाले जनाएको छ। आइतबार साँझ विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो। , यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहा...
भगवती पाण्डे रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरवाकी सरस्वती थापा आइतबार साँझ काठमाडौं जाने तयारीमा थिइन्। उनकी नन्द सिर्जना हुङचुङ (सिर्जु थापा) काठमाडौं बस्थिन्। दसैं मनाएर काठमाडौं गएपछि घर आएकी थिइनन्।, सिर्जना २०७२ सालदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा काम गर्थिन्। ड्युटीका कारण बिदा मिलाएर घर जा...
सेतोपाटी संवाददाता पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव परिवारका सदस्य तथा आफन्तहरूलाई जिम्मा लगाइने भएको छ।, दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको सनाखत भएका शव परिवार तथा आफन्तलाई सोमबार जिम्मा लगाउने तयारी छ।, सोमबार बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका शव परिवार...
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको तराई क्षेत्रमा भने हुस्सु/कुहिरो लागेको छ।, महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदे...
सेतोपाटी संवाददाता पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्।, आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्।, रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन।, आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृ...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमाका डाक्टर गणेश थापा आइतबार काठमाडौंबाट पोखरा जाँदै थिए।, बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको एटिआर ७२ जहाजबाट उडेका थापा पोखरा विमानस्थलमा ओर्लन नपाउँदै दुर्घटनामा परे।, ३६ वर्षीय डाक्टर थापा तिलोत्तमा नगरपालिका वडा नम्बर ४ डिङगरनगरका बासिन्दा...
सेतोपाटी संवाददाता गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।, स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । आगलागीको कारण...
रासस काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ।, ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थिय...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।, विभिन्न कारणले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्रा.डा. रमेश सिंह भण्डारी नेतृत्वको टिमले सफलतापूर्वक प्रत्यारोपण गरेको हो।, काठमाडौं बाहिरका ५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान ...
सेतोपाटी संवाददाता पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन...
सेतोपाटी संवाददाता उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्।, नेपाल अर्वुद रोग निवारण संघको भक्तपुरको बोडेमा शुक्रबार आयोजित ३२ औं केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सर बिरामीलाई स्वदेशमै उपचार गराउन अत्यधुनिक मेसिनसहितको...
सेतोपाटी संवाददाता दाङको रिहार र बाह्रकुने दहमा लाग्ने मेलाको लागि साढे २ सय प्रहरी परिचालन गरिने भएको छ। , माघीको अवसरमा लाग्ने मेलामा सुरक्षा दिन साढे दुई सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। , उनका अनुसार बाँकेबाट पनि थप प्रहरी मागिएको छ। , लमहीको रिहार र घोराहीक...
सेतोपाटी संवाददाता डडेल्धुरामा एक बालक गाडिएको अवस्थामा फेला परेका छन्।, गत पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ।, स्थानीय दानबहादुर विष्टले पुस २७ गते उनी बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। , सोही आधारमा ...
सुरक्षा सुवेदी बालबालिकामा मानसिक समस्या देखिनेक्रम बढ्दो छ। पहिलेका बालबालिकामा त्यस्तो समस्या हुँदैन थियो।, संयुक्त परिवार भएकाले बालबालिकाहरू घुलमिल हुन पाउँथे। जसकारण उनीहरू मानसिक रूपमा बलियो हुन्थे।, अहिले एकल परिवार र प्रायः घरमा एउटा मात्रै बच्चा हुन्छ। बच्चाले घरपरिवारसँग चाडपर्वबाहेक अन्य बेला भेट्न पाउँदैनन...
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको एउटा कुखुरा फर्ममा अवैध रूपमा भण्डारण गरिएको झन्डै साढे आठ सय क्विन्टल चिनी बरामद गरिएको छ।, नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ८ लोसहडास्थित पाल्ही एग्रो फर्मबाट आठ सय ४१ क्विन्टल चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।, पाल्ही एग्रो फर्म स्थानीय धर्म...
रासस पूर्वप्रधानमन्त्री स्व टंकप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई संग्रहालय बनाइने भएको छ।, नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई संग्रहालय बनाउन लागिएको हो। , लुम्बिनी प्रदेश सरकारको रु ५० लाखको लगानीमा संग्रहालय बनाउने य...
सेतोपाटी संवाददाता चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ।, उनको अहिले ललितपुरको सुमेरू अस्पतालमा उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ।, उनी गत बुधबार रोल्पा पुगेका थिए।, वंशाणुगत जण्डिसबाट पीडित ने...
रासस अनियमितता गर्ने सहकारीको संख्या दैनिकरूपमा बढिरहेको गुनासो आएपछि काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको अनुगमन गर्ने भएको छ।  , काठमाडौं महानगरको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको हो। नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता नगरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखे...
सेतोपाटी संवाददाता झापामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। , बाह्रदशी गाउँपालिका-६ डाँडास्थित चारपाने राजगड पक्की भित्री सडकमा शनिबार दिउँसो साढे १ बजे ट्याक्टरले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए।  , प्र-१-०१-००१ त ८९५९ नं. को इँटा लोड भएको ट्...
एजेन्सी आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले सेनाको संख्या कटौती गर्ने भएको छ।, वर्ल्ड बैंकको तथ्यांकका अनुसार श्रीलंकामा सन् २०१७ देखि २०१९ को बीचमा सबभन्दा धेरै ३ लाख १७ हजार सेना थिए। अहिले उक्त संख्या घटेर दुई लाख ७८३ छ। श्रीलंकाले अहिले भएको सेनाको संख्या कटौती गरेर साढे एक लाखसम्म पुर्‍याउन लागेको हो। , अर्को...
पूर्णप्रसाद मिश्र ‘स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।, मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। तत्कालीन श...
रासस लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन।, अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए।, उनका अनुसार अझै पनि बागमती नदीमा...
सेतोपाटी संवाददाता सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।, माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, का...
एजेन्सी बेइजिङ, माघ , चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ।, शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ।, विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्यांक सार्वजनिक गर...
सेतोपाटी संवाददाता झापाको दमकमा आगलागी भएको छ।, आइतबार बिहान करिब साढे तीन बजे दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्गसँग जोडिएका पसलमा आगलागी भएको हो।, राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रण...
रासस पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। शनिवार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन्। दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ।, विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन्। देवघा...
राजेश घिमिरे विभिन्न कालखण्डमा राजा, महाराजाहरुले लडाईं लडेर अहिलेको नेपाल निर्माण गरेको इतिहास हामीले सुन्दै आएका छौं। उनीहरुले साना–साना राज्यलाई एकीकृत गरेर विशाल नेपाल निर्माण गरेकोदेखि आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई परास्त गरेको इतिहासका गाथा हामी धेरैले सुनेका छौं।, एकीकरण अभियानकाक्रममा सामान्य जनताले ...
सेतोपाटी संवाददाता पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।, कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।, विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।, जहाजमा ...
सेतोपाटी संवाददाता आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।, अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। , ‘अहिले सुरक्षाकर्मी गएका छन्। विस्तृत जानकारी आउन बाँकी छ,’ केसीले भने।, पोखरा-१५ नयाँ गा...
रासस विशेष अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ।, विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र ३९ लाख रूप...
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।, कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि  दुर्घटनामा परेको हो। , दुर्घटनामा परेको नाइन एएनसी कल साइन उक्त जहाजमा आगो लागेको छ।   , विमानस्थलमा अहिले आगोको मुस्लो  देखिएको छ। उद्धारका लागि सुरक्षाक...
युनिक श्रेष्ठ नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने भोलि छुट्दै छन्। , उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई धरौटीमा छाड्न बिहीबार आदेश दिएका हुन्। उनीसँग २० लाख धरौटी मागिएको छ। , यो मुद्दाको किनारा भने लागिसकेको छैन।, इजलासले सन्दीपको मानसिक अवस्था राम्रो नभएको, पीडितको बकपत्र भएकाल...
शोभा शर्मा उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुन्नै पर्ने अवस्था नदेखेकाले थुनाको विकल्पमा उदार भएको जनाएको छ। , नाबालिगमाथि बलात्कारको अभियोग लागेका लामिछानेले आफू थुनाबाहिर बसेर मुद्दा लड्न पाऊँ भन्दै दिएको निवेदनमा उच्च अदालतका पाटनका न्यायाधीश धुवराज नन्द र रमेश ढकालक...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले २४ जना एसएसपीको सरूवा गरेको हो।, कार्यालयले जिल्‍ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख पनि फेरेको छ।, काठमाडौंमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसए...
सेतोपाटी संवाददाता सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु-कुहिरो लागिरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौस...
रासस मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।, मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।, नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो तीन बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। वार्ता प्राधि...
सेतोपाटी संवाददाता बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्।, उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले  बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए।, लामि...
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकाले विभिन्न स्थानमा आँखा शिविर आयोजना गरेको छ। , पाँचखाल नगरपालिकाको खरेलथोक, साठ्ठिघर, आँपघारी, अनेकोट, समाजकल्याण र दुलालथोकमा आयोजना गरिएको आँखा शिविरमा सात सय ३६ जना लाभान्भित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीले जानकारी दिए।, उनका अनुसार सात सय ३६ जनाको आँखा पर...
सेतोपाटी संवाददाता झापामा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, जिल्लाको गौरादहस्थित जनता माध्यमिक विद्यालय अगाडि माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ७२ वर्षिया महिलाको मृत्यु भएको हो।, प्रहरीकाअनुसार वडा न.१ मा रहेको जनता माध्यमिक विद्यालय नजिक मे.१ ख २६७६ नम्बरको स्कुल बसले पैदलयात्री सोही ठाउँक...
सेतोपाटी संवाददाता भोलि शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ। , पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे संक्रान्तिका लागि सवारी नरोकिने भएको हो।, माघे संक्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने ...
सुदीप श्रेष्ठ काठमाडौं महानगरपालिकाले ठेला, नाङ्लो वा साइकलमा सामान बेच्न प्रतिबन्ध लगाएपछि यसमा आश्रित परिवारको जीविका अब कसरी चल्छ भन्ने प्रश्न उठेको छ।, महानगरले मंगलबार सार्वजनिक सूचना निकालेर सडक व्यवसायमाथि प्रतिबन्ध लगाएको हो। कसैले सडकपेटी वा सार्वजनिक स्थलमा व्यापार गरे सामान जफत गरी हदैसम्म सजाय गर्ने भनिएको...
सुशीला रेग्मी सार्वजनिक सवारी साधनमा पुरूष चालकले नै गाडी गुडाउँछन्।, महिला चालक पाउन मुस्किल छ। हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन्। मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन्।, सार्वजनिक सवारी साधनमा पुरूष चालकको भिडमा एक्लो महिला चालकका रूपमा भिडेकी छन्...
सेतोपाटी उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको छ।, लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौं जिल्ला अदालतमा आइपुगेको बता...
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागारबाट निकालेर जिल्ला अदालत काठमाडौं लगएको छ।* , शुक्रबार दिउँसो उनलाई केन्द्रीय कारागार सुन्धाराबाट  कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको हो। अदालतमा तारेख बुझेपछि उनलाई कैदमुक्त गर्न फेरि कारागार ल्याइने जेलर ईश्वरीप्रसाद पाण...
सेतोपाटी संवाददाता बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।, पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।, सोही आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी न...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्।, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।, ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन द...
निशा भण्डारी बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। शुक्रबार दिउँसो केन्द्रीय कारागार सुन्धाराबाट उनी २० लाख रूपैयाँ धरौटी बुझाएर स-शर्त रिहा भएका हुन्।, जिल्ला अदालत काठमाडौंमा आवश्यक प्रक्रिया पुर्‍याएपछि उनी उनी थुनामुक्त भएर आफ्नै निजी सवारीमा घर गएको जेलर ईश्वरीप्रसाद पाण्डेले से...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी १ करोड बढी सम्पत्ति कमाएको भन्दै एक जना शाखा अधिकृतविरूद्ध मुद्दा हालेको छ।, अहिले राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत अधिकृत गणेशप्रसाद पोखरेलसँग भएको १ करोड ६ लाख ३३ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा हालेको हो।, पोखरेल यसअ...
कमलकुमार बस्नेत गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो।, दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।  , अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्...
मन्दिरा घिमिरे महिनावारीका कुरा, (तीन वर्षअघि सेतोपाटीले महिनावारीका कुरा शृंखला सुरू गरेको थियो। उक्त शृंखलाका स्टोरीमा हामीले सार्वजनिक वृत्तमा चिनिएका महिलाहरूको महिनावारी अनुभवहरू समेटेका थियौं। एक दर्जनभन्दा बढी कलाकार, राजनीतिज्ञ, खेलाडीसँग कुराकानी गर्दा उनीहरूले आ-आफ्नो घरपरिवार, गाउँसमाजदेखि कार्यक्षेत्रसम्म ...
एजेन्सी भारतले शुक्रबार नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको छ।, टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भिडिओ कन्फरेन्समार्फत् उत्तर प्रदेशको बनारसबाट छुटेको उक्त पानीजहाजलाई हरियो झन्डा देखाएका छन्।, एमवी गंगा विलास नाम दिएको उक्त जहाजमा ५१ दिनपछि असमको डिब्रुगढमा आइपुग्ने...
सेतोपाटी संवाददाता पाकिस्तानी नागरिकको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , अपहरण गरेको आरोपमा तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।, बुढानिलकण्ठ नगरपालिका-४ बस्दै आएका ३० वर्षीय मुहम्मद रसिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैनलाई प्रहरीले पक्राउ...
सेतोपाटी संवाददाता धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ। शुक्रबार साँझदेखि भएको आगलागी केही बेरअघि मात्र नियन्त्रणमा आएको हो।, धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारमा आगलागी भएको हो। बाक्लो बस्ती भएकाले आगो अन्यत्र फैलिन नदिन स्थानीयवासी र प्रहरी टोलीका साथै दमकलहरू परिचालन गरिएका थिए।, छथर गाउँपालिकाका प...
सेतोपाटी संवाददाता आगो ताप्ने क्रममा जलेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।  , झापाको कचनकवल गाउँपालिका १ कुटी निवासी ७० वर्षीया हेमप्रभा माझीको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, हिजो (सोमबार) बिहान साढे १० बजेतिर घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक ...
रासस जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ। सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो। , ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ। कर्मचारीहरूलाई सेवा प...
सेतोपाटी संवाददाता काठमाडौंको बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेर फरार आरोपित पक्राउ परेका छन्। , ललितपुरको गोदावरी नगरपालिका-१०बाट प्रहरीले आरोपित ३३ वर्षीय महेश केसी खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँग समनव्य गरी सोमबार साँझ पक्राउ गरेको हो। ,...
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले हिजोआज आतंक मच्चाउन थालेको छ।, हात्तीको बथान गाउँ पसेपछि स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्ने गरेका छन्।, शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकको दक्षिण क्षेत्रका ५ घर हात्तीले मंगलबार राती भत्काएको छ भने किसानले भण्डारण गरेको अन्न नष्ट गरिदिएको छ।, चार वटा हा...
सेतोपाटी संवाददाता जग्गा विवादको निहुँमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्षसहितको समूहले उनकै छिमेकीमाथि निर्घात कुटपिट गरेको छ।, गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले जग्गा विवादको निहुँमा मंगलबार बिहान ११ बजेतिर छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट गरेको हो।, कुटपिटबाट एकै पर...
सेतोपाटी संवाददाता हाल देशको पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा छ। तराईमा हुस्सु/कुहिरो लागेको छ।  मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसमविद्काअनुसार ...
रासस नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ।, प्रहरी प्रधान कार्यालयमा मंगलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो। जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा...
सेतोपाटी संवाददाता झापामा लात्तीले हिर्काउँदा एक जना महिलाको मृत्यु भएको छ।, अर्जुनधारा नगरपालिका-९ खरबन्दी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , उनी खरबन्दीका वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्दै आएकी थिइन्।, कार्यालयका अनुसार मंगलबार साँझ ६ बजेतिर खाना नपकाएको विषयम...
मनोज सत्याल नेपाल विद्युत प्राधिकरणले काठमाडौंको लप्सेफेदीमा माथिल्लो तामाकोसीबाट बिजुली ल्याउन सबस्टेशन बनाउन लाग्दा  अवरोध खेप्दै आएको छ। प्राधिकरणले पाँच वर्षअघि नै जग्गा अधिग्रहण सकेर ठेक्कासमेत गरिसकेको ठाउँमा स्थानीयले विरोध गरेका हुन्। उनीहरूले सबस्टेशन नयाँ ठाउँमा सार्नुपर्ने माग गरेका छन्। स्थानीयले सबस्टेशन ...
सेतोपाटी संवाददाता नुवाकोटमा श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला परेका छन्। , ककनी गाउँपालिका-२ चित्रेस्थित ३९ वर्षीय काले भन्ने माइला तामाङको शव मंगलबार फेला परेको हो। , वडा नम्बर १ नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले जानका...
सेतोपाटी संवाददाता सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ।, देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको म...
रासस यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन्।, चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।, गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए। चरा गणनाका क्रममा अहिलेसम्...
सेतोपाटी संवाददाता पर्सामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। , वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। , भारत बिहार मोतीहारी जिल्‍ला थाना रक्सौलका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथलेश यादवको मृत्य...
सेतोपाटी संवाददाता सोमबार अपरान्ह ४ बजेतिर दोलखा बैतेश्वर गाउँपालिका-७ मार्बुस्थित रोशन रिमालको घरमा प्रहरी पुग्यो। , दुई जना प्रहरी उनको घरमा पुग्दा उनकी आमा ईश्वरी र हजुरआमा धनकुमारीमात्रै थिए। रोशन भने काठमाडौंमा छन्। , त्यसरी घरमा आउनुको कारणबारे उनीहरूले प्रहरीसँग सोध्दा मान्छे समाउन आएको भनेर जवाफ फर्काए। , कसला...
सेतोपाटी संवाददाता दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था गम्भीर छ। , दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. १० जलौराका १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो। , उपचारका क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति १:४० बजे मृत्यु भएको जिल्ला प्रह...
दिपकजंग शाही कालीकोटको खाँडाचक्र नगरपालिकाका–६ का रत्न विक झण्डै डेढ वर्षयता प्रशासन र प्रहरीमा धाइरहेका छन्। त्यसयता अहिलेसम्म आफू कतिपटक जिल्ला सदरमुकाममा रहेका प्रशासनहरूमा पुगेँ भन्ने समेत बिर्सिसके। थोरै भए पो सम्झिनु।, २०७८ भदौ ७ गते रत्नकी छोरी १६ वर्षीय निरु विक घर नजिकैको मकै बारीमा मृत फेला परेकी थिइन्। निरु...
सुदीप श्रेष्ठ बालेन शाह मेयर भएर आएदेखि नै काठमाडौंमा सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका निम्ति दुःखका दिन सुरू भएको थियो।, उनले पैदलयात्रुहरूको सुविस्ता र सहरी सौन्दर्य बढाउने भन्दै साना व्यवसायीहरूका ठेलागाडा, साइकल र नाङ्लो लखेटी लखेटी खोस्न थालेका थिए। त्यस्ता केही भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि भएका छन्...
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) ले नेपाल टि-२० क्रिकेट लिगमा 'स्पट फिक्सिङ' भएको घटनामा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। , बुधबारमात्रै उक्त लिग सकिएको छ। उक्त लिग लुम्बिनी अल स्टार्सले जितेको छ। , लिग सकिए पनि सिआइबीले यसको अनुसन्धान जारी नै राखेको छ। , अहिले अनुसन्धान अन्तिम चरणमा रहेको...
सेतोपाटी संवाददाता लमजुङमा शिक्षकको हत्या भएको ५ वर्षपछि फरार आरोपित पक्राउ परेका छन्। , लमजुङ राईनास नगरपालिका वडा नं. ०९ बस्ने ४२ वर्षीय बेलराम गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए। , बेलरामलाई प्रहरीले चितवन भरतपुर महानगरपालिका-१६ विजयनगरबाट बुधबार पक्राउ गरेको हो...
सेतोपाटी संवाददाता ललितपुरमा एक पुरूष मृत फेला परेका छन्। , बिहीबार बिहान सवा ११ बजे ललितपुर महानगरपालिका-२ सानेपाबाट कुलेश्वर जोड्ने नयाँ पुलमुनी एक पुरूष मृत फेला परेका हुन्।, अन्दाजी ४०-४५ वर्षीय पुरूष झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए। , ती पुरूष ...
सेतोपाटी संवाददाता नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ।, यसअघि ३ पटक पेशी चढे पनि सुनवा‍इ हुन नसकेको निवेदनमा बिहीबार सुनुवाइ भएको हो। उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो। , उनको मुद्दामा अधिवक्ताहरू...
सेतोपाटी संवाददाता जनक शिक्षामा ल्याइएका चार वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बुधबार भक्तपुर सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा ल्याएको चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको हो।, जनकपुरबाट ल्याएको कागज गुणस्तरहिन भएको सूचना पाएपछि प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो। , अहिले उक्त कागज स...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघको आक्रमणबाट एक सिंगे गैंडाको मृत्यु भएको छ।, निकुञ्जको सौराह सेक्टरअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने कोर क्षेत्रमा बुधबार गैंडा मृत भेटिएको थियो।, अन्दाजी ५ वर्षको उक्त गैंडाको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दि...
शोभा शर्मा उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।, उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।, जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका ...
सेतोपाटी संवाददाता टिकटक लाइभमा जुवा खेलाउने चार जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , दाङ घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर मध्यपुर ठिमी-१० बस्ने २७ वर्षीय...
रासस तीन महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। , शृङ्खलाबद्ध रूपमा अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा तीन जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।, भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती २२ वर्षीया शिवा परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयल...
सेतोपाटी संवाददाता राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।, आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन्।, पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रो...
सेतोपाटी संवाददाता उपहार पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , साइबर ब्युरोले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको दार्जिलिङ घर हुने ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचिनगर नगरपालिका-८ बस्ने ३७ वर्षीय बिममाया मगरलाई पक्राउ गरेको ह...
सेतोपाटी संवाददाता नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले एक सातादेखि टिएलडी उपकरण वितरण गर्ने कार्य ठप्प पारेको छ। टिएलडी उपकरण रेडियसन उत्पादन हुने क्षेत्रमा काम गर्ने मानिसहरूले प्रयोग गर्ने गर्छन्।, विज्ञहरूका अनुसार मानिसको शरीरले वर्षमा २० मिलिसिभरभन्दा बढी रेडियसन लिनु हुँदैन। २० मिलिसिभरभन्दा बढी शरीर...
सेतोपाटी संवाददाता सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो पौने २ बजे खडक नगरपालिका-११ मा दुई वटा मोटरसाइकल टिपर पछाडि ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। , स १ ख ९२८ नम्बरको टिपर बिग्रेर बाटोमा रोकिराखेको थियो।, उक्त टिपर पछा...
सेतोपाटी संवाददाता फिनल्यान्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , म्याग्दी मालिका गाउँपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने २६ वर्षीय मनिषा पुनलाई प्...
सेतोपाटी संवाददाता पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन। , कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घटना शनिबार बिहान साढे ५ बजे भएको हो। , वीर...