content
stringlengths
20
64.1k
रासस मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।, बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। , मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरू गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको ज...
रासस महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन्।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा ...
सेतोपाटी संवाददाता नक्कली रक्सी उत्पादन गरी बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो। नक्कली रक्सी उत्पादन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा दोलखा घर भई लल...
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा अर्का युवाले पनि आत्मदाहको प्रयास गरेका छन्।, पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए। , भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएक...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।, महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उक्त आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा ...
सेतोपाटी संवाददाता भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्‍याइएको छ।, आइतबार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो।, यसअघि नेपालको म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानहरुमा ...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षामा स्नातकोत्तर तहका परीक्षार्थीले म्याचिङ प्रणाली अनुसार न्यायपूर्ण ढंगले यथाशिघ्र भर्ना सुरू गर्न चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेका छन्।, सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुरानै कार्यविधि अनुसार विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्नू भनेकाले यथासिघ्र भर्ना सुरू गर्न उनीहरूले माग ...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ४, सिमरौनगढ जाँदादेखि फर्कंदासम्म मसँगै रहेका रोशनकुमार झा घरिघरि मलाई भनिरहन्थे, ‘यदि तपाईं साँच्चै मिथिला खोज्न चाहनुहुन्छ भने त्यो तिरहुत वा सिमरौनगढमा छ।’, उनी अर्को कुरा पनि भनिरहन्थे, ‘मिथिला खोज्ने अर्को ठाउँ काठमाडौं उपत्यका हो।’, ‘मिथिलाक कथासभा’ शृंखलाको अघिल्लो अध्यायमा...
सेतोपाटी संवाददाता पूर्व प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। , दोलखा, मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। उनल...
एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिबिसीले बनाएको वृत्तचित्र (डकुमेन्ट्री) हेरेको भन्दै एक विश्वविद्यालयका १० जना विद्यार्थीलाई निलम्बन गरिएको छ। , राजस्थानको केन्द्रीय विश्वविद्यालयमा पढिरहेका १० विद्यार्थीहरूले गणतन्त्र दिवसको राति ७ बजेतिर वृत्तचित्र हेरेका थिए। उक्त वृत्तचित्र हेरेको थाहा पाएपछि ती वि...
सेतोपाटी संवाददाता आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।, जसको कारणले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका क...
सेतोपाटी संवाददाता आगलागीबाट क्षति पुगेको गोरखाको हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जनप्रतिनिधि र नेताहरूले माग गरेका छन्।, चुमनुब्री गाउँपालिका २ ल्हो गाउँमा रहेको गुम्बामा गत माघ १० गते आगलागी भएको थियो। आगलागीबाट गुम्बा जलेर नष्ट भएको थियो भने करोडौंको क्षति भएको अनुमान ग...
रोहित महतो धनुषाबाट ६ जना थुनुवा फरार भएका छन्।, इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेको प्रहरीले जनाएको छ।, गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।, उनकाअनुसार भागेकामध्ये २ जना हातहतियार,...
नारायण खड्का आगोबाट गम्भीर घाइते भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का बालक प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको छ।, आइतबार प्रिन्स  र उनकी आमा ३० वर्षीया गंगा विकलाई ३० वर्षीय बाबु भानुभक्त विकले आगो लगाएका थिए।, आगोबाट गम्भीर घाइते भएका आमा-छोरालाई उपचारका लागि अस्पताल लगिएको थियो।, इलाका प्रहरी कार्यालय...
सेतोपाटी संवाददाता दुई वटा फरकफरक घटनामा परि पाल्पामा दुई जनाको मृत्यु भएको छ। एक जनाको खोलामा डुबेर र अर्को एक जनाको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा रामपुर २ पुल्चोकका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको छ।, राम...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। , गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।, बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन्। , ट्य...
नवीनबाबु गुरूङ सोमबार उद्योग व्यवसायीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। विभिन्न उद्योग, व्यवसाय गरिरहेकाहरूले विरोध प्रदर्शन गरेका हुन्।, प्रदर्शनमा सहभागीहरूले ‘गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ’, ‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।, हेर्नुस् तस्बिरहरू: ...
सेतोपाटी संवाददाता गुल्मीमा हत्या गरिएकी महिलाको घरमा अघिल्लो दिन पाहुना आएको खुलेको छ।, आइतबार बिहान ८ बजेतिर मुसिकोट नगरपालिका वडा नम्बर ७ बागलुङ सिमानामा पर्ने घरमा एक महिलाको शव फेला परेको थियो। ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको हो।, २ तले कच्ची घरमा उनी एक्लै बस्थिन। घरकै भुइँ तलामा उनले सानो होटल चलाउने ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा बेदकोट नगरपालिका–९ दैजीका २७ वर्षीय सुकराम राना छन्। , उनको सोमबार बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जानकारी दिए।, उनका अनुसार आइत...
सेतोपाटी संवाददाता शरीरमा आगो लगाएका पुरूषलाई बचाउन गएकी पोखराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।, जलेर घाइते भएकी पोखरा महानगरपालिका वडा नम्बर १३ की उक्त महिलाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले बताए।, पोखरा स्वास्थ्य विज्ञान प...
दिपकजंग शाही सुर्खेतदेखि दैलेख जाने (सुर्खेत–दैलेख) सडक खण्डको एउटा मात्र घुम्तीमा अगाडिबाट आएको सवारीसाधन सहजै ऐनामा देख्न सकिन्छ।, सडक खण्डको सुरूआती मोड कपासे नजिक राखिएको ऐना (कन्भेक्स मिरर) अहिले पनि बाँकी छ। यो ऐना राखिएको मोडैमा नेपाली सेनाको ब्यारेक छ। यो ब्यारेकका दुवैतर्फका गेटमा सैनिक तैनाथ हुने भएकाले यहाँ...
सेतोपाटी संवाददाता काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान ११ बजे सीतापाइलाबाट कलंकी जाने सडकखण्डमा दुर्घटना भएको हो। , कलंकीबाट सीतापाइला जाँदै गरेको मिनी बस बा २ ख ८३६८ र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ३४२ सुमो गाडी ठोक्किएको थियो।, दुर्घटनामा एक जनाको मृत्यु भएक...
सेतोपाटी संवाददाता मदिरा सेवन गरेर गाडी चलाएका पोखराका व्यवसायी सौरभ थापाले चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन्।, थापाले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिदिएका हुन्।, पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि गत बिहीबार बिहान ३ बजे प्रहरी हवल्दार चि...
सेतोपाटी संवाददाता नेपाली महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।, भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ गरेको जानकारी दिँदै मोरङ प्रहरीले उनीहरूले पीडित महिला र उनको साथमा रहेकी नाबालिग छोरीलाई भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको जनाएको छ। , पक्राउ परेका दुबै ज...
सेतोपाटी संवाददाता हाल देशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आगामी आइतबार दिउँसोसम्म कतै वर्षा तथा हिमपातको सम्भावना छैन।, आइतबार राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का हिमपातको ...
युवराज श्रेष्ठ भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा कालीगण्डकीका दुइटा ठूला शिला (ढुंगा) पठाइँदैछ।*, अयोध्या जाँदै गरेको एउटा शिला २६ टनको र अर्को १४ टनको छ। लरीमा फलामको साङ्लाले बाँधेर यी दुई शिला म्याग्दीको गलेश्वरबाट भारततिर पठाइसकिएको छ।, म्याग्दीबाट बिहीबार शिला बोकेर गुडेका लरी साँझ पोखरा आइपुगेका छन्। काल...
विवेक राई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले आफूले आइसियूमा बिरामी भेटेको भिडिओ कस्ले खिच्यो भन्नेबारे जानकार नभएको बताएकी छन्।, राज्यमन्त्री कार्कीले आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गरिन्। , ‘म आफैं पनि डाक्टर भएकाले र राज्यको प्रतिनिधि पनि भएक...
रासस महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार भएका दुइटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र पहिचान नखुलेकी अन...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ३, ‘तपाईंलाई थाहा छ, अहिले तपाईं जुन घरमा बसिरहनुभएको छ, त्यो एघारौं शताब्दीको हो?’, सिमरौनगढका स्थानीय रन्जित कुशवाहाले यसो भन्दा मेरा आँखा आश्चर्यले खुलेका खुल्यै भए। त्यो आश्चर्यमा अविश्वास पनि मिसिएको थियो।, ‘एघारौं शताब्दी!’ मैले भनेँ, ‘त्यो भनेको त आजभन्दा हजार वर्ष पुरानो भय...
सन्तोष पुर्कुटी कोरोना संक्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन। चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ। कोरोना संक्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो।, लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ। सीमा नजिकका ओल...
निशा भण्डारी संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले न्यायका ‌लागि शान्तिपूर्ण सडक आन्दोलन गरेको छ।, काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि उनीहरू लामो समयदेखि आन्दोलित छन्।, डोजर चलाएर उनीहरूलाई उठिबास लगाउन लागेको भन...
रासस स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट शुक्रबार साँझ एक पैदल यात्रुको मृत्यु भएको छ।, बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पद...
रासस नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ।, उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको छ। , उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्न...
रासस राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानीको अभाव हुन थालेको छ।, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किमी सुरूङको दूरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका–१ महाङ्कालमा प्रशोधन हुन्छ।, दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने...
राजु अधिकारी मोरङ उर्लाबारीकी ६१ वर्षीया भीमकुमारी मगर र मोरङकै कटहरी–३ का ३६ वर्षीय विवेक राजवंशी केही महिनायता कहिले जिल्ला प्रशासन, कहिले प्रहरी अनि कहिले सञ्चारमाध्यमका कार्यालय धाइरहेका छन्।, उर्लाबारीकी भीमकुमारी आफ्नै ठाउँका एक जना सुन पसलेबाट ठगिएको पीडामा छिन्। धेरै ब्याज पाइने लोभमा सुन पसलेकहाँ जम्मा गरेको ...
मन्दिरा घिमिरे महिनावारीका कुरा, सृष्टि केसीको पहिलोपटकको महिनावारी अनुभव भिन्नै छ।, उनको आँखाको शल्यक्रिया गरिएको थियो। त्यसको केही दिनमै उनकी आमाले रूमालमा रगत देखिन्। सुरूमा केकसो हो भन्ने सोच्न सकिनन्। आँखाकै कारण केही भयो कि भनेर निकै आत्तिइन्।, त्यो बेलाको क्षण सम्झिँदै सृष्टिले भनिन्, 'मेरो आँखामा केही समस्या आ...
डा.गरिमा श्रेष्ठ महिनावारी नियमित प्रक्रिया हो तर महिनावारीको समयमा धेरै महिलाहरूलाई यो गर्नु हुँदैन/ त्यो गर्नुहुँदैन भनेर रोक लगाइन्छ। , नेपालमा मात्रै होइन दक्षिण एसियामै महिनावारीको बारेमा यति धेरै 'ट्याबु' छ भने यौन शिक्षाको बारेमा झन् कति होला?, नपढेकाले त यसबारेमा गलत सोच राख्नुलाई स्वभाविक मानिन्छ तर पढेकाले प...
सेतोपाटी संवाददाता आज देशभर कतै वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो प्रदेश नं १ मा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।, आज राति भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेख...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।, बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो।, तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन व...
रासस कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको जहाज दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ।, कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहे...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनका समर्थकहरूले प्रदर्शन गरेका छन्। , शनिबार दिउँसो लामिछानेका समर्थकले माइतीघर मण्डल हुँदै नयाँ बानेश्वर सम्म नाराबाजीसहित प्रदर्शन गरेका छन्। , बानेश्वरमा पुगेर समर्थकहरूले कोण सभा गरेका छन्। , शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको ...
सेतोपाटी संवाददाता सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , पक्राउ पर्नेमा पूर्व नगर प्रहरी ललितपुरकी २७ वर्षीया मनिषा परियार र सामाखुसीमा स्टेशनरी सञ्चालन गर्दै...
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले माघ ८ देखि माघ १३ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, तस्बिरहरू:, काठमाडौंको नारायणहिटी मूलढोकाबाट देखिएको संग्राहलयको अग्रभाग। तस्...
सेतोपाटी संवाददाता खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्‍यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ।, आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं। शारीरिक अशक्तता भएका व्यक्ति देख्ना...
रासस अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ। सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो। , कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुल...
सेतोपाटी संवाददाता सर्भरमा समस्या आएपछि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान अवरूद्ध भएका छन्। , शनिबार दिउँसो सरकारी सर्भरमा समस्‍या आएको हो। हाल सबै सरकारी वेबसाइटहरू अवरूद्ध छन्। , डेढ घन्टादेखि उक्त समस्या आइरहेको हो। जसले गर्दा अध्यागमन विभागको वेबसाइट पनि खुलेको छैन। , अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टाद...
सेतोपाटी संवाददाता संखुवासभामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , शनिबार बिहान भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने २८ वर्षीय प्रेमकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। उनले आफ्ना ७३ वर्षीय बुवा गोठे राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। , घरायसी वादविवादमा प्रेमकुमार...
सेतोपाटी संवाददाता बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।, काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम प...
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।, नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।, उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरूलाई ...
रासस तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो । , माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।, हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि...
सेतोपाटी संवाददाता गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईसँग भेटवार्ता गरेको छ।, सभापति कृष्णकुमार राई नेतृत्वको गेसो प्रतिनिधिमण्डल आइतबार मन्त्री किराँती र मं...
सेतोपाटी संवाददाता उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्।, बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्।, मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो ...
सेतोपाटी संवाददाता नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा तरंग उत्पन्न भएको छ।, गृहमन्त्री रवि लामिछाने, सांसद, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, विभिन्न राजनीतिक दलका नेता, कलाकार...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका अगाडि अटो व्यवसायीहरूले प्रदर्शन गरेका छन्। , बुधबार बिहान कुलेश्वर अटो व्यवसाय संघको संयोजकत्‍वमा आन्दोलन गरेको हो। , उनीहरूले महानगरपालिका अगाडि पुगेर नाराबाजी गरेका छन्।, ‘काठमाडौं महानगरपालिका गरि खान देऊ’, ‘ट्राफिक आतंक बन्द गर’ लगायतका नारासहित आन्दोलन गरेका हुन्। , अहिले...
रासस पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ।, काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ। , अस्पतालका फरेन्सिकविद डा तुलसी कँडेलले फरेन्सिक र फिंगर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए। छ जनाको शव अब 'ड...
राजेश घिमिरे उमेरले ७० वर्ष नाघेका मित्रबहादुर कुँवर गत वर्ष आफ्नो परिवार खोज्दै पर्वतबाट चितवन आइपुगेका थिए। बुढेसकालमा सन्तानको माया पाउने आशा थियो। तर रत्ननगर नगरपालिकामा बस्ने छोराहरूले उनलाई आश्रयसम्म दिएनन्।, परिवारको हेलापछि खानबस्न हम्मे भयो। सडकमा आइपुगेका मित्रबहादुरले अन्त्यमा एउटा सहारा भेटे- असहाय वृद्ध क...
सेतोपाटी संवाददाता रोल्पामा आमा-छोरा मृत फेला परेका छन्। , रोल्पा नगरपालिका वडा नं. ६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृत फेला परेका हुन्।, रून्टीगढी गाउँपालिका वडा नं. ७ बलबाङस्थित एक घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। , जिल्ला प्रहरी प्रमुख ...
सेतोपाटी संवाददाता आगलागीबाट गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्थित हिनाङ्गमा रहेको पुङ्जे गुम्बामा क्षति पुगेको छ।, मंगलबार अपरान्ह आगलागी हुँदा गुम्बामा क्षति पुर्‍याएको हो।, सोलार सर्ट हुँदा गुम्बामा आगलागी भएको थियो।, आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको गुम्बामा पुगेर फर्किएका गण्डकी प्रदेशका सांसद...
नवीनबाबु गुरूङ काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ।, आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो।, माइतीघर मण्डलमा बुधबार दिउँसो भेला भई आचार्यको न्यायका लागि प्रदर्शन भएको हो। उनीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थ...
विवेक राई जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा रहेको जेल रेस्टुरेन्ट बन्द गर्ने निर्णयबाट पछि हटेको छ।, आज बिहान प्रशासन कार्यालयले बोलाएर रेस्टुरेन्ट खोल्न अनुमति दिएको सञ्चालक दिपु जैसवालले सेतोपाटीलाई जानकारी दिए। , 'आज बिहान सहायक सिडिओ सरले बोलाउनुभएको थियो। पछि गएर सिडिओ सरले हामीले सञ्चालनमा रोक लगाएको छै...
एजेन्सी प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ। , राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्।, वायु सेनाका...
रासस वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन्।, पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ।, जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला,...
सेतोपाटी संवाददाता अहिले बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस, वागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यत: सफा रहेको छ।,  हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।, तापक्रम बिस्तारै बढ्न थालेको छ। यस क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री ...
रासस उत्तरी गोरखामा भारी हिमपात भएको छ।, बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ का स्थानीय निमा दोर्जेले बताए।, ‘मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ। अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ,’ उनले भने।, गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चे...
सेतोपाटी संवाददाता प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ।, चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायि...
रासस पाल्पामा गए राति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पा...
निशा भण्डारी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजेको शुभ साइत पारेर काठमाडौंको नासल चोकमा वसन्त श्रवण गरी मनाइँएको छ।, हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो। वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, स...
सेतोपाटी संवाददाता जुम्लामा मंगलबार बिहानैदेखि हिमपात भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो।, जुम्ला सदरमुकामसहित जिल्लाभर आज पनि हिमपात भइरहेको छ। , हिउँपरेपछि विशेषगरी किसानहरु खुसी भएका छन् । हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।, हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत...
रासस सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो। , अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।, छिमेकी जिल्ला बाँकेमा दादुराक...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत होर्डिङ बोर्ड हटाएको छ। , मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो। गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जा...
भगवती पाण्डे रूपन्देहीका धेरै सार्वजनिक जग्गा भूमाफियामार्फत् व्यक्तिका हातमा पुगेको पाइएको छ।, तिलोत्तमा नगरपालिका-६ को करिब साढे दुई बिघा सार्वजनिक जग्गा भूमाफियाले लालपुर्जा बनाएर बेचबिखन गर्न लागेको समाचार सार्वजनिक भएसँगै बुटवलको पनि सार्वजनिक जग्गा भूमाफियाहरूको नियन्त्रणमा पुगेको तथ्य खुलेको हो।, बुटवल उपमहानगर...
नारायण खड्का रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का २६ वर्षीय डम्मर कामी कहिल्यै स्कुल गएनन्। पढ्ने इच्छा नभएको होइन तर गरिबीका कारण पढ्न पाएनन्।, पाँच दाजुभाइमध्ये डम्मर काइँला हुन्। उनको घरनजिकै वन छ। गाउँलेहरू उनलाई ‘वनकाइँला’ भनेर चिन्छन्।, पढ्ने उमेरमा स्कुल पढ्न नपाए पनि केही न केही नयाँ काम गर्ने हुटहुटीले डम्मर...
राजकुमार पराजुली तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ।, सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुनसकेको छैन।, चिनियाँ ठेकेदार कम्पनी निम्बो निङ्सिङ इन्टरनेसनल इङ्क नामक ठेकेद...
सेतोपाटी संवाददाता हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ। मंगलबारदेखि लगातारको हिमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्।, हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ। हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दान...
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरमा गाडीको ठक्करबाट अटो चालकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै बेलुकी चोकमा चक्काजाम गरिएको छ। , सोमबार बिहान पौने नौ बजेतिर बा ५ ख ७१५१ नम्बरको हायसले बाटो क्रस गर्दै गरेको भे १ ह ३५४७ नम्बरको अटोलाई कोहलपुर नगरपालिका वडा नं. २ स्थित राजमार्गमा ठक्कर दिएको थियो। , उक्त दुर्घटनाका...
रासस सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जंगलमा भर्खर जन्मेको आफ्नो बच्चा फाल्ने बाबुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।, पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक...
सेतोपाटी संवाददाता दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशातर्फ जाँदै गरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई घोराहीको दामोदर चोकमा आइतबार राति ९ बजेतिर ठक्कर दिएको थियो। , दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालि...
सेतोपाटी संवाददाता ललितपुरको एक कागज गोदाममा आगलागी भएको छ। , सोमबार राती ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित कागजको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , अहिले आगलागी निभाउने प्रयास भइरहेको छ। उक्त कारखानामा राती दस बजेतिर आगो लागेको हो।, चार वटा दमकल, प्रहरी लगायतले...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडालको कार्यकक्षबाट ८ लाख रूपैयाँ बरामद भएको छ।, नवौं तहका कर्मचारी चुडाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। पक्राउ गरी कार्य...
सेतोपाटी संवाददाता आज (मंगलबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।, यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जना...
रासस तनहुँको घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक प्रेम थापालाई पक्राउ गरेको छ।, होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेको आरोप छ।, उक्त होस्टलमा बसेर पढ्दै आएकी भी...
रासस रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको 'जेल रेष्टुरेण्ट' प्रशासनले बन्द गरिदिएको छ।, उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ।, ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो।, ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता ...
खेमराज गौतम पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ- बागलुङ। पहाडी क्षेत्रमा चरेका मौरीको मह अर्गानिक र स्वस्थकर मानिने भएकाले मौरीपालन व्यवसाय फस्टाएको हो।, यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट पनि मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ।, विसं २०७२ बाट मौ...
रासस नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ।, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।, यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रह...
सेतोपाटी संवाददाता झापाको कचनकवलमा दुई जना मृत भेटिएका छन्।, कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका राजेश गणेश र पवित्रा राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गराज रेग्मीले बताए । उनका अनुसार दुबै जनाले सोमबार राति आत्महत्या गरेका हुन्।, स्थानीयका अनुसार उनीहरू दुबै जना चिया बगानमा काम ग...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको कल सेन्टरको एउटा नम्बर बन्द भएको छ।, जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ हाल बन्द भएको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।, उनका अनुसार हाल यस नम्बरको ब्यालेन्स सकिएको कारण बन्द भएको हो।, ‘अहिले ५५११ नम्बरको ब्यालेन्स सकिएक...
रासस विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइ सरे।, भारतसँग सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरूआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गरे।, महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाट...
सेतोपाटी संवाददाता मोरङमा अर्कैको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ परेका छन्। , सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। , उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउ...
मनिका विश्वकर्मा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज मेडिकल क्याम्पसमा एमबिबिएस पढिरहेका विद्यार्थीहरू सोमबारदेखि आन्दोलनमा छन्। , क्याम्पसले उनीहरूलाई होस्टल उपलब्ध नगराएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीहरूको आन्दोलन मंगलबार पनि जारी छ। आक्रोशित विद्यार्थीहरूले...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले देशका पश्चिमी क्षेत्रमा सोमबार रातिदेखि वर्षा भएको छ।, सुदूरपश्चिमदेखि म्याग्दीको घोडेपानीसम्मका विभिन्न स्थानमा वर्षा गराएको उक्त मौसमी प्रणालीले काठमाडौं उपत्यका र पूर्वी नेपालमा भने असर नगर्ने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार सोम...
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरमा एक जना पुरूषले आफैंमाथि आगो लगाएका छन्।, मंगलबार दिउँसो ३ बजेतिर इलाम घर भएका ३६ वर्षीय प्रेम आचार्य नाम गरेका व्यक्तिले आफूमाथि आगो लगाएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको बता...
सेतोपाटी संवाददाता मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।, भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन। , भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्...
सेतोपाटी संवाददाता मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। , भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्क...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको कल सेन्टरको टोल फ्री नम्बर बन्द भएको केही समयपछि पुनः सञ्चालनमा आएको छ।, जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ नम्बरमा ब्यालेन्स सकिएको कारण केही समय बन्द भएता पनि अहिले पुनः सुरू भएको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।, केह...
सेतोपाटी संवाददाता स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्‍ला प्रहरी कार्यालय स्याङ्जाले चार जना यात्रु र २ जना कुटपिटमा संलग्नलाई पक्राउ गरेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। , माघ ५ गते दिउँसो साढे २ बजे वालिङ नगरपालिका-८ मालेबगर खेल...
सेतोपाटी संवाददाता बाजुरामा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण केही घरहरू भत्किएका छन्।, बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार  केही घर भत्किएका छन् भने केही घर चर्किएका छन्।, स्थानीय दिलबहादुर थापाका अनुसार भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्...
सेतोपाटी संवाददाता मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु भएको छ।, गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीय दिलबहादुर थापाले जानकारी दिए ।, उनका अनुसार रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसे...
रासस भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ।, धमिलीकुवा सामुदायिक वनको भिरबाट शनिबार खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, भारतीय नागरिकको मृत्यु, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतार...
दिपकजंग शाही सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो।, वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक ग...
सेतोपाटी संवाददाता उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ।, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने म...