content
stringlengths
20
64.1k
युवराज श्रेष्ठ पोखरा महानगरका मेयर धनराज आचार्यले शौचालय बनाउन गत भदौ २३ गते पोखरा आर्ट ग्यालरी भत्काए।, सिर्जनशील कलाकार समूहले ‘अनन्त रेखाहरू’ शीर्षकमा चित्रकला प्रदर्शन गरेकै ग्यालरीका भित्ता डोजरले चिथोर्‍यो। ग्यालरीको अर्कोतर्फ रहेको पोखरा सार्वजनिक पुस्तकालयमा महानगरेको डोजर चल्यो।, डोजर चलेपछि पुस्तकालयमा संग्र...
सेतोपाटी संवाददाता सप्तरीमा गोली चलेको छ। , बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिए। , उनका अनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो। , कोशी पारी गाईवस्तुहरू हराउन थालेपछि स्थानीयले एक जन...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रूपैयाँ सहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ।, सिरहाको लाहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।, नक्कली नोटसहित पक्राउ पर्नेमा लाहान नगरपालिका १९ का ३० वर्षे म...
रासस बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन्। जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ।, रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको...
सेतोपाटी संवाददाता नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।, ९५ वर्षीय जबराको उपचारका क्रममा आइतबार बिहान  साढे ६ बजे नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए। , 'उहाँलाई पार्किन्सन्सको समस्या थियो। युरिया उच्च देखिएका कारण अस्पताल भर...
सेतोपाटी संवाददाता विद्यालयमा शिक्षक माग गर्दै धनुषाको बटेश्वर गाउँपालिकाका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।, साउन महिनादेखि शिक्षक अभावमा तीनवटा विषय पढाइ नभएको भन्दै वडा नम्बर १ स्थित लक्ष्मी माध्यामिक विद्यालयका विद्यार्थीले आन्दोलन सुरू गरेका हुन्।, वडा कार्यालय घेराउ गर्न पुगेका आन्दोलित विद्यार्थीले कार्यालयमा...
सेतोपाटी संवाददाता साढे ७८ लाख नगदसहित दुई जना हुन्डी कारोबारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , धनगढी उपमहानगरपालिका-९ घर भई काठमाडौंको बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र ५९ वर्षीय दिपेन्द्रबहादुर म...
रासस तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घरभित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै।, खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ।’घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ’, उनले भनिन्,  ‘धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ।’, घोराही...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रह...
एजेन्सी टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भुकम्पले ठूलो धनजनको क्षति गरेको छ। अधिकांश भवनहरू भत्कनुका साथै हालसम्म १० जनाको ज्यान गएको एपीले जनाएको छ।, दक्षिणपूर्वी टर्की र सिरियाको सीमानामा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय क्षति गरेको टर्कीका गृहमन्त्री सुलेमान सोयलुले जानकारी दिए।, टर्कीका राष्ट्रपति ...
एजेन्सी सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ ।, स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ मा गाजियनटेप सहरनजिक १७.९ किलोमिटर (११ माइल) गहिराइमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। , भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पसमेत म...
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ।  उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका छन्। , बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, सडकमा रोकिराखेको लु...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा सालनालसहितको नवजात शुशु जंगलमा फालिएको अवस्थामा मृत फेला परेको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक जंगल भित्र सालनालसहितको नवजात शिशु जन्मने बित्तिकै फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले...
सेतोपाटी संवाददाता रोल्पामा पहिलो पटक स्नातकोत्तर कक्षा सञ्चालन हुने भएको छ। सदरमुकाम लिबाङमास्थित जलजला बहुमुखी क्याम्पसले त्यसका लागि अहिले भर्ना अभियान खोलिसकेको छ। , पहिलो पटक रोल्पामा स्नातकोत्तर तहको पढाइ हुन लागेको हो।, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको जलजला क्याम्पसले चालु शैक्षिक स...
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान टर्कीमा गएको भूकम्पमा परी दर्जनौं मानिसको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।, सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्- टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दछु। मृतक...
एजेन्सी टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।, समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। सयौं मानिसहरू घाइते भएका छन्।, सबैभन्दा धेरै क्षति टर्की र सिर...
नारायण खड्का श्रीमतीको हत्या आरोपमा रोल्पाका एक व्यक्ति दाङबाट पक्राउ परेका छन्। , आफ्नी ४४ वर्षीया श्रीमती गोबिना बुढाथोकीको हत्या आरोपमा रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं. ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को...
भगवती पाण्डे लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने भनिएको रामकथा प्रवचनको केही संस्थाले विरोध गरेका छन्।, यो कार्यक्रम माघ २१ देखि २९ सम्म हुने भनिएको थियो। विरोधको संकेत पाएपछि आयोजकले तीन दिन पछाडि सारेर माघ २४ देखि फागुन ३ सम्म गर्ने भनेको छ।, नेपाल र भारतका दुई हजारभन्दा बढी सहभागी रहने उक्त कार्यक्रम लु...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ६, ‘मिथिलाक कथासभ’ अर्थात् मिथिलाका कथाहरूको शृंखलाअन्तर्गत हामीले अहिलेसम्म पाँचवटा स्टोरी लेख्यौं। ती पाँच स्टोरीमा हामीले मिथिला सभ्यताको सुरूआती चरणको चर्चा गर्‍यौं। तिरहुत राज्यको राजधानी सिमरौनगढको उदय र अन्त्यको कुरा गर्‍यौं। दिल्लीका मुसलमान शासक गयासुद्दिन तुगलकको आक्रमणपछ...
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका पल शाहको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई पुनरावेदन परेको जानकारी  दिने आदेश गरेको छ। , उच्च अदालत पोखराका न्‍यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको इजलासले यस्तो आदेश गरेको हो।, यो जानकारी प्राप्त भएपछि अर्को सुनुवाइमा दुवै पक्ष बहसका लागि उपस...
सेतोपाटी संवाददाता काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ। , सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको हो। , घरको कम्पा...
रासस माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।, लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थग...
रासस हुम्ला जिल्लाको उत्तरी भेगको सिमकोट गाउँपालिका–७ मा डाँडाफया गाउँमा आगलागी भएको छ।, हिमपात भइरहेको बेला उक्त ठाउँमा आगलागी भएको हो। , आगलागी हुँदा ८२ लाख ९५ हजार रूपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख गीताप्रसाद चौधरीले बताए।, स्थानीयवासी दीपक सिंह, शक्ति सिंह, कालु सिंह र ...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।, अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।, प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना...
एजेन्सी टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३७ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।, समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। हजारौं मानिसहरू घाइते भएका छन्।, सबैभन्दा धेरै क्षत...
सेतोपाटी संवाददाता सडक डिभिजन कार्यालय काठमाडौंले सडकमा रहेका खाल्टाखुल्टी पुर्ने कामलाई तीव्रता दिएको छ।, डिभिजनका अनुसार काठमाडौंका सडक खाल्टाखुल्टीरहित बनाउने अभियान माघ ११ गतेदेखि सुरू गरिएको थियो।, सोमबारसम्म गौशाला-रातोपुल-कमलपोखरी-सानोगौचरण-कालोपुल-सिफलका सडकमा रहेका खाल्टाखुल्टी पुरिएका छन्।, यस्तै घण्टाघर, ना...
एजेन्सी टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ।, भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।, राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाक...
रासस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ।, स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो।, मन्त्रालयका सचिव दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भ...
सेतोपाटी संवाददाता बैतडीमा एक युवा मृत फेला परेका छन्। , डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।, बिहिबार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै छ।, अवस्थीका घरपरिवार आएपछि मात्रै थप काम अघि बढाउ...
राजेश घिमिरे भरतपुर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि ६ महिनाभन्दा लामो समय कुर्ने गरेका छन्।, बिरामीको अनुपातमा शल्यक्रिया कक्ष र (एनेस्थेसियोलोजिस्ट)बेहोस बनाउने डाक्टर कम हुँदा समयमै शल्यक्रिया गर्न नसकेको अस्पतालले जनाएको छ।, अप्रेशनका लागि महिनौं कुर्ने बिरामीहरू प्रायः पित्तथैली, हर्नियाँको समस्या भएकाहरू छन्...
सेतोपाटी संवाददाता पार्किङ गरेर राखिएको मालबाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।, झापाको शिवसताक्षी नगरपालिका-१ अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा गएराति दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।, च्यापिएको अवस्थामा रहेका उनीहरूको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाए...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ।, लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ। क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै मह...
रासस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरू गरेको छ।, गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी ...
रासस कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन्। नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन्। पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुःल्क लिन्छिन्। , पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले रू ४० र साइकल सवारले रू पाँच बुझ...
सेतोपाटी संवाददाता नाबालिक बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा राखेपछि तीव्र आलोचना भएको छ।, जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना भएको हो।, नाबालिक बलात्कार आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपला...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। , बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। , शुक्रवार बेलौरी नगरपालिका–५ रामनगरमा सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।  , सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवा...
सेतोपाटी संवाददाता भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्।, टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।, स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक...
मन्दिरा घिमिरे महिनावारीका कुरा, भोजपुरको पौवादुङमा गाउँपालिकामा जन्मिएकी हुन् अल्ट्रा धावक मीरा राई। विश्व अल्ट्रा रनिङमा आफूलाई स्थापित गर्दै आएकी धावक मीरा नेसनल जोग्राफिकले सन् २०१६ मा सार्वजनिक गरेको 'वर्षकै साहसी व्यक्ति' को सूचीमा परेकी थिइन्।, उमेरले तीन दशक पार गरेकी उनी पहिलोपटक महिनावारी हुँदा कति वर्षकी थि...
सेतोपाटी संवाददाता ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक गरेको हो। , ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपै...
सेतोपाटी संवाददाता १६ वर्षीया किशोरीलाई बन्धक बनाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। , मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतीय राजधानी नयाँदिल्लीको रनहोलास्थित मंगलबजार गल्ली नम्बर २ बापरूल्लामा रहेको एक घरबाट १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको हो। ती किशोरीको उद्धार गरी बिहीबार काठमाडौं...
राजेश घिमिरे नारायणगढको पुल्चोक सवारी साधनको चापका कारण सधैं व्यस्त रहन्छ। विभिन्न ठाउँबाट आउने सवारी साधन र किनमेलका लागि आउने मान्छेको भीड व्यवस्थापन गर्न सडकमा उभिएका ट्राफिक प्रहरीलाई भ्याइनभ्याई हुन्छ।  , शुक्रबार मध्यान्ह यहाँको ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई झनै हम्मे भइरहेको थियो। , यसै त व्यस्त सडक त्यसमाथ...
रासस जरायो चोरी सिकार घटना प्रकरणमा दुई जना प्रदेशसभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ। , गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रूपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेकोबारे सूक्ष्म अनुसन्धानपश्चात् दुई जना प्रदेशसभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ ...
सेतोपाटी संवाददाता देशका केही भागमा आजबाट हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय कुनै मौसमी प्रणाली नहुँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।, आज दिउँसो भने प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। वा...
डा.रमिला शिल्पकार क्यान्सरबाट बच्न विभिन्न खोपको सुविधा छ। ह्युमनपापिलोमा भाइरस भन्ने एउटा भाइरस बिरूद्धको खोप छ। त्यसले पाठेघरको मुखको क्यान्सर मात्र होइन मलद्वारको क्यान्सरदेखि भलभल क्यान्सरको रोकथाममा समेत सहयोग गर्छ।, एचपिबीको भ्याक्सिन लगाइयो भने धेरै खालका क्यान्सर र विशेष गरेर पाठेघरको मुखको क्यान्सरबाट जोगाउने...
एजेन्सी कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।, विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। , पाँच र १० वर्षका ...
सेतोपाटी संवाददाता सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौं उपत्यकाका लागि आम कुरा नै भइसक्यो।, सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले। घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन।, त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्या...
सेतोपाटी संवाददाता पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।, शनिबार बिहान सवा ९ बजे बगनासकाली गाउँपालिका-९ गुनठाँटीस्थित तानसेन-दर्लामाडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।  , स्कुटरमा सवार तानसेन नगरपालिका...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले माघ १४ देखि माघ २० गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, तस्बिरहरू:, काठमाडौंको बागमती नदी करिडोरमा पुरानो तरिकाले खर्पनमा तेल बोकेर ब...
सेतोपाटी संवाददाता सर्लाहीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , मलंगवा नगरपालिका-४ स्थित नवलपुर सडकखण्डमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय श्रेष्ठले जानकारी दिए। , शनिबार बिहान पौने १० बजे ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय माध्यामिक विद्याल...
नवीनबाबु गुरूङ बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेपछि नेपाल क्रिकेट संघ (क्यान) विरूद्ध प्रदर्शन भएको छ।, शनिबार दिउँसो माइतीघर मण्डलमा क्यानले अभियुक्तलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै विरोध प्रदर्शन गरेको हो। , उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले अभियुक्त लामिछानेको निलम्ब...
रासस काठमाडौं महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरू गरेको छ। , यही माघ १५ मा महानगरले नौवटा वडाहरू २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो।, यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि...
सेतोपाटी संवाददाता सडकबाट अपांगता भएका व्यक्तिलाई महानगरले पक्राउ गरेको विषयमा काठमाडौं महानगर प्रहरी बलले स्पष्टीकरण दिएको छ। , दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको प्रहरी बलले बताएको छ।, उनी सडकमा चुरोट तथा गुट्खालगायतका वस्तु...
सेतोपाटी संवाददाता नेपालमा पहिलोपटक 'दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन' सम्पन्न भएको छ। एसिया प्यासिफिक ट्रान्सजेन्डर नेटवर्क (एपिटिएन) ले ब्लु डायमन्ड सोसाइटी (नीलहिरा समाज) सँगको सहकार्यमा काठमाडौंमा पाँच दिन सम्मेलन सम्पन्न गरेको हो।, सम्मेलनमा 'रिइम्याजिनिङ द फ्युचरः ट्रान्स एण्ड जेन्डर डाइभर्स पिपल्स कन्भेनिङ' श...
सेतोपाटी संवाददाता बैतडीमा एक मानव कंकाल फेला परेको छ।, मंगलबार दिउँसो दशरथचन्द नगरपालिका–५ बस्कोट शहीद गेटस्थित खोल्सामा उक्त मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए।, मानव कंकाल कसको हो भन्ने पहिचान हुनसकेको छैन। प्रहरीले सनाखतको काम गरिरहेको जनाएको छ। , उनले घटनाले थप...
सेतोपाटी संवाददाता सरकारले यसै वर्षभित्र दादुरा निवारण गर्ने लक्ष्य राखेको भए पनि बाँके र कैलालीमा संकमण बढेको पाइएको छ।, केही दिनदेखि दादुराका लक्षण देखिएका बालबालिकाहरूको परीक्षण गर्दा कैलालीमा मात्रै ८ जनामा संक्रमण पुष्टि भएको हो। जसमा धनगढी उपमहानगरपालिकाका ४, गोदावरी नगरपालिकाका ३ जना र गौरीगंगाका १ जनामा दादुरा...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लागेको छ तर देशभर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।, आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशक...
एजेन्सी युएईको अबुधाबीबाट मुम्बईका लागि उडेको विमानमा अभद्र व्यवहार देखाएपछि एक इटालियन यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जनवरी ३० मा एयर विस्ताराको उडान नम्बर युके २५६ मा मादक पदार्थ सेवन गरी इकोनोमी क्लासकी ती यात्रुले बिजनेस क्लासमा जान खोजेपछि हंगामा मच्चिएको थियो।, जब चालक दलका सदस्यले उनलाई रोक्न खोजे त्य...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। , दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। , पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्...
टिकाराम सुनार नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्‍याइएको छ। अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो।, यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहित...
रासस आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।, पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन्। सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्...
रासस नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्।, चितवनको नारायणघाटस्थित नारायणीको पुलदेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ।, नवलपुरतर्फ बग्ने भङ्गालोलाई उत्तरी ...
रासस धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति पक्राउ गरेको हो। उनी मिथिला नगरप...
सेतोपाटी संवाददाता मानव बेचबिखन गरेको आरोपमा दुई जना म्यानपावर एजेन्ट पक्राउ परेका छन्। , कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। , उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको एसपी दानबहादुर मल्लले जानकारी दिए। , उदयपुर घर भई टोखा नगरपालिका-३ स्थित डेराबाट ४४ व...
रासस आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्। , बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन्। , बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँब...
नवीनबाबु गुरूङ  काठमाडौंको नक्सालमा चित्रकला र मूर्तिकला प्रदर्शनी सुरू भएको छ।, ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालको चन्द्रमानसिंह मास्के प्रदर्शनी कक्षमा ललितकला गुठी काठमाडौंको आयोजनामा प्रदर्शनी गरिएको हो।, २० कलाकारका ५१ चित्रकला र मुर्तिकला समावेश रहेको प्रदर्शनी बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्...
सेतोपाटी संवाददाता ललितपुरको कुपन्डोलस्थित एक घरमा आगलागी भएको छ। , ललितपुर महानगरपालिका कुपन्डोलस्थित एक घरमा दिउँसो तीन बजेतिर आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। , उनका अनुसार अहिले आगलागी नियन्त्रणमा लिने काम भइरहेको छ।, 'अहिले आगलागी नियन्त्रणमा लिइरहेका छौं,' ...
सेतोपाटी संवाददाता नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन्।, चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बिहीबार दिउँसो २ बजेतिर बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए।, ‘आजै जिल्ला अदालत कैलाली बुझाउँदै छौं’, उनले भने।, अरूण चौधरी कैलाली क्षेत्र न...
सेतोपाटी संवाददाता काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ। , नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसीस्थित २० किलोमा बा २ ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो।, बिहीबार दिउँसो साढे ३ बजेतिर उक्त दुर्घटना हुँदा सोही ठाउँकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेक...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ। , बिहीबार प्रहरी प्रधान कार्यालयले दुई वटा सरूवा सूची सार्वजनिक गर्दै ९५ जना एसपीको सरूवा गरेको हो। , पहिलो सूचीअनुसार ४२ जना एसपीको सरूवा गरेको छ। अर्को सूचीमा ५३ जनाको सरूवा गरेको उल्लेख छ। यसअघि काजको रूपमा खटाएकाहरूलाई पनि सरूवा सूचीम...
सेतोपाटी संवाददाता भक्तपुरमा किशोरीमाथि बलात्कार र युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , बुधबार साँझ ६ बजे सूर्यविनायक नगरपालिका-९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जंगलम...
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु भएको छ।, रोल्पा नगरपालिका ४ का २६ वर्षीय पुरन चन्द बिहीबार बिहान ७ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। , घाइते चन्दको जिल्ला अस्पताल रेउघामा उपचारका दिउँसो सवा १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ। , ...
भगवती पाण्डे गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरूले श्रद्धापूर्वक दानपेटिकामा चढाउने भेटी लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ।, कोषले मायादेवी मन्दिरभित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट बर्सेनि झण्डै चार करोड रुपैयाँ भेटी वापतको आम्दानी गर्छ। सोही आम्दा...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले १६३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ। , बिहीबार प्रहरी प्रधान कार्यालयले १६३ जना डिएसपीको सरूवा गरेको हो। प्रहरीले तीन वटा सरूवा सूची सार्वजनिक गरेको हो। जसमा ११६ जना, ३४ जना र १३ जनाको काज सरूवा गरेको हो। , माघ महिना देखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट ख...
रासस मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले बयोवृद्ध भएपछि जग्गा धनी पुर्जा पाएका छन्।, मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताएका उनी २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘बसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाएकामा दुई कट्ठा जमिनको पुर्जा ३४ वर्षपछि पाउँदा पनि हर्ष लागेको बताउँछन्।, राई भन्छन्, ‘२०२...
सेतोपाटी संवाददाता कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।, मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका कैलाली जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ।, बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उ...
दिपकजंग शाही जाजरकोटमा श्रीमतीले हत्या गरी लुकाएको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ।, मंगलबार शौचालयको सेप्टिक ट्यांकीमा भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव भेटिएको हो।, उनले लगाएको कपडा, टाउकोको खप्पर र शव तानेर ट्यांकीमा फाल्न प्रयोग गरिएको डोरी भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, हत्यामा संल...
सेतोपाटी संवाददाता विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई गरिएको छ।, 'आजको आवश्यकता सिमसारको पुनर्स्थापना' नारासहित नदीको करिब पाँच किलोमिटर क्षेत्र सरसफाई गरिएको हो। , मेघौली उपभोक्ता समितिको आह्वानमा ध्रुबघाटदेखि मेघौलीको राधाकृष्ण सामुदायिक वनसम्मको नदी, आसपासको जंगल र सिमसार क्षेत्रको सरसफाई गरिएको हो।, चितव...
रासस बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बिहीबार दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको ना२ख ७३४२ नंको बसले ...
सुशीला रेग्मी/रासस पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ। एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ। यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ। , अहिले मानिसहरू फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भ...
रासस पोखरा जहाज दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न डिएनए परीक्षण सुरू भएको छ।, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरू गरिएको जानकारी दिए। , उनका अनुसा...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ। , महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीका अनुसार मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको...
रासस संखुवासभामा निमार्णाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ। , मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी द...
सेतोपाटी संवाददाता कञ्चनपुरमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा एक अनाथालयका प्रमुख पक्राउ परेका छन्।, लामो समयदेखि अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। , बालिकाहरूमाथि यौन शोषण हुँदै आएको ...
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ को गैरागाउँ–घनीबगिया सडकखण्डको कुटवा खोला पुल निर्माण कार्य पुस १३ गतेसम्म पूरा भइसक्नुपर्ने थियो।, २०७८ असार १४ गते कटुवा खोला पुल डेढ वर्षमा निर्माण सक्ने गरी करिब ४ करोड १७ लाख २४ हजार रुपैयाँमा सम्झौता भएको थियो।, सोही मितिमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ को...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ५, ‘मिथिलाक कथासभ’ शृंखलाको तेस्रो अध्याय ,‘मैले देखेको सिमरौनगढ’, प्रकाशित भएको दोस्रो दिन बिहान मेरो म्यासेन्जरमा एउटा लामो सन्देश आयो।, जेसन वैद्यका नाममा आएको उक्त सन्देशमा उनले मेरो लेख पूरै पढेको बताएका थिए र सँगसँगै लेखेका थिए, ‘म, मेरो पूर्वज सिमरौनगढका राजा हरसिंहदेवको सो...
सेतोपाटी संवाददाता मंगलबार भियतनाममा लडाकु विमान दुर्घटना भएको छ। दुर्घटनामा परी पाइलटको मृत्यु भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। , टाइम्सले भियताम अनुसार  उत्तर भियतनामको येन बाई प्रान्तमा मंगलबार लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको हो। रसियामा बनेको उक्त विमान सैन्य तालिमका लागि प्रय...
रासस कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ सय ४० किलो अखाद्य मह नष्ट गरेको छ।, प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो।, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार सो परिमाणको मह ७६ वटा डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थ...
रासस मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ ।, हेटौंडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ।, मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको स...
रासस काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी संकलन भएको छ । , गत पुस २२ गतेदेखि सुरू भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो।, गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी संकलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढ...
रासस ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, ‘पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन।, गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ नभएका ठाउँ...
सेतोपाटी संवाददाता नेपालमा पश्चिमी वायुको प्रभाव केही दिनदेखि कायम छ। जसको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ।, दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि प्र...
रासस निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन्।, जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरूले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन्।, मिलापत्र अनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रूपमा स्वीकार्ने भएका छन्। जिल्ला अदालत धनुषामा अंश मुद्दा द...
सेतोपाटी संवाददाता डोल्पा जिल्लाको फोक्सुन्डो ताल किनारमा अवस्थित थासुङ छोलिङ गुम्बाका खेन्पो साम्दुक निमा रिम्पोछेको काठमाडौंस्थित त्रितेन नोर्बुचे गुम्बामा आयोजित कार्यक्रममा सिंहासन गराइएको छ।  , विगत तीन दशक भन्दा लामो समयदेखि वोन धर्मको प्रर्वद्धनमा क्रियाशील रिम्पोछेलाई मंगलबार औपचारिक रुपमा सिंहासन गराइएको हो। ...
एजेन्सी भारतको झारखण्ड राज्यको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ।, स्थानीय प्रहरीका अनुसार आगो निभाउने र उद्धार कार्य जारी छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगो लागेको थियो। आगलागीमा परेर अहिलेसम्म ११ जना महिला, दुई बालबालिका र अर्का एक जना पुरूषको शव...
एजेन्सी सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ।, उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको छ।, नाचेको भिडिओ सामाजिक सञ्जाल इन्स्टाग्राममा  सार्वजनिक भएपछि उनीहरूलाई पक्राउ गरिएको थियो। भिडिओ...
रासस जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ। , क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या  भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए। उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त का...
रासस सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ।, जुगल गाउँपालिका- २, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्।, प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार पुर्जा वितरण गरे। विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा ब...
सेतोपाटी संवाददाता जाजरकोटमा श्रीमतीले हत्या गरी फालेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले मंगलबार शौचालयको खाडलमा शव फेला पारेको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरेको खुलेको हो...
मनिका विश्वकर्मा धनुषा जिल्लाकी छोटु साह (परिवर्तित नाम) ले 'सम्मान गृह' मार्फत आफू पारलैंगिक युवती भएको कुरा आफ्ना परिवारजनलाई थाहा दिइन्।, २५ वर्षीया छोटु एक महिनाअघि जनकपुरस्थित उक्त गृहमा एक हप्ता बसेकी थिइन्। त्यहाँ बस्नुअघि उनी पारलैंगिक हुन् भन्ने कुरा परिवारमा थाहा थिएन। परिवारका लागि उनी छोरा थिए। उनको बिहेको...
नवीनबाबु गुरूङ सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ। , ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रूटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो।, ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदलयात्री र सवारी साधन चालकहरूले सास्ती व्यहोर्नुपरेको छ। सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा...