content stringlengths 20 64.1k ⌀ |
|---|
राजु अधिकारी भनिन्छ, कुनै देश कस्तो छ भन्ने थाहा पाउन त्यहाँको विश्वविद्यालय नियाले पुग्छ। जसरी विश्वविद्यालयले सिंगो देशको चित्र पेस गर्न सक्छ, कुनै ठाउँको स्कुलले कम्तीमा त्यहाँको समाजको चित्र पेस गर्छ भन्न सकिन्छ।, हामीले यहाँ मोरङको ग्रामथानमा रहेका दुइटा सामुदायिक स्कुलका बारेमा चर्चा गरेका छौं। यी दुई स्कुलले यह... |
सेतोपाटी संवाददाता अव्यवस्थित रूपमा राखेका इन्टरनेटका तार हटाउन ललितपुर महानगरपालिकाले निर्देशन दिएको छ।, इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमले सडक किनारामा राखेका अव्यवस्थित तार र बिजुलीका पोल-पोलमा राखेका तारका मुठा ७ दिनभित्र हटाउन महानगरले आज सूचना निकालेर निर्देशन दिएको हो।, यस्ता तारहरूले महानगर क्षेत्रल... |
एजेन्सी माघ २३ गते गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी ४६ हजार मानिसले ज्यान गुमाएको टर्की र सिरियाको क्षेत्रमा सोमबार फेरि अर्को भूकम्प गएको छ।, स्थानीय समयअनुसार सोमबार राति ८ बजेर ४ मिनेटमा हतायमा केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। पछिल्लो भूकम्पमा परी कम्तीमा ३ जनाको मृत्यु भएको र २१३ जना घा... |
राजेश घिमिरे पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा खण्ड विस्तारको सम्झौता भएको दुई वर्ष हुनै लाग्यो। तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि कामको गति असाध्यै सुस्त छ।, केही दिनअघि हामी पुग्दा राजमार्गका केही ठाउँमा मात्रै काम भइरहेको थियो। सडक विस्तारका लागि अहिले भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने क... |
सेतोपाटी संवाददाता पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ।, ठोरी गाउँपालिका-४ विजयबस्तीस्थित हुलाकी सडकखण्डमा बागमती प्रदेश-०१-०२७ च ०३०३ नम्बरको गाडीको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। , मंगलबार बिहान साढे ८ बजे उक्त दुर्घटना हुँदा ठोरी-४ बस्ने १३ वर... |
रासस डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखान क्षेत्रका व्यापारीलाई फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ। , ‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारिलाई डोको वितरण गरिएको हो।, स्थानीयस्तरम... |
नारायण खड्का दाङको तुलसीपुरमा झन्डै पाँच ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।, सोमबार राति पौने १० बजे तुलसीपुर उपमहानगरपालिका-९ बेलुको दाजुभाइ चोकका २३ वर्षीय रुपकराज सुनारलाई प्रहरीले पक्राउ गरेको हो।, लागु औषधको चेकिङ गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरले सोमबार कोहलपुरस्थित तालिम केन्द्रबाट दुईवटा कुकुर ... |
नवीनबाबु गुरूङ प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइरहेका छन्।, नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५० औं ग्याल्पो ल्होसार मनाइरहेका छन्।, मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२... |
सुदीप श्रेष्ठ बाजुराको गौमुल गाउँपालिका–२ की जमुना रोकाय गत माघ १० गते दिउँसो बारीमा घाँस काट्न गएकी थिइन्। ठ्याक्कै २ बजेर ४३ मिनेट जाँदा भुइँचालोको कम्पनले धर्ती थररर काम्यो।, भिरालो जमिनमा घाँस काट्दै गरेकी जमुना भारी छाडेर भाग्न खोजिन्, तर माथिबाट खसेको ठूलो ढुंगा छलेर उम्किन सकिनन्।, स्थानीय दिलबहादुर थापाका अनुस... |
नारायण खड्का कोही अबिर दलिरहेका थिए, कोहीले खादा ओढाइरहेका थिए। कोही ताली पिटिरहेका थिए त कोही खुसीले हुटिङ गरिरहेका थिए। यो दृष्य मंगलबार दिउँसो २ बजेपछिको दाङ तुलसीपुरस्थित बिएस पार्टी प्यालेसको हो।, झन्डै ६ सय हाराहारीमा मानिसहरू दुई युवालाई अबिर, खादाले सम्मान गर्दै उनीहरूलाई बधाई दिइरहेका थिए। दुई युवाको अनुहारमा... |
सेतोपाटी संवाददाता नवलपरासीको गण्डक नहरमा दुई बालक र एक महिला बेपत्ता भएकी छन्। , मंगलबार दिउँसो पौने २ बजे नवलपरासी सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा २९ वर्षीया प्रतिमा थारू, उनका ९ वर्षीय छोरा क्रिश थारू र ७ वर्षीय सुमित थारू बेपत्ता भएका हुन्। , डिएसपी भोजराज पाण्डेयका अनुसार प्रतिमाले आफ्ना दुई छोरालाई स... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले व्यवसाय दर्ता गर भन्दा धेरैलाई कर तिर भने जस्तो लाग्ने गरेको बताएकी छन्। , मंगलबार काठमाडौंको एक सभामा बोल्दै डंगोलले व्यवसायीहरूलाई व्यवसाय दर्ता गर भन्दा कर तिर भने जस्तो लाग्ने गरेको बताएकी हुन्।, अहिले धेरै व्यापारीहरूले अनौपचारिक रूपमा व्यापार व्यवस... |
मन्दिरा घिमिरे घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ।, यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ।, काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो नि... |
सेतोपाटी संवाददाता पोखरा–३३ ठूलढुंगाका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ खेल्दैखेल्दै सेती दोभान पुगे। पोखरा–१४ मा पर्ने सेती दोभानतिर जंगलमा खेल्दै जाँदा उनीहरूले नौलो वस्तु फेला पारे। उनीहरूले त्यो वस्तु लिएर घर फर्किए। , कहिल्यै नदेखेको नौलो वस्तु घर ल्याएर खेलाउन थाले।, कास्की प्रहरी प्रवक्ता ज्ञानबहादु... |
रासस मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्।, हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्। , चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्याएको स्थानीयले बताएका छन्। गएराति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति... |
रासस जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्।, पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन्।, महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले बताए।, कारागारमा हाल एक सय १५ क... |
रासस तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।, बहराइनमा मंगलबार भएको कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले बताइन्।, उनकाअनुसार बहराइनका राजा अल खालिफ... |
एजेन्सी अमेरिकाको न्युयोर्कबाट भारतको राजधानी नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको एउटा जहाज बुधबार बिहान स्विडेनको स्टकहोममा आकस्मिक अवतरण भएको छ। समाचार संस्था पिटिआईका अनुसार एयर इन्डियाको फ्लाइट एआई १०६ मा ३०० जना यात्रु थिए।, उडानका क्रममा जहाजको एउटा इन्जिनमा तेल लिक भएपछि जहाज आकस्मिक अवतरण भएको हो।, स्टकहोम ... |
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छन्।, आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन्।, नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान १०ः३० बजे बागलुङ आएका राष्ट्रपति भण्डारीले करिब १५ मिनेट... |
रासस धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ।, ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ।, धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थ... |
सेतोपाटी संवाददाता युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्कका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ।, होटेल सञ्चालन गर्दै आएकी ३९ वर्षीया टोपली सार्की र उनका श्रीमान् ५२ वर्षका बिमुसा सार्कीलाई युवती बेचबिखन आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।, घोराहीक... |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १३, घाम उज्यालो थियो, आकाश सफा। मधेसको तातो हावासँग मधेसकै गीत पौंठेजोरी खेल्दैथ्यो।, ‘तोहार दुलहा हो, तोहार दुलहा, तोहार दुलहा,
साँवर साँवर सूरतिया तोहार दुलहा,
गोरे गोरे लखन रंगदार दुलहा हो रंगदार दुलहा,
साँवर साँवर सूरतिया तोहार दुलहा’, यो लोक मैथिली गीत हो जसले भन्छ, ‘तिम्रो दु... |
सविता बुढा खेलाडी होइनन् उनी। तर अक्सर खेल मैदानमै भेटिन्छन्। मैदान सफा गरेर खेलका लागि तयार गर्नु उनको काम हो। काम मात्रै होइन, उनको लगन हो। उनी यसमै आनन्दित छन्।, उनी हुन् धनगढी उपमहानगरपालिकाका बासिन्दा ६८ वर्षीय दायाराम राना। , राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता तयारीको समयमा दयाराम मैदानमै भेटिन्छन्। खेलाडीका भरप... |
रासस अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना सैनिकको मृत्यु भएको छ।, मालीमा मंगलबार भएको उक्त बिस्फोटमा परी अन्य पाँच जना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ।, मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता स... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ।, बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोबाट क्षतिको खबर आइपुगेको छैन।, यो पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको तेस्रो भुइँचालो ... |
भगवती पाण्डे एक महिना अघिको कुरा हो, बुटवलस्थित सुख्खानगरका निर्मल नेपाल घरमा बसिरहेका बेला उनका साथी उमेश केसीले फोन गरे।, ‘तिलोत्तमाको हरपुरमा मेरो साथीको पनि साथीको १७ कट्ठा जग्गा छ बेच्न खोजेका छन् ग्राहक खोजिदिन पर्यो,’ उमेशले भने। , ‘जग्गा हेर्न पाए कसैले किन्न खोज्यो भने देखाउन पाइन्थ्यो,’ निर्मलले भने।, केही... |
सेतोपाटी संवाददाता कास्कीको पोखरामा बस दुर्घटना भएको छ। , ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन्। , ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो। , दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएक... |
सेतोपाटी संवाददाता झन्डै २ साताअघि टर्कीमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्पका बेला जन्मिएकी नवजात शिशुले सहारा पाएकी छन्।, समाचार संस्था रोयटर्सका अनुसार शनिबार उनका अंकल र आन्टीले उनको जिम्मा लिएका हुन्। , सिरियाको एलोप्पो प्रान्तस्थित जिन्देरिसमा उद्धारकर्ताहरूले भूकम्पको अर्को दिन ती नवजात शिशुला... |
रासस गुल्मीमा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यु भएको छ।, इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। , आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जंग खत्री... |
विवेक राई नेपाली सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड राखेको छ।, सेना दिवसको अवसर पारेर उक्त रेकर्ड कायम गरिएको नेपाली सेनाका प्राविधिक सेनानी दिनेश सुनाम बताउँछन्। , शनिबार टुँडिखेलमा आयोजित समारोहमा सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर प्रदर्शन गरेको थियो। , कार्यरथी उपरथी सागरबहादुर थापाको परिकल्पना ... |
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियल दिल्ली लैजान खोज्ने टर्कीका नागरिक पक्राउ परेका छन्।, भारतको दिललीतर्फ लैजान लागेको एक लाख २६ हजार तीन सय कतारी रियलसहित टर्कीका नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठले जानकारी... |
रासस राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुई जना पक्राउ परेका छन्।, पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, रासस कार... |
सेतोपाटी संवाददाता मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।, दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।, दम र छाती रोगका संक्रमणको उपचारका क्रममा श्रेष्ठको निधन भएको उनका छोरा जया श्रेष्ठले बताए।, डाक्... |
सेतोपाटी संवाददाता भारतले नेपाललाई मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराएको छ।, भारतीय राजदूत नविन श्रीवास्तवले मिर्गौला डायलाइसिस मेसिन सोमबार नेपाललाई हस्तान्तरण गरेका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको कार्यक्रममा भारतीय राजदूत श्रीवास्तले दुई सय थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेका हुन्।,
भ... |
मनोज सत्याल यस वर्ष हिउँदमा तपाईंले कत्तिको जाडो महसुस गर्नुभयो? वा भनौं, कत्तिको न्यानो महसुस गर्नुभयो?, जवाफ प्रस्ट छ, यसपालि खासै जाडो भएन।, जाडोमा घाम प्यारो हुन्छ, तर यसपालि दिनैभरि घाम तापेर बस्ने गरी जाडो भएको बढीमा दुई साता मात्र हो। हामीले मध्य माघदेखि नै घामले पोल्न थालेको महसुस गरेका थियौं।, यो वर्ष जाडो कि... |
सेतोपाटी संवाददाता बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले रेग्मीलाई आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।, उनी थाइल्यान्डबाट फर्किँदै थिए। यसअघि रेग्मीले विद्युतीय माध्यमबाट आफूहरूको चरित्र हत्या गरेको भन्दै विभिन्न कलाकारहरू... |
रासस मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ। धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई/चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागाभाग हुन्छ। दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको साविकको दौलिचौर गाविस (अहिलेको सुर्मा गाउँपालिका-१) मा भ... |
टीकाराम सुनार\सुदीप राउत ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौं?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक।, उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्याइन्, ‘स्वच्छ श्वास फेर्न कहिले पाउँछौं? उनले गुनासो गर्दै भनिन्, ‘आँगनका कपडा... |
सेतोपाटी संवाददाता मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा एक महिलाको शव फेला परेको छ।, हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा महिलाको शव फेला परेको हो।, स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।, प्रहरीका अनुसार पहिचान नखुलेकी करिब ३५ वर्षीया महिलाको हत्या भएको अवस्थामा शव भेटिए... |
सेतोपाटी संवाददाता मोरङ बुढीगंगा- २ मा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ। , प्रहरीका अनुसार मृतक महिला विराटनगर-१९ घर भएकी २८ वर्षीया प्रियंका सुनवार हुन्। , हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा उनको शव फेला परेको थियो।, स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।, स्थानीय नरसिंह चौधरीको ... |
रासस चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरू नगरे पनि सरकारले चक्रपथको कलंकी-बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ। सडक बनाउन चीन सरकारसँग सम्झौता भइसके पनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउँमा काम थालिसकेको छैन। चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ अम्बापुरका युवा गिरिराज आचार्य सोमबार दिउँसो इलाका प्रहरी कार्यालयमा थिए। , २०७७ साल असोज ३० गते बैंकको किस्तासहित २० लाख ८५ हजारमा रा १ ख १६८२ नम्बरको बस उनले तुलसीपुर– १८ दूधरासका जंगबहादुर वलीसँग किनेका रहेछन्। वलीले यो बस तुलसीपुर–१८ का तेजकुमार खत्रीसँग किनेका... |
सेतोपाटी संवाददाता मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ। , विराटनगर-१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा-२ पुर्याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। , २९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घाँटी थिचेर हत्या गरेको र सहय... |
सेतोपाटी संवाददाता नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ घटनामा पाँच जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। , जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार स्पट फिक्सिङमा संलग्न पाँच जनाविरूद्ध मुद्दा दर्ता गरेको प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसप... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ। , बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारब... |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १२, काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया अर्थात् इन्द्रजात्राको पहिलो दिन ‘उपाकु’ पर्व मनाइन्छ।, लिच्छविकालमै सुरू भएको मानिने उपाकुमा काठमाडौंको मध्य–सहर (कोर–सिटी) को सिमाना परिक्रमा गर्दै दोबाटो, चौबाटो र मन्दिरहरूमा काँचो (नपोलेको) दियो बाल्ने चलन छ। यसो गर्दा पितृहर... |
सेतोपाटी संवाददाता दाङका स्थानीयले सोमबार सडक डिभिजन कार्यालय दाङको मूल गेटमा धर्ना दिएका छन्। , घोराही उपमहानगरपालिकाको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक नबनेको भन्दै स्थानीयले कार्यालयमा धर्ना दिएका हुन्। लामो समयसम्म पनि निर्माण कार्य सम्पन्न नगर्दा दु:ख पाएको भन्दै स्थानीयले एक घन्टा धर्ना दिएका हुन्। , उक्त सड... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएका तीन जनाले दर्ज्यानी चिह्न पाएका छन्। , सोमबार काठमाडौंको हलचोकस्थित प्रधान कार्यालयमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले तीन जना डिआइजीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।... |
सेतोपाटी संवाददाता बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। , काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। , ब्युरोले रेग्मीलाई आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई सोमबार बिहानदेखि भेन्टिलेटरबाट निकालिएको छ।, बिहान साढे १० बजे भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको र अहिलेसम्म राख्न नपरेको भण्डारीसँग अस्पतालमा रहेका माधव न्यौपानेले सेतोपाटीलाई बताए।, गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास चुहिएर आगलागी हुँदा सांसद... |
सेतोपाटी संवाददाता सोमबार साँझ धरानमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिएका छन्।, ‘अहिले धेरैले विष्फोट भनिरहनुभएको छ तर विष्फोट भएको होइन। ग्यास लिक भएर आगलागी भएको हो,’ एसपी ढकालले भने, ‘आगोले जलेर... |
सेतोपाटी संवाददाता काठमाडौं विश्वविद्यालय (केयु) मा वाइल्डिङसम्बन्धी आइएसओ सर्टिफिकेसन परीक्षा सुरू भएको छ। नेपालकै पहिलो पटक भनिएको परीक्षा केयुको टेक्निकल ट्रेनिङ सेन्टर (टिटिसी) मा सोमबारदेखि सुरू भएको हो। , केयु र दक्षिण कोरियाको नेपालस्थित क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरले केयुमा आइएसओ सर्टिफाइड परीक्षा तथा तालिम... |
रासस प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।, नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।, मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्य... |
सेतोपाटी संवाददाता कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ।, काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। , ‘उनीमाथि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लैजाँदै छौं’, उनले भने।, आफूलाई मानहानी गरेको भन... |
नवीनबाबु गुरूङ बैंक तथा वित्तीय संस्थाबाट महँगो ब्याज असुलिएको दाबी गर्दै उपत्यकाका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।, शुक्रबार सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा भेला भएर उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्।, उनीहरूले बैंकिङ आतंक बन्द गर, ब्याजदर घटाऊ, गरिखान देऊलगायत नारासह... |
सेतोपाटी संवाददाता कीर्तिपुरबाट प्रहरीले सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ। , त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।, उनका अनुसार उनी सट्टाबाजीम... |
सेतोपाटी संवाददाता महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने भएको छ। , गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौर... |
सेतोपाटी संवाददाता गाउँगाउँमा डुलेर त्यहाँका पर्यटकीय सम्भावना उजागर गर्दै र स्थानीय पर्यटनकर्मीलाई हौस्याउँदै ग्रामीण पर्यटनका पक्षमा पैरवी गर्दै आएका पत्रकार अमृत भादगाउँले पुरस्कृत भएका छन्।, उनलाई नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीले पर्यटन शुभारम्भ भएको रजत महोत्सवका अवसरमा शुक्रबार २५ हजार नगदसहित पुरस्कृत गरेको... |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ११, मिथिलाकी राजकुमारी सीताले नचाहेकी भए अयोध्याका राजकुमार रामचन्द्रसँग उनको विवाह नहुन सक्थ्यो!, राजा जनकको सर्त थियो — जसले भगवान शिवको धनुष उचालेर ताँदो चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गराइदिने।, शिवको धनुष यति शक्तिशाली थियो, कसैले त्यसमा ताँदो चढाएर बाण हान्यो भने भगवान... |
सेतोपाटी संवाददाता कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थपिएको छ।, काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न चार दिन म्याद थप गरेको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। तीनकुने गैरीगाउँ बस्ने ४६ वर्षीय खनाललाई काठमाडौंको नयाँ ... |
सुनिता सिटौला खाना पकाउने ग्यासबाट हुने आगलागी वा दुर्घटनाका खबर हामीले दिनहुँजसो सुन्दै आएका छौं। यसका विभिन्न कारणमध्ये भान्सामा प्रयोग हुने सिलिन्डरका साथै रेगुलेटर, पाइप र चुल्हो गुणस्तरीय नहुनु पनि दुर्घटनामा जिम्मेवार हुन्छ।, दुर्घटनाबाट बच्न सिलिन्डर, रेगुलेटर, पाइप र ग्यास चुल्हो गुणस्तरीय प्रयोग गर्नुपर्ने ने... |
नवीनबाबु गुरूङ पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ।, हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि शनिबार परेको छ।, यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छन्।, हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रिका दिन विशेष पूजा र... |
मन्दिरा घिमिरे महिनावारीका कुरा, एलिन भण्डारी पारलैंगिक पुरुष (ट्रान्सम्यान) हुन्। छोरीका रूपमा जन्म लिए पनि उनले आफ्नो लैंगिक पहिचान पुरूषका रूपमा गरेका छन्। , तीस वर्षअघि काठमाडौंको महाराजगञ्जनमा जन्मिएका उनको नाम एलिना थियो। उमेर बढ्दै जाँदा उनलाई आफू महिला नभएर पुरूष भएको महशुस हुन थाल्यो। आठ कक्षा पढ्दा आफू पुरूष... |
विवेक राई हामीमध्ये कतिपयले आगोले हात वा शरीरका कुनै अंग थोरै जल्दा पनि टुथपेस्ट, टमाटरजस्ता चीजहरू प्रयोग गर्छौं। अझ गाउँघरतिर त आगोले पोलेको ठाउँमा गोबर वा माटो लगाउने चलन पनि छ।, चिकित्सकहरूले भने पोलेको ठाउँमा यस्ता कुरा लगाउनु हानिकारक हुने बताएका छन्।, त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी तथा बर्न विभागका प्... |
सेतोपाटी संवाददाता महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए।, जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगंगा क्षेत्रबाट लाममा ... |
सेतोपाटी संवाददाता महाशिवरात्रि पर्वको अवसरमा तीलगंगा-गौशाला-जयबागेश्वरी-मित्रपार्कसहितको पाशुपत क्षेत्रमा शनिबार दिनभर यातायात प्रभावित हुने भएको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ।, गौशाला क्षेत्रतर्फ ... |
रासस डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि केआइसिंह–१ महादेव बस्ने ३६ वर्षीय चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।, दुर्घटनामा परी ६ जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका ड... |
नवीनबाबु गुरूङ महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। , पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पाशुपत क्षेत्रमा गएरातिदेखि नै शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ । , पाशुपत क्षेत्रका विभि... |
राजेश घिमिरे नारायणगढ–मुग्लिन सडकका दुईवटा खोलामा पुल बनाउनका लागि पहरो फुटाउन शनिबारदेखि थप १५ दिन सडक बन्द हुँदैछ। चिसेन्जी र तुइनखोलामा पुल निर्माणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले गत पुस ५ गतेदेखि दिउँसोको समयमा यातायात बन्द गर्दै आएको छ। , सडक आयोजनाका प्रमुख ईन्जिनियर किरण कार्कीले गत गत पुस ५ गतेदेखि माघ ५ ... |
नवीनबाबु गुरूङ नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा सेना दिवस मनाएको छ। , हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी सेना दिवस मनाउने गरेको छ। शनिबार सेनाले २६०औं सेना दिवस मनाएको हो। , यस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि छन्। राष्ट्रपति भण्डारी नेपाली से... |
सेतोपाटी संवाददाता वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । , वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए। विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो। ‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया ... |
सेतोपाटी संवाददाता पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ। , गएराति पौने १२ बजे धोबिनी गाउँपालिका-४ पुलचोकमा प्रदेश नम्बर २-०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए। , लंगडीबाट हरिपुर जाँदै गरेको मोटरसाइकल कलभर्टम... |
रासस महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेका छन्। , आज पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।, ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरू भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले रासस... |
सुदीप श्रेष्ठ तपाईंहरूले काठमाडौं सहर कत्तिको घुम्नुभएको छ? सहर घुम्दा वरिपरिका पुराना संरचना कत्तिको हेर्नुभएको छ?, हेर्नुभएको छ भने यहाँका पुराना ढुंगे स्तम्भ वा ढुंगाका पिलर याद गर्नुभएको होला। तर ती ढुंगे स्तम्भको तल्लो भाग अर्थात् जगमा के हुन्छ, कहिले हेक्का राख्नुभएको छ?, काठमाडौं उपत्यकाका पुराना दरबारदेखि मन्द... |
डा.अरूण केसी घाँटीमा हड्डी अड्किएर अस्पताल आउनेको संख्या धेरै हुन्छ। चपाएर नखाने, राम्रोसँग नखाने, दाँत नभएकाको घाँटीमा हड्डी अड्किने समस्या हुन्छ।, माछा मासुसँग रक्सी खानेलाई हड्डी अड्किने समस्या हुन्छ। नसा सम्बन्धी रोग भएकाको पनि घाँटीमा हड्डी अड्किन सक्छ।, घाँटीमा श्वास नली र खाने नली हुन्छन्। धेरैजसो चिजहरू खाने न... |
रासस वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन्।, प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन्। , नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ।, त्यसमध्ये भारतबाट... |
सेतोपाटी संवाददाता काभ्रेको बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौं तथा प्रदेश राजधानी हेटौंडासँग जोड्ने सडकअन्तर्गत मुसेखोल्सादेखि चलाल गणेशस्थानसम्मको ३.५ किलोमिटर खण्डको स्तरोन्नति सुरू भएको छ।, चलाल गणेस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ। , बुधबार गाउँपालिका अध्यक्ष भगवान अधिक... |
सेतोपाटी संवाददाता मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए। , मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बे... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बुधबार दिउँसो न्याय माग्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी द... |
सेतोपाटी संवाददाता उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।, सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सुत्केरी गराउन नसकिएपछि बुधबार हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।, अनिताका आफन्तले हेलिकप्टरका लागि ... |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १०, मिथिलाका राजा जनकको दरबारमा विद्वानहरूको कुनै कमी थिएन। तिनै विद्वानहरूको समूहमा एक जना बालक थिए, जसको नाम थियो अष्टाबक्र।, अष्टाबक्राका दुई विशेषता थिए —, पहिलो, उनको शरीरका आठवटा अंग बांगाटिंगा थिए। आफ्नै बुवा कहोड ऋषिको श्राप पाएर उनले यस्तो शारीरिक अपांगता झेल्नुपरेको थियो।... |
सेतोपाटी संवाददाता बचतकर्ताहरूले जम्मा गरेको रकम फिर्ता माग्दै सहकारीका सञ्चालकहरूको घर घेरेपछि प्रहरीले विराटनगरस्थित तुलसी बहुमुखी सहकारीका उपाध्यक्ष, सचिवलगायतलाई पक्राउ गरेको छ। , बचत गरेको रकम दिनुपर्ने माग राख्दै सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेराउ गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको ... |
रासस यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ।, यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना म... |
सेतोपाटी संवाददाता गत सोमबार बालाजुमा भएको मजदुर आन्दोलनले उग्र रूप लियो। , दिउँसोदेखि सुरू भएको आन्दोलनले अपरान्हसम्म उग्र रूप लिइसकेको थियो। एकातिर प्रहरी वृत्त बालाजु र अर्कोतर्फ प्रहरी वृत्त महाराजगन्जको टोलीले आन्दोलनलाई रोक्ने प्रयास त गर्यो तर बल प्रयोग गरेको थिएन। , प्रहरीले बल प्रयोग नगर्दा ठूलो क्षति भएको भ... |
सेतोपाटी संवाददाता धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप भनेर चिनिने ओम प्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।, औरही खोलामा अवैध रुपमा बालुवा–गिट्टी खनेको विरोध गर्दा मारिएका महतोको घटनामा विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतो दोषी ठहर भएको स्रेस्तेदार विकास बस्नेतले जानकार... |
सेतोपाटी संवाददाता मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका पवन खतिवडा हिरासतबाट छुटेका छन्।, बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि हिरासतबाट उनी छुटेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए। , ‘सामान्य विवाद भएको थियो। अहिले मिलापत्र गरेर गइसक्नुभयो,’ उनले भने। , मंग... |
सेतोपाटी संवाददाता बालाजुमा गत सोमबार भएको आन्दोलन भड्किँदा प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए। , प्रहरीले सामाजिक सञ्जालमा बाहिरिए... |
सेतोपाटी संवाददाता बालाजुको मोबाइल पसलमा लुटपाट गरेका आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले चार जना आरोपितलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।, बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेका व्यक्तिहरूबारे सार्वजनिक गरेको हो।, गत सोमबार... |
रासस सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मंगलबार राति ज्योतिर्लिङमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ।, जिल्लाको प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो। उनका अनुसार चार केजीको चाँद... |
सेतोपाटी संवाददाता आज केही प्रदेशमा मौसम आंशिक बदली रहे पनि बाँकी भू-भागमा सफा रहने छ ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।, अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू-... |
एजेन्सी टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन्।, टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जिवितै उद्धार गरेको छ। , एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अ... |
सेतोपाटी संवाददाता सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरेको छ।, गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ ।, हज यात्राका लागि पहिलो किस्तावापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगन... |
रासस सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ।, बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो।, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा... |
सेतोपाटी संवाददाता ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीमा परी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ।, बुधबार राति बुद्धनगरस्थित घरमा भएको उक्त घटनामा परी सांसद भण्डारी पनि घाइते भएका छन्।, उनको शरीरको ३० प्रतिशत भाग जलेको छ। कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुन नसकेपछि भण्डारीलाई ... |
सेतोपाटी संवाददाता ग्यास सिलिन्डर बिस्फोटमा परेर घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको मृत्यु भएको छ।, कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार बिहान १०:५७ बजे मृत्यु भएको हो। , कांग्रेस सांसद चन्द्रको कीर्तिपुरमा उपचार जारी छ। , सांसद भण्डारी... |
सेतोपाटी संवाददाता बालाजुमा यातायात मजदुर आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।, ल्होत्से मलमा लुटपाट गर्ने तीन जना र आगजनी, तोडफोड गर्ने १२ जनालाई पक्राउ गरेको उनले... |
सेतोपाटी संवाददाता कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लैजान अस्पतालबाट निकालिएको छ।, सांसद भण्डारीलाई कीर्तिपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो। अब त्यहाँबाट श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बई लगिनेछ।, स्वास्थ्य तथा जन... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा खाना पकाउने ग्यास लिक भई बिस्फोट हुँदा २ जना घाइते भएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को लहचौरास्थित कृषि बीऊ उत्पादन कम्पनीमा बिहीबार बिहान ११:४० बजे ग्यास लिक भई बिस्फोट भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले ग्यास लिक भ... |
रासस पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ। बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। , राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन्। तीमध्ये कमल, क... |
रासस सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ।, ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।, ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मज... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.