content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।, सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले गत पुस ५ गतेदेखि दिउँसोको बेला दिनहुँ ४ घन्टा सडक बन्द हुँदै आएको थियो।, नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट...
सेतोपाटी संवाददाता पोखराको फेवातालमा डुंगा दुर्घटना भएको छ। , शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेका १० जनाको उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, साँझ ४ बजे आएको हावाहुरीले दुइटा डुंगा र चार वटा कायाक (एक जना मात्र बस्न मिल्ने) पल्टि...
रासस ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता बालिका मृत भेटिएकी छिन्।, छ वर्षीय सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।, सोनिया गत माघ २५ देखि बेपत्ता थिइन्।, घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप...
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा पाइने चराबारे विष्णु महतोको विज्ञताबारे मैले धेरै सुनेको थिएँ।, चितवनमै भएर पनि उनीसँग जंगल घुम्ने, बसेर गफ गर्ने समय जुरेको थिएन।, गत जनवरीको सुरूतिर मैले फोन गर्दा उनी निकुञ्जभित्र विदेशी पर्यटकलाई चरा देखाउँदै रहेछन्। त्यतिखेरै हो मैले उनीसँग समय मागेको। मेरो आग्रह उनल...
सेतोपाटी संवाददाता पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु भएको छ। , शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवनकुमार विकले जानकारी दिए। , पोखरा-१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको गण्डकी स्वास्थ्...
रासस बागलुङमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।, बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगरेको भिरबाट लडेर मृत्यु भएको हो।, उनी मंगलबार विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।, मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए।, उनी ...
सेतोपाटी संवाददाता मनोहरा जग्गा एकीकरण आयोजना टेकुले आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन समय दिएको छ।, आयोजनाले आज गोरखापत्रमा सूचना जारी गर्दै ७ दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो।, ‘अन्यथा आयोजनाबाटै हटाउँदा लागेको खर्च क...
सेतोपाटी संवाददाता देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभावको रहनुका साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्...
सविता बुढा कञ्चनपुरको पुनर्वासकी भागरथी जोशी स्नातक तहको पढाइका लागि कैलाली बहुमुखी क्याम्पस, धनगढी पुगिन्। धनगढीमा पढ्न उनी डेरामा बस्नु पथ्र्यो। धेरै ठाउँमा खोजी गरेपछि एउटा कोठा पाइन्।, डेरामा उनलाई अनेक समस्या आइलाग्छन्। महिनावारी हुने कुरामा पनि घरबेटीको चासो हुन्छ। कुनै महिना घरघाडा तिर्न थोरै ढिलो हुँदा पनि कचक...
एजेन्सी ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन्। दुर्घटनाको कारण खुल...
राजेश घिमिरे राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेर स्थायी नियुक्तपत्र लिएकी दृष्टिविहीन शिक्षकलाई हाजिर नगराउनुको कारण माग गरेको छ। चितवनको चनौली घर भएकी पूर्ण दृष्टिविहीन संगीता पराजुलीले गत पुस १० गते शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेकी थिइन्। परीक्षामा उत्तीर्ण गरेप...
सेतोपाटी संवाददाता प्रहरीको भ्यानबाट हामफालेर फरार भएका एक अभियुक्तलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।, जबरजस्ती करणी मुद्दाका अभियुक्त धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरी भ्यानबाट गत फागुन १४ गते पानीमा हामफालेर भागेका थिए।, उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नज...
राजेश घिमिरे भरतपुर-१० नहरचोक नजिकैको सडकमा बुधबार दिउँसो ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए। केही व्यक्ति सडक छेउका टिनले छाएका दुईवटा घरहरू भत्काउँदै थिए। डोजरले भत्किएको घरका सामानहरू ट्याक्टर, टिपरमा लोड गरिरहेको थियो।, तीनै तहका अदालतले २० वर्षअघि गरेका फैसलाको कार्यान्वयन गरिँदै थियो यहाँ। पटक-पटक प्रयास गर्दा...
रासस इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरू गरेको छ।, समिति नै गठन गरेर छानबिन सुरू गरिएको हो। सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पो...
रासस हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरू भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ। प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरू हुने उनले बताइन्।, प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन/...
राजेश घिमिरे प्रहरी निरीक्षक सुवास भट्ट नेतृत्वको टोली बुधबार राति चितवन, भरतपुरको गोन्द्राङस्थित पूर्व–पश्चिम राजमार्गमा एउटा गाडी पर्खिरहेको थियो। एउटा गाडीमा बहुमूल्य गहना तस्करी भइरहेको गोप्य सूचना प्रहरीसँग थियो।, मध्यराति १ बजे पूर्वबाट निलो रङको गाडी हुँकिएर आयो। भारतीय नम्बर प्लेटको यो गाडीभित्र तीन जना भारतीय...
सेतोपाटी संवाददाता देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आंशिकदेखि सामान्य मौसम बदली भइ आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभ...
सेतोपाटी संवाददाता बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।, बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका ३२ वर्षीय प्रहरी सहायक हल्वदार नविन चौधरी ड्युटीको क्रममा बेहोस भएका थिए।, अपराह्न साढे ५ बजेतिर ड्युटीमै बेहोस भएका उनको उपचारका लागि स्वास्थ्य चौकीम...
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पृथ्वीबहादुर शाहसहित २० जनालाई चार वटा मुद्दा चलाउन सुझावसहित सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।, विदेशी नागरिकलाई ठगेर अवैध रूपमा नेपालमा पैसा भित्र्याएको आरोपमा पक्राउ परेका शाहसहित सात जनाविरूद्ध चार मुद्दा चलाउन सिफारिस गरेको प्र...
सेतोपाटी संवाददाता मुग्लिन-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ।, तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।, फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरे...
सेतोपाटी संवाददाता ललितपुर महानगरले जथाभावी टाँगिएका तारले सहरको सुन्दरतामा आँच पुर्‍याएको भन्दै हटाउन सुरू गरेको छ।, यसअघि नै सम्बन्धि सरोकारवालालाई सम्पदा क्षेत्रको तार काट्न ७ दिनको अल्टिमेट दिएर सार्वजनिक सूचना प्रकाशन गरेको स्मरण गर्दै ललितपुर महानगरपालिकाले पहिलो चरणमा सम्पदा क्षेत्रका असरल्ल रहेका तारहरू हटाउन ...
रासस गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। , रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ। एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा...
सविता बुढा धनगढी उपमहानगरपालिका–८ का रामबहादुर चौधरीेलाई चार वर्षअघि घर नजिकै किन भव्य भवन बनिरहेको छ भन्ने थाहै थिएन। ठूलो भवन बनिरहेको देख्दा उनी आफ्नो गाउँमा ‘विकास हुन थाल्यो है’ भन्ने भान हुन्थ्यो र  दंग पनि पर्थे।, सभा सम्मेलन गर्नका लागि सरकारले उक्त भवन बनाएको भन्ने कुरा विस्तारै थाहा पाएँ।, 'मैले सुरूमा त के ...
सेतोपाटी संवाददाता बागलुङमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, जैमिनी नगरपालिका-४ सर्कुवाकी १८ महिनाकी अरिसा दिनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। , उनको हत्या आरोपमा बुवा २७ वर्षीय सायर दिन मियाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।, ढुंगा प्रह...
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक युगान्डाकी महिलालाई काठमाडौं ल्याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , मानव बेचबिखन अनुसन्धान ब्युरोले यौन व्यवसायमा लगाएको आरोपमा युगान्डाकै अर्की महिलालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए। , नताशा भनिने एमाकुलेट नाबासुम्बाल...
युवराज श्रेष्ठ लमजुङको मध्यनेपाल नगरापालिका– ४ दोपहरेस्थित मालिका प्राथमिक विद्यालयका पाँच जना केटाकेटी गत आइतबार स्कुलबाट घर फर्किँदै थिए।, उनीहरूसँगै अभिभावक कर्णबहादुर थापा थिए। बाटैमा बिजुलीका तारले बाटो छेक्यो। उनीहरूले पन्छाउन खोजे।, तार पन्छाउन खोज्दा अचानक थापासहित केटाकेटीहरूलाई बिजुलीको झट्का लाग्यो। उनीहरू ...
सेतोपाटी संवाददाता बैतडीमा शनिबार मृत फेला परेका २५ वर्षीय जीवन बुडालको शव आफन्तले बुझ्न मानेका छैनन्। , घटना भएको ६ दिन बितिसक्दा पनि आफन्तहरूले शव बुझ्न नमानेका हुन्।, आफन्तहरूले बुडालको हत्या भएको र सोही अनुसार छानबिन भएर दोषीलाई कारबाहीको माग राख्दै शव बुझ्न नमानेको प्रहरीले जनाएको छ।  , दशरथचन्द नगरपालिका–१० खडेन...
सेतोपाटी संवाददाता लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित १८ जनालाई पक्राउ गरेको छ। , लागु औषध नियन्त्रण ब्युरोको टोलीले ४६९.५१ ग्राम र ९४० नियन्त्रित लागु औषध ९४० एम्पुलसहित १८ जनालाई पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए।, काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा रहेका मातहत शाखा कार्य...
सेतोपाटी संवाददाता सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका छन्।, क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको विभागको भनाइ छ।, विभागले आइतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो...
सिबी अधिकारी यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो।, सामान्यत नेपालमा हिउँदे वर्षा मंसिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ। हिउँदे याम सुरू भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो। मौ...
सेतोपाटी संवाददाता बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्।, उनलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो।, शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन्।, नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ आज पनि हुने भएको छ।, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा मात्र  सुनुवाइ सर्वोच्च अदालतले जनाएको छ।, दुई न्यायाधीशको इजलासले आइतबार पनि यी निवेदनमाथि सुनुवाइ...
नवीनबाबु गुरूङ बलात्कार पीडित तथा महिला हिंशामा परेकाहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै काठमाडौंको माइतीघरमा खबरदारी सभा आयोजना भएको छ।, आजाद मोर्चा समूहले सोमबार गरेको खबरदारी  सभामा अभियन्ता हिरादेवी वाइबासहित मोर्चामा आवद्ध युवाको उपस्थिति थियो।, हेर्नुहोस् तस्बिरहरू, बलात्कार पीडितहरूको पक्षमा म...
सेतोपाटी संवाददाता क्रिकेटर  सन्दीप लामिछानेका निवदनमा सुनुवाई सकिएको छ।, सुनुवाई सकिएसँगै आजै आदेश आउने सम्भावना रहेको छ।, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए।, लामिछानेको तर्फबाट  सर्वोच्च अदालतमा आईस...
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गमा सवारी साधन पार्किङ हटाएको विरोधमा व्यवसायीहरूले विरोध गरेका छन्।, सोमबार अपराह्न पसल बन्द गरेर व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन्।, दरबारमार्ग विकास बोर्डमार्फत व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। दरबारमार्ग विकास बोर्डले दरबारमार्ग क्षेत्रमा एक लाइन सवारी पार्किङ गर्न दिनु...
शोभा शर्मा नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ। , सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।, उच्च अदालत पाटनले उनलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले...
सेतोपाटी संवाददाता आज (मंगलबार) आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई...
शोभा शर्मा नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ। , सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।, उच्च अदालत पाटनले उनलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले...
शोभा शर्मा नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई विदेश जान लगाइएको रोक फुकुवा गर्दा सर्वोच्च अदालतले पीडितको शरीरमा वीर्य नभेटिएको र पीडितकी साथी (रूममेट) को बकपत्रलाई आधार मानेको छ।, न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपको मुद्दामा सोमबार उच्च अदालतको धरौटी माग्ने लगायतका आदेश सदर गरेको छ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्‍याउनेलाई जरिवाना गरेको छ। , सिसडोल ल्याण्डफिल साइटमा हानिकारक चिकित्साजन्य फोहोर पुर्‍याउनेलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना गरेको वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।  , उनका अनुसार वडा ५ मा रहेको सुनौलो परिवार नेप...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १५, अयोध्याका राजकुमार रामसँग मिथिलाकी राजकुमारी सीताको विवाह तय भएपछि राजा जनकले जनकपुर नगर यस्तरी सिँगार्ने आदेश दिन्छन्, जुन सायद त्यसअघिको कुनै विवाहमा कहिल्यै गरिएको थिएन।, राजा जनकको आदेश थियो, ‘मिथिलादेखि अयोध्यासम्मको भित्ता मिथिला कलाले सजाउनू।’, मिथिला कलाको पौराणिक इतिह...
एजेन्सी एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। , ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्। , सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयद...
राजेश घिमिरे चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा एक महिने शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ।, भरतपुर महानगरपालिका–१ ठिमुरा बस्ने मिलन प्रजा (चेपाङ) र सविता प्रजा (चेपाङ) की ३५ दिनकी छोरी महिमाको मुटुको शल्यक्रिया गरिएको हो। , उनको डेक्ट्रो ट्रान्सपोजिसन्स अफ ग्रेट आर्टरिज (डिटिजिए) अर्थात मुटुबाट निस्कने मुख्य न...
सेतोपाटी संवाददाता रोल्पामा घर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको मृत्यु भएको हो।, स्थानीय भूपनारायण घर्तीको ढोका नभएको, मानिस बसोबास नगर्ने खाली घरमा गुमाने घर्तीले तमाखु सल्काएर खाने क्रममा आगलागी भएको थियो।, सोही आगलागीमा परेर उनको मृत्यु भएको जि...
नारायण खड्का रोल्पामा एक युवाको हत्यापछि हत्या गर्ने ब्यक्तिलेनै उनका कपडा निकालेर मृतककै घरमा लगेर फालेको तथ्य खुलेको छ। , हत्या आरोपितका बाबुले हत्या गरिएका युवाको एउटा जुत्ता भने आफ्नै घरमा लिएर गएका थिए।, माघ २९ गते रोल्पाको रून्टीगढी गाउँपालिका–२ का २० वर्षीय राजेन्द्र विकको राति भीरबाट लडेर मृत्यु भएको घटना जिल्...
दिपकजंग शाही उनले पाँच कक्षाभन्दा माथि पढ्न पाइनन्। त्यति पढ्न पनि घरमा विद्रोह नै गर्नु पयो।, घर नजिकको स्कुलमा पाँच कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। थप पढाइका लागि अलिक टाढाको अर्को स्कुल जानु पथ्र्यो। त्यो अवसर उनलाई जुरेन।, त्यो समय छोरीलाई पढ्न पठाउने चलन नै थिएन। बाबाले भाइ र बहिनीलाई विद्यालय पठाए। भाइबहिनी पढ्न...
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ।, विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।, दक्षिणबाट उत्तरतर...
रासस लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर ८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ।, गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।, जस्तापाताको छाप्रोमा बस्दै आएका उनको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्क...
रासस महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।, मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए।, बलवा –१० को धमौराबाट बनौटा जा...
सेतोपाटी संवाददाता बुधबारबाट राति १२ बजेदेखि बिहान ४ बजेसम्म पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा खण्ड बन्द हुने भएको छ।, सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि रातिको समयमा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जानकारी दिए।, तीन वर्षमा काम सक्नेगरी सम्झौत...
रासस सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।, कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो गाडी एकापसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको ह...
सेतोपाटी संवाददाता पाँचथरको  हिलिहाङ–७ यवा डाँडाको एक घरमा आगलागी हुँदा दुई जना बालकको जलन भएर मृत्यु भएको छ।  , प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ ५ का श्रण पन्थाकका ५ वर्षका छोरा सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीका ४ वर्षका छोरा निशान खातीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।  , घटना...
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको नयाँ प्रमुखमा भारतीय मूलका अमेरिकी नागरिक अजय बंगालाई प्रस्ताव गरेका छन्।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै मास्टरकार्डका पूर्वप्रमुख कार्यकारी अधिकृत बंगालाई विश्व बैंकको नयाँ प्रमुखका ...
सेतोपाटी संवाददाता कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सहायक इञ्जिनियर लक्ष्मण जिसीले आफूलाई वडाध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।, उनले वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरूङले शुक्रबार बिहान १०ः३० बजे कार्यालयमै अपशब्द बोल्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। , केसीले ...
रासस तेह्रथुमको आठराई-६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ।, तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच...
मन्दिरा घिमिरे महिनावारीका कुरा, कलाकार बेनिशा हमाललाई आफ्नो पहिलो महिनावारी भएको दिन अझै याद छ।, उनको मामाघर चितवनको गीतानगरमा हो। त्यो दिन मामाघरमा पूजा थियो। शौचालय गएका बेला बेनिशाले आफ्नो योनीबाट रगत आइरहेको देखिन्। उनी आत्तिइन्, डराइन्। हतारहतार हजुरआमालाई गएर सुनाइन्।, 'रगत आएको देखेपछि के भयो भनेर म डराएँ। हजु...
भरत केसी बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन। सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो।, बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ...
रासस सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ। उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप...
सेतोपाटी संवाददाता भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , काभ्रे चौरीदेउराली गाउँपालिका-४ घर भएकी २४ वर्षीया जुनुमाया माझीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।, सूर्यविनायक नगरपालिका-९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा उनी काम गर्थिन्। त्यहाँ काम गर्नेक्...
रासस नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आएको छ।, काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका भण्डारीको स्वास्थ्यमा सुधार आएको हो।, भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका उनको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तच...
सेतोपाटी संवाददाता ठमेलमा पर्यटकलाई ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , पर्यटक प्रहरी ठमेलले दुई जनालाई पक्राउ गरेको जनाएको छ।, पर्यटकलाई ठगिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि पर्यटक प्रहरीले अनुसन्धान अघि बढाएको थियो। , उक्त अनुसन्धानबाट खुलेका दुई जनालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सोह्रखुट्टेल...
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरबाट ११६ ग्राम लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन्। , शनिबार बिहान साढे ३ बजे कोहलपुर नगरपालिका-१२ चप्परगौडी सडकखण्डबाट तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए। , बर्दियाका २१ वर्षीय विशाल सिंह, २८ व...
सेतोपाटी संवाददाता सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ।, हात्तीको आक्रमणबाट कमलामाई नगरपालिका-१३ स्थित रानिबासमा ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए। , शनिबार बिहान साढे ३ बजे आफ्नै घरमा सुतिरहेको बेला पौडे...
सेतोपाटी संवाददाता आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, हाल देशमा पश्चिमी बायुको सामान्य प्रभाव भएको महाशाखाको भनाइ छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यत...
सेतोपाटी संवाददाता बुटवलमा भएको सवारी दुर्घटनामा परेर पत्रकार मनोज हितंगाको मृत्यु भएको छ।, गए राति मिलनचोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिएको थियो।, लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।, सुदूरपश्चिम प्रदेश ०७-०२-००१ नम्बरको बसले गए राति करि...
सेतोपाटी संवाददाता नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। , न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुई निवेदनमा आज इजलासको सुरूमै सुनुवाइ गर्न लागेको सर्वोच्च अदालतले जनाएको छ। , लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने मा...
राजेश घिमिरे २०७६ सालमा शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएका सूर्यप्रसाद दवाडीले सुरूमै जिल्ला रोज्ने अवसर पाए। त्यतिखेर अपाङ्गता भएकालाई सबैभन्दा पहिले जिल्ला रोज्न पाउने अवसर थियो।, यही व्यवस्थाका कारण अपाङ्गता भएका उनले गृह जिल्ला चितवन रोजे।, जिल्ला शिक्षा समन्वय इकाइमा पुगेर भरतपुर महानगरपालिका भित्रको विद्...
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर ठिमीमा आइतबार बिहान पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार  लोकन्थली खरिबोट बासुकी कोलोनी नजिकै नयाँ घरको जग खन्ने क्रममा जोडिएको घरको पर्खाल भत्किएको हो।, पर्खाल भत्किँदा जग खन्ने काम गरिरहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-४ का  २३ वर्ष...
नवीनबाबु गुरूङ तोरी खेती भइरहेका देशका विभिन्न ठाउँमा अहिले बारीमा तोरी फूलेको देखिन्छ। ललितपुरको खोकना तोरीको तेलका लागि ख्याति कमाएको ठाउँ हो। खोकना, बुङ्गमतीसँगै काठमाडौंको फर्फिङ क्षेत्रका बारीमा अहिले तोरी फूलेर पहेँलपुर भएको देखिन्छ।, तोरी फूलेका बारीमा किसानहरूले काम गरिरहेको दृश्य निकै सुन्दर देखिन्छ।  हेर्नुस...
सेतोपाटी संवाददाता नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। , न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुई निवेदनमा सुनुवाइ गरिरहेको हो। सुनुवाइ बन्द इजलासमा भइरहेको छ।  बलात्कारसम्बन्धी मुद्दामा सुनुवाइ बन्द इजलासमा नै हुने ...
सेतोपाटी संवाददाता आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार अपरान्ह काठमाडौंमा वर्षा भएको बताइन्।, ‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि छिटफुट वर्षा हुने सम्भावना छ,’ कँडेलले भनिन्,‘यो ...
सेतोपाटी संवाददाता प्रहरीले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई ललितपुरबाट पक्राउ गरेको छ।, शनिबार केन्द्रीय अनुसन्धान ब्युरोले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा चिनको फुजियान सेमावाङका ४९ वर्षीय याङ लि मिङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह...
शोभा शर्मा नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ सोमबार पनि हुने भएको छ। , न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा  सुनुवाइ सुरू गरेको थियो। बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।, आज लामिछ...
सेतोपाटी संवाददाता उच्च अदालत पोखराले बलात्कार अभियुक्त पूर्णविक्रम शाह (पल शाह)को मुद्दामा आज फैसला सुनाउँदैछ। नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा बहसपश्चात आज फैसला सुनाउन लागिएको हो।, नवलपुर जिल्ला अदालतका न्यायाधी...
युवराज श्रेष्ठ उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ।, सफाइ पाएसँगै शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।, नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल ...
नवीनबाबु गुरूङ आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। आकाशमा गड्याङगुडुङसहित हावाहुरी पनि चलेर वर्षा भएको हो।, ‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि हल्का वर्षा हुने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्,‘यो काठमाडौंम...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले रक्सीको विज्ञापनमाथि प्रतिबन्ध लगाउने गरी आदेश दिएको छ।, न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले फागुन ११ गते दिएको आदेशमा सञ्चारमाध्यममा मादकपदार्थको विज्ञापन गर्न नपाइने कानुन भएकाले उक्त कानुनअनुसार सञ्चारमाध्यममा विज्ञापन गर्न नदिने आदेश दिएको हो।, सञ्चारमाध्यममा रक्सीको विज्ञापन ग...
सेतोपाटी संवाददाता देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक ...
सेतोपाटी संवाददाता प्रहरीको भ्यानबाट हामफालेर धनुषामा एक अभियुक्त फरार भएका छन्।, जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित भागेका हुन्।, धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहा...
सेतोपाटी संवाददाता नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको घटनामा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।, बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , नितेश गुप्ता, पूर्व खेलाडी महबु...
सेतोपाटी संवाददाता प्रहरीले ठेकेदार मनोजकुमार भेटवाललाई पक्राउ गरेको छ।, बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै बुधबार काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भेटवाललाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको सेतोपाटीलाई जानकारी दिए।, भेटवालविरूद्ध करिब ३ क...
दिपकजंग शाही कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्।, दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो।, प्रहरी निरीक्षक झरना सुनारका अनुसार...
रासस काठमाडौं उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहोर व्यवस्थापन स्थल बञ्चरे डाँडामा 'क्यापिङ' (फोहोरलाई छोप्ने काम) का लागि माटो पाउनै कठिन भएको छ।  , विगत सात महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उक्त स्थानमा विसर्जन हुँदै आएको छ। उक्त स्थानमा फोहोर राखेपछि त्यसको थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ। फोहोर खुला छोड्न...
रासस मोरङको बेलबारी–३ मा  प्रदेश नम्बर १ प्रहरी अस्पताल निर्माण गरिएको छ।, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उक्त अस्पताल बुधबार उद्घाटन गरेका हुन्।, तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको हो।, महानिरीक्षक सिंहले प्रदेश नम्बर १ मा प्रहरी तथा भूतपूर्व प्रहरीको संख्या ठूलो रहेकाले प्रह...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा बिहीबार हिमपातको सम्भावना छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेर बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।, आज दिउँसो प्र...
रासस ललितपुरमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, ललितपुर  महानगरपालिका–१३ कुसुन्तिको सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो।, उक्त दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा घर भई हाल ललितपुर महानगरपालिका–१७...
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिका क्षेत्रको सडकमा ट्राफिक लाइट जडान प्रक्रिया सुरू भएको छ।, मुख्य राजमार्ग र बजार क्षेत्रका ८ स्थानमा लाइट जडानको तयारी भएको हो।, ६ लेन सडक आयोजना इटहरीले विराटनगरमा ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको हो।, यसअघि प्रदेश नम्बर १ सरकारले इटहरीको मुख्य चोकमा गत वर्ष ट्राफिक लाइ...
सुमनजंग थापा पर्वतको सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरूङ गाउँ छ आर्थर डाँडाखर्क। , गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खंदै गरेको स्वास्थ्य चौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै...
सेतोपाटी संवाददाता  कैलालीको गोदावरीमा गाडीले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ।, गोदावरी- ९ बल्मीमा हायसले ठक्कर दिँदा केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।, बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो।, कैलालीको बल्मी क्षेत्र...
सेतोपाटी संवाददाता उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरणसम्बन्धी कागजात बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन सुरू गरेको छ। , गोप्य कागजात बाहिर आएको भन्दै प्रधान कार्यालय नक्सालले छानबिन सुरू गरेको हो।, उमेर विवादका कारण डिआइजी अशोक सिंहले बुधबार राजीनामा बुझाएका थिए। उनीलगायत उच्च अधिकृतको उमेर र रोलक्रम ...
सेतोपाटी संवाददाता जेबी टुहुरे फाउण्डेसनले मोरङ मधुमल्लामा गरेको स्वास्थ्य शिविरबाट एक सय ५० जनाले सेवा लिएका छन्।, मधुमल्ला अस्पतालमा भएको शिविरमा विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।, फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले स्वास्थ्य शिविरमा सुगर, प्रेसर, मिर्गौलाका समस्या भएकाहरूको ल्याब परीक्...
रासस बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ।, जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए। , सर्वदलीय बैठकको निर्णय अनुसार १० दिने सूचना जारी गरेर ती घर टहरा भत्काएको उल्...
नारायण खड्का कपिलवस्तुमा बुवाको हत्या आरोप छोरा पक्राउ परेका छन्।, कपिलवस्तुको शिवराज नगरपालिका-१० शितलापुरका ३० वर्षीय मनिराम पासी बुवा मगरे पासीको हत्या आरोपमा पक्राउ परेका हुन्।, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी प्रमुख कपिलजंग शाहीका अनुसार मनिराम स्थानीय इँटाभट्टामा काम गर्थे।, उनीहरूको गाउँमा सानो मदिरा पसल...
सुदीप श्रेष्ठ सुदूरपश्चिम प्रदेशको बाजुरालाई केन्द्रविन्दु बनाएर बुधबार दिउँसो पौने २ बजे ५.२ म्याग्निच्युडको भुइँचालो गयो।, भुइँचालोबाट के—कति क्षति भए, त्यसको विवरण आइपुगेको छैन। तर महत्वपूर्ण कुरा के भने, पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको यो तेस्रो भुइँचालो हो।, यसअघि माघ १० गते ५.९ र माघ १२ गते...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।, त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै त्रिविले फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो।, पूर्वनिर्धारित परीक्षाहरू यथावत् सञ्चालन हुने गरी त्रिव...
टिकाराम सुनार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ। तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन्। , एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्स...
भगवती पाण्डे लुम्बिनी आउने विदेशी पर्यटकहरूले दानपेटिकामा चढाएका तर सात वर्षदेखि सटही हुन नसकेका विदेशी मुद्रालाई सटहीका लागि राष्ट्र बैंकले प्रक्रिया अगाडि बढाउन सहमति जनाएको छ।, नेपाल राष्ट्र बैंकले जारी गर्ने परिवर्तित मुद्राको सूचीमा नपरेका ३९ मुलुकका पर्यटकहरूले दानपेटिकामा चढाएका नेपाली १ करोड १७ लाख ९५ हजार ९६६...
रासस नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।, चितवनको माडी नगरपालिका–५ घर भई भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन्। , जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका...
नवीनबाबु गुरूङ ग्याल्पो ल्होसारको तेस्रो दिन आज हुम्लाको न्हिन्बा समुदायले काठमाडौंको बौद्धमा धुमधामका साथ ल्होसार मनाएका छन्।, अल्पसंख्यक न्हिन्बा समुदायका मानिसहरू आफ्नो समुदायको पहिरनमा सजिएर बौद्ध स्तुप परिक्रमा गर्दै पूजापाठ गरी ल्होसार मनाएका हुन्।  , न्हिन्बा समुदायले आफ्नो परम्परा अनुसार तीन दिनदेखि एक हप्तासम...
सेतोपाटी संवाददाता भरतपुरमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।, भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेशस्थानकी ७८ वर्षीया मिनाकुमारी घले बुधबार राति आफ्नै घरमा मृत भेटिएकी थिइन्। टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा कोठामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।, घटनास्थल पुगेर मुचुल्का गरी प्रारम्भिक अनुस...