content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता दाङमा एक जना महिलामाथि सामुहिक बलात्कार भएको छ।, गत शुक्रबार राति साढे १ बजे दुई युवाले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। , पीडितका श्रीमान अपाङ्ग छन्। मागेर गुजारा टार्दै आएका उनीहरू घोराही उपामहानगरपालिका-१७ स्थित सडकमा सुतेका थिए। , सडकमा सुतिरहेका ... |
रासस ललितपुरको चापागाँउमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ।, चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए। , चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको थियो। , चैत्... |
सविना कार्की राम्रा सामुदायिक स्कुल, संघीय राजधानी काठमाडौंको प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यमिक विद्यालयले स्थापनाका ७६ वर्ष पूरा गरेको छ। राणाकालमा २००३ सालमा स्थापना भएको पद्मोदयले फागुन २९ गते (भोलि) ७७ औं वार्षिकोत्सव मनाउँदैछ।, स्थापनाको झन्डै आठ दशक पुग्नै लाग्दा स्कुलबाट साढे ६ हजार विद्यार्थीले माध्यमिक शि... |
रासस काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।, नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो।, काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक केही दिनअघि पण... |
सेतोपाटी संवाददाता बैतडीमा जीवन बुडालको शव परिवारले बुझेका छन्।, दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका मृत फेला परेका २५ वर्षीय जीवन बुडालका परिवारले घटना घटेको ११ दिनपछि मंगलबार शव बुझेको प्रहरीले जनाएको छ।, राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल फागुन १३ गते मृत फेला परेका थिए।, उनी सोही दिन बिहान ११ जना स... |
रासस लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ। सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ।, लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए। घरक... |
नारायण खड्का हत्याको २५ दिनपछि बाबुले छोराको शव बुझ्ने भएका छन्। , रोल्पाको रून्टीगढी गाउँपालिका–२ का २० वर्षीय राजेन्द्र विकको माघ २९ गते राति हत्या भएको थियो। , राजेन्द्रको शव फागुन १ गते राम्ली सामुदायिक वनको भिरमुनि खोँचमा स्थानीयले फेला पारेका थिए। , उनको हत्यामा गाउँकै साला नाता पर्ने किशोर संलग्न रहेको रोल्पाका... |
सुसन चौधरी वकिलसँग कानुनका कुरा, धेरै महिलाले आज पनि बाटोमा हिँड्दै गर्दा अरूले जिस्क्याउने गरेको समस्या झेलिरहेका छन्। तर कानुनले बाटोमा हिँड्दै गर्दा कसैले कसैलाई जिस्क्याउन पाउँदैन भनेर प्रस्ट व्यवस्था गरेको छ।, मुलुकी अपराध संहिताको दफा ११८ अनुसार यसरी अर्कालाई जिस्क्याउने, अपशब्द बोल्ने, दोहोरो अर्थ लाग्ने शब्द ब... |
रासस १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ।, जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै ३० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताए।, बागलुङको निसीखोलाका वृद्धले... |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर स्किल्स एण्ड थ्रिल्सले काठमाडौंमा विविध कार्यक्रम गरी मनाएको छ।, बालुवाटारस्थित अटो फोकस परिसरमा आयोजित कार्यक्रममा विशेष र रोमाञ्चक स्किल, थ्रिल्स र चिलका क्रियाकलापसहित युवा-युवती र विदेशी कुटनीतिक नियोगबाट समेत उत्साहजनक उपस्थिति थियो।, स्किल्स एण्ड थ्रिल्स... |
रासस मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित कठायत चोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, बिहान ११ः०५ बजे हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ल... |
सेतोपाटी संवाददाता धनगढीमा किशोरीमाथि सामूहिक करणी भएको आरोपमा दुई किशोर पक्राउ परेका छन्।, धनगढी उपमहानगरपालिका–१० जुगेडाकी १३ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा सोही ठाउँमा दुई किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। , १६ र १७ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले ... |
सेतोपाटी संवाददाता काठमाडौंको साँखुमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।, बुधबार बेलुकी पौने ७ बजे शंकरापुर नगरपालिका वडा नम्बर ९ इन्ड्रेणीस्थित साँखु-जोरपाटी सडकखण्डमा टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, ब्रम्हटोल जाँदै गरेको बा ५ ख २४१४ नम्ब... |
सेतोपाटी संवाददाता ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुद्ध एयरले सांग्रिला बुक्ससँगको सहकार्यमा महिला श्रष्टाद्वारा रचित विभिन्न विधाका पुस्तक आफ्ना यात्रुलाई वितरण गरेको हो। , उपहारमा दिएका पुस्तकहरूमा १७ जना महिला लेखिकाका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैरआख्यानका पुस्तक ... |
सेतोपाटी संवाददाता धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ।, मृत्यु हुनेमा गौरीगंगा नगरपालिका –४ की ८५ वर्षीया तिलानन्द जोशी छन्।, बिहीबार धनगढी उप–महानगरपालिकाको मिलचोकमा मोहनापुल–अत्तरिया ६ लेन सडकमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।, सो... |
सेतोपाटी संवाददाता सुर्खेतमा होटलको फलामे पिङबाट खसेर एक महिलाको मृत्यु भएको छ।, सुर्खेतको वीरेन्द्रनगरस्थित जिरो ड्याम नजिक रहेको काँक्रेबिहार फनपार्क एन्ड रिसोर्ट प्रालिको फलामे पिङबाट खसेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगी... |
सेतोपाटी संवाददाता रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका-६ का ३२ वर्षीय टोपबहादुर बिकको उपचारका क्रममा मृत्यु भएको हो। , रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरले बिकको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिहीबार ब... |
सेतोपाटी संवाददाता काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाज काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ।, उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी ला... |
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा रहेकी २५ वर्षे गण्डकीकलीलाई मंगलबार विहानैबाटै व्यथा लाग्न थालेको थियो। गर्भवती ढोई(पोथी हात्ती)ले व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि उसको जाँच गराउन पशु चिकित्सक तथा प्राविधिकहरू खोरसोर पुगे।, निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक ड... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौडेललाई एक लाख घुससहित पक्राउ गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। , उनले शिक्षक सरूवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहे... |
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैनामा मंगलबार राती एक युवकको हत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।, सैनामैना नगरपालिका २ स्थित बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधबार एक पुरूषको शव फेला परेको थियो।, घटनास्थल र मृतकको अवस्था हेर्दा ढुंगाले हानेर हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। , ब... |
सेतोपाटी संवाददाता बिना प्रिष्क्रिप्सन औषधी किनबेच गरेको आरोपमा ललितपुरबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-४ नख्खुदोबाटोस्थित गोल्डेन गेट पोलिक्लिनिक एन्ड डायबेटिज सेन्टर प्रालिको ‘फार्मेसी युनिट’ नामक पसलबाट १४ जनालाई पक्राउ गरेको एसपी प्रविण पोखरेलले जानकारी दिए... |
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।, यस्तै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदल... |
भगवती पाण्डे रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, पडरियाकी सानिया परविन सधैं मुखमा मास्क लगाएर स्कुल जान्छिन्। रातो सर्ट, कालो पाइन्ट र टाईसँगै कालो मास्कमा स्कुल जाने सोनियाले सेतो एप्रोन लगाएर बिरामीको सेवा गर्ने सपना देखेकी छन्।, सानियाले पाँच कक्षासम्म लुम्बिनीकै महिलवारस्थित मेत्ता गुरूकुलमा पढिन्। यसपछि लु... |
सेतोपाटी संवाददाता साढे दुई किलो चरेससहित रूपन्देहीको भैरहवाबाट एक जना महिला पक्राउ परेकी छन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट बुधबार उनलाई पक्राउ गरिएको हो।, बुधबार साँझ ८ बजेतिर बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , कृष्णपुर नगरपालिका–५ गुलरिया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो। , सो दुर्घटनामा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–७ का २५ वर्षीय ... |
सेतोपाटी संवाददाता मनाङमा बिहीबारदेखि हिमपात भएको छ।, हिउँ परेपछि यहाँको जनजीवन कष्टकर भएको छ।, किसानहरू भने खुसी छन्। हिउँ परेपछि खेतीबाली लगाउन पाइन्छ। यहाँ आलुलगायत खेती हुने गर्छ। मंसिर, पुसमा हिउँ पर्यो भने चैतदेखि नै आलुलगायत खेती गर्न सजिलो हुने किसानहरू बताउँछन्।, यसपालि ढिला गरी हिमपात भएको हो। प्राय: मंसिरम... |
रासस दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।, एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन्। सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ।, ‘एक महिना भयो स... |
रासस रूपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय २२ वर्षीया सोनिया रेश्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको थियो।, कुटपिटबाट मृत्यु भएकी ... |
सेतोपाटी संवाददाता आज तराईका जिल्लाहरूमा होली मनाइने भएको छ।, सोमबार हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइएको थियो।, असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।,
आज तराईमा होली मनाइँदै |
रासस शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्।, देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिए।, होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले ब... |
भगवती पाण्डे झारफुकको बहानामा रूपन्देहीमा एक किशोरीको ज्यान गएको छ। रूपन्देहीको सैनामैनामा बिरामी भएकी किशोरीलाई निको बनाउने भन्दै झारफुक गर्ने बहानामा चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय सैनामैनाका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवाली ... |
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम... |
सेतोपाटी संवाददाता तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ। , कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।, उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक... |
अजयकुमार साह होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ।, जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो। महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता स... |
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गएराति काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा प्रदेश ३-०२-००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। , उक्त दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको म... |
सविता बुढा माघ १० गते दिउँसोको कुरा हो। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बिछ्या गाउँमा हिमपात भइरहेको थियो। गाउँलेहरू घरभित्रै आगो ताप्दै बसिरहेका थिए।, तिलक गुरूङको परिवार पनि आगो तापेरै बसेको थियो। एक्कासि घर हल्लिन थाल्यो। उनीहरू दौडेर बाहिर निस्के। भूकम्पले घरै भत्काउलाझैं गरेपछि हिमपातको प्रवाह नगरी गाउँ तल... |
सेतोपाटी संवाददाता कुटपिटबाट कैलालीका एक युवकको हत्या गरिएको छ। , डोटीको पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीमा स्कुलको भवनमा निर्माणको काम गर्ने मजदुरको कुटपिटबाट मृत्यु भएको हो।, कैलाली धनगढी उपमहानगरपालिका–१७ धुर्जनाका ३५ वर्षीय रजि साउँदको हत्या भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी... |
रासस चितवनमा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को संक्रमण देखिएको छ।, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको संक्रमण देखिएको हो।, केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको ... |
रासस नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ। जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ।, पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ। तिथिमिति सम्झना नराख्नेका लागि पनि हो... |
सन्तोष पुर्कुटी आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ। त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्। ‘आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ,... |
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र १५ वर्षीय अनिल भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल र भट्टराई ज्ञानज्योति स्कुलमा अध्ययनरत ... |
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरमा एक पुरूषमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , मंगलबार साँझ सवा ५ बजे कोहलपुर नगरपालिका-११ न्युरोडस्थित होटल अतिथि अगाडि एक पुरूषमाथि ६-७ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , जाजरकोट बारेकोट गाउँपालिका-३ ... |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार स्किल्स एण्ड थ्रिल्सले विषेश कार्यक्रम आयोजना गर्ने भएको छ।, सबैका लागि खुला र विशेष र रोमाञ्चक स्कील, थ्रिल्स र चिल क्रियाकलापसहित कार्यक्रम आयोजना गरिने स्किल्स एण्ड थ्रिल्सकी सदस्य निश्मा श्रेष्ठले जानकारी गराइन्।, ‘कार्यक्रमद्वारा महिलाको उपलब्धिलाई मना... |
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका वडा नं. १६, करौती डाँडामा पाइपमार्फत् घर-घरमा बायो ग्यास पठाउन सुरू भएको छ। ,
स्थानीय गरूवा गाउँका ३४ घरमा पाइपमार्फत् ग्यास वितरण गरिएको छ। नेपाल उर्जा विकास कम्पनी प्लान्टका म्यानेजर हरिशरण श्रेष्ठले आसपासका अन्य गाउँघरमा पनि ग्यास वितरणको लागि पाइप विस्तार गर्ने कार्य सुरू ... |
नारायण खड्का हिमा कुसुण्डा आफ्ना पुर्खाको भाषा सिक्न पाएकोमा मख्ख छिन्। आफ्नो मातृभाषा सिक्न हिमा प्युठानबाट दाङ आएकी छन्।, लोपोन्मुख कुसुण्डा जातिको भाषा संरक्षण र विकास गर्ने उद्देश्यले इच्छुक व्यक्तिलाई भाषा सिकाउन थालेको खबर पाएपछि हिमा दाङ आएकी हुन्।, ‘म मेरो मातृभाषा सिक्नकै लागि दाङ आएकी हुँ,’ उनी भन्छिन्, ‘अहि... |
सेतोपाटी संवाददाता राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले सांसदहरूको प्रदेश तथा संघीय निर्वाचनमा महिलाहरूको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने बताएकी छन्। , अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार महिला कानुन विकास मन्च(एफडब्ल्युएलडी)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष अर्यालले निर्वाचनमा समानुपातिक प्रणा... |
सेतोपाटी संवाददाता यसवर्षको महामूर्खको उपाधि जनकपुरधामका मेयर मनोज साहलाई दिइएको छ।, होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप) ले साहलाई उक्त उपाधि प्रदान गरेको हो।, प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सव अन्तर्गत मङ्गलबार महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहलाई यस वर्षको महा... |
राजेश घिमिरे यो सोमबार राति करिब साढे १ बजेको घटना हो।, भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा केही व्यक्तिले एक गम्भीर अवस्थाका बिरामी ल्याइपुर्याए।, रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएका बिरामीको नाडीको चाल १२० भन्दा माथि पुगेको थियो। पेट फुलेर ठूलो भएको थियो। बिरामीसँग आएका व्यक्तिको साथमा रहे... |
सुशीला रेग्मी खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ। लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन्। ,
,
रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अग्रपंक्तिमा छिन्। बिउ तथा खायन आलु उत्पादन ... |
रासस दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ।, चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको हो। , आयोगको फागुन १४ गते बसेको बैठकले पठनपाठनका लागि सिट निर्धारण गरेसँगै प्रतिष्ठानले पहिलो प... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुहार आज मुलुकभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट वर्षा भइरहेको हो। , विशेष गरेर गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेख... |
सेतोपाटी संवाददाता नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती जडान गर्न सहमति लिनुपर्ने बताएको छ।, आफूखुसी सडक बत्ती जडान नगर्न प्राधिकरणले आग्रह गरेको हो।, साथै प्राधिकरणले सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि मिटर जडान गर्न पनि आग्रह गरेको छ।, सडक बत्तीको बक्यौता धेरै रहेको भन्दै प्राधिकरणले तत्काल भुक्तानी गर्नसमे... |
सेतोपाटी संवाददाता स्वर्गीय डाक्टर विष्णुमाया खरेल लामिछाने (बिएम)को तेस्रो स्मृतिदिवसको अवसरमा प्रस्तावित बिएम फाउण्डेसनले पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरेको छ।, दन्त चिकित्सक तथा एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका प्रबन्ध निर्देशक डा.लामिछानेको क्यान्सर रोगका कारण २०७६ सालको फागुन २४ गते निधन भएको थियो। , ... |
सेतोपाटी संवाददाता रूपन्देहीमा एक पुरूषको शव फेला परेको छ।, बुधबार बिहान पौने ९ बजे सैनामैना नगरपालिका-२ उछिटिहवास्थित प्लटिङ गरेको जग्गामा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी श्यामु अर्यालले जानकारी दिए। , पुरूषको टाउकोमा धारिलो वस्तु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको डिएसप... |
रासस जनकपुर-जयनगर रेल सेवा सरकारको नीतिविपरीत बीमाबिना नै सञ्चालन भइरहेको छ। नियमित सञ्चालनमा आएको झन्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ।, २०७८ चैत १२ गतेदेखि नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ। भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा दैनिक दुई पट... |
रासस भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ। नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ।, पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रह... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।, जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।, वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।, परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शु... |
सविता बुढा गत साता कैलालीको कैलारी गाउँपालिका–४ भितरियाकी सीता चौधरी खुट्टामा राखेको रड निकाल्न सेती प्रादेशिक अस्पतालमा पुगेकी थिइन्।, पोहोर साल खुट्टा भाँचिएपछि अप्रेसन गरेर राखिएको रड अहिले निकाल्ने बेला भएको छ। त्यही रड निकाल्न अर्को अप्रेसन गर्नुपर्छ। त्यसका लागि उनले इर्मेजन्सी वार्डको टिकट काटिन्,अस्पतालमा भर्न... |
भागवत भट्टराई सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार रुपैयाँ पुर्याउन उच्चस्तरीय तलब सुविधा आयोगले सिफारिस गरेको छ।, सरकारले गत जेठमा सार्वजनिक गरेको तलब वृद्धि मर्यादाक्रम अनुसार नभएको भन्दै भएको कर्मचारीले गरेको आन्दोलनलाई सम्बोधन गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित आयोगले यस्तो सिफारिस गरेको हो।, ... |
नारायण खड्का सडक निर्माणको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चक्काजाम गरेको छ।, तुलसीपुर–घोराही चार लेन सडकखण्ड छिटो निर्माण हुनुपर्ने माग गर्दै नेकपा तुलसीपुर नगर समितिले आइबार बिहान ११ बजेदेखि तुलसीपुरको हात्तीखौवामा आधा घन्टा चक्काजाम गरेको हो।, चक्काजामका कारण सर्वसाधारण आधा घन्... |
विवेक राई पाँचथरको फिदिम नगरपालिका-७ स्थित रानीटार माध्यमिक विद्यालयका विद्यार्थीहरू आ-आफ्नै सांस्कृतिक पहिचान झल्किने भेषभुषा लगाएर विद्यालय जाने गर्छन्।, विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईका अनुसार सरस्वती पूजाको अवसर पारेर गत माघ १२ गतेदेखि यो नियम सुरू गरिएको हो।, विद्यालयमा यो नियम सुरू गर्ने प्रधानाध्यापक र... |
रासस आज फागुपूर्णिमा मनाइँदैछ।, पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि होली खेलेर यो पर्व मनाउने परम्परा छ।, असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।, होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री... |
सेतोपाटी संवाददाता मिटरब्याजमा ऋण दिएर मानिसहरूलाई ठगी गर्दै आएको र त्यसैबाट अनधिकृत सम्पत्ति थुपारेको मुद्दा लागेका श्याम परदेशीलाई विशेष अदातले धरौटीमा छोडेको छ।, आइतबार विशेषका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई ५ लाख रुपैयाँ धरौटीमा छोडेको ... |
युवराज श्रेष्ठ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल आसपासबाट चरा धपाउन गुहार मागेका छन्।, विमानस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले चराका गतिविधि हटाउन गुहार मागेका हुन्। , ‘विमानस्थल आसपासबाट चरा धपाउनुपर्यो, सबै निकाय जिम्मेवार हुनुपर्यो,’ उनले भने, ‘अब गुहार्ने अवस्था... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले माओवादी द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनसम्बन्धी मुद्दा अनन्त कालसम्म लम्ब्याउन नहुने आदेश गरेको छ।, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश गरिपाउँ भन्दै रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले दिएका रिट द... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली २० हजार रुपैयाँ घुससहित एक जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई पक्राउ गरेको छ।, आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई घुस रकमसहित आइतबार सा... |
प्राडा सविना भट्टराई आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ। होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ। , सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउड... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज (सोमबार) देशका केही स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्... |
रासस ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ।, तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो।, फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँख... |
एजेन्सी बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोरा-बुहारीलाई आफ्नो राज्याभिषेकमा बोलाएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मेमा हुने उनको राज्याभिषेकका लागि निम्तो पठाइएको छ।, ह्यारी र मेघन राज्याभिषेक समारोहमा उपस्थित हुने/नहुने टु... |
सेतोपाटी संवाददाता होली पर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ६८ स्थानमा आज चेकिङ गरिरहेको छ।, सार्वजनिक विदा भएकाले सडकमा सवारीको चाप न्यून छ। ठाउँ-ठाउँमा ट्राफिक प्रहरी चेकिङ पोइन्ट बनाएर जाँच गरिरहेको छ।, होलीको बहानामा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चला... |
एजेन्सी बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थीहरूको शिविरमा भीषण आगलागी भएको छ। अलजजिराका अनुसार आइतबार दिउँसो कक्स बजारमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी भएको हो। , आगलागीबाट १२ हजार शरणार्थीहरू छानाविहीन भएका छन्। शिविरमा रहेका घरहरू जलेपछि उनीहरू खुला आकाशमूनि बस्न बाध्य भएका छन्। , आगलागीमा मानवीय... |
सेतोपाटी संवाददाता रोल्पा र बाँके जिल्लाका तीन फरार प्रतिवादी पक्राउ परेका छन्।, विभिन्न अभियोगमा दोषी ठहर भई काराबास सजाय तोकिएका तीन जना पक्राउ परेका हुन्।, चोरी मुद्दामा ९ वर्ष २ महिना १५ दिन काराबास सजाय तोकिएका रोल्पाको रुन्टीगढी ७ का ३५ वर्षीय कृष्ण रोका पक्राउ परेका छन्।, चोरी मुद्दामा तत्कालिन पुरानाबेदन अदालत... |
रासस गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ।, म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो।, आइतबार राति परेको वर्षाका कारण बाटो हिलाम्य हुँदा सडकमै गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको... |
नवीनबाबु गुरूङ आज देशका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। , काठमाडौंको बसन्तपुरमा आज विशेष होली कार्यक्रम गरिएको छ। बसन्तपुरको होलीमा विदेशी पर्यटकहरूको पनि उल्लेख्य सहभागिता छ। , असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।, तराई क्षेत्रमा होली भोलि मनाइनेछ... |
सबिना श्रेष्ठ आर्काइभबाट, जस्तो काठमाडौंमा वसन्तपुर दरबार स्क्वायर, त्यस्तै भक्तपुरमा तचपालको भीमसेन मन्दिर। फागुमा काठमाडौं उपत्यकाका यी दुवै ठाउँको उस्तै महत्व छ।, पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरूआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ। अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (ची... |
सेतोपाटी संवाददाता बैतडीमा जीवन बुडाल मुत्यु प्रकरणमा प्रहरीले १२ जना शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।, अनुसन्धानको क्रममा शव भेटिएको ठाउँभन्दा केही पर बस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।, ‘अनुसन्धानको क्रममा बम बनाउन प्रयो... |
रेनशा राई यसपालि ,'महिनावारीका कुरा' ,मा हामीले कोरियोग्राफर तथा फिल्म निर्देशक रेनशा राईको अनुभव समेटेका छौं। ३० वर्षीया रेनशा १९ वर्षकी हुँदादेखि कला क्षेत्रमा जोडिएकी हुन्। 'चियाबारीमा', 'वनमा फुल्यो फूल', 'मै ठूली भएछु रे' जस्ता थुप्रै गीतमा कोरियोग्राफी गर्दै अगाडि बढेकी रेनशाले 'इन्टु मिन्टु लन्डनमा' फिल्मबाट नि... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई बिहीबार पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , गत मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा पाण्डेलगायत महानगर प्रहरी... |
सेतोपाटी संवाददाता बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता भएको छ। , सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता गरेको हो। , गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो। सामाजिक स... |
रासस गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ। , भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो।, महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मा... |
दिपकजंग शाही साढे तीन वर्षअघिको कुरा हो। आफ्नै छोराको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी यमुना केसीको कोखबाट दोस्रो सन्तानका रूपमा उनी जन्मिएका थिए।, उनको नाम जिसन केसी राखियो। सल्यान कारागारमै आमाले उनलाई हुर्काइन्। आमासँगै उनी अहिलेसम्म कारागारमै छन्। उनकी आमा कारागारका चार दिवार नाघेर बाहिर जान पाउन्नन्। आमा बाहिर ... |
शोभा शर्मा बिहान घाम छिप्पिसक्दा पनि दुवै दम्पतीको अत्तोपत्तो थिएन।, घर सुनसान थियो।, अघिल्लो दिन ससुराली गएका हंसबहादुर राई साँझ फर्किसकेको आमाबुवाले थाहा पाएका थिए। तर घरका झ्यालढोका बन्द देखेर उनीहरूको मनमा चिसो पस्यो।, कुनै चालचुल नदेखेपछि उनीहरू हंसबहादुरको घर गए। बन्द ढोकाको चेपबाट चियाए। उनीहरू त उठेकै रहेनछन्।... |
डा. कामक्षा शाह सुगर बिरामीले सधैंभरी औषधि खाइरहनु पर्दैन। सुगर देखिनसाथ जीवनशैलीमा ध्यान दिएमा औषधि बन्द गर्न मिल्छ।, हामी चिकित्सकको काम औषधि दिने हो। तर औषधि घटाउने वा बन्द गराउने इच्छा जबसम्म तपाईँको हुँदैन तबसम्म कुनै पनि सुगरको औषधिले काम गर्न गाह्रो हुन्छ। , डाइभिटिज भनेको दिर्घकालीन र बढिरहने रोग भनेर बुझेका थ... |
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ।, ७ दिनसम्मका लागि ठेक्का लगाइएको मेला १८ दिनसम्म सञ्चालन भएको सूचना पाएपछि मन्त्रालयका सहसचिव राजेन्द्रकुमार श्र... |
सेतोपाटी संवाददाता नाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ।, उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्। , ‘नाबालिगसँग सहमतिमै यौन सम्पर्क भए पनि बलात्कार मानिने कानुनी व्यवस्था छ,’ अभ... |
रासस पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो। त्यसको केही क्षणमै मान्छेहरूले चितुवा बोकेर गाउँ डुलाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गयो।, 'के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त?', सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ।, बिहान १० बजेतिर... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया ... |
रासस बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।, अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबासरत रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो।, अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिक रूपमा कमजोर ... |
सेतोपाटी संवाददाता प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो। त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो।, हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन। समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ। त्... |
सेतोपाटी संवाददाता कैलालीमा स्कुल बसकाे ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, शनिबार गोदावरी नगरपालिका-६ स्थित खैरानामा स्कुल बसको ठक्करबाट साेहि ठाउँका ६५ वर्षीय बाटुबटे आलेमगरको मृत्यु भएको हो।, उनलाई माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिएको हाे।, घटनापछि स्थानीयले सडक बन्द गरेका छन्। बस चालक धनगढी उपम... |
रासस कञ्चनपुरमा बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ।, सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो।,
,
दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए।, ‘मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ,’ उनले भने, ‘यस प्रज... |
सेतोपाटी संवाददाता लागुऔषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार राति नागढुंगामा गरेको विशेष चेकिङमा ११ जनाले लागुऔषध सेवन गरी सवारीसाधन चलाएको पाइएको हो। , राति १० बजेदेखि ११ बजेसम्म प्रहरीले २५ जनाको परीक्षण गरेको थियो। नेपाल प्रहरी ... |
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ परेका छन्। , ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा जुवा-तास खेलेको आरोपमा शुक्रबार साँझ १२ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी प्रविण पोखरेलले जानकारी दिए। , जुवा-तास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टो... |
सेतोपाटी संवाददाता काठमाडौंमा यात्रुबाट बढी भाडा असुलेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच जनालाई शनिबार बिहान बल्खुबाट पक्राउ गरेको प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, काभ्रे घर भई सुविधा काउन्टरमा काम गर्ने २४ वर्षीय दुर्गा तामाङ, कीर्त... |
रासस नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ।, भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो।, पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्य... |
सेतोपाटी संवाददाता दाङको शान्तिनगर गाउँपालिका-२का वडाध्यक्षले बालुवा-गिट्टी नपाएको झोँकमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास गरेको आरोप लागेको छ। , स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष सुनिल वलीले शुक्रबार गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का बस्नेतमाथि आक्रम... |
सेतोपाटी संवाददाता नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। , काठमाडौंको शंखमूलस्थित बबिन्स क्याफेको रूफटप छैठौं तलाबाट खसेर उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , उनी दिउँसो सवा २ बजे खसेका थिए। प्रहरीका अनुसार उनी रूफटपमा एक्लै बसेका थिए। एक्कासि ठूलो ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.