content
stringlengths
20
64.1k
युवराज श्रेष्ठ पोखराको विन्ध्यावासिनी मन्दिर सभाहलमा शनिबार विशेष ‘यज्ञ’ चलिरहेको थियो। बाहिर मन्दिरमा भक्तजनको घुइँचो थियो। उनीहरूले बजाएको घण्टीको ध्वनी सभाहल भित्रसम्म गुञ्जिएको थियो। सभाहलमा माइक जोडेर बोलिएका आवाजमा घण्टीको ध्वनी मिसिँदा सहभागीहरू कुनै अनुष्ठानमा भाग लिइरहेको अनुभूति गर्थे।, ‘आज हाम्रो लागि विशेष...
सेतोपाटी संवाददाता कालिका नगरपालिका-७ स्थित उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ।, सामुदायिक वनको क्षेत्रभित्र रहेको संरक्षित वन खण्डको केउरेनी घोल नजिकै शनिबार दिउँसो बाघ मृत भेटिएको हो। मृत बाघ अन्दाजी ६ वर्षको रहेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए।, उक्त बाघको शनि...
रासस भिरबाट लडेर सोलुखुम्बुको माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ।, राईको शव शनिबार खास्तापकै चेम्सी खोलामा फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीय...
सेतोपाटी संवाददाता मोरङको विराटनगरमा अहिले प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदर्शन भइरहेको छ।, जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार नै प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि पहिचान पक्षधरहरूले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन्।, प्रदेश नम्बर १ पुन: नामांकन संघर्ष समिति बनाएर उनीहरूले प्रदर्शन गरिरहेका ...
सेतोपाटी संवाददाता आज पनि हल्का वर्षाको सम्भावना रहेको छ।, देशैभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।, देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, आज बिहान बागमती, मधेस, कोशी प्रदेशका केही भू-भागमा मेघगर्जनसहित हल्का वर्षा भएको छ।, आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। देश...
सेतोपाटी संवाददाता कृषि तथा वन विश्वविद्यालयका डिनको विषयमा छानबिन गर्न बनाइएको समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन्।, कृषि संकायका डिन प्राध्यापक जयप्रकाश दत्तले जुम बैठकमा महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि उपकुलपति पुण्यप्रसाद...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा सरकारी मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु भएको छ। , गएराति सवा ८ बजे ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीविक्रम शाहले जानकारी दिए। , धादिङ धुनिबेशी नगरपालिकाको बागमती प्रदेश ०२-०...
सेतोपाटी संवाददाता बैतडीका जीवन बुडालको मृत्यु भएको घटनामा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ। , फागुन १३ गते चौलानी नदीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल मृत फेला परेका थिए। शवको केही किलोमिटर पर बिस्फोटक पदार्थ समेत फेला परेको थियो। त्यससँग सम्बन्धित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। , पक्राउ पर्...
सेतोपाटी संवाददाता विराटनगरमा आइतबार दिउँसो तनाव भएको छ।, कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै पुन: नामकरणको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ।, प्रदेश नं १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको क...
सेतोपाटी संवाददाता पोखरामा १४ वर्षीया बालिकामाथि बाल यौन दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुरूपयोग गरेको आरोपमा एक जना बालकलाई पक्राउ गरेको हो।, बालिकाले सामाजिक सञ्जालमार्फत् आफूमाथि बाल यौन दुरूपयोग भएको खुलाएकी थिइन्। त्यस सम्बन्धी जानकारी पाएपछि प्रहरीले पीडि...
सेतोपाटी संवाददाता सप्तरीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन‍्‍। , आइतबार दिउँसो १ बजे तिलाठी कोइलाडी गाउँपालिका-१ खाडोखोलास्थित बोर्डर इलाकाबाट एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुरूषोत्तम थापाले जानकारी दिए।, बिओपी तिलाठी र प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट नेपाल पैदल हिँडिरहेका एक पुरू...
सेतोपाटी संवाददाता दाङमा बिरामी आफन्त भेट्न आउँदै गरेका प्युठानका एक व्यक्तिको मोटरसाइकल दुर्घटनामा परी बाटोमै मृत्यु भएको छ। उनका श्रीमती र छोरी गम्भीर घाइते छन्।, प्युठान, नौबहिनी गाँउपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजन केसीको उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।, राजनकी श्रीमती २६ वर्षीया सन्ध्...
रासस पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो।, लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा केही दिनदेखि वर्षा र उच्च हिमाली भेगमा हिमपात भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव छ।, आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदे...
रासस मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको  सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ।, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा आयोजनाको हालसम्मको कार्य प्रगति र भावी योजनाबारे जानकारी गराउँदै एमसिए-नेपालका कार्यका...
युवराज श्रेष्ठ यसपालिको हिउँदमा पानी नपर्दा पनि फेवातालको सिमसार सुकेन। तालमाथि पामेसाइडका सिमसार क्षेत्रमा अहिले पानी बहिरहेको छ। दलदले जमिनमा पानी तैरिरहेको छ।, लामो सुख्खा लाग्दा पनि पानी नसुकेको सिमसारको जमिनमा ढुंगा माटो राखेर पुर्ने अभियान चलाएका छन्।, कोभिड-१९ महामारी रोक्न भएको लकडाउनको मौकामा तीव्र गतिमा सिमस...
सेतोपाटी संवाददाता मोरङ कारागारका चौकीदार अभिषेक गिरी छुटेका छन्। , उनी आइतबार जेलमुक्त भएको मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले जानकारी दिए। ९ वर्ष कैद सजाय भुक्तान गरी उनी कारागारबाट छुटेका हुन्। , अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई उनले मोरङ कारागारमा कैद भुक्तान गर्दै थिए। , युवती प्रयोग गरी सरकारी कर...
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा ललितपुरको भैंसेपाटीबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार साँझ ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहराबाट १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , चन्दा मगरले जग्गा भाडामा लिएर बनाएको टहरामा जुवा खेलिरहेको भन्ने सूचना प्...
सेतोपाटी संवाददाता आगामी वैशाख मसान्तभित्र माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर फाल्न रोक लगाइने ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले चेतावनी दिएको छ।, बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको हो। , सरोकार समितिक...
दिपकजंग शाही मंगलबार दिउँसो सुर्खेतमा एक पुरूषको शव फेला पर्‍यो। वीरेन्द्रनगर–१० बुदबुदी टोलस्थित बारीमा शव फेला परेपछि स्थानीयले बेलुका ५ बजे प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको सुर्खेत प्रहरीले घाँटी रेटिएको अवस्थामा पुरूषको शव देखेपछि कोहलपुरबाट मंगलबार नै कुकुरसहितको अनुसन्धान टोली बोलाएको थियो।, शव भेटिएको क...
नारायण ढुंगाना काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ। , विगतमा जेब्राक्रसिङमै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो। ती तथ्यले उपत्यकामा हिँड्ने...
नारायण खड्का गुल्मी मुसिकोट नगरपालिका-७ की ५७ वर्षीया गंगादेवी शेरचनको हत्यामा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ परेका छन्।, गत माघ १६ गते बिहान एक घरमा गंगादेवीको शव फेला परेको थियो। , यसमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरी गुल्मी लगिएको हो। यसमा दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गर...
सेतोपाटी संवाददाता महोत्तरीमा आगलागीबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। , बलवा नगरपालिका-४ परौल टोलकी ५० वर्षीया चन्दर देविको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।, उनको बुधबार दिउँसो १२ बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। , गत शनिबार दिउँसो साढे २ बज...
रासस काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ।, नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ।, सेवा ...
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिका कार्यपालिकाले आफ्नो पहिलो बैठकमा निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक शौचालय व्यवस्थापन गर्ने बताएको थियो। , महानगरले होटल, रेस्टुरेन्ट, वित्तीय संस्था लगायत निजी क्षेत्रहरूसँग सहकार्य गरेर दीर्घकालीनमा रूपमा सार्वजनिक शौचालय अभावको समस्या समाधान गर्ने लक्ष्य राखेको थियो। , मेयर ब...
रोहित महतो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाम।, मेडिसिन वार्डको बेड नम्बर ८२ मा छन् तेतरा मण्डल।, उनको उपचार सुरु भएको १५ दिन भयो। श्रीमती रामकली बिरामी श्रीमानकै छेउमा हुन्छिन्। उनका आँखाबाट निरन्तर आँसु बग्दो छ। धनुषाको औरही गाउँपालिका, देउरीका बासिन्दा तेतरा दुई महिनामा दोस्रो पटक प्रादे...
रासस सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ।, कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ।, स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। यो तथ्याङ्कमा केही दिन अघिका कोरोन...
सेतोपाटी संवाददाता आज (बिहिबार) पहाडी भू-भागका केही स्थान तथा तराईका एक-दुई ठाउँमा अपराह्न तिर मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बझ राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर...
सेतोपाटी संवाददाता चितवनको भरतपुर अस्पतालले मासिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुको माग गरेको छ।, सूचना प्रकाशन गर्दै अस्पतालले मासिक ज्यालादारीमा काम गर्नेगरी १२ जना मेडिकल अफिसर (आठौं तह) माग गरेको हो।, एक जना अर्थोपेडिक सर्जन, १ जना जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्टसहित १२ जना डाक्टर माग गरिएको अस्पतालले जनाएक...
सेतोपाटी संवाददाता बारामा हतकडीसहित भागेका प्रतिवादी पक्राउ परेका छन्। , पचरौता नगरपालिका-८ बाजोपट्टी बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए।, उनी ज्यान मार्ने उद्योगका प्रतिवादी हुन्। , कात्तिक १९ गते बिहान १० बजे बाजोपट्टीका कपिलदेव...
भगवती पाण्डे पाँच वर्षअघि रूपन्देहीका केही गाउँहरू डुल्दै जाँदा उद्योगी तिलप्रसाद भट्टराईले विद्यार्थीहरू गाउँलेका घरमा गएर पानी मागेको देखे।, विद्यालयमा पिउने पानी नभएर उनीहरू पानी खोज्दै घरघर पुग्दा रहेछन्।  , उनले त्यही बेला पानीको अभाव भएका विद्यालय र समुदायमा स्वच्छ पानी उपलब्ध गराउने विचार गरेका थिए। , रूपन्देही...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ को ‘कोसी प्रदेश’ नाम राखिएको विरोधमा पहिचान पक्षधरले गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।, प्रदेश सभा भवन अगाडि  पहिचानपक्षधर कविहरूले नामको विरोधमा कविता भन्ने कार्यक्रम थियो। , कार्यक्रमबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा जनकऋषि राई र सञ्जय याक्खा छन्।  उ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतमा गाँजा वैधानिकताको मागसहित बिहीबार रिट निवेदन दायर भएको छ। , लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत नेपालमा गाँजा सम्बन्धी कानुन निर्माण गरी गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग राखेर पोखराका ऋगेन्द्र गिरी नेतृत्वको नेपाल फर्म व्यवसायी संघले रिट निवेदन दाएर गरेको हो। , पारमादेश जारी गर...
सेतोपाटी संवाददाता कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ।, कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएको थियो।, उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ।, विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निल...
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित चौकीडाँडामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बेलौरी नगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएक...
सुसन चौधरी वकिलसँग कानुनका कुरा, कुनै विवाहित जोडी सँगै बस्न नसक्ने भएपछि सम्बन्ध विच्छेद गर्ने गर्छन्।, तर धेरैलाई सम्बन्ध विच्छेदको प्रक्रिया थाहा नहुन सक्छ।, कुन-कुन अवस्थामा श्रीमान-श्रीमतीले सम्बन्ध विच्छेद गर्न मिल्छ, अंशबण्डा के आधारमा हुन्छ, सन्तानमा कसको बढी हक लाग्छ, आदिबारे बुझ्न हामीले अधिवक्ता शशी बस्नेतस...
रासस मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। , म्याग्दीका सहायक प...
एजेन्सी भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ।, अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर बिहीबार दुर्घटनामा परेको इन्डियन एक्सप्रेसले जनाएको छ। , हेलिकप्टर केही घन्टा अगाडि नै हराएको थियो। , हेलिकप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको थियो।, भारतीय सेनाका अनुसार हेलिक...
सेतोपाटी संवाददाता कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गोदावरी नगरपालिका– ३ स्थित चौकीडाँडामा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बेलौरी नगरपालिका–७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ल...
नारायण खड्का दाङमा एक महिलाको कोठामा लागेको आगोका कारण निस्सासिएर मृत्यु भएको छ। , दंगीशरण गाउँपालिका वडा नं. ५ की ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए। , घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले एक कोठे...
सेतोपाटी संवाददाता विभिन्न घर तथा भवन निर्माणको क्रममा खनिएको माटो सडकमा खसालेर नगर प्रदूषित बनाएको भन्दै ललितपुर महानगरपालिकाले निर्माण कम्पनीलाई कारबाही गरेको छ।, महानगरपालिका यसअघि नै सडकमा माटो नखसाल्न, खसालेको भए तत्काल उठाउने व्यहोराको सूचना सार्वजनिक गरिसकेको थियो।, उक्त सूचनालाई अवज्ञा गर्दै गएराति सडकमा जथाभा...
मीरा चौधरी यसपालि ,'महिनावारीका कुरा', मा हामीले ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मीरा चौधरीको अनुभव समेटेका छौं। वीरगन्जमा जन्मिएकी ५३ वर्षीया मीरा सानैदेखि खेलकुदमा सक्रिय थिइन्। विशेषगरी फुटबल खेल्न रूचाउँथिन्। नारायणी अञ्चलको प्रतिनिधित्व गर्दै पहिलोपटक दोस्रो राष्ट्रिय खेलकुदमा सहभागी भएर ...
रासस बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्प गएका छन्।, बेलुका ६ बजेर २५ मिनेटमा ३.२ र ६ बजेर २६ मिनेटमा ३.५ रेक्टर स्केलका भूकम्प गएको हो। , दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।, पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न...
सेतोपाटी संवाददाता पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।, शुक्रबार बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो।, पोखरा महानगरपालिका–४ चिप्लेढुंगामा ग १ ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।, कार्कीको उपचारका ...
सेतोपाटी संवाददाता हाल देशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको हो।, अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ। महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ।, उनले  आज दिनभरजस्तो बादल लाग्ने भन्द...
सेतोपाटी संवाददाता क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , काभ्रे रोशी गाउँपालिका-८का ४६ वर्षीय मेघलाल तामाङलाई प्रहरीले सोमबार काठमाडौं-३१ मिनभवनबाट पक्राउ गरेको...
सेतोपाटी संवाददाता गोरखामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार दिउँसो १ बजे गोरखा नगरपालिका-६ बिसौनीमोडमा अनियन्त्रित भएर मिनीट्रक दुर्घटनामा पर्दा एक जनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। , गोरखा बसपार्कबाट आबुखैरेनी जाँदै गरेको प्र.३-०१-००३ क ६१७० नम्ब...
सेतोपाटी संवाददाता नक्कली टिकटक आइडी बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्‍ने ३६ वर्षीय अन्जली बिसुन्केलाई कार्यालयले पक्राउ गरेको हो। उनले फ्रान्कलि...
रासस लोपोन्मुख डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ।, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ।, वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए।, ‘गिद्ध मरेको ठाउँम...
नारायण खड्का दाङको लमही नगरपालिका वडा नं. ९ का ७५ वर्षीय जानकीलाल बस्नेतसँग बिहेको नाटक गरी लाखौं मूल्य बराबरको जग्गा फुत्काएकी तुलसीपुरकी कमला थापा धरौटीमा छुटेकी छन्। , दाङ जिल्ला अदालतले थुनछेक बहस गरी एक लाख धरौटीमा छोड्न उनलाई आदेश दिएको हो।, धरौटी रकम बुझाएर उनी तारेखमा छुटेकी छन्। , न्यायाधीश रामप्रसाद बत्यासको...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका भित्रका सबै विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रूपमा पढाइ हुने भएको छ।, ललितपुर महानगरले सडक सुरक्षा शिक्षा शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान औपचारिक रूपमा कक्षाकोठाबाट नै ...
रासस दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालो गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो।, यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको...
सुशीला रेग्मी मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके। उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ।, युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्छन्।, पाल्पाको रामपुर नगरपालिका–२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन्। गाउँ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको सेवाबाट पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।, बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको ह...
सेतोपाटी संवाददाता धार्मिक एवं पर्यटकीय स्थल पाथिभरा क्षेत्र अहिले हिमपातले सेताम्मे बनेको छ। विगत वर्षमा पुस दोस्रो सातादेखि नै हिउँ पर्ने गरे पनि यसपटक माघ पछि मात्र यो क्षेत्रमा हिउँ परेको स्थानीयले बताएका छन् ।, हिउँले पाथिभरा क्षेत्रको देउरालीदेखि माथिको क्षेत्र सेताम्मे बनेको हो। तेर्से, भालुगौडे, काफ्लेपाटी, फे...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। , सोमबार विदेशी नागरिकलाई ठगेर अवैध रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको केन्द्रीय अनुसन्‍धान ब्युरोका प्रवक्ता एवं एसपी संजयसिंह थापाले जानक...
सेतोपाटी संवाददाता हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। , देशका  पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ ...
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , सोमबार साँझ साढे ६ बजे दक्षिणकाली नगरपालिका-२ मा सडक निर्माणको काम भइरहेको ठाउँमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , ‘गाडी ब्याक हुने बेलामा लागेर त्यहीँ काम गर्न...
राजेश घिमिरे नारायणगढमा रहेको मञ्जु श्री फाइनान्सले कालिका नगरपालिका–३ का दलबहादुर मगरको घरसहितको एक कट्ठा साढे १५ धुर जमिन धितो राखेर १५ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको २ महिनाभन्दा बढी भयो।, फाइनान्सले गत पुसको अन्त्यतिर उनको ऋण स्वीकृत गरेको थियो। तर ऋण स्वीकृत भएबाट दुई महिनाको अवधिमा उनले फाइनान्सबाट एक लाख रुपैय...
सेतोपाटी संवाददाता नगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियानमा ऐक्यबद्धता जनाउँदै रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ।, २०७४ सालदेखि नगरपालिकाले सञ्चालन गरेको समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानमा नगरवासीले उत्साहजनक सहभागिता जनाउँदै आएका छन्।, हरेक महिनाको १ र १५ गत...
एजेन्सी चीनले पर्यटकका लागि सीमा नाकाहरू खोल्ने र भिसा दिने भएको छ। , तीन वर्ष यता कोरोना भाइरसको महामारीका कारण रोकिएका सीमा नाका बुधबारबाट पर्यटकका लागि पुन: खोल्ने र भिसा दिन सुरू गर्ने समाचार संस्था एपीले जनाएको छ।, पर्यटन र अर्थतन्त्र सुधार गर्न चीनले उक्त निर्णय गरेको हो। , गत फेब्रुअरीमा चीनले कोरोना महामारीमाथ...
राजु अधिकारी औषधि व्यवसायीसमेत रहेका विराटनगर–९ का देशबन्धु ढकाल त्यसबेला छक्क परे, जब कोसी अस्पतालका चिकित्सक स्वंयले आफ्नै अस्पतालको रिपोर्टमा आफू भर पर्न नसक्ने कुरा सुनाए। , १० वर्षीया छोरीले पेट दुख्यो भनेपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुर्‍याएका ढकालले अस्पतालकै प्रयोगशाला र रेडियोलोजी विभागमा छोरीक...
सेतोपाटी संवाददाता सल्यानमा भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुका बनगाड नगरपालिका–९ स्वाराका ४० वर्षीय आईते रावतले बोकेको भरुवा बन्दुक पड्किँदा उनका भतिजा १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो।, काका–भतिजा सोमबार बेलुका सिकार खेल्न भनेर भरुवा बन्दुकसह...
सेतोपाटी संवाददाता दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्किएका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन्। , कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरू र तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले लुम्बिनीमा स्वागत गरेको छ।, कोरियाली बौद्ध भिक्षु-भिक्षुणी र तीर्थयात्रीलाई रूपन्देही निर्वा...
सेतोपाटी संवाददाता चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , मंगलबार दिउँसो राप्ती नगरपालिका-६ हर्दीस्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो।, बा.प्र.०६-००१ ख ०१११ नम्बरको बसले लु.८१ प ४२७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।, उक्त ठक्करबाट पर्सा जिरा भवनी गाउँपालिका-५ बस्ने २० वर...
सविता बुढा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ का ललित बुढाले भारतको लखनऊमा उपचार गराउन थालेको एक दशक बित्यो।, उनलाई दिमागको नसासम्बन्धी रोग छ। वर्षको एक पटक लखनऊ जान्छन्। उनलाई यस्तो रोग लागेको ११ वर्ष भयो। सुरूमा उनलाई राति निद्रा नलाग्ने, पसिना आउने, छटपटाहट हुने लक्षण देखा पर्‍यो। बिस्तारै उनको होस गुम्न थाल्...
सेतोपाटी संवाददाता डोटीमा जिप दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।, दिपायल सिलगढी नगरपालिका-६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।, उक्त दुर्घटना हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएका छन्।  , द...
सेतोपाटी संवाददाता आज (बुधबार) आंशिकदेखि सामान्य मौसम बदली भइ अपराह्नतिर कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मे...
सेतोपाटी संवाददाता सुर्खेतमा एक जना युवकको शव फेला परेको छ।, मंगलबार साँझ वीरेन्द्रनगर–१० बुदबुदी टोलमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, शवको पहिचान भने भइसकेको छैन।, युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्...
राजेश घिमिरे रामेछापको खाँडादेवी गाउँपालिकास्थित मानेडाँडा माध्यमिक विद्यालयले दृष्टिविहीन महिला शिक्षकलाई हाजिरी गराएको छ।, शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएर निम्नमाध्यमिक तहको नेपाली शिक्षकको नियुक्ति पाएकी चितवनकी संगीता पराजुलीलाई विद्यालयले दृष्टिविहीन भएकै कारण हाजिरी गर्न दिएको थिएन।, शिक्षक सेवा ...
सेतोपाटी संवाददाता झापाका दुई अलगअलग स्थानबाट प्रतिबन्धित भारतीय जिउँदो ब्रोइलर कुखुरा प्रहरीले बरामद गरेर नष्ट गरेको छ।, मेचीनगरको नकलबन्दा र झापा गाउँपालिकाको पन्थापाडा भन्ने स्थानबाट करिव ८० वटा कुखुरा बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, झापा गाँउपालिकाबाट ८० किलो बराबरका जिउँदो कुखुरा बरामद भएको हो...
रासस कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ।, पहुँचभन्दा बाहिर रहेका  नागरिकलाई  सडकको पहुँचमा पुर्‍याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दै आएको छ। , कर्णालीका अधिकांश नागरिक विकासको महत्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।, गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापासबिनै निर्माण भएका घर टहरामा व्यवसाय गर्दै आएका २६ व्यवसायीहरूलाई १५ दिनभित्र वडा कार्यालयमा उपस...
रासस पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी ...
सेतोपाटी संवाददाता सुनसरीमा मोटरसाइकलबाट लड्दा एक जनाको मृत्यु भएको छ। , बुधबार बिहान १ बजे बर्जु गाउँपालिका-२ स्थितमा मोटरसाइकलबाट लड्दा एक जनाको मृत्यु भएको हो।  , को. ७ प ५६५ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेकी बर्जु-३ की ३६ वर्षीया चन्द्रकला देवी लडेकी हुन्। , मोटरसाइकलबाट लडेर घाइते भएकी उनको उपचारको लागि चालक श...
रासस बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।, बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो।, पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो विस्तारका क्रममा काम गर्दैगर्दा माथिबाट एक्कासि झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ।...
सेतोपाटी संवाददाता देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले...
रासस पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।, यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो। , अत्यावश्यक सवारी साधानबाहेक अन्य सवारी साधनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीरा...
सेतोपाटी संवाददाता बाराको कोहल्वी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन्।, डिभिजन वन कार्यालय बाराले शनिबार वडाध्यक्ष नन्दकिशोर चौधरीलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत विनोद सिंहले जानकारी दिए। , उनीमाथि रूखमा क्षति पुर्‍याएको आरोप छ। , सिंहका अनुसार २०७७/८८मा कोहल्वी-५स्थित राम वनमा ५.३ हेक्टर जग्गामा वृक्षरोपण ग...
सेतोपाटी संवाददाता बागमती नदी नेपालीको आस्थाको केन्द्र हो। हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ।, हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यकता र औचित्य हिन्दु समान छ। बागमती नदीको सभ्यता धेरै गर्विलो छ।, बागमती नदी अहिले ढलमती उपनामले परिचित छ। यसको कारण काठमा...
सेतोपाटी संवाददाता गुल्मीको रेसुंगा नगरपालिकाले २०७९ को एसइई परीक्षामा उत्कृष्ट नम्बर ल्याएर नगरपालिका भित्रका विद्यालयमा पढ्ने ९६ विद्यार्थीलाई जनही १६ हजार अनुदान रकम उपलब्ध गराएको छ।, नगरपालिका भित्रका विद्यालयमा विद्यार्थी पढाउन तथा जेहनदार विद्यार्थीलाई प्रोत्साहन गर्न भन्दै कार्यपालिकाको पहिलो बैठकले गरेको निर्ण...
डा. ऋचा अमात्य तनाव भनेको यस्तो अवस्था हो, जसले हाम्रो दैनिक जीवनको शारीरिक र मानसिक अवस्थामा बाधा पुर्‍याउँछ।, हामीले सोचे वा चाहे अनुसार कुनै पनि परिस्थिति नभएमा तनाव हुने गर्छ।, तनावको विभिन्न लक्षणहरु हुन्छन्। हरेक मानिसलाई एकै प्रकारको लक्षण देखिन्छ भन्ने हुन्न।  कसैलाई टाउको झुम्म हुने, कसैलाई श्वास फेर्न गाह्रो...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक।प्रगति साहित्य सम्मान-२०७९ बाट किशमा किशाेर बुढाथोकी सम्मानित भएका छन्। , सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकास्थित ११ स्थित संस्थागत विद्यालय प्रगति अंग्रेजी माविले बुढाथोकीलाई यस वर्षको साहित्य सम्मान प्रदान गरेकाे हाे।, उनीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला स...
रासस उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।, शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरका ६ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो।, रामबहादुरको माटो र ढुंगाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु ...
सेतोपाटी संवाददाता तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। , शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए। , बाग्मति प्रदेश ०६-००१ ज ००१७ नं.को फोर्स गाडी ...
सविता बुढा बाजुराको बडीमालिका नगरपालिका–९ का २४ बर्षे हिमाल थापा विमारी छोरो बोकेर चार दिनअघि जिल्ला अस्पताल आइपुगेका थिए। उनको घर गैरीबजारबाट बाजुरा जिल्ला अस्पताल धेरै टाढा छैन।, २ वर्षअघि हातखुट्टा निला फर्किने, ओठ कालो हुने, हिँड्न नसक्ने, खाना पनि नखाने भएपछि छोरालाई सास फेर्न पनि गाह्रो भएको थियो। त्यसपछि उनले ज...
नारायण खड्का ७५ वर्षीय जानकीलाल बस्नेत दाङको लमही नगरपालिका-९ अमिलियामा बस्छन्। , उनकी श्रीमती १० वर्षअघि नै बितिन्, एक्ला छोरा रोजगारीको शिलशिलामा भारतमा छन्। दुई जना छोरीको पनि विवाह भइसक्यो। उनी घरमा एक्लै बस्थे। , एक्लै भएकाले घरायसी काममा सघाउन उनले एक जना सहयोगी पनि खोजिरहेका थिए। गत जेठमा यसबारे उनले चिनजानका म...
भगवती पाण्डे रूपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।, कान दुखेर बिरामी परेकी सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत फागुन २० गते राति मृत्यु भएको थियो।, माता भनिने स्थानीय २२ वर्ष...
सेतोपाटी संवाददाता बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, शनिबार साँझ  साढे ६ बजे महागढिमाई नगरपालिका ८ थलही पुल कलैया लंगडाचौक सडकखण्डमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, ना. ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ४ चक्के गाडीले ठक्...
सेतोपाटी संवाददाता आज देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो। , देशमा हाल पश्चिमी वायुको प्रभाव सामान्य रहे पनि आज राति भने कतै वर्षाको सम्भावना न...
सेतोपाटी संवाददाता जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।, तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।, प्रहरीले श्रीमान् आइतेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।, मृतक ममताको शव पोष्टमर्ट...
रासस पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन्।, आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्।, नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनग...
सेतोपाटी संवाददाता नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन सम्पन्न भएको छ।, सम्मेलनले ‘अप्टिमिष्ट एजुकेशन फन्ड’ स्थापना गरेर गरिव तथा जेहेन्दार  विद्यार्थीलाई कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षा दिने योजना सार्वजनिक गरेको छ।, फण्डका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरिने अप्टिमिष्ट एजुक...
सेतोपाटी संवाददाता रक्सी खाएर सडकमा स्थानीयसँग विवाद गरेको आरोप लागेका सप्तरीका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन्। , राजविराजमा गत शुक्रबार दिउँसो रक्सी खाएर स्थानीयसँग विवाद गरिएको निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। , बर्दीमा रहेका उनले अर्धनग्न भएर विवाद गरेको भ...
रासस सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।, योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।, मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।, सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज ...
सेतोपाटी संवाददाता सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।, फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।, दुर्घटनामा १९ जना घाइते भएका छन्...
सेतोपाटी संवाददाता युलेन्स स्कुलले दोस्रो युनिट काठमाडौंको बाँसबारीमा सुरु गरेको छ।, नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले शनिबार बाँसबारीमा रहेको युलेन्सको दोस्रो युनिटको उद्घाटन गरेकी हुन्।, बासाबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने भएको ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोजेको आरोपमा सशस्त्र प्रहरी जवान निलम्बित भएका छन्। , सशस्त्र प्रहरी जवान संदिपकुमार साहलाई निलम्बन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , डिएसपी थापाका अनुसार उनी सशस्त्र प्रहरीको इन्स्...
सेतोपाटी संवाददाता कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शनिबार राति भीमदत्त नगरपालिका–१० तिल्केनीमा से ६ प २६६४ नम्बरको स्कुटर दुर्घटना भएको थियो।, सो दुर्घटनामा सोही नगरपालिकाको वडा नम्बर ४ भगतपुरका आयुष केशीको मृत्यु भएको प्रहरीले जनाएको छ।, स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ।...
सेतोपाटी संवाददाता सुनसरीमा सफारी गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, आइतबार दिउँसो इटहरी उपमहानगरपालिका-२ हलगढा स्थितमा सफारीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको हो।, तरहराबाट ईटहरी तर्फ जाँदै गरेको को १ ह ५६०५ नम्बरको सफारीले ठक्कर दिँदा ६८ वर्षीया पुण्यमाया काफ्लेको मृत्यु भएको हो। उनको विराट नरस...