content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र मंगलबार बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन्। , नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी नचलेका हुन्।, उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भ...
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा यातायात मजदुरले गरेको आन्दोलनमा २० जना प्रहरी घाइते भएका छन्।, सोमबार साँझ आन्दोलन गर्ने क्रममा अवस्था उग्र बन्दा प्रदर्शनकारीको आक्रमणमा परी २० जना प्रहरी घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए।, घाइतेमध्ये द...
सेतोपाटी संवाददाता आज देशका पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन् । त्यसैले हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, बुधबार र बिहिबार पनि द...
सेतोपाटी संवाददाता सरकारले आन्दोलनरत यातायात मजदुरसँग वार्ता सुरू गरेको छ।, आज बिहान सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको हो।, वार्तामा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी...
सेतोपाटी संवाददाता यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।, आज सिंहदरबारमा भएको वार्तामा आज उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्ने सहमति भएको हो।, यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्।, वार्तामा उपप्रधान एवं भौतिक ...
सेतोपाटी संवाददाता रोल्पामा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। , माडी गाउँपालिका–५ का ६९ वर्षीय बुवा प्रथमन बुढालाई कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय नरबहादुर बुढा पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरका अनुसार घरमा बुवा–छोरा मात्रै बस्दै आएका थिए।  , छोरा नरबहादुरको कुटपिटबाट ब...
सेतोपाटी संवाददाता प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ।, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ।, सोमबार यातायात मजदुरले नयाँ बसपार्क...
एजेन्सी टर्कीमा भूकम्पमा परेका दुई जनाको १९८ घन्टापछि उद्धार भएको छ।, टिआरटी वर्ल्ड नाउका अनुसार काह्रामानमारास सहरमा मंगलबार उद्धारकर्ताले १७ वर्षीय एक  किशोर र अर्का एक जनाको भग्नावशेषबाट उद्धार गरेका हुन्।, अजरवैजानका उद्धारकर्ताले उनीहरूलाई जीवितै बाहिर निकालेपछि खुसी मनाएको भिडिओ सामाजिक सञ्जालमा आएका छन्।, Hope...
रासस आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। प्रेमीप्रेमिकाको आज विशेष दिन। युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन्। , प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरू प्रेमजोडीले भरिभराउ हुन्छन्। नेपालमा पनि पछिल्लो समय ...
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माइधार-दोमुखा सडक ४४ वर्षपछि कालोपत्रे हुने भएको छ।, यो सडकलाई कालोपत्र गर्न स्थानीय शिवसताक्षी नगरपालिका लागि परेको छ।, शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड गरेर ४ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ लागतमा कालोपत्रे निर्मा...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरू भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।, ग्वार्को चोकमा गत शनिबारदेखि फ्लाइ ओभर निर्माण कार्य सुरू भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। , फ्लाइ ओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक,...
सेतोपाटी संवाददाता बालाजुमा सोमबार साँझ भएको यातायात मजदुरको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाट घटनाको छानविन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ। , मंगलबार गृह सचिव विनोद प्रकाश सिंहले प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई फोन गरी यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको प्रवक्ता एवं सहसच...
रासस ललितपुरको ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका कारण देखिएको सवारी साधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारी साधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। , कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्या...
नवीनबाबु गुरूङ आज प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ।, यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ। भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रे...
सविता बुढा डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको साढे एक वर्षभन्दा बढी भयो। दोषी अझै पत्ता लाग्न सकेको छैन।, सोही वडामा रहेको ‘जमरानी स्वास्थ्य केन्द्र’ की कार्यालय सहयोगी कर्मचारी अस्मिता २०७८ असार २ गते कोरोना खोप पुर्‍याउन अर्को ठाउँ जाँदै थिइन्।, उनी गन्तव्यमा पुगिनन्। तीन दिनपछि ...
युनिक श्रेष्ठ काठमाडौंको बालाजुमा सोमबार भएको यातायात मजदुरको आन्दोलनको क्रममा नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा तोडफोड भयो। आन्दोलन भइरहँदा एउटा समूह मलभित्र पस्यो। उक्त समूहले मलमा रहेको मोबाइल पसलका सटरहरू आफैं खोलेर लुटपाट गरे।, मलमा रहेका दुई वटा मोबाइल पसल, एसिडिसी र डाइमोन्ड स्टारमा लुटपाट भएको हो। एउटा मोबाइल...
नारायण खड्का बाटोमा ग्राभेल हाल्नका लागि सिफारिस लगेर बालुवा-गिट्टी क्रसर उद्योगहरूमा बिक्री गरेको पाइएको छ। , दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ ले स्थानीय गहते र पातुखोला मिसिने दोभानबाट बालुवा-गिट्टी उठाउने स्वीकृति दिएको थियो। , सडक पूर्वाधार विकास कार्ययोजना अन्तरगत तुलसीपुरको अश्वारा– कटुकुँइया–प्रतापपुर हुँद...
सेतोपाटी संवाददाता झन्डै २४ किलो लागुऔषध चरेससहित चार जना थाइ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। , लागुऔषध नियन्त्रण ब्युरोले चार जनालाई चरेससहित पक्राउ गरेको प्रवक्ता एवं डिएसपी नारायण रन्जीतकारले जानकारी दिए।, ४८ वर्षीया यावालुक जुवाबश्री, ४२ वर्षीया परिचार्ट पमप्रुक, २५ वर्षीय नात्तापोल ट्रिचाइया र १९ वर्षीया नाटना...
सेतोपाटी संवाददाता मकवानपुरमा १५८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। , सोमबार मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित पूर्व-पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले १ सय ५८ किलो गाँजा बरामद गरेको थियो। , ना ६ ख ४५२० नम्बरको गाडीबाट सशस्त्र प्रहरीले उक्‍त मात्राको गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम ...
सेतोपाटी संवाददाता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति गुज्रिएको बियर फेला पारेपछि एक गोदाम सिल गरेको छ। , मंगलबार विभागबाट खटिएको बजार अनुगमनको टोलीले काठमाडौंको धुम्बाराहीमा रहेको गोदाम सिल गरेको हो। तीन वटा गोदाममा भण्डार गरिएका २१ सय कार्टुन बाह्रसिंगे बियर म्याद गुज्रिएको फेला परेको विभागका निर्देश...
सेतोपाटी संवाददाता बाँके प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोडबाट मंगलबार बेलुका साढे पाँच बजे तीन युवालाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार पाँच लाख ६९ हजार नक्कली एक हजार दरका नोटसहित तीन युवालाई पक्राउ ...
सेतोपाटी संवाददाता हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।, देशका केही ठाउँमा बादल लागेको छ । प्रदेश एक,  बाग्मती  र गण्डकी प्रदेशका केही ठाउँमा गएरातीदेखि बादल लागेको छ । तर  हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले पानी पर्ने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, हाल प्रदेश नं....
रासस लमजुङमा निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन। तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन।, प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ। तर हालसम्म करिब ६५ प्रतिशतमात्र काम सम्पन्न भएको छ।, उदिपुर–मार्कीचोक–भरत...
रासस काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।, एसइई नतिजा सुधार गर्नकै लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो।, त्यसैगरी शिक्षण स...
एजेन्सी टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ। , रोयटर्सका अनुसार शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्।, सीएनएनका अनुसार भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशे...
सेतोपाटी संवाददाता मुस्ताङको जोमसोमबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। , म्याग्दी कोरला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको यात्रुवाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेको धम्पुमा दुर्घटना भएको हो।, जोमसोमबाट १७ जना यात्रु लिएर पोखरा छुटेको उक्त बस बुधबार बिहान साढे ८ बजे दुर्घटना भएको जिल्ला प्रहरी ...
सेतोपाटी संवाददाता पोखरा लेकसाइडस्थित सेल्वेज सपिङ सेन्टरको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।, शनिबार साँझ लागेको आगो केही समय अगाडि नियन्त्रणमा आएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।, लेकसाइड सपिङ सेन्टरभित्र रहेको सेल्वेजको अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन मुस्किल परेको थियो।, आगलागी के कारण...
सेतोपाटी संवाददाता पोखरा लेकसाइडस्थित सेल्वेज सपिङ सेन्टरको गोदाममा आगलागी भएको छ।, शनिबार साँझ आगलागी भएकाले अहिले पनि निभाउने क्रम जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।, लेकसाइड सपिङ सेन्टरभित्र रहेको सेल्वेजको अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन मुस्किल परेको एसपी केसीले बताए।, ‘अण्डरग्राउण्...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले देशैभरका अस्तालमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवा आजका लागि बन्द गरेको छ।, संघका आजीवन सदस्यसमेत रहेका राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै संघले आइतबार देशैभरका अस्पत...
सेतोपाटी संवाददाता हिमाल र हिमाली जनजीवनका इतिहास हेर्न पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय गएका दर्शकले एक साता फरक संस्कृति देख्न पाए। , हिमाल आरोहणका इतिहासदेखि हिमाल र हिमाली जनजीवनमा आइरहेका परिवर्तन संग्रह गरिएको संग्रहालयमा एक साताका लागि नेवारी जनजीवन प्रदर्शन गरियो। संग्रहालयको २० औं वार्षिकोत्सवमा काठमाड...
एजेन्सी विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ।, उद्धारकर्मीहरूका अनुसार टर्कीमा २४ हजार तथा सिरियामा ४ भन्दा बढीले ज्यान गुमाएका छन्। , टर्कीमा विनाशकारी भूकम्प गएको ७ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्पमा परी १ लाख भन्द...
सेतोपाटी संवाददाता आज प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्च...
नवीनबाबु गुरूङ वीर अस्पताल आइतबार डाक्टर र बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन्।, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पतालका चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि डाक्टरहरूले आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्। भित्र डाक्टरहरूले उपचार नगरेपछि बाहिर बिरामीका आफन्त प्रदर्शनमा उत्रिएका छन्...
सेतोपाटी संवाददाता प्रहरीको आक्रमणबाट घाइते भएका चिकित्सकको उपचार नेपाल सरकारले गर्ने सहमति भएको छ।, गत माघ २७ गते राष्ट्रपतिको सवारीका बेला राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएका थिए।, चिकित्सकको सुरक्षाको ग्यारेन्टीलगायत विषय उठाउँदै नेपाल चिकित...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान सरकारी टोली र संघबीच भएको वार्तापछि ६ बुँदे सहमति गर्दै जारी आन्दोलन फिर्ता लिएर चिकित्सकहरू काममा फर्कन तयार भएका हुन्।, ‘नेपाल सरकारद्वारा गठित प्रधानमन...
सेतोपाटी संवाददाता वीरगन्जमा स्रोत नखुलेको आठ लाख नगदसहित एक जना पक्राउ परेका छन्। , सशस्त्र प्रहरीको बिओपी वीरगन्जबाट खटिएको टोलीले एक जनालाई नगदसहित पक्राउ गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवं एसएसपी पुरूषोत्तम थापाले जानकारी दिए। , सशस्त्र प्रहरीले आइतबार बिहान पौने १२ बजे वीरगन्ज महानगरपालिका-१६ शंकरा आचार्य गेटबाट...
एजेन्सी टर्कीमा गत सोमबार गएको भूकम्पमा परी २४ हजार बढी मानिसको मृत्यु भएको छ। छिमेकी सिरियामा ४ हजार बढी मानिसले ज्यान गुमाएमा छन्।, ७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहरमा प्रभावित भएका थिए। ती सहरमा एक-दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए।, ती अग्ला भवन बनाउँदा भवन संहिताको पूर्ण ...
दिपकजंग शाही साउन ३० गते सुर्खेतको वीरेन्द्रनगरमा ४७.६२ ग्राम ब्राउन सुगरसहित स्थानीय सरला शाही र किरण गिरी प्रक्राउ परे। प्रहरीले उनीहरूविरुद्ध मुद्दा चलाएको छ।  , उनीहरूको बयानबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ का ४९ वर्षीय कल्लु कबडिया पनि संलग्न रहेको थाहा भयो। सुर्खेत प्रहरीले कल्लुलाई पक्राउ गर्न अदालतबाट प...
सेतोपाटी संवाददाता एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।, ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका २ जनालाई महालक्ष्मीस्थानबाट पक्राउ...
सविता बुढा सरकारले कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। यस मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो।, आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने निर्णय गरेक...
सेतोपाटी संवाददाता ताप्लेजुङलाई केन्द्र बनाएर सोमबार बिहानै भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।, भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। हाल...
सेतोपाटी संवाददाता ललितपुरको सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ। , आइतबार सवा ३ बजे ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा तीन तलाबाट खस्दा एक जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , उनका अनुसार बाबुराम महर्जनको इट्टा र माटोले बनेको ३ तले कच्ची घर भत्काउने काम ...
सेतोपाटी संवाददाता आज (सोमबार) देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने सामान्यत: सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ। तराईका अधिकांश भू-भागमा  हुस्सु र कुहिरो लागेको छ। यो क्रम मध्यान्न पछ...
मनिका विश्वकर्मा ललितपुर, झम्सिखेलको एक किराना पसलमा काम गर्छन् विश्राम चौधरी। उनको काम साइकलमा पानीको जार बोकेर घरघरमा पुर्‍याउनु हो।, तीस वर्षीय विश्रामले लामो समयदेखि यो काम गर्दै आएका हुन्। साइकलमा तीन वटा जार बोकेर कुद्न उनलाई कुनै सकस थिएन। दिनमा पन्ध्र-बीस पटक जार बोकेर साइकलमा ओहोरदोहोर सहजै गर्थे।, तीन महिनाय...
सेतोपाटी संवाददाता गोरखाको चुम उपत्यकामा वैशाखमा ‘चुम श्याग्या शताब्दी महोत्सव’ आयोजना हुने भएको छ।, अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री गाउँपालिकामा पर्ने छेकम्पारमा महोत्सव आयोजना गर्न लागिएको हो।, वैशाख ६ गतेदेखि ९ गतेसम्म छेकम्पारमा महोत्सव चल्ने आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिक...
एजेन्सी टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।, सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।, टर्कीको ८१ प्रान्तमध्ये ...
सेतोपाटी संवाददाता वि.सं. २०८० सालमा हिन्दुहरुले मनाउने प्राय: सबै चाडपर्व १५-२० दिन पछाडि सरेका छन्। , ८० सालको साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन्। असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ। , साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ। फेरि साउन १७ देखि ३१ सम्म अधि...
भरत केसी मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ। तर मेहनत गर्दा बालुवामा मात्र हैन फोहोरमा पनि सुन फलाउन सकिँदो रहेछ। सडकको धुलो र नालीको फोहोर संकलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउनेजस्तै हो। , भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि ब...
सेतोपाटी संवाददाता बर्दियामा बीमा दाबी गर्न आफ्नै गाडी जलाउने एक जना पक्राउ परेका छन्। , सोमबार बिहान २ बजे मधुवन नगरपालिका-४ बसन्तामा एक गाडीमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए। , लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडीमा आग...
नवीनबाबु गुरूङ ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि सडक भत्काउन थालिएको छ। शनिबारदेखि ग्वार्कोको सडकमा एक्साभेटरको प्रयोग गरेर कालोपत्रे भत्काउन थालिएको हो।, मंसिरदेखि नै निर्माणको काम सुरु गर्ने भनिए पनि डिजाइन स्वीकृतमा ढिलाइ भएकाले शनिबारबाट मात्र काम सुरू भएको विभागका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी द...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका-९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरू गरेको छ।, २०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरू पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आ...
रासस नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएका छन्।, जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ। , जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्ख...
रासस नेपालका सहरी क्षेत्रका खानेपानी प्रणालीमा पछिल्लो समय 'स्मार्ट' प्रविधिको उपयोग हुन थालेको छ।, नवीनतम प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण  सहज  र प्रभावकारी समेत हुँदै गएको छ।, चुहावट नियन्त्रण र मर्मत सम्भारका काम छिटो गर्न पनि सम्भव भएको छ।, स्मार्ट वास सोलुसन र कोरियाको इन्टरनेसनल सेन्टर फर अर्बन बाटर...
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले नयाँबानेश्वरबाट हटाएका फुटपाथ व्यवसायीहरूले आफ्नो रोजीरोटीको विकल्प खोजेका छन्। उनीहरू अहिले बानेश्वर चोकमा बनाइएको फलामको अस्थायी घरमा दैनिक भाडा तिरेर व्यवसाय गरिरहेका छन्।, तपाईंहरू बानेश्वर जानुभयो भने नबिल बैंकको देब्रेतिर तीनतले फलामको घर देख्नुहुन्छ, जहाँ 'सम्पूर्ण फुटपाथ ...
रासस स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ।, नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अति गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो।, नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रति...
सेतोपाटी संवाददाता जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ।, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताए।, ‘हामीले उहाँका काठमा...
सञ्चिता घिमिरे नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन। नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल विभागले जनाएको छ। , हालसम्म बर्दिवासबाट निजगढसम्म ७० किमी निर्माणको मात्रै योजना बनेको विभागका महानिर्देशक रोहितकुम...
रासस नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ। पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ। , तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ। सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्ल...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ८, हवाईजहाजले आकाशमा फन्को मारिरहँदा मैले (सबिना श्रेष्ठ) झ्यालबाट चियाएर जनकपुरको पहिलो झलक हेरेकी थिएँ।, जनकपुरलाई मैले जस्तो देख्ने चाहेकी थिएँ, त्यस्तै पाएँ — पोखरी नै पोखरीको सहर।, पहिलो झलककै मेरो नजरमा पाँच–छवटा पोखरी परे।, जनकपुरबारे एउटा कहावत छ — बावन कुटी, बहत्तर कुण्ड!...
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित आनन्दवन सामुदायिक वन क्षेत्रको करोडौं मूल्य पर्ने पौने तीन बिघा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउने भूमाफियाको गिरोहले रूपन्देहीका अन्य स्थानका सार्वजनिक जग्गाको पनि लालपुर्जा बनाएको पाइएको छ।, तिलोत्तमाको शंकरनगरका शान्तकुमार कार्की र रञ्जना थापा क्षेत्रीले वड...
युनिक श्रेष्ठ अवैध रूपमा गैंडाको शिकार गरी खाग ओसारपसार गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गैंडाको शिकार गर्नेदेखि बेचबिखनमा संलग्न १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सञ्जयसिंह थापाले जानकारी दिए। , सिआइबीले 'अपरेसन रुट टू रूट (route to root)' सञ्चालन गरी १५ ज...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।, थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले कुरा गरेको एक अडियो बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो।, ठाकुरले गैरकानुनी रूपमा थाई स्माइलबाट लाभ लिने गरी उक्त अडिओमा कुरा गरेको  बताइएक...
सेतोपाटी संवाददाता अमेरिकामा रहेका नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पोखरा- १९ लामाचौरका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको हो।, परियारले अमेरिकामा बस्ने एक जना नेपालीको फेसबुक ह्याक गरी एक जना साथीलाई सहयोग गर्न भन्दै म्यासेज पठाएक...
रासस सडक विभागले काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ। , हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारी साधन व्यवस्थापन हुन नसकेको भन्दै विभागले नयाँ प्रणालीको तयारी अघि बढाएको हो।, विदेशी विज्ञ बोलाएर ५० देखि ५५...
सेतोपाटी संवाददाता शुक्रबार भक्तपुरमा भएका दुइटा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। दिउँसो अन्दाजी २ बजे चागुँनारायण- ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त...
नवीनबाबु गुरूङ काठमाडौंको त्रिचन्द्र क्याम्पसका भवन पुनर्निर्माणको काम सुरू भएको छ।, जीर्ण भइसकेको क्याम्पस भवन पुनर्निर्माणको काम धमाधम अघि बढाइएको हो।, ३४ करोड ६७ लाख लगानीमा दुई वर्षभित्र सक्ने गरी भवन पुनर्निर्माणको काम अघि बढाइएको हो।, सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भवन पुनर्निर्...
मन्दिरा घिमिरे महिनावारीका कुरा, रंगकर्मी सिर्जना सुब्बाले पहिलोपटक महिनावारी भएको कुरा घरमा ६ महिनासम्म लुकाएर राखिन्। घरमा समेत कसैलाई थाहा दिइनन्।, उनलाई लाग्थ्यो— महिनावारी लाज र डरको विषय हो!, मोरङको उर्लाबारीमा जन्मिएकी सिर्जनाले महिनावारीलाई त्यसरी बुझ्नुका पछाडि कारण छ।, उनी पहिलोपटक महिनावारी हुनुभन्दा एक वर्...
सेतोपाटी संवाददाता १० लाख रूपैयाँ घुस मागेको अडिओ आएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।, थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले कुरा गरेको अडियो बाहिरिएको थियो।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो। ठाकुरले गैरकानुनी रूपमा थाई स्माइलबाट लाभ ...
रासस गुल्मीमा ट्र्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ।, जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पांग्राले किच्दा सोही ठाउँका २२ वर्षीय सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए।, परियार खोलाबाट बालुवा बोकेर पिपलधारा जाँद...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। , प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका ...
रासस काठमाडौंको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ। , नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन। , आन्तरिक टर्मिनल सञ्चालनका लागि तयारी अवस्था...
एजेन्सी टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको शक्तिशाली भूकम्पमा परी हालसम्म करिब २४ हजारको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्। , टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ।, उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार २१३ जना तथा सिरियामा ३ हजार ५०० जनाले ज्यान गुमाएक...
डा.सुमन बाबु मरहट्टा फिलाको हड्डी, नलीखुट्टाको हड्डी र अगाडि पाङ्ग्राको हड्डी मिलेर घुँडा बनेको हुन्छ।, हड्डीहरुलाई वरिपरि कुरकुरे हड्डीले ढाँकेको हुन्छ। जुनसुकै कारणले पनि त्यो कुरकुरे हड्डी बिग्रिएमा वा घिस्रिएमा दुई वटा हड्डी एक आपसमा आएर घश्रण हुनथाल्छ। त्यो अवस्था नै घुँडा खिइनु हो।, घुँडा खिइने बित्तिकै सबैलाई घ...
सेतोपाटी संवाददाता प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ।, यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ। भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्र...
रासस सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । , जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानबाट आएका वरिष्ठ नेत्र...
रासस स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन्। गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन्। उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाई सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिए।, विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४...
रासस झापाको विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडस्थित विर्तास...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ।, सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।, महानगरीय प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार भवन खाली गराएर हटाउन लागिएको हो।, ‘मापदण्डविपरित...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले मैतिदेवि चोकमा रहेको प्रहरी बिट भत्काएको छ।, सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।, महानगरीय प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार भवन खाली गराएर हटाएको हो।, ‘मापदण्डविपरित ...
सेतोपाटी संवाददाता युरोप र एसियालाई जोड्ने मुलुक टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ।, मंगलबार अपरान्हसम्म टर्की र छिमेकी सिरियामा भूकम्पमा परी कम्तीमा पाँच हजार मानिसले ज्यान गुमाएको पुष्टि भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। युरोपका लागि विश्व स्वास्थ्य सं...
सेतोपाटी संवाददाता विदेशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ५७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , सोलुखुम्बु घर भई काठमाडौंको टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय अनि...
राजु अधिकारी प्रदेश १ को सबभन्दा ठूलो सरकारी अस्पताल कोशी नर्स अभावको समस्याले पिरोलिएको छ। बिरामीको अत्यधिक चाप रहने यो अस्पतालमा एकै जना नर्सले ४० जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता छ। , नाम चलेका विशेषज्ञ चिकित्सकहरूको बाक्लो जमघट र भेन्टिलेटरसहितको उपचार सुविधा तथा बीमामार्फत् हुने उपचार लगायतका कारण कोशीम...
सेतोपाटी संवाददाता कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएका आरोपहरू पुष्टि गर्न चुनौती दिएका छन्।, मंगलबार एक विज्ञप्ति जारी गर्दै सिरोहियाले आफू र कान्तिपुरमाथि रास्वपाका सभापति ला...
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पर्सा, वीरगन्जबाट एक जनालाई पक्राउ गरेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।, पक्राउ पर्ने नितेश गुप्ता हुन्। एसएसपी आचार्यका अनुसार उनले स्पट फिक्सिङका लागि प्रस्ताव राखेका थिए। ...
रासस ओखलढुंगा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ। जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरूद्ध कैद सजायको फैसला भएको हो।, बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्व...
रासस सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ।, न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले मंगलबार उक्त रिट निवेदन खोरज गरेको हो। अदालतको पूर्णपाठ भने तयारी गर्न बाँकी छ।, ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघका तर्फबाट पदमसुन...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली हुने ...
रासस नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक कालोपत्र गरिने भएको छ। चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो। , त्रियान्नब्बे ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालो...
रासस नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन्।, सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताए।, उनका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरेका छन् भ...
एजेन्सी सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय नाघेको छ। , सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। , एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर...
सेतोपाटी संवाददाता साथीको फेक फेसबुक आइडी बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसरी घर भई काठमाडौंको नयाँ बस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं...
सेतोपाटी संवाददाता स्लोभाकिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना महिलालाई पक्राउ गरेको हो। , ठगी मुद्दामा मंगलबार लमजुङ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधुमाया थापालाई पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले ...
सेतोपाटी संवाददाता कलाकार करिष्मा मानन्धरले आफ्नो मानहानी गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छन्। , उनले मंगलबार नेपाल साइबर ब्युरोमा उजुरी दिएकी हुन्। , न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ७, जनकपुर जानु अनि जानकी मन्दिर नजानु!, ‘मिथिलाक कथासभ’ शृंखलाअन्तर्गत जनकपुरका कथा खोज्ने क्रममा हामी हरेक दिनजसो जानकी मन्दिर पुगेकै हुन्थ्यौं। रिपोर्टिङ सकेर होस् वा एकाबिहानै घुम्न, हाम्रो गन्तव्य जानकी मन्दिर नै हुन्थ्यो।, जनकपुरको मात्र होइन, यो देशकै एक प्रसिद्ध मन्दिर हो। ध...
एजेन्सी टर्कीमा सोमबार बिहान उज्यालो नहुँदै आएको भूकम्पले अहिलेसम्म झन्डै १० हजार मानिसले ज्यान गुमाएका छन्। तीमध्ये २ हजार ५ सय जति मानिस छिमेकी मुलुक सिरियाका हुन्। भूकम्पको धक्काले उत्तरी सिरियामा पनि ठूलो क्षति भएको छ। अहिले पनि हजारौं मानिस सम्पर्कविहीन छन्।, उद्धारकर्ताहरूले भूकम्पमा घर भत्किएर पुरिएकी एकजना नवज...
नवीनबाबु गुरूङ यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा सरसफाई र रंगरोगन गरिएको छ।, यही फागुन ६ गते शनिबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई कोषले प्रभावकारी बनाउन थालेको ...
सञ्चिता घिमिरे पूर्वी पहाडी जिल्लालाई तराई हुँदै संघीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ। कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो।, सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ।, कालोपत्र गर्न चार ठेक्कामार्फत्...
सेतोपाटी संवाददाता झापामा छात्राले आत्महत्या गरेपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, गौरीगञ्ज गाउँपालिका-३ कृपाल टोल बस्ने १७ वर्षीया सोनी राजवंशीले आत्महत्या गरेकी हुन्। उनी गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन्।, मंगलबार दिउँसो उनलाई झुन्डिएको अवस्थामा देखेपछि दमक लाइफलाइन अस्पता...
सेतोपाटी संवाददाता अपहरणको नाटक गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ६ जनालाई पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टबाट प्रहरीले ६ जनालाई...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० वटा  दुईपांग्रे सवारीसाधन फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेतीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर गरी २० ओटा दु...