content
stringlengths
20
64.1k
रासस वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायु प्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाही गरेको छ।, काठमाडाैंको बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई जरिवानासहित कारबाही गरिएको विभागका महानिर्देशक वनरा...
सेतोपाटी संवाददाता ललितपुरको लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित वडा कार्यालय नजिकैको ओरालोमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , शनिबार साँझ ६ बजे बागमती प्रदेश ०२-०४० प १३२० नम्बरको केटिएम डुक बाइक अ...
दिपकजंग शाही सुर्खेतमा गाडी दुर्घटनामा ज्यान गुमाउनेहरू स्वास्थ्यकर्मी भएको खुलेको छ। घाइतेमध्ये एक जना पनि स्वास्थकर्मी हुन्।, आइतबार बिहान भेरीगंगा नगरपालिका-१ सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको गाडी सडकबाट खसेर दुर्घटना भएको हो।, झन्डै २० मिटर तल खसेको उक्त गाडीमा सवार सबैजना स्व...
रासस जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ।, तीन जना बिरामी भएका छन्।, मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। , प्रहरीका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रो...
सेतोपाटी संवाददाता पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ।, काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए।, चौधरीका अनुसार ती शव अत्यधिक जलेको हुनाले फर...
राजेश घिमिरे चितवन, कालिका नगरपालिकाको शक्तिखोर बजारदेखि करिब ३ किलोमिटर पर सिद्धी दोभाननजिकै सडक छेउमा खरले छाएको एउटा झुप्रो छ। राम्ररी बेरबार पनि नगरिएको झुप्रो केही दिनअघि मात्रै बनेको सहजै अनुमान गर्न सकिन्छ। , झट्ट हेर्दा यो झुप्रो अति सामान्य छ। तर जब त्यसको आधार हेर्न थाल्छौं यसमा नदी दोहनको एउटा नमूना देख्न प...
सेतोपाटी संवाददाता अपहरणमा परेका धनुषाको जनकपुरधामका २ जना युवाको भारतमा हत्या भएको छ।, उनीहरू १३ दिनदेखि सम्पर्कविहीन थिए।, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ। उनीहरू छिमेकी हुन्।, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रद...
राजु अधिकारी सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर धरान उपमहानगरले आइतबार डोजर लगाएर भत्काएको छ।, त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ।, यद्यपि ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए। , धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारक...
रासस नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत। मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन्। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्‍याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्...
सेतोपाटी संवाददाता पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ ।, दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आइतबार उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडौंबाट पोखरा आउने क्रममा जहाज दुर्घटन...
एजेन्सी अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ।, यस्तै १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ। , स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ।, लस एन्जलस काउन्टी शेरिफ डिप...
सेतोपाटी संवाददाता आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ।, जसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रद...
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमामा करोडौं मूल्य पर्ने सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरिएको पाइएको छ।, तिलोत्तमा नगरपालिका–६, हरपुरस्थित कित्ता नम्बर १४०, १४३ र २१३ को सार्वजनिक जग्गा त्यहीँका शान्तकुमार कार्की र रञ्जना थापा क्षत्रीले संयुक्त रूपमा दर्ता गराएका हुन्।, जग्गा कारोबार गर्ने कार्की तिलोत्तमा–४ मा...
रासस कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। , सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको सिटको बाँडफाँट टुंगो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए।, ‘अब आजभोलिसम्म हामी मन्त...
एजेन्सी भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ।, समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले आरटीआईको जवाफमा उक्त जानकारी दिएको हो।, मन्दिरमा मूल्यवान ढुंगा, सिक्...
रासस चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैंडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ। , यही माघ ६ मा चोरी शिकारी गर्नेहरूले गैंडा मारेपछि निकुञ्जले गैंडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो।, निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैंडा मरेका थिएनन्। शिकारीले गैंडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन था...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १, अंग्रेजी शब्द 'मिथ' जोडिएर यो सहरको नाम मिथिला रहनु एउटा गज्जबको संयोग हो।, कथ्य (मिथ) र तथ्यको मिश्रणमा यदि सहर बन्छ भने मिथिला अलि बढी कथ्य र केही तथ्य मिलेर बनेको सहर हो। इतिहासका अभिलेखमा नभेटिने, पुरातात्विक अन्वेषणले पुष्टि नगर्ने र वैज्ञानिक खोजले पनि सुल्झाउन नसक्ने रहस्...
रासस भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्‍डाले जनाएको छ। , सङ्ख्यात्मक...
रासस म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, प्रहरी निरीक्षक राजन ढकालले मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारक...
सेतोपाटी संवाददाता चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव फेला परेको छ। , बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , अहिले शवलाई पानीबाट निकालेर मुचुल्काको काम गरिरहेको छ। , सोमबार साँझ बागमती क...
सबिना श्रेष्ठ चैत्य वा स्तुपको विशेषता के हो भने यो 'पजल' खेलजस्तै हुन्छ।, जसरी पजललाई खोलखाल पारेर जोडजाड गर्न मिल्छ, यसलाई पनि मिल्छ। जोड्दा नियम भने यत्ति हो, यसका चारैतिरका फरक भगवानहरू कुन-कुन दिशामा राख्नुपर्ने हो, ठीकठीक ठाउँ राख्नुपर्छ।, तीस वर्षअघि यसैगरी पाटन ओमबहालको एउटा चैत्य जीर्णोद्धार भएको थियो।, अस्ट्...
सेतोपाटी संवाददाता स्याङ्जामा प्रभु एयरको हेलिकप्टरले बिना अनुमति खेल मैदानमा अवतरण गरेको छ। , बिहीबार दिउँसो साढे २ बजे वालिङ नगरपालिकामा रहेको खेल मैदानमा प्रभु एयरको हेलिकप्टर ल्याण्ड भएको हो। , उक्त खेल मैदानमा वालिङ गोल्डकप जारी थियो। बिहीबार सेमिफाइनलअन्तर्गत क्यामरुनको एभिनियर एफसी र स्थानिय टिम वालिङ एफसी जुनि...
रासस कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ।, होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो।, कम्बोडियामा...
राजेश घिमिरे देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि शुक्रबारबाट मतदान सुरू हुँदैछ। , काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ। शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा र उपत्यकाभित्र माघ १९, २० र २१ गते मतदान हुनेछ।, देशभरबाट १२ हजार ८ स...
रासस फुटबल चलिरहेको स्याङ्जा, वालिङ खेल मैदानमा बिहीबार हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ।, खेल चलिरहेका बेला मैदानमा हेलिकप्टर अवतरण गरेपछि खेल हेर्न आएका दर्शकले हेलिकप्टरका पाइलट तथा यात्रुमाथि हातपात गरेका थिए। त्यसपछि अवस्था असामान्य बन्न पुगेको थियो।, स्याङ्...
सेतोपाटी संवाददाता आज शुक्रबार सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।, सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी न्यून चापीय प्...
रासस हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ।, विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो। हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।, यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ।, लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्। गए रातिदेख...
सेतोपाटी संवाददाता अहिले सामाजिक सञ्जालमा एउटा भिडिओले चर्चा पाएको छ। बिहीबार दिउँसो २ बजेतिर भएको उक्त घटनाको भिडिओ स्याङ्जाको वालिङ नगरपालिकाको खेल मैदानको हो।, मैदानमा 'वालिङ गोल्डकप फुटबल प्रतियोगिता' चलिरहेको थियो।, क्यामरूनको एभिनियर एफसी र वालिङ एएफसी जुनियरबीचको खेल चलिरहेको थियो। त्यही बेला आकाशमा प्रभु एयरको...
रासस सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।, अर्का एक जना गम्भीर घाइते भएका छन्।, खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको बिहीबार हत्या भएको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन्।, स्थानीय ३९ वर्षीय...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ। , शुक्रबार बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड गरिएका छन्। , नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज खराब मौसमका क...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल (एपिएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।, एपिएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो। अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए।, गत...
सेतोपाटी संवाददाता इलामको माई नगरपालिकास्थित मैनाचुली सामुदायिक वनको जंगलमा बेवारिसे शव फेला परेको छ।, बिहीबार दिउँसो दाउरा लिन गएका स्थानीयले झरना खोलामा शव देखेपछि झापा प्रहरीलाई खबर गरेका थिए। , शवको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्का नेतृत्वको प्र...
रासस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ।, मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो  , नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बना...
रासस सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ।, स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या आएको भन्दै विभागले अब राष्ट्रिय राजमार्गका पुल निर्माणमा मात्रै केन्द्रित हुने तयारी गरेको हो। , विभागका प्रवक्ता भी...
मन्दिरा घिमिरे महिनावारीका कुरा, ​कमेडियन सीता न्यौपाने कक्षा सातमा हुँदा पहिलोपटक महिनावारी भएकी थिइन्। उमेर थियो ११ वर्ष। वैशाख १२ गते, खाजा खाने समयमा साथीले 'रगत लाग्यो' भनेको उनलाई अझै सम्झना छ।, सीताको स्कुलको ड्रेस निलो स्कर्ट थियो। रातो रङ लाग्दा कालो देखिन्थ्यो। सोही आधारमा साथीले भनेकी थिइन्।, 'उसले रगत होला...
सेतोपाटी संवाददाता बिहीबार दिउँसो स्याङ्जाको वालिङमा फुटबल खेल भइरहँदा एक्कासी हेलिकप्टर अवतरण भएको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो।, खेल चालु भइरहेको अवस्थामा एक्कासी हेलिकप्टर अवतरण भएको भन्दै आक्रोशित केही स्थानीयले पाइलट रनेश डंगोल र यात्रुमाथि हातपात गरे।, पोखराबाट वालिङको लागि उडेको प्रभुको उक्त हेलिकप्...
सेतोपाटी संवाददाता नवलपुरको मध्यबिन्दु नगरपालिकास्थित नारायणी नदीको किनारमा एक सिंगे गैंडाको माउ-बच्चा मृत फेला परेका छन्।, वडा नम्बर २ मा पर्ने नदीको बगरमा अन्दाजी १४ वर्षकी पोथी गैंडा र ४ वर्षको केटो(गैंडाको बच्चा)मृत अवस्थामा भेटिएका हुन्।, यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोष्टनजिक पर...
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदल...
सेतोपाटी संवाददाता बिहीबार स्याङ्जाको वालिङस्थित मैदानमा फुटबल खेल भइरहेको बेला हेलिकप्टर अवतरणपछि स्थानीयको कुटपिटबाट घाइते भएका पाइलट रनेश डंगोलसँग माफी मागेर सम्मान गर्ने सहमति भएको छ।, शुक्रबार नगरपालिकाका मेयर कृष्ण खाँणको रोहवरमा बसेको दुई पक्षीय छलफलमा सो सहमति भएको हो।, शनिबार प्रतियोगिताको समापन समारोह पनि भए...
शेरबहादुर सिंह कञ्चनपुरमा पालिकाहरुले कराडौं रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन्। छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिँदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती यथावत नै छ।, यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्स...
सेतोपाटी संवाददाता यतिबेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेको छ।, बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ। शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ।, मठ मन्दिरहरुमा बिजुली बत्तीक...
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना अचेत अवस्थामा फेला परेका छन्।, शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।  , पाँचौं तल...
सेतोपाटी संवाददाता बैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेहरूमाथि ठगी भएको गुनासोपछि त्यसबाट जोगिन प्रहरीले अनुरोध गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै ठगी गर्ने गिरोहहरूबाट जोगिन अनुरोध गरेको हो। , ठगी गर्ने गिरोहले ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा विदेश पठाइने भन्दै विज्ञापन प्रकाशन गर्ने र त...
रासस कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ।, कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।, शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्य...
रासस सुर्खेत वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन्।, वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ।, घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प...
सेतोपाटी संवाददाता ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएका एक जना महिलाको ...
सेतोपाटी संवाददाता नाबालिग बलात्कार आरोप लागेका अभिनेता पूर्णविक्रम शाह ‘पल शाह’लाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। , पलले सफाइ पाएको फैसला तयार हुन समय लाग्ने जिल्ला अदालतका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए। , उनले भने, ‘जिल्ला न्यायाधीश ज्यूले इजलासमा दुवैतर्फका बहस सुनेपछि पल शाहले सफाइ पाउने ठहर गर्नुभएको छ, ...
सेतोपाटी संवाददाता भोलि बिहीबारबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम बदली भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभावका कारण मौसम बदली भएको हो।, आज गण्डकी प्रदेश, कर्णाली प्रदेश...
सेतोपाटी संवाददाता वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतलाई ‘मानवता सेवाका लागि इसा पुरस्कार’ प्रदान गरिने भएको छ।, बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्दै आएको स्वर्ण पदक र १० लाख डलर राशीको उक्त प्रतिष्ठित पुरस्कार यस वर्ष नेपाली डा. रूइतलाई दिने भएको हो।, यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुता...
रासस हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ।, वडा नम्बर ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, जङ्गलमा घाँस काट्न गएका माझीलाई मंगलबार बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक...
सेतोपाटी संवाददाता पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ।, कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो...
सेतोपाटी संवाददाता आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ। अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ।, काठमाडौंबाट ६८ यात्रु र चालकदलका चार सदस्य लिएर पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।, मंगलबार साँझसम्म ७१ जन...
सेतोपाटी संवाददाता पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ। , पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। उनका अनुसार मंगलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौ...
सेतोपाटी संवाददाता माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख) राहत दिने भएको छ।, समाचार एजेन्सी पिटिआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै जनाका परिवारलाई राहतस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्।, उत्तर प...
सुशीला रेग्मी कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो। दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन्।, नेपालमा कालीगण्डकीको सभ्यता निकै पुरानो मानिन्छ। धार्मिक महत्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलवा...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ।, दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो। , गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो। यही माघ ५ गतेबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दि...
सेतोपाटी संवाददाता नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।, वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।, वंशाणुगत कारणले कलेजोमा समस्या देखिएकाले पुनको परिवारलाई प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्नसमेत भनिएक...
सेतोपाटी संवाददाता पर्सामा हुन्डी कारोबार गरेको आरोपमा दुई जना स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालयले दुई जनालाई साढे २२ लाख रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए। , वीरगन्ज महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षीय विकास साह र वडा १८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुव...
मनिका विश्वकर्मा गत साताको बुधबार साँझको कुरा। साढे पाँच बजिसकेको थियो। ठन्डी महिना झमक्कै अँध्यारो। सिंहदरबारको पश्चिम गेटअगाडिको सडकमा ६-७ जोडी आँखा टल्किए।, खैरा, सेता, काला र टाटेपाटे रङ मिसिएको ज्यान भएका कुकुरहरू थिए। सडकमा गुडेका गाडीहरू हेर्दै यताउता डुल्थे।, अनुमान लाउन सकिन्थ्यो- उनीहरू कसैको पर्खाइमा छन्! ,...
सुदीप श्रेष्ठ ‘हाम्रो दुइटा सन्देश काठमाडौंलाई सुनाइदिनू है सर!’, विजय लामाले यसो भन्दा डायरीमा दौडिरहेको कलम समातेका मेरा औंलाहरू ठाउँको ठाउँ टक्क अडिए।, मैले उनको आँखातिर पुलुक्क हेरेँ।, विजयले पनि मेरो आँखामा आँखा जुधाउँदै भने, ‘पहिलो — ,हामी विकासविरोधी होइनौं,। यो कुरा बोल्ड अक्षरमा लेखेर काठमाडौंलाई सुनाइदिनू हो...
रासस दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरंग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ।, नेपालमा पढाइसहित विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचि...
सेतोपाटी संवाददाता आफ्नो १८ दिनकी नवजात छोरी अचानक बिरामी भएपछि बुबा दीलिप मुखिया र आमा उमा मुखियाले बुधबार बिहानै विराटनगरस्थित कोशी अस्पताल पुर्‍याए। , पेशाले एम्बुलेन्स चालक दीलिपले छोरी लिएर अस्पतालको आकस्मिक कक्षमा पुग्दा डाक्टर आकाश यादव ड्युटीमा थिए। मेडिकल अफिसर यादवको साथमा अहेवहरू लक्ष्मण माझी र टीका भण्डारी...
सेतोपाटी संवाददाता दाङको घोराहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। , भारतको उत्तरप्रदेश जिल्ला बहराइच चकियारोड रुपैडिहाका ५२ वर्षीय समसुल र बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का ३६ वर्षीय उमंगबहादुर शाहीलाई पक्राउपछि प्रहरीले बुधबार सार्वजनिक गरेको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार तुलसी...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध डकैती गरेको आरोपमा फरार रहेका एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डकैती गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।, काभ्रे तिमाल गाउँपालिका-५ का ३२ वर्षीय रोमन भन्ने मनराज तामाङलाई मंगलबार पक्राउ गरेको एसपी कृष्णप्रसाद क...
सेतोपाटी संवाददाता वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रूइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्।, बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन्। , उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफ...
सेतोपाटी संवाददाता आज सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पहाडी भूभागका आंशिक बदली रहनेछ भने तराईमा हुस्सु लागिरहेक छ।, सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोर...
राजेश घिमिरे सर्वोच्च अदालतले नारायणी नदीको किनारमा फोहोर नफाल्न र चितवन महोत्सवको स्थलमा गाडिएको फोहोर तुरून्त निकाल्न अन्तरिम आदेश जारी गरेको छ।, न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयविरूद्ध अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नभएसम्म नारायणी नदीमा कुनै प्रकारको ढल मिसाउ...
रासस गत आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाका सन्दर्भमा दुर्घटना प्रभावित नागरिक समिति गठन गरिएको छ।, पोखराको सेतीनदी खोँचमा भएको जहाज दुर्घटना प्रभावित क्षेत्रका नागरिकको बुधबारको भेलाले कुसुमकेशव पराजुलीको संयोजकत्वमा नागरिक समिति गठन गरेको हो।, समितिमा आवश्यकताअनुसार सहसंयोजक, सचिव र अन्य पदाधिकारी चय...
एजेन्सी मेक्सिकोले सार्वजनिक स्थलमा धुमपानमा पूर्ण प्रतिबन्ध लगाउन विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ।, मेक्सिकोमा सन् २००८ मा ल्याइएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो। , अहिले त्यसलाई सबै खालको सार्व...
राजेश घिमिरे भारतीय सैनिकबाट निवृत्त ३५–४० वर्षका दुई जना (रमेश र रोशन–नाम परिवर्तन) ले सामाजिक सञ्जाल फेसबुकमा ‘रोजगारीका लागि फ्रान्स लैजाने’ भनिएको पोष्ट देख्छन्।, त्यहाँ पाउने काममा सेक्युरिटी गार्ड पनि देखिन्छ। सेनाबाट निवृत्त भएको केही समयमै देखेको सेक्युरिटी गार्डमा फ्रान्स लैजाने सूचनाले उनीहरुलाई प्रभावित बना...
सेतोपाटी संवाददाता तनहुँमा खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। , सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका-६ टुहुरे स्थित डुम्रे-चन्द्रवती भित्री सडकखण्डमा एक पुरूषको हत्‍या भएको हो। , सो ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङको हत्या भएको हो। हत्या आरोपमा व्यास नगरपालिका-८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियार...
रासस पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरू गरेको छ।, दुर्घटना जाँच आयोगले आजदेखि काम सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।, उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ।, ब्...
राजेश घिमिरे ६० वर्षीय टेकबहादुर गुरुङ चितवनका पुराना नेचर गाइड हुन्। जंगल घुम्न आउने पर्यटकलाई घुमाउन सौराहामा 'जंगल टुरिस्ट गाइड' नामको संस्था खोलेका उनी चराको विषयमा खास रूचि राख्छन्। , चराको संरक्षणमा काम गर्ने संस्था 'बर्ड एजुकेसन सोसाइटी, सौराहा' का पूर्वअध्यक्ष उनी सन् २०१२ यता भएका सबैजसो चरा गणनामा सहभागी भएक...
सेतोपाटी संवाददाता राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।, सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने तथा चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्म...
युवराज श्रेष्ठ भारतीय नागरिक सञ्जय जैसवाल र उनका दिदी नितु जैसवाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन्।, तर उनीहरू एकअर्कालाई एउटै अस्पतालमा भएको थाहा छैन। नितु अपरेसनमार्फत सुत्केरी भएर अस्पतालको बेडमा छिन् भने सञ्जय आइतबार भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएर प्रहरीले अस्पतालको पोष्टमर्टम भवनमा राखे...
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ। , सोमबार अपरान्ह ३ बजे सेती नदीबाट एक जनाको शव फेला निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरी बलको गोताखोरले पानीबाट शव निकालिएको हो। , अहिले उक्त शवलाई पनि गण्डकी...
रासस आइतबार पोखराको सेतीखोंचमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरू भएको छ।, शव पहिचान र परीक्षणका लागि  गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। , कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले पोष्टमर्टमलगायत प्र...
रासस आइतबार बिहान यती एयरलाइन्सको जहाज खसेको पोखराको सेतीकै खोंच नजिक छ नागार्जुन टोल। त्यही टोलमा बस्छन् कुमार आले।, तनहुँको बन्दीपुरमा जन्मेका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन्।, स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन्। संयोगवश आइतबार पनि बिहानै उ...
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा सोमबार साँझ एक कार सडकबाट खसेको छ।, प्रहरीका अनुसार चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो। , जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले दुर्घटनाबारे पुष्टि गरे। अहिले प्रहरी वृत्त कीर्तिपुर, ललित...
सेतोपाटी संवाददाता पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानका लागि स्थगित भएको छ। , सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। , अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र...
रासस आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ।, क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण प...
सेतोपाटी संवाददाता नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा जहाज दुर्घटनासम्बन्धी सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडिओ प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारेको छ।, सोमबार ,न्युज एजेन्सी नेपाल,सँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सामाजि...
युवराज श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा मानिसका चित्कार सेलाएको छैन। आइतबार दिउँसोदेखि प्रतिष्ठान परिसर मानिसले भरिएका छन्। उनीहरू आइतबार भएको हवाई दुर्घटनामा परेका व्यक्तिका परिवार र आफन्त हुन्।, सरकारले सोमबार बिहानदेखि सनाखत भएका शव पोष्टमर्टम गरेर आफन्तलाई बुझाउने भनेको थियो। त्यही भएर मृतकका आफन...
सेतोपाटी संवाददाता माघी महोत्सव मनाइरहेका बेला हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा कपिलवस्तुमा एक जनाको ज्यान गएको छ।, बेलुनमा भर्ने हाइड्रोजन ग्यासको सिलिन्डर पड्किएर विस्फोट हुँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।, जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ चौहवामा सञ्चालित बाणगंगा नगर स्तरीय माघी महोत्सवमा सिलिन्डर...
रासस मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आएकी एक पर्यटकको मृत्यु भएको छ।, कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।, अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोराङपासको दुई सय मिटर तल कोरियन पर्यटक मृतावस्थामा भेटिएको उनले बताए।, प्रमुख जिल्ला अधिकारी सुप...
रासस जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ।, सदरमुकाम खलंगा बजारबाट पातारासीका लागि जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जिप आज अपराह्न दुर्घटना हुँदा सो गाउँपालिका–१ का ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जा...
रासस स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल मृत फेला परेकी छन्।, उनी त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्। आज बिहान आफ्नै घर नजिक...
रासस रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले वडावडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ। उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्येक वडामा पुगेर गर्भ जाँच तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको हो।, पालिकाले गर्भवतीलाई सेवा दिने उद्देश्यले प्रत्यक वडामा तीन/तीन महिनामा शिविरको आयोजनागर...
सेतोपाटी संवाददाता हाल काठमाडौं उपत्यकासहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साम...
सेतोपाटी संवाददाता पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव मंगलबार हेलिकप्टरबाट काठमाठौँ ल्याइने भएको छ।, दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट मंगल...
सेतोपाटी संवाददाता आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये तीन वटा शव आफन्तको जिम्मा लगाइएको छ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकेपछि आवश्यक प्रक्रिया पूरा गरेर तीनवटा शव आफन्तको जिम्मा लगाइएको कास्की जिल्लाका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए।, प्रहरी प्रमुख केसीका अनुसार व...
सेतोपाटी संवाददाता चोभारमा बागमती किनार कार खस्दा बेपत्ता भएका पुरूषको खोजी जारी छ। , सोमबार साँझ खोकनातर्फ जाँदै गरेको कार किनारमा खसेको थियो।  बा ५ च ५६५४ नम्बरको कार खस्दा एक महिला घाइते भएकी थिइन्। , एक जना पुरूष भने बेपत्ता भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए। , उनका अनु...
रामबहादुर थापा कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै। ख्याल-ख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य। , प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काएका थिए–, ‘हे... सब मरिन्छ, त्यही अन्तिम वर्षमा, ब...
नवीनबाबु गुरूङ पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म ७० जनाको शव फेला परेकोमध्ये २२ वटा शव सनाखत गरी पोखरामै बुझाइएको बताएको छ।, ‘बाँकी ४८ शवमध्ये २५ वटा शव सेनाको वायुयानबाट काठमाडौं ल्याइएको छ’, नागरिक उड्डयनले भनेको छ,...
सेतोपाटी संवाददाता कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध आफूले दिएको बलात्कारको जाहेरी दर्ता नभएपछि उनकी श्रीमतीले सर्वोच्च अदालतमा प्रदर्शन गरेकी छन्। , उनी लगायत अन्य मुद्दाका पीडित महिलाले पनि सर्वोच्च अदालत उनलाई साथ दिँदै प्रदर्शन गरेको प्रहरीले जनाएको छ। , प्रदर्शनका क्रममा न्यायाधीश गिरीकी श्रीमती बेहोस...
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको छ। दुर्घटनामा मृत्यु भएका ३२ जनाको शव अहिलेसम्म फेला परेको छ। उद्धारको कार्य जारी छ। , ६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अन्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जन...
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकाहरूको उद्धारमा कठिनाइ आएको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले अहिलेसम्म ३६ जनाको शव फेला परेको जानकारी दिए।, ‘अहिलेसम्म ३६ जनाको शव निकालिएको छ, बाँकी १०/१२ जनाको शव माथिबाट देखिएको छ। निकाल्न प्रयत्न गरिरहेका छौं,’ केसीले भने, ‘खोंचमा भएका कारण नि...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले उडानका लागि बाहिरका सबै विषय सामान्य रहेको अवस्थामा पोखरामा यति एयरलाइन्सको जहाज जहाज दुर्घटना भएको बताएका छन्।, सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै महाप्रबन्धक ठाकुरले काठमाडौंबाट उडान गर्दा र पोखरासँगको टावरसँगको सम्पर्कका क्रममा पनि अवतरणका लागि ...
सेतोपाटी संवाददाता आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ।, आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव  नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए।, छानबिन गर्न बनेको आयोगमा हवाई वि...
सेतोपाटी संवाददाता पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका तथा चीनले दु:ख व्यक्त गरेका छन्।, काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत् दु:ख व्यक्त गरेका हुन्। , अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ। , नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले...