content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। जसको प्रभावले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।, साथै सुदूर...
सेतोपाटी संवाददाता मापदण्ड विपरीत सञ्चालन भएका धनुषाका ५ वटा क्रसर र बालुवा वासिङ उद्योग सिल गरिएको छ।, संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा सञ्चालित दुइटा क्रसर र तीन वटा बालुवा वासिङ उद्योग सिल गरेको हो।, महोत्तरीको बर्दिवास नगरपालिका–१ की मन्जु क्षेत्रीले मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको धनेश्वर क्र...
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ।, खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो।, सोमबारदेखि आवेदन फारम भर्न सकिन्छ। , दरखास्तका लागि ,https://online.tsc...
सेतोपाटी संवाददाता भक्तपुरको एक घरमा बिस्फोट भएको छ।, सोमबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ३ काठमाडौं ल कलेज पछाडि रहेको एक घरमा बिस्फोट भएको हो।, बिहान करिब पौने ७ बजेतिर एक्कासी बिस्फोट हुँदा घरमा क्षति पुगेको छ।, झापा घर भई दधिकोट बस्ने रामप्रसाद थपलियाको घरमा विस्फोट भएको हो।, साढे २ तला घरको भुई तलामा रहे...
सेतोपाटी संवाददाता भारतको गुजरातबाट नेपाल आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ।, भारतको लखनउदेखि १४ किलोमिटर नेपालतर्फ गउ उन्नाउ भन्ने ठाउँमा गए राति बस दुर्घटनाामा परेको थियो।, तीव्र गतिमा गुडिरहेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिएको थियो।, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिक...
सेतोपाटी संवाददाता सप्तरीमा स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। , बोदेबरसाइन नगरपालिका-५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए। , बोदेबर्साइन-९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० व...
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी भएको छ।, आइतबार राति कार्यकक्षमा आगलागी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि निवारीले जानकारी दिए।, उनका अनुसार राति ३ बजेतिर कार्यकक्षमा आगलागी भएको हो।, जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको तिवारीले जानकारी दिए।, ‘र...
सेतोपाटी संवाददाता मलेसियामा बन्धक बनाइएका १९ जना नेपाल फर्किने भएका छन्। जसम्धये ६ जना नेपाली मंगलबार स्वदेश फर्किन लागेका हुन्। , श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।, प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट...
रासस अफ्रिकन ‘स्वाइन फिभर’को संक्रमणका कारण तनहुँमा १२ वटा बंगुर मरेका छन्।, भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बंगुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। , उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए। शुक्लागण्डकीका...
राजेश घिमिरे कात्तिक २२ गते हेटौंडा उप–महानगरपालिकाको बुद्धचोकदेखि मकवानपुरगढी गाउँपालिकाका विभिन्न गाउँसम्म पुगेर स्थानीयसँग हामीले चुनाव र राजनीतिका कुरा गरेका थियौं। , चुनावभन्दा १२ दिन अघि पुगेका हामीलाई यस क्षेत्रका मतदाताको झुकाव कुन उम्मेदवारतिर बढी रहेछ भन्ने कुरा जान्नु थियो। उम्मेदवारहरु भोट माग्नमा व्यस्त थ...
नारायण खड्का अर्घाखाँचीकी ६० वर्षीया राधा थापा सधैंजसो बिहानपख दूध लिन जान्थिन्। , शितगंगा नगरपालिका-१० बहखोरकी उनी दूध लिन करिब २० मिनेट पैदल हिँडेर जानुपर्थ्यो। पुस १७ गते बिहान ८ बजेतिर उसैगरी उनी घरबाट निस्किइन्। त्यहीबेला अचानक पछाडिबाट उनको टाउकोमा कसैले ढुंगाले हिर्कायो। जोडले हिर्काएपछि उनी एक्कासि भुइँमा लडिन...
रासस ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ। , ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास  टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको हो।  , परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ ...
सेतोपाटी संवाददाता काठमाडौंको शिवपुरी जंगलमा नगद हार-जित हुने गरी ओखर खेलेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरी वृत्त बौद्धले सोमबार अपराह्न पौने ५ बजे एक लाख ५ हजार ७९० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, काठमाडौंको सुन्दरीजल बस्ने ४६ वर्षीय रविन्‍द्र वि...
भगवती पाण्डे एसियाली विकास बैंक (एडिबी) ले ‘क्लिन इनर्जी’ परियोजना अन्तर्गत लुम्बिनी विकास कोषका लागि किनिदिएका विद्युतीय गाडी एक महिना चलाएर थन्क्याइएको छ।, किनेको तीन वर्षसम्म सञ्चालन नगरिएका गाडी गएको दसैँमा एक महिना चलाइएको थियो। , त्यति बेला पाँच वटा बसले २० हजार २३६ जना यात्रुलाई निःशुल्क यात्रा गराएको लुम्बिनी ...
सेतोपाटी संवाददाता चितवनमा १३७ थान खोटा मुद्रासहित महिला पक्राउ परेकी छन्।, कालिका नगरपालिका-१ बस्ने ४२ वर्षीया गंगा तामाङलाई आफ्नो डेरामा लुकाई छिपाई राखेको एक हजार रुपैयाँका १३७ थान खोटा मुद्रा (जाली नोट) सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डिएसपी नरहरि अधिकारीले बताए।, डेरामा सञ्चय गरी जानी-जानी चलन चल्ती गर्नका...
सेतोपाटी संवाददाता आन्तरिक राजस्व कार्यालयको कर्मचारी हौं भन्दै हिँड्ने समूहका मुख्य व्यक्ति पुर्पक्षको लागि थुनामा पठाइएका छन्। , काठमाडौंको महाराजगन्ज क्षेत्रमा कार्यालयका कर्मचारी हौं भन्दै अनुगमन गर्दै हिँडेको टोलीका मुख्य व्यक्तिलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।, प्रहरीले यस ...
सेतोपाटी संवाददाता हाल तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, पश्चिमी न्यूनचापीय प्रणालीको  सामान्य  प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस...
रासस भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा। टहराको एउटा  कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन। अन्य तीन कक्षा खुला आकाशमुनि। विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो।, दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित ...
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्पनजिकै शुक्रबार बेलुकी आगलागी भएको छ।, टोखा नगरपालिका वडा नम्बर १० स्थित सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको पेट्रोल पम्पसँगै रहेका टहराहरूमा बेलुकी ८ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। , उक्त आगलागी नियन्त्रणमा लिइसकिएको पनि प्रहरीले जनाए...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले पुस १६ देखि पुस २२ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, तुवाँलोले ढाकेको काठमाडौं।  यतिबेला चिसो बढेसँगै बिहानको समयमा ...
सेतोपाटी संवाददाता बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहुप्रतीक्षित लिन्याक मेसिन आइपुगेको छ।, यो मेसिन शीघ्र सञ्चालनमा आउने अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले बताए।, क्यान्सर रोग विशेषज्ञ डा. भट्टराईका अनुसार लिन्याक...
सेतोपाटी संवाददाता दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, ब्यास गाउँपालिका -५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा साेही ठाउँका लोकेन्द्र सिलवालको मृत्यु भएको हो। , उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, उनले चलाएकाे म १ त १११८ नम्बरको ट्याक्टर शुक्रबार राति दुर्घटनामा परेकाे थियाे।, ट्याक्टर ...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरी क्षेत्रमा रूख काटिएको विषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ। , मनपरी रूख काटिएको भन्दै स्थानीयले प्रशासन कार्यालयमा गुनासो गरेका थिए। उक्त गुनासोपछि कार्यालयले वन कार्यालय, सडक डिभिजन कार्यालयलाई पत्र काटेको हो।, के भएको हो र किन रूखहरू कािटिएका...
सेतोपाटी संवाददाता दाङमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। , लमही नगरपालिका वडा नं. ९ रिहारका २२ वर्षीय अनोवरकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले जानकारी दिए। , गत बिहीबार (पुस २१ गते) साँझ ५ बजे १३ वर्षीया बालिका परीक्षा दिएर घर फर्किँदै थिइन्। त्यहीबेला ...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन जाने भएकी छन्। , शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन आउन लागेको ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन्। , उनका अनुसार दिउँसो १ बजे पिम्बहालमा सां...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो। , नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।, आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई...
डा.अभिलाषा शाह लुपस कुनै पनि अंगमा असर गर्नसक्ने बाथ रोग हो।, लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने कीटाणु र खराब कोषलाई नष्ट गर्छन्। जब शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिले शरीरको आफ्नै अंगलाई बिगार्‍यो भने त्यसलाई बा...
रासस काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई ३०-३० लाख रुपैयाँ उपलब्ध गराएको छ।, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो। घोषणा भएका तीन विद्यालयलाई महानगरले ३० लाखका दरले रकम उपलब्ध गराएको हो। , भानु माध्यमिक विद्यालय, संस्कृत माध्यमिक ...
सुदीप श्रेष्ठ मैले २०७५ जेठ ५ गते पहिलोचोटि भेट्दा उनी भर्खर मुटुको शल्यक्रिया गरेर घर फर्केका थिए।, हिजो बुधबार, २०७९ पुस २१ गते, भेट्दा उनी मिर्गौलाको समस्याले सिकिस्त रहेछन्। घरको माथिल्लो तल्लाबाट ओर्लँदा पनि एक–एक पाइला सुस्तरी चाल्दै थिए।, उनको अनुहार रोगको असरले शिथिल देखिन्थ्यो तर आवाजमा उत्साह डगमगाएको थिएन।,...
सेतोपाटी संवाददाता शनिबार बिहान उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ)को प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। , शनिबार बिहान हलचोकस्थित एपिएफको मुख्यालयमा उनले निरीक्षण भ्रमण गरेका हुन्। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरीलाई निर्देशन दिने तालिका थियो। , मञ्चमा सशस्त्र प्...
सेतोपाटी संवाददाता भक्तपुरमा एक जना महिलाको लडेर मृत्यु भएको छ। , मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीमा एक महिला लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको हो। , शनिबा...
रासस सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ।, प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो।, पश्चिमको बाबियाचौरसम्म केन्द्रीय प्रसारण लाइनको पोल ग...
सेतोपाटी संवाददाता हाल तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु लागिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।, यस्तै महाशाखाले प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागमा केही स्थानमा ह...
सेतोपाटी संवाददाता लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार प्रदान गरेको छ।, शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो।, यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसह...
सेतोपाटी संवाददाता तुइनबाट महाकाली नदीमा खसेर दार्चुलामा एक बालक बेपत्ता भएका छन्।, ब्यास गाउँपालिका वडा नम्बर ४ डोकट गाउँ नजिकै महाकाली नदीमा रहेको तुइनबाट १० वर्षीय बालक दीपेन्द्र विष्ट खसेका हुन्।, यो घटना गत बिहीबार (पुस २१) गतेको भए पनि ढिला गरी सार्वजनिक भएको छ। प्रहरीले आफूहरूलाई घटनाबारे ढिला जानकारी आएको बताए...
सेतोपाटी संवाददाता सेती नदीमा बगेर डोटीका एक युवाको मृत्यु भएको छ।, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका ३२ वर्षीय तेज बिकको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार तेज पिपल्लाको पक्की पुल नजिकै नुहाउने क्रममा बगेका थिए।, ...
युवराज श्रेष्ठ मंगोलियाबाट जाडो छल्न खैरो गिद्ध अर्थात युरासियन भल्चर यतिबेला पोखरामा आएका छन्। , खैरो गिद्ध मात्र होइन, मंगोलियाबाट राज गिद्ध अर्थात इजिप्टर मोनाकर, गुमायु महाचील अर्थात स्टिपिगल लगायतका मांसहारी चरा पनि जाडो छल्न पोखरा आएका छन्। विभिन्न देशबाट लामो यात्रा गरेर पोखरा आएका विविध प्रजातिका मांसहारी चराम...
रासस हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ।, यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो।, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स...
नवीनबाबु गुरूङ निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माईतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ। , आन्दोलन अन्तर्गत आइतबार माइतीघरमा अभियन्ताहरूले लालटिन बालेर सरकार खोजेका छन्। कार्यक्रममा डा. गोविन्द केसीसहित अभियन्ताहरू उपस्थित थिए।, यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्...
सेतोपाटी संवाददाता सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ। , मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो।, सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी...
सेतोपाटी संवाददाता संगिनी अप्टिमिष्ट क्लबले मेनोपोज तथा सरूवा रोग सम्वन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ।, संगिनी सहकारी र संगिनी अप्टिमिष्ट क्लब भक्तपुरको संयुक्त आयोजनामा मध्यपुर ठिमीमा आयोजित कार्यक्रममा रजोनिवृत्ति (मेनोपोज) तथा सरूवा रोग सम्वन्धी डा.शेर पुन र डा. सुनिता पुनले जानकारी गराएका हुन्।, डा.शेर बहादुर...
सेतोपाटी संवाददाता अछाममा एक जना युवा मृत फेला परेका छन्।, अछामस्थित कर्णाली नदीमा कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ का ३४ वर्षीय सञ्जयबहादुर विष्ट मृत फेला परेका छन्।, प्रहरीका अनुसार विष्ट शनिबार मृत फेला परेका थिए।, उनी पञ्चलदेवल विनायक नगरपालिका वडा नम्बर ९ चिल्ताडास्थित कर्णाली नदीमा मृत भेटिएको प्रहरीको ...
सेतोपाटी संवाददाता छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि विरोध भएको छ।, डोरीले गाई-गोरूलाई बाँधेर गाडीले घिसार्दै लगिएका फोटा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भइरहेको छ।, छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र सुन्दरता समेत हराउन थ...
सेतोपाटी संवाददाता बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतले थुनामा पठाएपछि त्यसलाई रद्द गर्न उच्च अदालतको निवेदनमा   न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा परेको छ। , बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय बज्राचार्य र भण्डारीको संयुक्त इजलासको ४ नम्बरमा उनको निवेदन परेको ...
सेतोपाटी संवाददाता तस्करीसँग मिलेमतो गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक हवल्दारको जिम्मेवारी खोसिएको छ। , सादा पोशाकका प्रहरी प्रमुख रहेका सई सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले जा...
सेतोपाटी संवाददाता ललितपुरको धोबिघाटमा आगलागी भएको छ। , बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो। , आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। , काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु भएको छ। , बिहीबार बिहान ९ बजे बलेफी गाउँपालिका-४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। , वडा ४ का वडाध्यक्ष सुर्के तामाङले उक्त फर्म सञ्चाल...
सुदीप श्रेष्ठ रातो मच्छिन्द्रनाथ र उनकी ‘प्रेमिका’ भनिने कीर्तिपुर, प्यंगथाँकी याकः मिसा (एक्ली केटी) बारे जति पनि किम्बदन्ती सुनिएका छन्, ती सबैमा एउटा कुरा समान छ —, याकः मिसा कसैगरी पनि रातो मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वरको निम्त...
रासस 'विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौं', बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दंग छन्। , दुई दशकअगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले स्वरूप बदलेर बजार बनेको छ।, मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हु...
सेतोपाटी संवाददाता ललितपुरको धोबिघाटमा आगलागी नियन्त्रणमा आएको छ। , बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटमा रहेको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , १२ बजेतिर आगलागी नियन्त्रणमा आएको हो। उक्त गोदाम भारतीय नागरिक ३२ कृष...
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौंमा प्रहरीले छापा मारेको छ। , बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गर...
सेतोपाटी संवाददाता कैलालीमा विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय कैलालीले दार्चुला लेकम गाउँपालिका-१ बस्ने ३५ वर्षीय पदमराज भट्टलाई पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान धनगढी उपमहानगरपालिका-३ बाट पक्राउ गरेको हो। , प्रहरीकाअनुसार उनी ठगीका 'नटवरलाल' हुन्। क...
दिपकजंग शाही सुर्खेतको सहिद पार्कमा बनाइएको स्वरूप नमिलेको बाघको मूर्ति मर्मत गरिने भएको छ। पार्कमा बनेको पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ।, सुरूमा अस्वभाविक खर्चमा निर्माण गरिएको भन्दै आलोचना भएको उक्त प्रतिमाको अहिले स्वरूप नमिलेको भन्ने आलोचना बढेको छ।, पछिल्लो समय आकर्षक पर...
सेतोपाटी संवाददाता बेलायती राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ नामक पुस्तक अर्को साता सार्वजनिक हुँदैछ। पेन्गुइन र्‍यान्डम हाउसले प्रकाशन गर्न लागेको स्पेयरमा ह्यारीले आफ्नो जीवनका भोगाइहरू समेटेका छन्।, उनको पुस्तकमा कुनैबेला घाम नअस्ताउने साम्राज्य बनाउन सफल बेलायती राजपरिवारभित्रको वातावरण र ह्यारीले भोगेको जीवनबारे...
सेतोपाटी संवाददाता चितवन राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिम चितवन प्रहरीले नष्ट गरेको छ।, राप्तीको वडा नम्बर ११ र १२ मा व्यावसायिक रूपमा खेती गरिएको गाँजा र अफिम नष्ट गरिएको हो। , डिएसपी नरहरि अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले मंगलबार र बुधबार गाँजा नष्ट गरेको हो।, विभिन्न स्थानमा लागूऔषध गा...
सेतोपाटी संवाददाता नेपाली सेनाका उपरथी प्रेम शाही अहिले सैनिक प्रहरीको हिरासतमा छन्। शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेका शाहीले उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका थिए।, अवकाश पाउनु १५ दिनअघि बिदामा बस्ने चलनअनुसार उनी विदामा पनि बसिसकेका थिए। अवकाश पत्र बुझेपछि भने शाहीले सर्वोच्चमा मुद्दा हाले।, शाह...
शरद् शर्मा चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को संक्रमण देखिने गर्दछ। , जाडो मौसममा रूघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को संक्रमण पनि हुन पुग्छ। यस्ता संक्रमितलाई  झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ।, कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरूआतसँगै बालबालिकामा ‘रोटा भाइरस...
सेतोपाटी संवाददाता ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले सूचना प्रविधि र साइबर अपराधका घटना बढ्दै गए पनि आधुनिक उपकरण र संयन्त्रको अभावमा अनुसन्धानलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन्।, दश दिनअघि मात्रै ईलाका प्रहरी कार्यालय बुटवलको प्रमुखमा सरूवा भएर आएका प्रहरी नायब उपरीक्षक थ...
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न कार्यालयबाट समातिएका ३८ जना बिचौलियाहरूमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार र बिहीबार यातायात व्यवस्था कार्यालय र वैदेशिक रोजगार कार्यालयबाट ३८ जनालाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले जानकारी दिए। , उनीहरूमाथि ...
सेतोपाटी संवाददाता कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकर पाण्डेका परिवार र प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डबीच कुराकानी भएको छ। , बिहीबार बिहान सिंहदरबारमा भएको कुराकानीमा प्रधानमन्त्री दाहालले निराकरको शव जति सक्दो नेपाल ल्याइने बताएको निराकरको बुवा अग्नीप्...
भगवती पाण्डे पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।, रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले बताए।, बस द...
सेतोपाटी संवाददाता भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको हातमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा अस्पतालकै गार्ड पक्राउ परेका छन्। , पुस १७ गते नारायणगढ-मुग्लिन सडकको केराबारीमा ना ५६ ख ३३१२ नम्बरको ट्रकको ठक्करबाट प्रदेश–०३–००३ प ६५७४ नम्बरको मोटरसाइकलका चालक घाइते भएका थिए।, तनहुँको भानु नगरपालिका–...
रासस सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ।, पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन।, विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विश्वविद्यालयका रजिष्ट...
सेतोपाटी संवाददाता हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरू भएको छ।, माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने ...
नवीनबाबु गुरूङ एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधवनारायणको व्रत एवम् मेला सुरू भएको छ।, भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि सुरू भएको माधवनारायण व्रत एवं मेला शुक्रबारदेखि सुरू भएको हो।, हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला शुक्रबार बिहान त्रिवेण...
भगवती पाण्डे बिहीबार राति पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ।, रूपन्देहीको सालझन्डीबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ खुर्सानेतर्फ  जाँदै गरेको गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।, सालझण्डी ढोरपाटन सडक...
सेतोपाटी संवाददाता अर्घाखाँचीमा ६० वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  , शितगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्या गरेको आरोपमा आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको हो। , हत्या आरोपमा भारत नई पालम बिहार गुडगाँव हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंह पक्राउ परेका हुन्।...
रासस हिउँदयाम सुरू भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ।, सांसद विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीसहितको टोलीले जिल्लाका सरकारी कार्यालयमा गरेको छड्केमा जनस्वास्थ्य सेवा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना, कृषि विकास कार्यालय, पूर्वाधार विकास ...
रोहित महतो यही पुस ११ गते साँझ धनुषाको विदेह नगरपालिका–७, बेलापट्टीमा ग्यास सिलिन्डर पड्केर एक महिलाको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय, धनुषामा सूचना आयो।, घटनास्थलमा प्रहरी पुग्दा ३० वर्षीया कवितादेवी साहको रक्ताम्य र अर्धनग्न अवस्थाको शव उनी सुत्ने कोठामै थियो।, उनका परिवारजनले प्रहरीलाई करेन्ट लागेर कविताक...
सेतोपाटी संवाददाता राहदानी विभागले अनिश्चितकालसम्मका लागि राहदानी (पासपोर्ट) छपाइ तथा वितरण रोकेको छ।, गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो।, विभागकी निर्देशकसमेत रहेकी प्रवक्ता दुरपदा सापकोटाले विभागको सिष्टममा समस्या आएको बताइन्।, उनले आज सूचना निकालेर पुस १७...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटरविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, विभागले सोमबार १२ करोड ३५ लाख ८५ हजार १५८ रुपैयाँ मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको हो। उक्त ट्रेडर्सका प्रोप्राइटर ललितपुर महानगरपालिका-११ कुम्भेश्वर बस्ने सिद्धिबहादुर महर्जन हुन्।, उनले रा...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गरेको आरोपमा सुमित एण्ड स्वयता ट्रेडर्सका प्रोप्राइटरविरूद्ध मुद्दा दायर गरेको छ। , कार्यालयले रूपन्देही सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीमा सञ्चालन हुँदै आएको ट्रेडर्सका प्रोप्राइटर पूनित बानियाँविरूद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुस १३ गते म...
दिपकजंग शाही अहिले सामाजिक सञ्जालमा पाटेबाघका मूर्ति भाइरल भइरहेका छन्।, सुर्खेत सहिद पार्कमा बनाइएका ती मूर्तिबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन्।, सामाजिक सञ्जालमा दुईवटा बाघको मूर्ति जोडेर राखिएको छ। तीमध्ये एउटा पुरानो हो भने अर्को नयाँ हो।, भैरव...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दरबारमार्गको एक लाइन पार्किङ हटाएको छ।  , मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो।, उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थि...
राजु अधिकारी सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा यतिबेला ‘जस्टिस फर लालबहादुर बिक’ अभियान चलेको छ।, सुनसरी इटहरी-१९ का लालबहादुरको तस्बिरको स्केच अंकित एउटा पोस्टरमा ‘जस्टिस फर लालबहादुर बिक’ लेखिएको छ। , उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका नयाँ/पुराना सबैजसो पोस्टको कमेन्ट बक्समा यही अभियानको पोस्टर झुण्डिएको छ।, मुल...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरूलाई नवीकरण पत्र लैजान आग्रह गरेको छ।, प्रतिसंकाय २ हजार रूपैंया तिरेर नवीकरण पत्र लैजान सकिने त्रिविको भनाइ छ।, त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सार्वजनिक सूचना जारी गरेर सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान भनेको हो।, त...
सेतोपाटी संवाददाता झापा शिवसताक्षीका दुधलाल नेम्वाङ सोमबार अमेरिका घुमेर फर्कदा ल्याएको मोबाइल त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जफत गर्‍यो।, भन्सार विभागले पुस १५ गतेदेखि लागू हुने गरी विदेशबाट एउटा भन्दा बढी फोन ल्याएमा १८ प्रतिशत शुल्क लाग्ने सूचना जारी गरेको थियो। तर यसको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष...
विनोद सापकोटा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।, एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन्।, स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो।, मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता ग...
सेतोपाटी संवाददाता भालुको आक्रमणबाट अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ।, बुधबार बिहान घरदेखि झिरा जाने क्रममा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ ओखरी बस्ने ८० वर्षीय रामबहादुर क्षेत्रीलाई भालुले आक्रमण गरेको थियो।, हिँड्दै स्थानीय रानी सामुदायिक वनमा पुग्दा क्षेत्रीमाथि भालुले आक्रमण गरी घाइते बनाएकोमा उपचारको क्र...
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन्। , उनलाई सोमबार हेडक्वार्टर तानेर छानबिन गरिएको नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। , उनका अनुसार कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएपछि कँडेललाई...
टिकाराम सुनार/सुदिप राउत बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु।, सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ। , केही समय पहिले पढ्न र स्कुल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधना...
रासस कोरोना भाइरसविरूद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ।, ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो।  , स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए।, यही पुस १४...
रासस टीकापुर अस्पतालले  फोहोर प्रशोधन गरेर कमाइ गर्न थालेको छ।, कैलालीमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सबैलाई चुनौती बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहोर प्रशोधन गरेर आम्दानी लिन थालेको हो।, अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार रुपैयाँ आम्दानी भएको जानक...
रोहित महतो कुनै बेलाको सानो तर गहिरो खोल्सीजस्तो बसही खोला यतिबेला पैदल पार गर्न झन्डै पाँच मिनेट हिँड्नु पर्छ। खोलाको एक किनाराबाट अर्को किनाराबीच बगर र खाल्डाखुल्डीबाहेक केही छैन। झट्ट हेर्दा मरुभूमि जस्तो लाग्छ।, अहिले बगर बनेको यो ठाउँमा कुनै समय बस्ती पनि थियो।, ढल्केवर–जनकपुर सडकबाट एक किलोमिटर पश्चिमतर्फ मिथिला...
सविता बुढा मंसिर १५ गते कैलालीको धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थी चेतना साउदलाई ग्रेडरले ठक्कर दियो।, उनी साइकल चलाएर स्कुल जाँदै थिइन्। पुग्नै लाग्दा ग्रेडरले ठक्कर दियो। उनी भुइँमा पछारिइन्। घटनास्थलमै उनको ज्यान गयो। प्रत्यक्षदर्शीहरूका अनुसार चालकले ग्रेडर ब्याक गरेर पनि चेतनालाई किच...
सेतोपाटी संवाददाता धनुषामा एक महिलाको शव फेला परेको छ। , जनकनन्दिनी गाउँपालिका-१ का मनोज यादवको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए।, खेतमा रहेको रूखमुनि मंगलबार दिउँसो ती महिलाको शव फेला परेको हो। भारतको विहार घर भएकी ५५ वर्षीया अहलिया देवीको शव फेला परेको हो। ...
सेतोपाटी संवाददाता काठमाडौंमा छुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-३२ महादेवस्थान बागमती करिडोरमा छुरी प्रहार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, गत शनिबार साँझ २३ वर्षीय निखिल भुजेल र १८ वर्षीय अभिषे...
रासस सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ।, यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।, भारत, चीनलगायत छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्र...
सेतोपाटी संवाददाता बेनी नगरपालिकामा तीन दिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन्।, अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट  २४ सय २३ जना लाभान्...
रासस सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ।, कोसी–२ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए।, किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो।, उनी मंगलबार दिउँसोदेखि हराइरहेका ...
सेतोपाटी संवाददाता आज पनि तराईका अधिकांश भु-भागमा दिनभरीजसो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले तराईका अधिकांश भु-भागमा आज पनि दिनभरि कुहिरो लाग्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन्।, महर्जनका अनुसार अझै केही दिन वर्षा हुने ...
रासस पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ।, बुधबार बेलुकी निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, ट्याक्टरको ट्रलीमा सवार सारु सडकमा खस्दा...
युवराज श्रेष्ठ घारीपाटन खनेर ओइरालो, जहाज चढी आइपुगे कोइरालो!, राणा शासन अन्त्य गरेर २००८ सालमा विपी कोइराला पहिलो पटक हवाईजहाज चढेर पाखरा ओर्लिए। त्यतिबेला पृथ्वी राजमार्ग बनेको थिएन। नेपालका अन्य ठाउँमा जस्तै पोखरामा पनि मोटरभन्दा पहिला जहाज बसेको थियो। हवाईजहाजमा विपी आएको देखेर पोखरेलीले लोकगीत बनाएर उल्लेखित हरफ ...
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो।, शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। ती बालकमा दादुराको लक्षण...
राजु अधिकारी आफूसँग भएको थोरै-थोरै पैसा बचत गर्न कहाँ जाने? यसको स्वाभाविक उत्तर हुन्छ, बैंक तथा वित्तीय संस्थामा। , आफूले जम्मा गरेको पैसा नडुब्ने, पारदर्शी कारोबार हुने संस्थाहरू मात्रै बचत तथा ऋण कारोबारका योग्य मानिन्छन्।, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर बैंकिङ कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूलाई मा...
सेतोपाटी संवाददाता चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ।, आगामी जनवरी ३ देखि मोरक्कोमा चीन भएर आउने कुनै पनि यात्रीले प्रवेश पाउने छैनन्।, अष्ट्रेलिया र क्यानडाले पनि चीनबाट आउने यात्रुहरूमा कडाइ गर्ने भएका छन्।, अष्ट्रेलिया र क्यानडा भित्रन अब चीन र हङकङ भएर आउने कुनै पनि यात्रुले ४८ घन्ट...
रासस हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।, कञ्चनपुरको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई प्रहरीले पक्रा...
एजेन्सी भारतको सर्वोच्च अदालतले सन् २०१६ मा नरेन्द्र मोदी सरकारले गरेको नोटबन्दी सही भएको फैसला सुनाएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार सर्वोच्चको संवैधानिक इजलासले सोमबार त्यतिबेला ५ सय र १ हजार रुपैयाँका नोट प्रतिबन्ध गर्नु सही भएको फैसला सुनाएको जनाएका छन्।, संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीशमध्ये बहुमत...
रासस शिवसताक्षी नगरपालिका–११ मा एक दम्पती जंगली हात्तीको आक्रमणमा परेका छन्।, हात्तीले आक्रमण गर्दा ६१ वर्षीया कृष्णमाया भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ भने उनका ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन्।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार शनिबार आफ्नै घरमा राति सुतिरहे...
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही काठमाडौं उपत्यकासहित तराईका हुस्सु र कुहिरो लागेको छ।, पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ।, आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेश...