content stringlengths 20 64.1k ⌀ |
|---|
डा. दिप लामिछाने मलद्वारको क्यान्सर नेपालमा नौलो होइन। यो क्यान्सर के कारणले हुन्छ भनेर यसै भन्न सकिँदैन। यसको एउटा प्रमुख कारण वंशानुगत हो।, धेरैजसो मलद्वारको क्यान्सर दिसा गर्ने ठाउँको आन्द्रामा एउटा पोलिप भन्ने एउटा सानो मासु पलाएपछि सुरू हुन्छ। यी पोलिपहरु सामान्यतया सौम्य हुन्छन्, तर केही धेरै वर्षको अन्तरमा विस्... |
सेतोपाटी संवाददाता यस वर्षको दशैँ झरीमै सकियो। त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन।, मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ। आकाश नीला देखिएका छन्। टाढाका हिमाल आँखै अगाडि आएका छन्।, काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ। अन्य हिमश... |
सेतोपाटी संवाददाता रूपन्देहीको सम्मरीमाई-५ रोइनिहवामा भएको चुनावलक्षित टेलिभिजन बहस कार्यक्रममा फरकफरक दलका कार्यकर्ताहरूबीच विवाद हुँदा एक जना घाइते भएका छन्।, निर्वाचनलाई लक्षित गरी सञ्चालित एक टिभी च्यानलको बहस कार्यक्रममा उपस्थित दलका कार्यकर्ताx/"बीच कार्यक्रम स्थलमै कुटाकुट भएको हो। बहसमा सहभागी उम्मेदवारले कार्... |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले कात्तिक १२ देखि कात्तिक १८ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, छठको अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै एक महिला। तस्बिर... |
सेतोपाटी संवाददाता दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, उदयपुर वेलका नगरपालिका-७ बस्ने ४१ वर्षीय अशोक भन्ने ओमबहादुर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।, उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगन्जस्थित अमेरिकी राजदूतावास नजिकैबाट पक्राउ गरेको एसपी कृष्ण... |
सेतोपाटी संवाददाता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट पत्रकार सम्मेलन गर्न खोज्दा निहारिका सिंह राजपुतलाई प्रहरीले रोकेको छ। , बलात्कार आरोपी शिवराज श्रेष्ठ र उनका छोराको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न माग गर्दै शुक्रबार दिउँसो पत्रकार सम्मेलनका लागि राजपुत बालुवाटार गएकी थिइन्। निषेधित क्षेत्रमा पत्... |
रासस पहिरोले अवरूद्ध रहेको कर्णाली करिडोर खुलेको छ।, कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो। , असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरूद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जारकोटसम्म खुलेको छ। , सान्नी त्रिवेणी गाउँपा... |
सेतोपाटी संवाददाता काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिएको हो।, बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँ बानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव ... |
सेतोपाटी संवाददाता क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ। , १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको पेसी मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो। , बयान सकिएसँगै अब भोलिदेखि थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , सरकारी वकिलको कार्यालयले सन्दीप लामि... |
सेतोपाटी संवाददाता भक्तपुरको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी भएको छ।, मंगलबार राति साढे ७ बजेतिर सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित सिर्जनानगरमा रहेको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, उक्त आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। दुई वटा दमकलको प्रयोग गरी... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) अरूणकुमार बिसीले अवकाश पाएका छन्।, उनले मंगलबारदेखि उमेर हदका कारण अवकाश पाएका हुन्। उनी प्रशासन विभागमा कार्यरत थिए।, यसअघि नै नेपाल प्रहरीमा दुई वटा एआइजी पद खाली भइसकेको थियो। योसँगै तीन वटा एआइजी पद खाली भएका छन्। यसअघि भदौ ३२ गते मुकुन्दराज आचार्य र स... |
मनिका विश्वकर्मा दस वर्षअघिको कुरा हो।, एलिन भण्डारीको स्नातक तहको परीक्षा चलिरहेको थियो। राम्रो लेख्छु भन्ने आत्मविश्वासका साथ परीक्षा हलमा पसे।, उनलाई देखेर परीक्षा हलका निरीक्षक अन्यौलमा परे।, केरकार गर्न थाले। नक्कली परीक्षार्थी हौ कि भन्दै शंका गरे। केटाको जस्तो हुलियामा पुगेका उनको नाम प्रवेशपत्रमा केटीको जस्तो ... |
सेतोपाटी संवाददाता पोखरा महानगरपालिकाले प्रयोजनविपरीत चलाइएका संरचनामा डोजर चलाएको छ।, पार्किङ प्रयोजनका लागि भन्दै कर छुट दिएर निर्माण गरिएका भूमिगत पार्किङमा प्रयोजनविपरीत व्यवसाय चलाएको संरचनामाथि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। , पोखराका विभिन्न ८ वटा भूमिगत व्यवसाय हटाउन महानगरका मेयर धनराज आचार्यसहितको टोली... |
रासस राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाई अनुगमन सुरू गरेको छ।, कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना बालबालिका घाइते भएका थिए।, घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमन सुरू गरेको... |
सुशीला रेग्मी/रासस अर्काको देशमा आएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन्।, मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन्। आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः... |
सेतोपाटी संवाददाता बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।, महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षको लागि थुनामा पठाएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रवक्... |
रासस रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रूपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो।, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो।... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको आज थुनछेक बहस हुने भएको छ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज थुनछेक बहस हुने भएको हो। मंगलबार बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि आज थुनछेक बहस हुने भएको अदालतका सूचना अधिकारी दीपक द... |
रासस तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ।, व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। , घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैंसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ।, गोठद... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू भएको छ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस सुरू भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। मंगलबार उक्त इजलासले लामिछानेको बयान लिएको थियो। , सुरूमा स... |
रुपक पुरी/रासस सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ।, घर खर्च चलाउनका लागि चौंरी स्याहार्दै जंगली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन्।, हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौंरी खर्कम... |
एजेन्सी ट्विटरको स्वामित्व एलन मस्कले लिएसँगै उच्चपदस्थ कर्मचारी तथा विज्ञापनदाताले ट्विटरसँगको सहकार्यलाई अन्त्य गर्न थालेका छन्। ट्विटरको स्वरूप तथा प्रशासनमा परिमार्जन गर्ने मस्कको योजनाका कारण विज्ञापनादाता तथा उच्चपदस्थ कर्मचारीले ट्विटरसँगको सहकार्य छोड्न लागेका छन्। , हालसम्म पाँच उच्चपदस्थ अधिकारीले ट्विटर छा... |
सेतोपाटी संवाददाता धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ।, त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो। उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।, उनका अनुसार सोमबार दिउँसो करिब १... |
मनोज सत्याल भारतको हिरयाणा र पञ्जाबमा किसानहरूले पराल जलाउँदा उत्पन्न भएको धुवाँले नेपालमा वायु प्रदुषण भित्रिएको छ।, त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार भारतका पञ्जाब र हरियाणा राज्यमा किसानहरूले खेतको परालमा आगो लगाएर उत्पन्न भएको धुवाँ नेपालतर्फ मोडिएको हो... |
रासस कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरू भएको छ।, गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरूद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो। , भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो।,... |
सेतोपाटी संवाददाता डेंगी संक्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन भएको छ।, २३ वर्षीया अधिकारी लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्थिन्।, बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।, उनको आज बिहान ६:३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत... |
नारायण खड्का तुलसीपुरमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले हत्या काण्डअन्तर्गत प्रहरीले हेटौंडाका अर्का एक युवकलाई पनि पक्राउ गरेको छ।, उनीहरूको शव फेला परेकै दिन सुरूमा पक्राउ परेका टिपर चालक पनि हेटौंडाकै हुन्। उनै टिपर चालकको पछिल्लो बयानका आधारमा मकवानपुरको प्रहरीसँग समन्वय गरी मंगलबार राती हेटौंडा पु... |
सेतोपाटी संवाददाता काठमाडौंको न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेका थिए।, उनको हत्या आरोपमा शंकास्पद एक जनालाई न्युरोड क्षेत्रबाटै बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालील... |
मन्दिरा घिमिरे काठमाडौंको भोटाहिटीमा केही समयदेखि नयाँ पाइप विस्तारको काम भइरहेको छ। उक्त पाइप मेलम्ची खानेपानी आयोजनाका लागि विस्तार गरिएको हो कि भन्ने धेरैलाई लाग्छ। तर त्यसो होइन।, काठमाडौं कोर-सिटीका प्रायः गल्लीहरू साँघुरो भएकाले आगलागी हुँदा दमकल पुग्न सक्दैन। त्यस्तो अवस्थामा आगो नियन्त्रणको वैकल्पिक उपाय अपनाउ... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। , काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। , बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको हो। मंगलबार बयान सकिएसँगै आज थुनछेक ... |
सेतोपाटी संवाददाता काठमाडौंको बागबजारमा एक घरको झ्यालबाट खसेर दुई वर्षकी बालिकाको मृत्यु भएको छ।, आइतबार बेलुकी करिब ९ बजे बागबजारको एक घरबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।, नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको प्... |
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।, काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।, ‘फाइल तयार पारेका छौ। आजै मुद्दा... |
सेतोपाटी संवाददाता मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको हो।, छुरा प्रहारबाट ज्यान गुमाएका बालक दियुष झापाको दमक निवासी हुन। दमक- १० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छुरा ... |
एजेन्सी गुजरातको मोरबीमा हालै मर्मत गरिएको १ सय ४० वर्ष पुरानो मच्छु नदीमा बनेको झोलुङ्गे पुल भत्किँदा कम्तीमा १०० जनाको ज्यान गएको छ।, संरचना पुनर्निर्माण गरि पाँच दिनअघि पुन: खोलिएको थियो। आइतबार साँझ करिब साढे ६ बजे भएको घटनामा परि पुलमा उभिरहेका मानिसहरू मच्छु नदीमा खसेका थिए।, मोरबी झोलुङ्गे पुल भत्किँदा सोमबार ब... |
दिपकजंग शाही कालीकोटको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिका जोड्ने झोलुंगे पुल अहिले सामाजिक सञ्जाल फेसबुकमा छाएको छ। पुलको छेउमा काठको भर्याङ लगाएर पुलमा उक्लिने बनाइएपछि कर्णालीका पूर्वमुख्यमन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचनासहित फेसबुकमा भाइरल गराइएको छ।, कालीकोटको जितेगडामा केही वर्षअघि यो झोलुंगे पुल बने... |
सेतोपाटी संवाददाता रूपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ।, छठ पर्व मनाउन घाट जाने क्रममा रूपन्देहीको ओमसतिया ४ मा कारले ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटना बिहान ५:४५ को हो। हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।, जिल्ल... |
युनिक श्रेष्ठ क्रिकेटर सन्दीप लामिछानेले आफूलाई दुई पटक बलात्कार गरेको भन्दै नाबालिग (किशोरी) ले प्रहरीलाई बयान दिएकी छन्। , सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रमा क्रिकेटर लामिछानेले किशोरीलाई आफैं भेट्ने प्रस्ताव गरेको, भेट्न कर गरेको र पछि बलात्कार गरेको उल्लेख छ। , बयान, उनीहरू गएक... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरले ठेला खोसिदिएको शर्मिला तामाङलाई कतारमा रहेका युवाहरूले आर्थिक सहयोग गरेका छन्।, काठमाडौं महानगरले सडक व्यवस्थापन गर्ने भन्दै फुटपाथ व्यवसायीलाई हटाउने क्रममा गत असोज २७ गते थापाथलीबाट शर्मिलाको ठेला जफत गरिदिएको थियो। , नगर प्रहरीले उनको ठेला जफत गर्दैगर्दा शर्मिला ठेला समातेर रोइर... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सडक किनारमा रहेका भवनका भित्तामा पेन्ट गरि राखिएका प्रचार सामाग्री हटाउन थालेको छ।, जथाभाबी राखिएका साइनबोर्ड, होर्डिङ बोर्ड, भित्तामा पेन्ट गरेर राखिएका प्रचार सामाग्री र पर्चा-पम्प्लेटले महानगरको सौन्दर्य बिगारेको भन्दै सोमबारबाट हटाउन सुरू गरेको हो।, ललितपुर महानगरपालिकाले ... |
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। , सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।, अदालतका सूचना अधिकारी दीपक दाहालले आज मुद्दा दर्ता भए पनि भोलि... |
नारायण खड्का बाँकेकी १८ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानका एक युवकलाई पक्राउ गरेको छ।, बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ३ का २० वर्षीय रेवन्त बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।, बुढाले बाँकेकी किशोरीलाई बिहेको प्रलोभनमा सल्यान पुर्याएर जंगलमा बलात्कारपछि ह... |
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिग (किशोरी) माथि बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेले इन्कारी बयान गरेका छन्।, आरोपित लामिछानेले प्रहरी र सरकारी वकिलसमक्ष इन्कारी बयान गरेको सोमबार काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ।, किशोरीकै आग्रहमा भेट भएको, उनकै योजनामा नगरकोट पुगेको, उनकै करले रा... |
राजु अधिकारी दमक र उर्लाबारीलाई छुट्याउँदै बग्ने मावा खोलाले झापा र मोरङको सीमालाई छुट्याउँछ। तर, भौगोलिक अवस्थिति यस्तो छ कि मावावारी (झापातिरबाट पारि) पनि झापाको भू-भाग छ। दमक नगरपालिका १० को केही भाग वारिपट्टि छ। त्यहीँका बासिन्दा हुन्, धनबहादुर श्रेष्ठ। ,
,
दुई जिल्ला छुट्याउने मावा खोलाको किनार आइतबार साँझदेखि ध... |
नारायण अधिकारी/रासस आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले श्रीमती र आफन्तका लागि प्रसूति सेवा लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्।, सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ, धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन्। बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने ध... |
सेतोपाटी संवाददाता सरकारी वकिल कार्यालय काठमाडौंले नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध ६ वटा मुख्य प्रमाणको रूपमा पेस गरेको छ।, कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। मंगलबार इजलास तोकेसँगै थुनछेक बहस हुने अदालतले जनाएको छ।, कार्यालयले विभिन्न खालका प्रम... |
सेतोपाटी संवाददाता ललितपुरको सुनाकोठीमा एक पुरुषको हत्या भएको छ।, सोमबार राति सवा ७ बजेतिर ललितपुर महानगरपालिका- २७ सुनाकोठीस्थित एक घरको डेरामा बस्दै आएका रामचन्द्र राईको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए। , प्रहरीका अनुसार अन्दाजी ३५-४० वर्षीय रामचन्द्रको हत्या आरोपमा सँगै डेर... |
भगवती पाण्डे पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ।, सुस्ता गाउँपालिका-४ नर्सही गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्।, सुस्ताको वडा नम्बर ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका सात जना युवाहरू डुंगा चढेर फर्किँदै थिए। सोही क्रममा ब... |
सेतोपाटी संवाददाता रोल्पामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ।, रून्टीगढी गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय लेखनाथ रानाको भिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो।, उनी घरबाट नजिकै रहेको भिरबाट लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी बिनोद घिमिरेले जानकारी दिए।, राना करिब ... |
सेतोपाटी संवाददाता क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दामा आजदेखि थुनछेक बहस सुरू हुने भएको छ। , जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। , कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। मंगलबार इजलास तोकेसँग... |
एजेन्सी स्विट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड कायम गरेको छ। गत शनिबार स्विस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्विट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको हो।, समाचार संस्था एपीका अनुसार १.९ किलोमिटर लामो उक्त रेलमा यात्रुहरू बस्न मिल्ने १०० वटा कोच थिए। ज... |
सेतोपाटी संवाददाता क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ।, १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको पेसी मंगलबार घिमिरेको इजलासमा परेको हो।, उक्त इजलासले सन्दीपको बयान लिइरहेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। आजै थुनछेक बहस पनि हुने उनले बताए।,... |
भूमिराज पिठातोली/रासस खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिनेबित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन्। उनी बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन्।, गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उनलाई एक दुई जना दानी मानि... |
सेतोपाटी संवाददाता निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान गरेको छ।, मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन्।, नेपाल सरकारको अनुरोधमा यी सवारीसाधन उपलब्ध गराइएको जना... |
रासस चितवनका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालीबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो।, जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।, उनका अनुसार... |
रासस पाल्पा निस्दी गाउँपालिका-२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको भए।, आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे। उनी मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आएका छन्। तर गाउँमा विकासको परिवर्तन नहुँदा उनी चिन्तित छन्। , यसपटक आगामी ... |
सेतोपाटी संवाददाता ललितपुरमा एक महिलाको हत्या गरी आत्महत्या गरेको भन्ने श्रीमान पक्राउ परेका छन्।, जिल्ला प्रहरी परिसर ललितपुरले एक जना पुरूषलाई हत्या आरोपमा पक्राउ गरेको प्रवक्ता तथा एसपी सुधिरराज शाहीले जानकारी दिए।, पक्राउ पर्नेमा गुल्मी इस्मा गाउँपालिका-१ घर भई ललितपुर महानगरपालिका-२५ नख्खुडोलमा डेरा गरी बस्ने २९ ... |
सेतोपाटी संवाददाता काठमाडौंको न्युरोडमा एक जना पुरूष मृत फेला परेका छन्।, मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले पुरूष मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थ... |
रासस विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन्।, प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले महानगरले गरेको सरसफाइ, घाटको तयारीलगायतको अनुगमन गरेको हो।, ट... |
रासस अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्थवीरबाट आनन्दकुटी विहारका करिब एक हजार बौद्ध धर्मावलम्बीलाई दिक्षा प्रदान गरिएको छ।, महासङ्घका अध्यक्ष तथा धर्मगुरु बोधिसेनले विधि विधानपूर्वक विशेष पूजा गर्दै बौद्ध शिक्षामा सत्कर्म गरी विश्व शान्तिका साथै मानव कल्याणमा क्रियाशील हुन सहभागीलाई आग्रह गरे। , ब... |
सेतोपाटी संवाददाता देशभर थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ३७० जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, योसँगै अहिले ५७७ जना सक्रिय संक्रमित छन्।, ३१ जना संक्रमित निको भएर घर फर्किएका छन्।, य... |
रासस अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो। खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो। , बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरूले राहत उपलब्ध गराउने आश्वासन दिए। सांसद तथा मन्त्रीहरूबाट... |
रासस विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहोरको दुर्गन्ध छ।, लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाको ध्यान नपुगेको स्थानीयवासीको आरोप छ।, 'महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार नदीमा फालिएका फोहोर सडेर लुम्ब... |
राजेश घिमिरे संविधान दिवसको दिनमा राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्ने चलन छ।, कैदीको असल चालचलन र मुद्दाको प्रकृति हेरेर राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्छन्।, यस वर्षको असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोषी ठहर भएर विभिन्न कारागारमा कैद जीवन बिताइरहेका २१ जनालाई आममाफी र ६८१ जनाको ५० प्रतिशत ... |
रासस खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ।, शनिबार घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो।, मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने... |
रासस सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ। भारतीय सडक निर्माण कम्पनी 'गर्ग एन्ड गर्ग' ले गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ। , शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा स... |
रासस धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो।, मृत्यु हुनेमा विदेह नगरपालिका–७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेको प्रहरीले जनाएको छ।, विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मातर्फ जाँदै गरेको प्रदेश २–०२–००५प ५३८... |
रासस छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ।, कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो।, ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर... |
सेतोपाटी संवाददाता पाल्पाबाट गोरखाको मनकामना आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ।, आज बिहान करिब ४ बजे नवलपुरको बलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो।, पाल्पाबाट मनकामना दर्शनका लागि दर्शनार्थीहरू लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो।, नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दुर्घटनामा परे... |
रासस पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ।, ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज बिहान दुर्घटनामा परेको थियो।, घटनास्थलमै पाँच जनाको मृत्यु भएको र ३० घाइत... |
भगवती पाण्डे पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटनामा परेको छ।, पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २ मथारमा आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो।, बस दुर्घटनामा परेर पाँच जनाको मृत... |
रासस सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।, आइतबार बिहान ९ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।, चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।, भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको ले... |
एजेन्सी सोमालियामा कार बम विष्फोट हुँदा सय जनाको मृत्यु भएको छ भने ३ सय जना घाइते भएका छन्।,
सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रायलय रहेको स्थानमा शनिबार राति बम बिस्फोट भएको अलजजिराले जनाएको छ।, , घटनाको जिम्मेवारी हालसम्मै कसैले पनि लिएको छैन। राष्ट्रपति हसन शेख मोहम्मदले इश्लामी समूह अल सहबाबले बिस्फोट ... |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा स्कार्पियो गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।, शनिबार राति सातदोबाटोबाट कोटेश्वरतर्फ जाँदै गरेको निलो रंगको स्कार्पियो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए।, घटनाबारे प्रहरीलाई राति ७: ५३ मिनेटमा खबर भएको थिय... |
सेतोपाटी संवाददाता पर्सामा एक जना पुरूष मृत फेला परेका छन्।, आइतबार बिहान सवा ५ बजे वीरगन्ज महानगरपालिका-१० घडिअर्वा पोखरीको पश्चिमतर्फको नालामा पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए।, मृतक पकाहामैनपुर गाउँपालिका वडा नं १ ढोरे बस्ने ३५ वर्षीय राजु दास छन्। उनी नालीमा मृत अव... |
सेतोपाटी संवाददाता बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , नेपालगंज उपमहानगरपालिका-५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , आगलागीमा परी बर्दिया मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको हो।... |
सेतोपाटी संवाददाता भक्तपुरमा तीन वटा सवारीसाधन दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ।, शनिबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-५ सृजनानगरमा दुर्घटना भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार कार, मोटरसाइकल र बस दुर्घटनामा परेका हुन्।, जगातीबाट काठमाडौं आउँदै गरेको बा ६ च ८८५८ नम्ब... |
रासस गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन। करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैं खुल्न नसकेको हो।, उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खसिरहेको छ। करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा सम... |
रासस सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ।, गएराति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो।, भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रति... |
युनिक श्रेष्ठ नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध भोलि सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।, सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गरिने कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।, ‘फाइल तयार गर्दैछौं। भोलि मुद्दा दर्ता हु... |
सेतोपाटी संवाददाता छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ। तराई मधेससहित पहाडी क्षेत्रका अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ।, तराई मधेसका प्रमुख पोखरी र नदी किनारमा बनाइएको घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो। , छठ पूजाका लागि स्थानीय... |
झलनाथ खनाल/रासस कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा थिए।, हतारमा घरबाट निस्किएका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुपर्यो। डुंगा (स्टिमर) को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कयौं व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन्।, 'भाइटी... |
एजेन्सी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सोसल मिडिया कम्पनी ट्विटरको खरिद प्रक्रिया पूरा गरेका छन्।, सन् २००६ मा स्थापनाको ट्विटर मस्कले ४४ अर्ब अमेरिकी डलरमा किनेका हुन्। ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि उनले लेखेका छन्- चरो अब स्वतन्त्र भयो।, ट्विटरको लोगोमा एउटा... |
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा काठमाडौंको एक रिसोर्टबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।, बिहीबार राति ८ बजे नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट १८ जनालाई पक्राउ गरेको हो।, जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहर... |
रासस महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ। भङ्गाहा-८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा आज पनि जारी छ।, भङ्गाहा नगरपालिका-८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पू... |
रासस गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर मृत्यु भएको हो।, नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। रा... |
वासुदेव पौडेल/रासस कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच/सात मिनेटमा पुग्न सकिन्छ। , गगनगौंडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबा... |
सविता बुढा भारतको पिथौरागढबाट उछिट्टिर आएको ढुंगाले लागेर दार्चुलाका एक जना बालकको मृत्यु भएको छ।, महाकाली पारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक कटान भइरहेको छ। गर्ग एन्ड गर्ग कम्पनीले सडकमा बनाउन चट्टान फुटाउन बिस्फोट गर्दा उछिटिएर आएको ढुंगाले लागेर शुक्रबार बिहान दार्चुलाका १२ वर्षीय बालक पवन महराको मृत्यु भए... |
सेतोपाटी संवाददाता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको व्याँस गाउँपालिका-२ तम्पाकुका १२ वर्षीय पवन महरा मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। , उनले महाकालीपारि पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट ग... |
सेतोपाटी संवाददाता कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ।, शुक्रबार धनगढी उपमहानगरपालिका–१ सन्तोषी टोलका अन्दाजी १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनी धनगढीबाट मछली नदी नजिकै गोदावरी नगरपालिका पिकनिक गएका थिए। उनीसहित १२ जनाको टोली पिकनिक गएका थिए।, दिउँसो २ बजेतिर उक्त नदीमा पौडी खेल्... |
सेतोपाटी संवाददाता एक महिनाको लामो कानुनी विवाद अन्त्यसँगै सोसल मिडिया कम्पनी ट्विटर नयाँ अध्यायमा प्रवेश गरेको छ। कम्पनीको नयाँ मालिकका रूपमा विश्वकै धनाढ्य एलन मस्क प्रवेश गरेका छन्। आफू मालिक बनेपछि उनले सबैभन्दा पहिला ट्विटरका सिइओसहित उच्चपदस्थ अधिकारीहरूलाई बर्खास्त गरेका छन्। , मस्कले ट्विटरमा ४४ अर्ब अमेरिकी ... |
सेतोपाटी संवाददाता जिल्ला कारागार कैलालीमा लागुऔषधको ओसारपोसारमा संलग्न रहेको आरोप लागेपछि एक प्रहरी हवल्दार पक्राउ परेका छन्।, लागुऔषध कारोबार संलग्न एक आरोपीले दिएको बयानका आधारमा प्रहरी हवल्दार पनि पक्राउ परेका हुन्।, गत असोज ३१ गते धनगढी–७ बाट प्रहरीले १३ ग्राम लागुऔषधसहित कैलारी गाउँपालिका–६ वन कटुवाका ३३ वर्षीय... |
सेतोपाटी संवाददाता बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ।, शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए। , उपचारका लागि सेती प्रादेशिक अस्पताल... |
सेतोपाटी संवाददाता महोत्तरीमा भएको दुई पक्षीय झडपको छानविन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।, गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।, बिहीबार भंगाहा नगरपालिका-८ मा छठ पर्वको अवसरमा कलश यात्राको आयोजना गरिए... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा डुबेर एक जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको बबई नदी तर्ने क्रममा डुबेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार बिहान अधिकारीको शव बबई नदी किनारमा फेला परेको हो।, मृतकको शप पोष्टमर्टमका लागि राप्ती ... |
एजेन्सी अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्।, अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेख... |
सेतोपाटी संवाददाता रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण भएकाे छ।, बिहीबार राति बाँसगढीबाट तामनगरतर्फ साथीलाई घर छाेड्न जाँदै गरेका वडाध्यक्ष पाण्डेमाथि आक्रमण भएको हो। उनलाई सैनामैना-२ कालिका चाेकमा आक्रमण भएकाे प्रहरीले जनाएको छ। , पाण्डेले आफूमाथि आक्रमण गर्नेहरू नेपाली ... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित रानीपोखरी छठ पर्वमा खुला नगरिने भएको छ। , यो पटक काठमाडौं महानगरपालिकाले छठका लागि रानीपोखरी नखोल्ने निर्णय गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। , उनका अनुसार रानीपोखरी तीन चरणमा बनिसके पनि दुई चरणमा बनेको संरचना पुनर्निर्माण प्राधिकरणले हस्तान्तरण गरिसकेक... |
रासस काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिकैको रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ।, प्रहरीका अनुसार पक्राउ पर्नेहरू १८ जना छन्।, उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार रूपैयाँ, ... |
रासस सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए।, विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको... |
रासस चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।, शनिबार बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए। , उनको हत्या गरेको आशंकामा प्रहरीले गैंगाकोट नगरपालिका-७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ। , आज आफ्न... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.