content stringlengths 20 64.1k ⌀ |
|---|
नवीनबाबु गुरूङ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बौद्धमा 'फोटो बुथ तथा क्विज' मनाएका छन्।, अमेरिकी राजदूतावासको सहयोगमा युनिटी फर चेन्जले फोटो बुथ कार्यक्रम आयोजना गरेको हो।, गाईजात्राको अघिल्लो दिन समुदायले उक्त कार्यक्रम मनाएका हुन्।, कार्यक्रममा फोटो बुथसँगै सप्तरंगी बेलुन, झण्डा थिए। बौद्धमा घुम्न आउने व्यक्तिह... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का युवा तथा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरका उपसचिव झनक बस्नेत २१ दिन लामो पैदल यात्रापछि काठमाडौं पुगेका छन्।, बस्नेतले बिहीबार काठमाडौंस्थित पशुपतिनाथ पुगेर यात्रा विसर्जन गरेका थिए। , बस्नेतले साउन ४ गतेदेखि दाङको अन्तिम सीमाना कोहलपुर– सुर्खेत सडक खण्डमा... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।, ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राज... |
सेतोपाटी संवाददाता काठमाडौंमा केही सातादेखि फोहोर नउठेर सडकमा असरल्ल थुप्रिएपछि स्थानीय वडाध्यक्षहरूले सरकारको ध्यानाकर्षण गराउन खुलामञ्च, भिआइपी हिँड्ने बाटो वा बागमती नदीमै विसर्जन गर्ने चेतावनी दिएका छन्।, बिहीबार बसेको नगरकार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले फोहोर उठाउन सरकारबाट सहयोग नभएको भन्दै यस्तो चेतावनी दि... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले गाईजात्रा पर्वलाई मध्यनजर गर्दै कोर-सिटीको फोहोर बिहीबार रातिदेखि नै उठाएर टेकुमा राख्ने भएको छ।, बिहीबार नगरकार्यपालिका बैठक सकिएलगत्तै बसेको फोहोर व्यवस्थापन समिति बैठकले आज रातिदेखि नै फोहोर उठाउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उनका अनुसा... |
रासस मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् ।, मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने... |
विनोद सापकोटा झापाको कनकाई नहरमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ। , बिहीबार साँझ पौडी खेल्न पसेका शिवसताक्षी नगरपालिका–९ आइतबारेका १२ वर्षीय सिकुन् राई र सोही स्थानकी ११ वर्षीया एन्जिला सुन्दासको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, मृतक राई स्थानीय बाल निकुञ्ज माध्यमिक विद्यालयका व... |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।, पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहि... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ... |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदै छ। , एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई... |
रासस कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो। , प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर... |
रासस उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ ।, उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो।, झापाको मेचीनगर–७ जोरसिमलस्थित पूर्वपश्च... |
रमेश गिरी भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ ।, तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व ... |
एजेन्सी भारतीय जहाज अरब सागरमा पल्टिएपछि पाकिस्तानी नौसेनाले बिहीबार उद्धार गरेको छ।, अगस्ट ९ मा बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादर नजिकै भारतीय जहाज ‘जमना सागर’ डुबेको थियो। जहाजमा १० जना चालक दलका सदस्य थिए। घटना लगत्तै आफूहरूले उद्धार गरेको पाकिस्तानी नौसेनाका जनसम्पर्क महानिर्देशकले जानकारी दिएको छन्। डुबेको जहा... |
रासस पाल्पाको रैनादेवीछहरा गाउँपालिका-१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एक जनाको मृत्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ।, मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए।, बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइ... |
सेतोपाटी संवाददाता झापाकाे मेचीनगरमा बसकाे ठक्करबाट एक जना पैदलयात्रीकाे ज्यान गएकाे छ।, वागमती प्र. ०३-००१ ख १६०२ नम्बरको बसले बिहीबार बिहान मेचीनगर नगरपालिका-६ स्थित सडकमा ठक्कर दिँदा साेही ठाउँका चेतनाथ फुँयालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।, बाटाे क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घ... |
रासस बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।, पालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ला... |
रासस हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।, अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।, सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी का... |
नारायण खड्का गत वर्ष मंसिर २ गते बेलुका पाँच बज्दै थियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. २ खैरीपुरका ३४ वर्षीय पुष्कर गिरी र उनकी श्रीमती सृजना गिरी परालको भारी बोकेर ओसार्दै थिए।, तुलसीपुर–हापुरे सडकखण्ड अन्तर्गत भमकेखोला पुल नजिकै भारी बोकेर हिँडिरहेकी ३२ वर्षीया सृजनालाई ना १ ख ९१०५ नम्बरको टिपरले पछाडिबाट ठक्कर दि... |
सेतोपाटी संवाददाता बुधबार बिहान काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार... |
सेतोपाटी संवाददाता क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एक जनासँग ६ लाख धरौटी माग गरिएको छ। , क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका काभ्रे मण्डनदेउपुर गाउँपालिका-७ का २८ वर्षीय विश्वराम श्रेष्ठसँग जिल्ला अदालत काठमाडौंले ६ लाख रूपैयाँ धरौटी माग गरेको हो। , गत असार ३२ गते आफ्नो बैंक खाताबाट अचानक रकम ट्... |
सेतोपाटी संवाददाता चितवनमा श्रीमतीले अचानोले टाउकोमा हान्दा श्रीमानको मृत्यु भएको छ। , भरतपुर-२१ पार्वतीपुर बस्ने ५६ वर्षीय टिकाराम विकको टाउकोमा लागेको चोटका कारण मृत्यु भएको हो। उनी मंगलबार अपराह्न आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए। , जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले आफ्नै घरको कोठामा भित... |
सेतोपाटी संवाददाता विदेशी बैंकमा करोडौं रकमको शंकास्पद कारोबार भएको पाएपछि पक्राउ परेका अमित श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ। , मंगलबार काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , नुवाकोट विदुर नगरपालिका-२ ... |
रासस कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।, गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।, शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।, स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभ... |
दिपकजंग शाही कर्णाली प्रदेशमा कोभिड–१९ को चौथो लहर सुरू भएको संकेत देखिएको छ। पछिल्लो एक महिनामा देखिएको संक्रमण दरका आधारमा कोरोनाको चौथो लहर भनेर घोषणा गर्दा पनि फरक पर्दैन।, ‘घोषणा नहुनु फरक कुरा हो, हाम्रो तर्फबाट भन्ने हो भने यहाँ कोभिडको चौथो लहर सुरू भइसकेको भन्दा हुन्छ,’ स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रद... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजु बाइपासस्थित एक कारखानामा आगलागी भएको छ। , बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। , काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको छ। ... |
सेतोपाटी संवाददाता अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ।, गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो।, साथै प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ।, कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रह... |
नवीनबाबु गुरूङ अविरल वर्षा सँगै आएको बाढीले काठमाडौंका उपत्यकाका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन्। काठमाडौं र भक्तपुर बीच भएर भग्ने मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।, बाढीले टहरामा भएका घरायसी सामग्री बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । मनोहरा खोला नजिक रहेका बङ्गुर तथा ... |
नवीनबाबु गुरूङ काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा बिजुली सर्ट हुँदा आगलागी भएको खुलेको छ। , बुधबार दिउँसो पौने १२ बजे श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको वान वर्ल्ड फुटवेयर प्रालिमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार अहिले कारखानामा लागेक... |
रासस मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ।, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो।, रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनु... |
ध्रुवसागर शर्मा/रासस मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बनेका छन् म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा।, उमेरले ९७ औं वसन्त पार गरे पनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन्। स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको स... |
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट गाडीसहित गाँजा बरामद गरेको छ।, प्रहरीले वीरगञ्ज महानगरपालिका-२४ बाट १४४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्रहरीका अनुसार मंगलबार बहुअरी चोकमा यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रक रोकी राखिएको थियो। उक्त गाडी शंका लागि जाँच गर्दा गस्ती प्रहरी टोलीले उक्त परि... |
राजु अधिकारी नेपाल–भारतबीचको वाणिज्य सन्धि विपरित भारतीय पक्षले नेपाली चियामा मात्रात्मक प्रतिबन्ध लगाउने तयारी गरेपछि नेपालको समग्र चिया उद्योग यतिबेला आतंकित बनेको छ। , नेपाली चिया आयातलाई सुरूमा मात्रात्मक प्रतिबन्ध लगाउने अनि विस्तारै पूर्ण बन्देज लगाउने गरीको प्रस्ताव अहिले भारतीय संसदका दुवै सदनमा पुगेको छ। , रा... |
सेतोपाटी संवाददाता ललितपुरको नख्खु कारागारमा कैदीहरूले प्रदर्शन गरेका छन्। , बुधबार कैदीहरूले केहीबेर प्रदर्शन गरेको जेलर सुवासकुमार लामिछानेले जानकारी दिए। अहिले स्थिति नियन्त्रणमा आइसकेको उनले बताए। , कैदीहरूको माग के हुन् भन्नेबारेमा छानबिन हुने पनि उनले बताए। नख्खुको नयाँ ब्लकमा प्रदर्शन भएको हो। कैदीहरूले नाराबाज... |
सेतोपाटी संवाददाता बझाङमा एकै परिवारका तीन जना मृत फेला परेका छन्। , बुधबार बिहान करिब ८ बजे बुंगल नगरपालिका-९ बस्ने आमा, छोरा र छोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए। , २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मृत फेला परेका हुन्। स्थानीय... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८६८ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ७०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार ६१४ जनाको पिसिआर र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गरि... |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका–८, मक्रहरका गोविन्द खाम्चाको हरेक बिहान सिँचाइको कुलोमा फोहोर सोहोर्छन्। उनी ३६ सिँचाइ मौजाअन्तर्गत मक्रहरका ‘शाखा मुख्तियार’ हुन्।, शाखा कुलोअन्तर्गत सिँचाइको पालो परेका किसानको खेतमा पानीको व्यवस्थापन गरिदिने, थुनिएको र भत्किएको कुलो मर्मतका लागि किसानहरूलाई जानकारी गराउन... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले ७७ वर्ष कटेका नागरिकलाई १० हजार रुपैयाँ चाडपर्व भत्ता दिने भएको छ।, ७७ वर्ष पूरा भएका नागरिकलाई १० हजार रुपैयाँ चाडपर्व मनाउन भत्ता दिन लागेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका स्वकीय सचिव इन्द्र बज्रचार्यले जानकारी दिए।, उनका अनुसार पहिले ५ हजार रुपैयाँ दिने गरेको... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि पहिरो खस्दा दोलखाको सिंगटी बजारका घर जोखिममा परेका छन्।, बुधबार पहिरो गएपछि यहाँका करिब २५ घर जोखिममा छन् भने केही घरमा क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन्।, बिगु गाउँपालिका वडा नम्बर ४ लादुकमा पहिरो जाँदा सिंगटी बजार जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।, यहाँ... |
एजेन्सी उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ विरूद्धको युद्धमाथि विजय हासिल गरेको घोषणा गरेका छन्। , झण्डै दुई सातासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले बुधबार यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । , स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले विश्वव्यापी महामार... |
सेतोपाटी संवाददाता नेपाली सेनाले चित्तलको शिकार गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ। , सुनसरीस्थित श्रीलंका टापुस्थित भागलपुरबाट आठ जनालाई पक्राउ गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ। उनीहरूलाई सेनाले बुधबार पक्राउ गरेको हो। , बुधबार कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ त... |
सेतोपाटी संवाददाता बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका एक जनालाई भक्तपुरबाट पक्राउ गरेको छ।, चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरले उनलाई ५८ लाख... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ।, आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आर्थिक २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।, प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दा... |
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ।, हाल देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्क... |
सेतोपाटी संवाददाता साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन्।, ती पूर्व कर्मचारीले साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताका इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारीहरू जासुसीका लागि उपलब्ध गराएको वाल स्ट्रिट जर्नलले लेखेको छ। , वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी नागरिक ४४ वर्षीय ... |
रासस कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ।, जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ।, यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहाद... |
रासस भारतबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेको छ। नेपाल–भारत सीमानाका बैतडी, झुलाघाटबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ।, स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार चार जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ। झुलाघाट नाकाबा... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।, पारिवारिक स्रोतका अनुसार आइतबार साँझदेखि ज्वरो आएपछि उनले सोमबार कोरोना परीक्षण गराएका थिए। परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो।, कुलमानको परिवारमा उनकी श्रीमती र छोरालाई पनि संक्रमण देखिएको छ।, उनलाई ज्वरो आउ... |
रासस नेपाल प्रहरीले अदालतबाट १० रूपैयाँ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाअनुसार चार दिन कैद सजाय र १० लाख रूपैयाँ जरिवाना ठहर भएका सर्लाही घर भई काठमाडौंको कपन बस्ने ३४ वर्षीय रोशनकुमार गुप्तालाई सोमबार पक्राउ गरे... |
रासस डाक्टर गोविन्द केसीले सोमबारदेखि इलामबाट जनतालाई निःशुल्क सेवा दिन सुरू गरेका छन्। इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरू गरेका हुन्। सोमबारदेखि २० दिनसम्म सेवा दिने उनले बताएका छन्।, डाक्टर केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरू गरेको बताए। सहरमा भएका ठूला अस्पत... |
सेतोपाटी संवाददाता युवतीमाथि बलात्कार प्रयासको मुद्दापछि दाङका ड्राइभिङ सेन्टर सञ्चालक बालाराम डाँगी पक्राउ परेका छन्।, रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय डाँगी पक्राउ परेका हुन्। , इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्र... |
रासस बागलुङमा बुबाको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन्।, बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए। चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन्।, शनिबारदेखि हराएकी... |
रासस तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुंगा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ।, गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको उपचारका क्रममा सोमबार मृत्यु भएको हो।, चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी ... |
सेतोपाटी संवाददाता आज मंगलबार सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।, विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।, देशभर आंशिक देखि सामान्य बदली रहेको अवस्था छ। , सुदूरपश्चिम, कर्णाली,... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ।, आयोगले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो।, यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षको भन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ।, चिकित्स... |
रासस गोरखा नगरपालिका वडा नम्बर ८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।, जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले बताए।, कारागार चलान ... |
रासस विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।, साउन २४ गते मङ्गलबार मनाइने सो दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्।, ती पालिकाले सोमबार अलग-अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरम... |
रासस महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ।, बर्दिबास नगरपालिका–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले... |
सेतोपाटी संवाददाता पटक-पटकको निर्देशन विपरित भवन निर्माणमा असावधानी अपनाएको भन्दै बीमा समिति भवन निर्माणस्थलको जेसीबीलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएको छ। , बारम्बार सूचना प्रकाशित गरि निर्माण सामाग्री ओसारपसारमा सावधानी अपनाउन सचेत गराए पनि नमानेकाले आफूहरूले बाध्य भएर निर्माण कार्यमा संलग्न जेसीबी नियन्त्र... |
नारायण ढुंगाना/रासस नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ।, पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो। , यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘ल... |
सेतोपाटी संवाददाता प्रहरीले नागढुंगाबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २० वर्षीय तेज तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार मंगलबार चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट तामाङलाई पक्राउ गरिएको हो। ,... |
भगवती पाण्डे आठ वर्षसम्म पुलको काम नगरी अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर अर्कै कम्पनीलाई निर्माणको जिम्मा दिएपछि भैरहवा-लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीका दुइटा पुलको निर्माणको काम अगाडि बढेको छ।, हुलाकी राजमार्ग अन्तर्गत अत्यन्त व्यस्त रहने यो सडकखण्डका दुइटै पुलको निर्माणको लागि पप्पु कन्स्ट्... |
सेतोपाटी संवाददाता बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी तोडफोड भएको छ।, सोमबार राति बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी र डोजर केही व्यक्तिले तोडफोड गरेको काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।, उनका अनुसार सिसडोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरक... |
नवीनबाबु गुरूङ आज २८ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।, पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी आन्दोलन, आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ। , आदिवासीको साँस्कृतिक झाँकी, ब... |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा एक घरबाट झन्डै २९ तोला सुनका गरगहना चोरी भएको छ।, मंगलबार बिहान सवा ३ बजे कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित एक घरमा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, घरमा बुढाबुढी मात्रै बस्थे। साढे २ तले घरमा पहिलो तलाको मू... |
सेतोपाटी संवाददाता नर्भिक अस्पतालले बनाएका संरचना तत्कालै भत्काउन नसक्ने बताएको छ।, मंगलबार पत्रकार सम्मेलन गर्दै नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालले बनाएको संरचना तत्काललै भत्काउन सम्भव नरहेको बताए।, सिंहले २०६५ सालमा नेपाल सरकारसँग सम्झौता गरी जग्गा लिजमा लिएको र उक्त सम्झौतामा जग्गाको स्वरूप ब... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको बताएका छन्। , मंगलबार फेसबुकमा स्टाटस राख्दै शाहले सोमबार राति भएको गाडी तोडफोडलाई फोहोर व्यवस्थापन निष्कर्षमा पुग्न नदिन गरिएको चलखेलको रूपमा लिएको बताएका छन्। , मेयर शाहले फोहोर व्यवस्थापनप्रति आफू सुरूबा... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नियमविपरीत बनाएका नर्भिक अस्पतालको संरचना हटाउन थप समय दिने भएको छ।, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल पुगेर निरीक्षण गर्ने क्रममा अस्पतालले बनाएको संरचना हटाउन थप समय दिने बताएका हुन्।, मंगलबार दिउँसो निरीक्षण गर्न नर्भिक अस्... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंले आत्महत्या न्यूनीकरण तथा रोकथाम गर्न 'फोकल पर्सन' तोकेको छ। , आत्महत्याका घटना बढिरहेको भन्दै मंगलबार परिसरले कार्ययोजना बनाएर फोकल पर्सन तोकेको हो।, परिसरले प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टलाई फोकल पर्सन तोकेको प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी द... |
राजेश घिमिरे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीले मंगलबार भरतपुरमा भएको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा हालसालैको एक घटना सुनाए।, केही दिनअघि ४ वटा बैंक खाता ह्याक गरेको अभियोगमा समातिएका १५ वर्षे बालकलाई प्रहरीले अदालतमा उपस्थित गरायो। ती बालकले इज... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मात्रै ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंका ३०४ जना, भक्तपुरका २१ जना र ललितपुरका ७२ जना छन्।, देशध ६ हजार ३०० जनाको परिक्षण गर्दा ३९७ जनामा सं... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय मनोविज्ञान विभागले मंगलबार त्रिवि सरसफाइ कार्यक्रम आयोजना गरेको छ।, स्नातकोत्तर तहमा मनोविज्ञान पढ्ने विद्यार्थीहरु तथा विभागीय प्रमुख तथा अन्य शिक्षकहरुको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।, विद्यार्थी तथा विभागीय सदस्यहरुले मनोविज्ञान केन्द्रीय विभा... |
सेतोपाटी संवाददाता राजस्व छलीका छालाका पेटी र पर्ससहित एक जना पक्राउ परेका छन्। , काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवीबाट एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले सप्तरी राजविराज नगरपालिका-४ घर भई काठमाडौंको ठँहिटी बस्ने ४२ वर्षीय ग... |
सेतोपाटी संवाददाता प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।, भारतको राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौंको बबरमह... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १३१ जना प्रहरी नायब उपरीक्षकको सरूवा र ३४ जनाको पदस्थापन भएको छ। , मंगलबार प्रहरी प्रधान कार्यालयले १३१ जना डिएसपीको सरूवा गरेको हो।, डिएसपी अंगुर जिसीलाई प्रहरी वृत्त महाराजगन्जमा सरूवा गरेको छ। , अनिशकुमार कर्णलाई प्रहरी वृत्त मालीगाउँमा, अमरबहादुर थापा क्षेत्रीलाई नेपाल प्रहरी प्रध... |
वासुदेव पौडेल पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे। तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो। , वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौरे महिनामा तिब्बत गएर नुन र अरू साम... |
सेतोपाटी संवाददाता बर्दियाको गुलरियामा रहेको नेपाल बैंकको शाखाका प्रबन्धक (म्यानेजर) धबेन्द्र न्यौपानेमाथि रकम हिनामिना गरेको आरोप लागेको छ। , उनीमाथि बैंकको रकम हिनामिना गरी सम्पर्कविहीन भएको आरोप लागेको हो। , गत बुधबारदेखि उनी सम्पर्कविहीन भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए। उनले बैंकमा भएक... |
सेतोपाटी संवाददाता मधेश प्रदेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।, गृह तथा संचारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा गएका मन्त्रीसहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण प... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५५३ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ७८९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ४० जनाको पिसिआर र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गरि... |
सेतोपाटी संवाददाता स्याङ्जामा छ महिने छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँकी २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खन... |
रासस तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ? चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रूपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।, बागमती प्रदेशका मुख्यमन्त्री रा... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिलालाई हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , ब्युरोले कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। , उ... |
सेतोपाटी संवाददाता दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , आइतबार अपराह्न साढे ४ बजे दंगीशरण गाउँपालिका-६ श्रीगाउँमा एक पुरूषलाई करेन्ट लाग्दा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। , गोरखा आरूघाट घर भई दाङमा मिस्त्रीको काम गर्दै आएका २७ वर्षीय कृष्णबह... |
सेतोपाटी संवाददाता अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , भारतीय नागरिक ४३ वर्षीय अंकुर घनश्याम भाइ पटेललाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। , उनका अनुसार पटेल शनिबार फ्लाई दुबईको जहाजबाट दुबई जान लागेका थिए। उनले अ... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा महिलामाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई टोखा नगरपालिका-३ बस्ने २५ वर्षीय सागर दर्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर २० स्थित परोपकारमा अत्याधुनिक शौचालयमा प्रयोगमा आएको छ। , एरोशान सस्टेनेवल स्यानिटेशनको सहकार्यमा अपाङ्गमैत्री, वातावरणमैत्री र महिलामैत्री शौचालय निर्माण गरिएको हो। शनिबार उक्त वडाका वडा अध्यक्ष राजेन्द्र मानन्धरले उक्त शौचालयको उद्धघाटन गरेका हुन्।, कार्यक्रममा काठम... |
सेतोपाटी संवाददाता महोत्तरीमा एक जना ज्वाइँले मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा आगो लगाएका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भंगहा नगरपालिका-९ कन्चनवनकी रेशमादेवी सदा र उनकी छोरी प्रमिलाको शरीरमा शनिबार राती पौने १२ बजेतिर प्रमिलाका श्रीमान शंकर सदाले मट्टीतेल छर्किएर आगो लगाएका थिए।, आगोले ६५ वर्ष... |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा अरिंगालले टोकेर घाइते भएका एक युवाको मृत्यु भएको छ। , जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय सुवर्ण विकको आइतबार थप उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गणेश केसीले ,सेतोपाटी,लाई जानकारी दिए।, उनको झुल्नेटास्थित एक निजी स्वास्थ्य क्... |
सेतोपाटी संवाददाता आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ।, अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी छो... |
रासस छ महिने छोरीलाई शौचालयको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।, छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुंगा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ... |
रासस चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ। आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो।, अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो। दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ। अस्पता... |
सबिना श्रेष्ठ स्विट्जरल्यान्डका मूर्तिकला संकलक उलरिक भोन स्क्रोडर केही दिनअघि पाटनको नागबहालमा भेटिए। उनी श्री पशुवर्ण महाविहारमा बुद्ध मूर्तिको फोटो खिच्दै थिए, सँगसँगै मूर्तिको विवरण टिप्दै थिए।, सन् १९६५ मा घुम्दै फिर्दै पहिलोपटक नेपाल आइपुगेर काठमाडौंका बहाबही चहारेका उलरिकको काठमाडौं मोह यथावत छ। त्यति बेला २२ व... |
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्। , सोमबार बिहान ९:०५ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। , राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको ह... |
सेतोपाटी संवाददाता देशभर आज आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ ।, मौसमविद्का अनुसार हाल प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।, मौसमविद् सञ्जय श्रेष्ठका अनुसार हाल मनसुनको न्... |
रासस कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो। , ‘जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थाले... |
सेतोपाटी संवाददाता सरकारले बनाउन लागेको कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीको माग सम्बोधन नगरेको भन्दै प्रदर्शन गरिएको छ।, सोमबार माइतीघर मण्डलमा पूर्वसुरक्षाकर्मी परिषद् नेपाल, घाइते तथा अपांग सुरक्षाकर्मी संघ, एकल महिला तथा घाइते परिवार समूह लगायतको संयुक्त आयोजनामा प्रदर्शन भएको हो। , उनीहरूले बहाल सुरक्षाकर्मीको हौ... |
रासस अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ।, नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको–२ का वडाध्यक्ष जाहिर हुसेनले बताए। , वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले न... |
रासस कैलालीको गोदावरी नगरपालिका–२ को पानी ट्यांकी नजिकको सडक खण्डबाट प्रहरीले शुक्रबार बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ।, डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र०४–००१ च ०००६नं को बलेरो जिपको सिटमा लुकाइ राखिएको अवस्थामा एक थान बाघको छाला र हड्डीसहित बैतडी डिलासैनी गाउँपालिकाका राजेन्द्रसिंह भण्डा... |
रासस क्यानडा पठाइदिन्छु भन्दै ७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।, क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको ७ लाख लिई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन... |
सेतोपाटी संवाददाता नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ।, बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।, नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ।, An Earthquake of ml 5.... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.