content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो। , आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन्।, सक्रिय संक्रमित तीन सय ६१ जना छन्।, यस्तै,... |
रासस पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। , जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो। , चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भे... |
सेतोपाटी संवाददाता निरा आचार्यको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरी उच्च स्रोतका अनुसार निराको हत्या आरोपमा विनोद बिकलाई पक्राउ गरिएको हो।, घटना अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले विनोदलाई केही दिनअघि नै पक्राउ गरी सोधपुछ गरिरहेको बताएका छन्।, काठमाडौंको कपन, सरस्वत... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ।, पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।, अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र स... |
सेतोपाटी संवाददाता निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका विनोद बिकलाई आज काठमाडौं ल्याइँदै छ। , हिजाे दिउँसाे झापाबाट पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ। , प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ परेका विनोद बाउन्सर हुन्। निराको हत्यामा उनको... |
सेतोपाटी संवाददाता सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। , कार चालक झापा चारपानेका ४३ वर्षीय कुमार पु... |
रासस शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ। , घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो। , बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रह... |
सेतोपाटी संवाददाता महावीर पुनको धर्नामा डा. गोविन्द केसीले ऐक्यवद्धता जनाएका छन्।, आइतबार बिहान डा. केसी धर्नास्थल माइतीघर पुगेका हुन्।, पुनले ४ बुँदे माग राखेर केही दिनदेखि धर्ना जारी राखेका छन्।, धर्नास्थल पुगेर विभिन्न राजनीतिक पार्टीका नेताहरू तथा अभियन्ताहरूले ऐक्यवद्धता जनाइरहेका छन्।, धर्नास्थलमा बोल्दै पुनले अ... |
नारायण खड्का जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्।, कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।, हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना... |
सेतोपाटी संवाददाता काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। , काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थिय... |
दिपकजंग शाही सुर्खेतको लेकवेशी नगरपालिकाले २०७९ चैत १ देखि लागु हुनेगरी आफूले सेवामा लगाएका शिक्षकहरूलाई हटाएको छ। नगरपालिकाको यो निर्णयपछि रोजगारी खोसिएका शिक्षकहरूले विरोध गरे। विरोधका बावजुद् पनि नगरपालिका आफ्नो निर्णय कार्यान्वयन गर्न बाध्य भयो।, नगरपालिकाले विद्यार्थी अनुपातमा भर्ना गरिएका स्वयंसेवक, पिसिएफ र करा... |
सेतोपाटी संवाददाता काठमाडौंको कपन सरस्वतीनगरमा हत्या गरिएको निरा आचार्यको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्रकार सम्मेलन गर्ने भएको छ। , आइतबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्ने तयारी छ। , यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विनोद विकलाई झापाबाट पक्राउ गरेको छ। उनलाई आजै क... |
सेतोपाटी संवाददाता वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।, आइतबार दिउँसो साढे २ बजेतिर वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।, पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।, पर्खाल पुरानो भएको र पानी परिरहेकाले भत्किएको हुन सक्ने रिजालले ... |
नारायण खड्का वैशाख महिनामा विद्यालयहरूलाई भर्ना अभियानको प्रचारप्रसार गर्न भ्याइनभ्याइ हुन्छ। फेसबुक, पत्रिकामा विज्ञापन गर्नेदेखि घरघर पुगेर अभिभावकहरूलाई भेट्छन्।, दाङको ‘माध्यमिक विद्यालय तुलसीपुर सेन्टर’ अर्थात ‘मावि सेन्टर’ ले भने कुनै भर्ना अभियान चलाउँदैन। न त प्रचारप्रसार गर्छ।, औपचारिकता पूरा गर्न विद्यालयको ... |
युनिक श्रेष्ठ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ।, आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरेको हो।, विकले निराको हत्या गरेको स्वीकारेका छन्।, पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार वैशाख ७ गते... |
सेतोपाटी संवाददाता बोहराटारमा मृत भेटिएकी वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन्।, श्रेष्ठ शनिबार बोहराटारमा रहेको डाक्टर ढकालको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।, प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरका अनुसार उनले छोडेको सुसाइड नोटक... |
सेतोपाटी संवाददाता बुटवलका ३५ जना महिला अटोरिक्सा चालकलाई सम्मान गरिएको छ। महिलाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्न बुटवल उपमहानगरपालिकाले इरिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको हो।, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको... |
सेतोपाटी संवाददाता शिक्षक सरूवा गरेपपछि रूष्ट विद्यार्थीले तुलसीपुर नाराबाजी गर्दै उपमहानगरपालिका घेराउ गरेका छन्।, तुलसीपुर १४ स्थित बालमितेरी भोजपुरबाट आएका विद्यार्थीले आइतबार मनपरी शिक्षक सरूवा गरेर पठनपाठन प्रभावित गरेको भन्दै उपमहानगरपालिका घेराउ गरेका हुन्।, उपमहानगरपालिकाले विद्यालयका तीन शिक्षकहरू टंक केसी, ... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लाकै विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको दाबी गरेको छ।, यसपालि समयमै सबै विद्यालयका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको मन्त्रालयले जानकारी दिएको छ।, आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहसचिव दीपक शर्माले सबै विद्यार्थील... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा रूखमा झुन्डिएको अवस्थामा मानव कंकाल भेटिएको छ।, शुक्लाफाँटा नगरपालिका-११ कालिका सामुदायिक वनमा आइतबार कंकाल भेटिएको प्रहरीले जनाएको छ।, कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, प्रहरीका अनुसार घटनास्थल नजिक चप्पल र टोपी भेटिएको छ। घटनाब... |
रासस सङ्खुवासभामा मकालु गाउँपालिका-३ र ५ मा निर्माणाधीन नौ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ।, आज बिहान करिब ८ बजे अरूण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरूण नदी थुनिएको थियो। पहिराले थुनिएको अरूण नदी विस्तारै ड्याम माथिबाट बग्न थ... |
सेतोपाटी संवाददाता एक जना किशोरीलाई ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि योनशोषण गरेको अभियोगमा विराटनगरका एक जना व्यवसायी पक्राउ परेका छन्।, अहिले २० वर्ष पुगेकी ती किशोरी १५ वर्षको हुँदादेखि जबरजस्ती गर्दै आएको अभियोगमा विराटनगर-६ का ३० वर्षीय मोहम्मद रिजवान अन्सारी पक्राउ परेका हुन्। पक्राउ परेका अन्सारीको विराटनगरमा चस्म... |
नारायण खड्का रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनामा परी थप नौ जना घाइते भएका छन्।, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी श्याम सरू मगरले जानकारी दिए।, उनका अनुसार गंगादेव गाउँपालिका वडा नम्बर २ ओइलामका १५ वर्षीय तिलक वलीको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनाका घ... |
सेतोपाटी संवाददाता गुल्मीको रिडी–तम्घास सडकखण्ड अन्तर्गत पानीट्यांकी ठूलोढुंगामा वैशाख १५ गतेदेखि निश्चित समय तोकेर गाडी चलाइने भएको छ।, उक्त स्थानमा बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म, दिउँसो ३ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म र राती १०ः०० बजेदेखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन का... |
सेतोपाटी संवाददाता ललितपुरमा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। , पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र का... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार १० मिनेटको अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। , शुक्रबार बिहान साढे १० बजे सरकारी तथा सार्वजनिक कार्यालयमा १० मिनेट सरसफाइको अभियान सञ्चालन गर्न अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।, मन्त्रालयले बिहीबार एक सार्वजनि... |
सेतोपाटी संवाददाता छुट्टाछुट्टै दुर्घटनामा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ।, पाल्पाका फरक-फरक स्थानमा एक जना भिरबाट लडेर र अर्काे एक जनाको नदीमा डुबेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका वडा नंं ७ खहरे खोलाका ४० वर्षीय केशवबहादुर बुढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर ... |
सेतोपाटी संवाददाता उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार मंगलबार शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा पक्राउ परेका हुन्।, शाखा अधिकृत घिमिरे र कार्... |
सेतोपाटी संवाददाता बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। , राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो। , बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९ म्याग्निच्यूडको र १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।, बडिमालिका न... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत पहाडी भु-भागहरुमा आँशिक बदली रहि बाँकि भु-भागहरुको मौसम सामान्यतया सफा रहेको छ। , आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भा... |
रासस भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो छन्। , गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो। , मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रह... |
नवीनबाबु गुरूङ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग राखेर माइतीघरमा धर्ना थालेका छन्। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर सुरू गरिएको हो। , भेलामा सहभागीहरूले आविष्कारका क्षेत्रमा काम गर्न माग गरिएका विभिन्न ... |
रासस गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। , इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए। , उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ल... |
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन्। , ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन्। पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन्। यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारी... |
नवीनबाबु गुरूङ ललितपुरको ग्वार्को चोकमा अहिले फ्लाइ ओभर बनाउने काम धमाधम भइरहेको छ। फ्लाइ ओभर बनाउन थालेपछि उक्त क्षेत्रमा सवारी जाम बढ्न थालेको छ। फ्लाइ ओभरको काम गत मंसिरदेखि सुरू भएको हो। , फ्लाइ ओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवा... |
सेतोपाटी संवाददाता सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई टाइ अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ।, बिहीबार महानगरले सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि विद्यार्थीलाई टाइ अनिवार्य नगर्न निर्देशन दिएको महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।, उनका अनुसार महान... |
नवीनबाबु गुरूङ गत शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका 'भिक्टोरिया क्रस' विजेता क्याप्टेन रामबहादुर लिम्बूलाई ब्रिटिश गोर्खाले विशेष सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेको छ। , ललितपुरको मानभवनस्थित ब्रिटिश क्याम्पमा ब्रिटिश गोर्खा काठमाडौंले आयोजना गरेको कार्यक्रममा भिसी लिम्बूलाई श्रद्धाञ्जली ... |
रासस नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोेकेको छ।, नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, उनी प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्ष... |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेका चालक दिलबहादुर थापा अझै भेन्टिलेटरमा छन्।, गत वैशाख ४ गते चितवनको भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।, उपचारका संलग्न चिकित्सकका अनुसार थापाको स्वास्थ्य अवस्था अहिले पनि चिन... |
सेतोपाटी संवाददाता नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटना परी घाइते भएकी छन्।, शुक्रबार दुर्घटनामा घाइते भएकी सिंहको अहिले काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।, बिहान साढे १० बजे कोटेश्वरमा उनले चलाएको स्कुटर* र अर्को स्कुटरमा ठोक्किएको थियो।, ‘बिहान... |
राजेश घिमिरे नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणका लागि पहरो फुटाउन विष्फोटक पदार्थ खरिद गर्नेसम्बन्धी फाइल भारतीय दूतावासमा पुगेको छ। , यो सडक खण्डको तुइन र चिसेन्जी खोलामा नयाँ पुल निर्माणका लागि कडा चट्टानसहितको पहरो फोर्न विष्फोटक पदार्थ खरिद गर्न लागिएको हो।, नारायणगढ–मुग्लिन सडक आयोजनाले कठिन भौगोलिक बनावट रहेका ... |
सरिशा अछामी गत आइतबार साँझ भुकटीमण्डपको राष्ट्रिय अपांग कोषको परिसरभित्र भेटिए, ५५ वर्षीय साइँला कैती। उनी प्लास्टरको खुट्टा मेसिनमा घोट्दै थिए। एकैछिनमा प्लास्टरको खुट्टाले चिटिक्कको आकार लियो। झट्ट हेर्दा त्यो मान्छेकै खुट्टाजस्तो देखिन्थ्यो। , साइँलाले यसरी कृत्रिम खुट्टा बनाउन थालेको साढे तीन दशक बितिसकेको छ। अनुभ... |
राजु अधिकारी विराटनगर-१४ का २४ वर्षीय किसन अग्रवाल शुक्रबार मोरङ जिल्ला प्रशासन कार्यालय अघि भेटिए। उनी आफूजस्तै अरू धेरै साथीहरूसँगै यतिका समयसम्म अनागरिक बनाउने राज्यविरूद्ध धर्नामा उत्रिएका हुन्।, ‘नेपालमा जन्मिनु नै मेरो दुर्भाग्य भयो, यहाँ बेकार जन्मेछुजस्तो लाग्न थालेको छ’, उनले भने,‘एउटा नागरिकता पनि नदिने देश... |
सेतोपाटी संवाददाता बाजुरामा ट्र्याक्टरको टायरले च्यापिएर एक जनाको मृत्यु भएको छ। , बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावतको टायरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवेन्द्र बोहराले जानकारी दिए।, सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्र्याक्टरमा चढ्ने क्रममा ट्र्याक्... |
सेतोपाटी संवाददाता १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ। , गृह मन्त्रालयको बढुवा समितिको बैठकले शुक्रबार १८ जना एसपीलाई बढुवा गर्न सिफारिस गरेको हो। , बढुवामा पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्रबहादुर खत्री, तेस्रोमा विष्णुकुमार केसी र चौथोमा सानुराम भ... |
रासस गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ।, नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्... |
सेतोपाटी संवाददाता कपनकाे सरस्वतीनगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ। , वैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट भएको हत्याबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले जानकारी दिए। , उनका अन... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।, दिउँसाे पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागकाे मौसम सामान्य... |
रासस ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। , सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो। , इलाका प्रहरी कार्यालय ते... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।, दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश ल... |
सेतोपाटी संवाददाता युवा उद्यमी हरि भट्टराई र उनको टिमले स्थापना गरेको इ-विद्या मोबाइल एप्लिकेसनले ७५ भन्दा बढी विषयमा विद्यार्थीलाई भिडिओ उपलब्ध गराउँदै आएको छ।, एप्लिकेसनमा आधारित विद्युतीय सिकाइको मञ्च इ–विद्यामा प्रयोगकर्ताले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संका... |
रासस तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। , स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।, स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौत... |
गोपालप्रसाद बराल घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरू भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको संकट बढेको छ।, गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ। , ‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन... |
सेतोपाटी संवाददाता नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा ७७ जिल्लामा पुस्तक पुगिसकेको छ।, मंगलबारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्धक अनिलकुमार झाले बताए।, ‘अलिअलि अपुग भएका जिल्लामा आगामी शुक्रबारसम्म पुस्तक पुगिसक्छ,ʼ उनले भने।, अब ५ लाख थान पुस्तक जाने अनुमान गरेको उ... |
सेतोपाटी संवाददाता इजरायल पठाउने लोभ देखाएर मोटो रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। , झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल मंगलबार पक्राउ परेकी हुन्। , उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट पक्राउ गरेको हो।, उनीमाथि वैदेशिक रोजगारीका... |
युनिक श्रेष्ठ कपनको सरस्वतीनगर काठमाडौंको व्यस्त क्षेत्रमध्ये पर्छ। , दैनिक हजारौं सवारीसाधन र मानिसहरू ओहोरदोहोर, हरेकजसो घरमा पसल भएको सरस्वतीनगरमा ‘निरू किचन’ पनि छ। , निरू किचनमा गत बिहीबार दिउँसो साढे ३ बजे एक महिलाको शव फेला पर्यो। शव पसलकी सञ्चालक निरा आचार्यको थियो।, बागलुङ बडीगाड गाउँपालिका घर भई सरस्वतीनगरम... |
सेतोपाटी संवाददाता अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापदन तथा नियमन महाशाखाले चासो देखाएको छ।, सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई आज परिपत्र गर्दै महाशाखाले अस्पतालहरूले पार्किङ शुल्क लिइरहेकोबारे गुनासा प्राप्त भएको उल्लेख गरेको छ।, स्वा... |
सेतोपाटी संवाददाता एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरूद्ध चिकित्सकहरूले प्रदर्शन गरेका छन्।, बुधबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको ... |
सेतोपाटी संवाददाता अजरबैजानमा अलपत्र पारेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , अजरबैजान पुर्याएर अलपत्र पारेर ठगेको आरोपमा एक जनालाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रवक्ता एसपी कृष्ण पंगेनीले जानकारी दिए।, ब्युरोले दाङ लमही नगरपालिका-५ बस्ने २५ वर्षीय भिमकुमार सुनारलाई ... |
सुसन चौधरी वकिलसँग कानुनका कुरा, , अचेल काठमाडौंमात्र होइन सबै साना ठूला सहरमा सिंगो घर, कोठा वा फ्ल्याट भाडामा लिएर बसोबास गर्नेहरू बढेको बढ्यै छन्। , ती व्यक्ति घरबेटीले तोकेको निश्चित भाडा तिरेर बसेका हुन्छन्। व्यक्तिगत वा व्यावसायिक प्रयोजनको लागि बहालमा बस्ने व्यक्ति र घरबेटीबीच मौखिक सम्झौता हुने चलन धेरै छ। तर ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन भएको छ। , प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका १३ जना प्रहरीको बुधबार पदस्थापन गरेको हो। , डिआइजी कुवेर कडायतलाई प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ। , के... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो। , यसैगरी आज एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ।, सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ। उपचारपछि आज ६५ जना घर फर... |
सेतोपाटी संवाददाता काठमाडौंमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौंको दक्षिणढोका ट्राय... |
युवराज श्रेष्ठ तपाईंहरूले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जीवनी पढ्नुभएको छ भने उनीसँग जोडिएका एक घाँसीबारे सुन्नुभएकै होला।, उनको नाउँ हामीलाई थाहा छैन, तर भानुभक्तलाई आदिकवि भानुभक्त बनाउनमा ती घाँसीको ठूलो प्रेरणा थियो भनेर भनिन्छ।, कथाअनुसार एकदिन भानुभक्त ससुराली जाँदै गर्दा बाटोमा घाँसीसँग भेट भएछ। उनले द... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरुमा सामान्य देखि आँशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम आन्शिक बदली देखि समान्यतया सफा रहेको छ।, आज दिउँसो सुदूरपश्... |
सेतोपाटी संवाददाता मोरङको विराटनगर महानगरपालिका १ स्थित नोबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको छ।,
,
मंगलबार इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले गाँजासहित नियन्त्रणमा ... |
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ।, बिहीबारको गोरखापत्रका सूचना प्रकाशित गर्दै मन्त्रालयले सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि इजाजतपत्र लिएर नविकरण नगर्ने ३३ निर्माण व्यवसायी कम्पनीले इजाजतपत्र स्वतः खारेज गरिएको जानकारी दिएको छ। , नि... |
सेतोपाटी संवाददाता गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। , गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठे जाँदै गरेको लु १ च ९९११ न को डबल क्याप जिप गएराति करिब पौने १० बजे मालिका गाउँपालिका–२ खल्टिङ खोलामा दुर्घटना हुँदा जिपका सहचालकको मृत्यु भएको हो। , प्रहरीका अनुसार जिपको ब्रेक फेल भई सडकबाट १५० मिटर तल ... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।, वैशाख ५ गतेदेखि किसानसँग सम्बन्धित विभिन्न माग राखेर आमरण अनशन बसेका घिमिरेको जीवनरक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएको आयोगमा प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए। , उनका अनुसार नुवाकोट ककनीका घिम... |
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने भएका छन्।, भोलि (शुक्रबार) बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने उनले बताएका छन्।, बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले माग पूरा नभएस... |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ।, बिहीबार महानगरले बालाजुमा रहेको कोत:धुकु आयल स्टोर सिल गरेको नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।, उनका अनुसार पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको हो।, केही समयअघि महानगरले सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल प... |
रासस बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन्। , पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए। , गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोप... |
रासस काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ। , प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ सङ्गठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी कामपा शिक्षा विभागमा आएकाले अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न निर... |
नवीनबाबु गुरूङ काठमाडौंको कपन सरस्वतीनगरकी निरा आचार्यको हत्यामा अभियुक्तलाई पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्। , गत बिहीबार ‘निरू किचेन’ की सञ्चालक ३५ वर्षीया आचार्यको पसलभित्रै अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो। निराको हत्या भएपछि कपनका व्यवसायी र स्थानीयले प्रदर्शन गरिरहेका... |
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।, मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नम्बरको गाडीको ठक्करबाट बालक आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए।, दुर्घटनापछि सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ... |
रासस महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आइतबार दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आइतबार दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारूल मोमिन, इलझारूल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा आगलागी भएको हो।, ... |
नारायण खड्का दाङमा पाँच वर्षीया बालिकालाई ठक्कर दिएर फरार भएका एक जना अटो चालक झन्डै एक महिनापछि पक्राउ परेका छन्।, ती बालिकाको भैरहवामा उपचारका क्रममा गत चैत २० गते मृत्यु भएको थियो।, बालिकालाई ठक्कर दिने अटोका चालक घोराही–१२ गुर्जेका २६ वर्षीय सुवास सुनारलाई भारतबाट पक्राउ गरी दाङ ल्याइएको प्रहरीले जनाएको छ।, अटोको ... |
रासस काठमाडौंमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भएको छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ।, रातिको समयमा पनि बदली र वर्षाको सम्भावना छ। त्यस्तै देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुनाका साथै उ... |
रासस १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। , विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। , जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।, विसं २०५९ असोजमा संसद... |
निशा भण्डारी सुदूरपश्चिममा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एउटा नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ।, आइतबार साँझ साढे ५ बजे उक्त बाघलाई जावलाखेलस्थित चिडियाखाना ल्याइएको हो। उद्धार गरिएको पोथी बाघ अन्दाजी ५ वर्षको छ। , कञ्चनपुर बेलौरी नगरपालिका-८ पथुइ गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा गत शु... |
एजेन्सी आइतबार भारतीय राज्य पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई असमको जेलमा राखिएको छ। आइतबार बिहान पक्राउ परेका सिंहलाई सुरक्षाकर्मीले दिउँसो २८ सय किलोमिटर टाढाको असमस्थित डिब्रुगढ जेलमा पुर्याएको बिबिसी हिन्दीले जनाएको छ।, उनलाई जहाजबाट असम पुर्याइएको थियो भने विमानस्थलबाट जेलसम्म लैजाँदा सुरक्षा व्यवस्था निकै ... |
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ।, काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ। पेशी चाैथाै नम्बरमा छ।, यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्... |
सेतोपाटी संवाददाता स्थानीय वायु र पश्चिमी वायुका कारण आज देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहको छ। , मौसमविद् गोविन्द कुमार झाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइहेको छ। , काठमाडौं उपत्यकामा आइतबारदेखि नै पानी परिरहेको छ। माैसमविद् झाले आज दिनभरि नै बा... |
रासस सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन्।, जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो।, काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार कित्ता जग्गालाई भू–... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ।, जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो।, त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वय... |
भगवती पाण्डे रूपन्देही तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया बुटवल ६ लेन सडक क्षेत्रमा फ्री वाईफाई जडान गरेको छ।, फ्री वाईफाई सेवाको सोमबार बिहान नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरीदेवी चौधरीले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहकार्यमा बुटवल र तिलोत्तमाको स... |
रासस गोेरखा जिल्ला अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। , जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी ना... |
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। , मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो। , मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्... |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले १५ दिनपछि सिंहदरबारको फोहोर उठाएको छ।, शुक्रबार सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहाेर व्यवस्थापनको जिम्मा लिएको परिवर्तन नेपालका व्यवस्थापक मित्र घिमिरेलाई आज फाेहोर उठाउन निर्देशन दिएका थिए। , मेयर बालेनको निर्देशनपछि सिंहरदरबारको फ... |
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले अन्तिम बहस सुरू गरेको छ।, न्यायाधीश दीपक ढकालको इजलासमा बहस सुरू भएको लामिछानेका वकिल मुरारी सापकोटाले जानकारी दिए।, अन्तिम बहसको सुरूवात सरकारी वकिलले गरिरहेका छन्। त्यसपछि पिडितका निजी वकिलहरूको बहस... |
शोभा शर्मा नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम सुनुवाई थालेका जिल्ला न्यायाधीश दिपक ढकालले पाँच जना वकिलको बहस सुनेपछि यो मुद्दा आफूले हेर्न नभ्याउने जनाउ दिएका छन्।, बहस सुरू भएकै दिन सकिएन र अरू वकिलको सुन्न बाँकी रह्यो भने हेर्दा हेर्दैलाई अर्को दिन पेशी राख्ने अभ्यास ... |
सेतोपाटी संवाददाता दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन्।, सोमबार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको विश्वासको मतमाथि प्रदेशसभा भित्र मतदान भइरहँदा प्रदेशसभा भव... |
नवीनबाबु गुरूङ वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ।, चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजाने साइत अनुसार आज अपराह्न रथ तानिएको हो।, उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका... |
सेतोपाटी संवाददाता फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्। , सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० बजे उडेपछि फ्लाई दुबईको एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो। , त्यसपछि उक्त जहाज नेपालमै अवतरण गर्ने कि ... |
सेतोपाटी संवाददाता फ्लाई दुबईको जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुन: दुबई तर्फ प्रस्थान गरेको छ। , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्थान भएको जानकारी दिएका हुन्।, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता ... |
सेतोपाटी संवाददाता काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास गरिँदैछ।, त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्यले जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको जानकारी दिए।, फ्लाई दुबईको एफजेड ५७६ नम्बरको जहाज ९ बजेर २० मि... |
दीपक श्रेष्ठ गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पको आज आठ वर्ष पूरा भएको छ।, विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए।, भूकम्पमा परी गोरखाका मात्र चार सय ७१ जनाको निधन भएको थियो... |
डा. सञ्जीता शर्मा आँखा हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्त्व छ। आँखामा विभिन्न खाले समस्याहरू देखापर्छन्। त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ। गर्मीमा आँखा पाक्ने, चिलाउने र आखा पोल्ने समस्याले बढी सताउँछ।, आँखा पाक्ने... |
रासस बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।, राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए।, स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो। उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्ट... |
सेतोपाटी संवाददाता शनिबार दिउँसो विराटनगरमा भएको प्रहरी र पहिचानवादी आन्दोलनकारीको झडप क्रममा प्रहरी लक्षित गरी पेट्रोल बम प्रहार भएको छ। , मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार कोशी नाम खारेजीविरूद्ध आन्दोलनमा उत्रेका आन्दोलदनकारीले प्रहरी लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन्।, ‘आन्दोलनकारीले पेट्रोल बम प्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.