content
stringlengths
20
64.1k
रासस विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् ।, चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन्। , चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन्। , आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ। ,...
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका उपभोक्ता समितिका अध्यक्षसहित तीन जना घुस रकम सहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार वडा नम्बर ३ स्थित राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहनप्रसाद कुइकेल र बालुवा डिपो संचालक सुशान्त कुँइके...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट डिजेल चोरी आरोपमा पक्राउ परेका कारधनीसहित तीन जनालाई बुधबार जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ।, कारधनीसहित तीनै जनालाई जनही २० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएपछि तोकेका धरौटी बुझाएर उनीहरू छुटेको इलाका प्रहर...
सेतोपाटी संवाददाता प्रहरीले जुवा खेलिरहेका सात जनालाई झन्डै एक लाख रूपैयाँ नगदसहित पक्राउ गरेको छ। , दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित स्युजाली होटल एन्ड लजमा ९२ हजार रूपैयाँभन्दा बढी रकमसहित सात जना पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा होटल सञ्चालक घोराही– १७ का ४७ वर्षीय माधव गैरे, बंगलाचुली गाउँपाल...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन्। उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँथे।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुस...
सेतोपाटी संवाददाता मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ।, त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।, यो क्रम आज दिनभरि नै चल्ने महाशाखाक...
सबिना श्रेष्ठ अमेरिका बस्ने कशिशदास श्रेष्ठलाई नेपाल सम्झिँदा सुर्ता लाग्छ।, 'काठमाडौंको हावा–पानी विषाक्त छ। फलफूल, खानेकुरा सबै अस्वस्थकर छ। यस्तो हुँदैछ भनेर हामीलाई धेरै अघिबाट थाहा थियो। हामीले धेरै कुरा गर्न सक्थ्यौं तर केही गरेनौं। हामीले काठमाडौंको अस्तित्व जोगाउनै सकेनौं।', यस्ता यावत कुरा सम्झिएर 'एन्जाइटी' ...
रासस बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।, निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन्। , निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुध...
रासस दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ।, नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। , मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर...
रासस सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ। , रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी भर्ना भएका छन्। सो विद्यालयमा धान्ने मुस्किल हुने गरी विद्यार्थीको चाप बढेको छ।, यहाँ नर्सरीदेखि ...
रासस काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ। , महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्य...
रासस आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन्। बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन्।, आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदमम...
रासस कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन्। , रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए। , खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेक...
सेतोपाटी संवाददाता २२७ किलो गाँजासहित दुई जनालाई सशस्त्र प्रहरी बल (एपिएफ)ले पक्राउ गरेको छ। , सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारास्थित कोशी राजमार्गबाट बिहीबार दुई जनालाई पक्राउ गरेको एपिएफका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले धनकुटाबाट इटहरी जाँदै गरे...
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा केही दिनदेखि वर्षा भइरहेको छ।, लगातार पानी परिरहेकोले सर्वसाधारणलाई हिँडडुल गर्न समेत गाह्रो भइरहेको छ।, मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ।, त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोश...
राजु अधिकारी सडकले सुविधा दिन्छ कि सास्ती? विकासको आधारभूत सर्त मानिने सडकले सुविधा दिने दिनुपर्ने हो तर हुलाकी राजमार्ग क्षेत्रमा पर्ने यस्ता धेरै ठाउँ छन्, जहाँ सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेको छ।, मोरङ जिल्लाका ५ वटा स्थानीय तहका सर्वसाधारणका लागि वर्षौंदेखि हुलाकी सडक सास्ती बनेर उपस्थित छ। झ...
रासस प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।,    , ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिल...
सेतोपाटी संवाददाता यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज यहाँ एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय (जेठ १८ देखि असोज १३ गते) को हावापानी आकलन प्रक्षेपण गरेको हो।, विभागले सन् २०१३ देखि हरेक ...
रासस नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।, अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।, उक्त मुद्दा जिल्ला प्रहरी परिस...
रासस विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ। , पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएका छ बालबालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको त...
सेतोपाटी संवाददाता बैतडीमा गिट्टीका थुप्रोमा भेटिएको शरीरबिनाको टाउको कसको भन्ने पहिचान हुन सकेको छैन।, पाटनमा गत आइतबार सडक निर्माणका लागि ल्याएको गिट्टीको थुप्रोमा फेला परेको मानिसको टाउको कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।, सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा टाउको फेला परेपछि प्रहरीले पहिचा...
सुसन चौधरी के तपाईं आफ्नै व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? आफ्नो कम्पनी दर्ता कसरी गर्ने भन्ने अलमलमा पनि हुनुहुन्छ कि?, कम्पनी दर्ता गर्न कहाँ जानुपर्ने र के गर्नुपर्ने हो भन्ने धेरैलाई थाहा हुँदैन। , वकिलसँग कानुनका कुराको आठौं शृंखलामा हामीले प्राइभेट कम्पनी खोल्न चाहनेलाई आवश्यक जानकारी समेट्न खोजेका छौं।, कम्पनी दर...
सेतोपाटी संवाददाता काठमाडौं महानगररपालिकाले कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएको छ। , नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने महानगर स्रोतले जनाएको छ।, निलम्बनमा पर्न लागेका हवल्दार प्रयास घिमिरे उपमेयर सुनिता डंगोलका पूर्व पिएसओ हुन्।...
सेतोपाटी संवाददाता झापामा भन्सार छलेर ल्याएका झन्डै २३ लाख बराबरको सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , मेचिनगर नगरपालिका-६ स्थित काली खोला छेउमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकबाट प्रहरीले झन्डै २३ लाख बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। , ट्रकका चाल...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , चरित्र हत्या आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।, पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङ छन्। उनलाई चितवन प्रहर...
रासस धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे। अहिले उनले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन्। यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ।, ‘एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्‍यो। चालु आर्थिक वर्षको योजना कार्या...
सेतोपाटी संवाददाता बलात्कार आरोपमा दाङको तुलसीपुरबाट एक किशोर पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल बबई गाउँपालिका–६ स्थित मामा घरमा बस्दै आएका १६ वर्षीय किशोर पक्राउ परेका हुन्। , तुलसीपुर– ६ की एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको उजुरीका आधारमा मंगलबार ती किशोर पक्राउ परेका हुन्। , इलाका ...
सेतोपाटी संवाददाता रुपन्देहीमा २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन्।, जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्।, रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश जानेहरूले उतैको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेका हुन्।, २०६८ सालमा तिलोत्तमा...
सेतोपाटी संवाददाता तनहुँमा ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। , बुधबार बिहान बन्दिपुर गाउँपालिका-५ पृथ्वीराजमार्गको आबुखैरेनी-डुम्रे सडकखण्डमा दुर्घटना भएको हो।, दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले जानकारी दिए। घाइतेको अस्पतालमा उपचार जारी छ।, ना ४ ख १९७३ नम्...
नारायण खड्का बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट डिजेल चोरी आरोपमा पक्राउ परेका कारधनीसहित तीन जनालाई बुधबार अदालत पेश गरिँदै छ।  , प्रहरीले डिजेल चोरीमा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका १८ वर्षकै  विशाल रावतलाई चैत २२ गते बिहान २ बजे तेल चोरी गर्दागर्दै नियन्...
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा फेरि सडक भासिएको छ।, बुधबार सडकमा भ्वाङ परेपछि दुबैतर्फ सडक अवरूद्ध भएको छ।, बुधबार मध्याह्न १२ बजेतिर फेरि भासिएको धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी दिए। , ‘अहिले बाटो पूर्ण रूपमा अवरूद्ध छ,’ उनले भने।, सोमबार पनि गणेशखोला पुलको मुखमा सडक भासिएको थियो। सडक भासिएपछि १६ ...
सेतोपाटी संवाददाता राप्ती राजमार्गअन्तर्गत सल्यानको बाङ्गेलाखुरीदेखि पेदीखोला सडक खण्ड दैनिक दस घन्टा बन्द हुने भएको छ।, जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि देखि वैशाख २७ गतेसम्म उक्त सडक खण्ड दैनिक दस घन्टा बन्द गरिएको जानकारी दिएको छ। , सल्यानका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले हरेकदिन बिहान ११ बजेदेखि दिउ...
सेतोपाटी संवाददाता दार्चुलामा हिमपहिरोमा पुरिएका तीन जनाको शव फेला परेको छ। , व्यास गाउँपालिका-१मा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , बुधबार दिउँसो एक पुरूष र दुई महिलाको शव फेला परेको हो। , शव निकाल्ने प्रयास भ...
रासस मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ। , मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरीका अनुसार विशेष सूचनाका आधारमा ज...
सेतोपाटी संवाददाता नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनाबारे बुझ्न प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई बोलाएको छ। , प्रहरीले बोलाएपछि बुधबार उनी जिल्‍ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , ‘उहाँ उपस्थित हुनुभएको छ,’ उनले भने। , उनी २०७८ साउन २७ गत...
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा परेको खाल्डो पुरिएको छ। , बुधबार मध्याह्न १२ बजेतिर परेको खाल्डो पुरेर पौने २ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी दिए। , ‘अहिले बाटो  एकतर्फी रूपमा खुलेको छ,’ उनले भने।, सोमबार  गणेशखोला पुलको मुखमा सडक भासिएको थियो। सडक भासिएपछि १६ घण...
सेतोपाटी संवाददाता तनहुँमा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।, बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पास्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका थिए।, तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनमा उपचार गर...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा यार्सागुम्वा संकलनका लागि गएका पाँच जनाको मृत्यु भएको छ।, हिमपहिरोमा परेर र चिसोले कठ्यांङ्ग्रिएर हिमाली क्षेत्रमा यार्सागुम्वा संकलनका लागी गएका दार्चुला ३ र बझाङका २ गरी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै बझाङमा एक र दार्चुलामा २ गरी तीन जना अझै बेपत्ता रहेको प्रहरीले ज...
रासस पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ ।, कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए ।, परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविर...
सेतोपाटी संवाददाता प्रहरीले अवैध लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेकाे छ।, इलाका प्रहरी कार्यालय लम्कीले कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ९ सोनपुरबाट अवैध लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेकाे हाे।, इप्रका लम्कीका प्रहरी निरीक्षक शंकर खड्का अनुसार पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालि...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।, पौडेलले शिक्षक सरूवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।, अख्तियार दुरूपयोग अनुस...
रासस गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरूआत गरेको छ ।, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरू गरिएको हो । , गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट ...
रासस सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । , भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा वि...
सेतोपाटी संवाददाता प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै  व्यक्तिगत अभिलेख राखिने भएको छ। , राष्ट्रिय कितावखाना र बागमती प्रदेश सरकारबीच बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारी अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो।, संघीयता कार्यान्वयन तथा ...
सेतोपाटी संवाददाता काठमाडौंको ताम्सिपाखास्थित ताम्सिपाखा हिति र सँगैको मन्दिर जीर्णोद्धारमा कंक्रिट लगायतका आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।, वडा कार्यालयले सम्पदा जोगाउने नाममा आधुनिक निर्माण सामग्री प्रयोग गरेर विनाश गरिरहेको स्थानीय राजेन्द्र रजकले बताए।, ‘पुरातात्विक सम्पदा नि...
सेतोपाटी संवाददाता नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ।, वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने भएकाले निर्वाचन हुने समय भन्दा ४८ घण्टाअघि वैशाख १९ गते बेलुका ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म सीमा बन्द भएको बाँकेका सहायक प्रमुख जिल्ल...
युनिक श्रेष्ठ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा अहिलेसम्म ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। , झापा, दाङलगायत विभिन्न ठाउँमा रहेका नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले करोडौं रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो। , प्रहरीले यो प...
सेतोपाटी संवाददाता काठमाडौंमा चट्याङ लागेर एक जना पुरूषको मृत्यु भएको छ। , बुधबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , मृतक मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ हुन्। , उनी मिस्त्रीको काम ...
नारायण खड्का गुल्मीको मुसिकोट नगरपालिका–७ न्वारामा ५८ वर्षीया होटल व्यवसायी गंगादेवी शेरचनको हत्यामा संलग्न रहेका आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको  छ। , बाग्लुङको बडीगाड गाउँपालिका–३ सीमाखानी घर भए पनि उनले गुल्मीको दमखोला पुल नजिकै भाडामा एक्लै लामो समयदेखि होटल सञ्चालन गर्दै आएकी थिइन्। उनको हत्या गर...
सेतोपाटी संवाददाता सञ्चार क्षेत्रमा चुनौती बढिरहेको सरोकारवालाहरूले बताएका छन्।, सामुदायिक रेडियो प्रसारक संघ अकोराबले ललितपुरमा गरेको कार्यक्रममा बोलेका सरोकारवालाहरूले चुनौती छिचोलेर अघि बढ्न सञ्चार क्षेत्र सक्नुपर्नेमा जोड दिए।, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले पुराना कानून र सामाजिक सञ्जालक...
सेतोपाटी संवाददाता कञ्चनपुरमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।, मंगलबार बिहान पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खड्का बुवाको हत्या आरोपमा पक्राउ परेका हुन्।, प्रहरीका अनुसार घरायसी विवादका कारण सोमबार राति गणेशले ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरेका थिए।, बुवाको हत्या गरे...
सेतोपाटी संवाददाता तनहुँको दमौलीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।, सो शिविरबाट ७ हजार ६ सय ४२ जनाले लाभ लिएको आयोजक संस्था सेभ द हार्टका महासचिव शेरबहादुर रानाले जानकारी दिए।, मुटु जोगाऊँ, काठमाडौं र व्यास नगरपालिकाको संयुक्त आयोजनामा दमौलीस्थित् बालमन्दिर माध्यमिक विद्यालयमा सम्पन्न शिविरबाट निः...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा दुई विषयसम्म फेला हुने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन्। , ग्रेड वृद्धि परीक्षा वैशाख २९ र ३० गते हुने धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ।, परीक्षामा एक र दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले वैशाख २९ र ३० गते ग्...
युनिक श्रेष्ठ पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ। , नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। , उनलाई जिल्ला प्रहरी परिसर ललितपुरसँग...
सेतोपाटी संवाददाता प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ।, नर्स अनुमा श्रेष्ठले ढकालको घर बोहराटारमा आत्महत्या गरेकी थिइन्। श्रेष्ठका परिवारका सदस्यले डा. ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए।, डा. ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जान...
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। , घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। , अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।, आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। , सभापति लामिछाने चुनावी प...
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु)को मंगलबार नै अन्त्येष्टि गरिने भएको छ।, रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई केहीबेरपछि पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने उनले बताए।, ‘परिव...
नारायण खड्का बर्दियाको राजापुर नगरपालिका–२ की रविना चौधरीको बिहे भएको भर्खर एक वर्ष पुगेको थियो। २०५८ साल फागुन २३ मा उनका २१ वर्षीय श्रीमान क्रिमकुमार चौधरीलाई सरकारी सुरक्षा फौजले लग्यो।, रविनाका अनुसार नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कक्षा १२ पढ्थे क्रिम। उनलाई डेराबाटै सरकारी सुरक्षा फौजले लगेको थियो।, ...
सेतोपाटी संवाददाता पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। , नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। , मंगलबार बिहान ललितपु...
सेतोपाटी संवाददाता सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ।, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध ...
सेतोपाटी संवाददाता दार्चुलामा मंगलबार हिमपहिरो गएको छ।  , मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ।, सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो...
रासस  , काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन्। , विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् ।  , पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भ...
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालयका काठमाडौं सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरूद्ध एक करोड १५ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , भट्टराईले गैरकानुनी रूप...
रासस यो काफल फल्ने सिजन हो। मध्य र पहाडी क्षेत्रका वन जंगलमा अहिले काफल पाकिरहेको छ। पहाडी जंगलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ।, नेपालगन्ज, कोहलपुर लगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ। , काफल बिक्रीमा दैनिक रु दुई हजार आम्दानी हुने गरेको किसानहरू बताउँछन्।, रोल्पाबाट द...
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार अन्त्येष्टि गरिने भएको छ।, रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई भोलि पाटन अस्पतालमा लगेर पोष्टमर्टम गरी बिहान १० बजे अन्त्येष्टि गरिने उनले जानकारी दिए।, पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त...
सेतोपाटी संवाददाता बझाङमा एक जना यार्सागुम्बा संकलक हिमपहिरोमा बेपत्ता भएकी छन्।, सुर्मा गाउँपालिका-१ कि ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन्।, केही दिनअगाडि छोरासहित पार्थी हिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा हिमपहिरोमा बेपत्ता भएकी छन्।, साेमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्त...
मनिका विश्वकर्मा तीन महिनाअघि सोलुले दुई वटा बच्चा जन्माई। बच्चा हातले समातेर छातीमा टाँसी, माया गरी। स्याहारसुसार गरी।, सोलु जावलाखेलस्थित चिडियाखानामा रहेकी पोथी भालु हो। चिडियाखानाको फलामे खोरमा उसले दुईपटक बच्चा जन्माइसकी। पहिलोपटक तीन वर्षअघि जन्माएकी थिई।, उसले कुनै बच्चा हुर्काउन भने सकिन। पहिलेका बच्चा चार दिन...
सेतोपाटी संवाददाता दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। , मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, हिमपहिरोले १२ जना पुरिएका थिए। जसमध्ये ६ जना पुरूष र एक जनाको सकुशल उद्धार भएको डिएसपी था...
रासस आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारीको थप उपचार मंगलबारदेखि काठमाडौंमा सुरू गरिएको छ।, काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई मंगलबार भर्ना गरी उपचार सुरू गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए।, गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्...
सेतोपाटी संवाददाता पछिल्लो साता साता सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ।, मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ भने पानी परेका उच्च भू–भागमा हिमपात पनि भइरहेको छ।, ‘हाल देशभर आंशिकदेखि सामान्य बदलीकै अवस्था छ,’ मौसमविद्...
रासस नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ।, युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो।, त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो। राष्ट्...
सेतोपाटी संवाददाता हराएको डाटा रिकभर हुने, नहुने यकिन नभए पछि लोक सेवा आयोगले जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएको परीक्षा लागि पुनः दरखास्त माग गरेको छ।, लोक सेवा आयोगले न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखापरीक्षण, संघीय संसद् आदि सेवामा मंसिर, पुस र माघ महिनामा खुलाइएको विज्ञापनमा पुनः दरखास्त हाल्न भनेको हो।, ...
रासस ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ। सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।, ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ। हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हि...
सेतोपाटी संवाददाता दार्चुला हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको अवस्था अझै अज्ञात छ।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक टर्कराज पाण्डेले मंगलबार राती अबेरसम्म खोजी भएपनि नभेटिएको जानकारी दिए।, मंगलबार दिउँसो पौने तीन बजे दार्चुलाको ब्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा १२ जना बेपत्ता भएका थिए।...
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार (आज) अन्त्येष्टि गरिने भएको छ।, रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापालाई बिहान १० बजे अन्त्येष्टि गरिने छ।, पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको उनले बताए।, घरको छतबाट खसेर घाइते...
सेतोपाटी संवाददाता लोक सेवा आयोगको अनलाइन प्रणाली अवरूद्ध भएको छ।, गत फागुन २३ गतेदेखि नै 'जिआइडिटी स्टोरेज' प्रणालीमा देखिएको समस्याले आयोगको अनलाइन प्रणाली अवरूद्ध भएको हो।, करिब दुई महिनादेखि अनलाइन प्रणालीमा समस्या आए पनि आयोगले आइतबार मात्रै यसबारे सार्वजनिक गरेको छ।, आयोगले प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू २०...
शोभा शर्मा झन्डै एक महिना अघिको कुरा हो। सर्वोच्च अदालतको मुद्दा महाशाखा प्रमुख विमल पौडेललाई एउटा खबर आयो—तपाईंको कार्यकक्षमा भक्तविक्रम भन्ने मान्छे मिलापत्रको निवेदन लिएर आउँदैछ। उसले त मान्छेलाई मुद्दा मिलाइदिन्छु भन्दै ठग्ने रहेछ!, नभन्दै केही बेरमै एक जना वकिल हातमा फाइल बोकेर आए। उनले बैंकिङ कसुरमा मुद्दा खेपिर...
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अन्धाधुन्ध तार नकाट्न आग्रह गरेको छ।, दूरसञ्चार सेवा प्रदायकले जडान गरेको केवल नेटवर्कका तार अन्धाधुन्ध नकाट्न मन्त्रालयले स्थानीय तहहरूलाई पत्राचार गर्दै आग्रह गरेको हो।, मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई आइतबार पत्राचार गर्दै तार नकाट्...
सेतोपाटी संवाददाता बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ। , सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतवार साँझ चिसोले कठ्यांग्रिएर बिरामी परेपछि घर ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।, सुदूरपश्चिमका हिमाली जिल्ला दार्चुला र बझाङका अधिकांश ...
रासस आफ्नै गाउँ ठाउँमा दिगो र भरपर्दो पिउने पानीको स्रोत नहुँदा रामपुर नगरपालिका ८ का स्थानीयले धेरै सास्ती खेप्नुपरेको छ। उनीहरू वर्षौंदेखि खोला किनारका पानी उपभोग गर्न बाध्य  छन्।  , सो स्थानमा खानेपानीको पहुँच पुर्‍याउन अहिले लिफ्टिङ पद्धतिमार्फत् काम भइरहेको छ।, स्याङ्जा चापाकोट–९ बाट पाल्पा रामपुर–८ का विभिन्न टो...
सरिशा अछामी न्युरोड, ठमेल र बसन्तपुर क्षेत्रमा माग्नका लागि बालबालिका तथा वृद्धवृद्धालाई ल्याएर छोड्ने समूहको खोजी थालिएको छ।, पर्यटक आउने सिजनमा ती क्षेत्रका सडकमा माग्नेहरूको संख्या ह्वात्तै बढेपछि सरोकारवालाहरू बालबालिका तथा वृद्धवृद्धालाई सडकमा ल्याएर माग्न लगाउन समूहको खोजीमा लागेका हुन्।  , दुई/तीन महिनायता ठमेल...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट नेपाली कांग्रेसका नेता महेश्वर भट्टको मृत्यु भएको छ। , भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार ६८ वर्षीय भट्टको मृत्यु भएको  प्रहरीले जनाएको हो। , गोबरैया बस्ने कांग्रेस क्षेत्रीय प्रतिनिधि भट्टको उपचारका...
सेतोपाटी संवाददाता धादिङको गणेशखोला पुलको मुखमा* भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।, सोमबार अपरान्ह ४ बजे पुलको मुख भासिएर खाडल परेको जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले सेतोपाटीलाई जानकारी दिए।, धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलक...
सेतोपाटी संवाददाता कञ्चनपुरमा अचेत अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ।, आइतबार भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा अन्दाजी ५५ वर्षीय पुरूष अचेत अवस्थामा फेला परेका थिए।, प्रहरीका अनुसार उक्त पुरूष गहुँ गोरो, उचाइ ५ दशमलव २ फिटका छन्। उनले कालो पाइन्ट, खैरो सर्ट, कालो कलरको हाइनेक, नीलो कलरको आस्कोट, टाउकोमा...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले सीमा स्तम्भको मर्मत सम्भार गर्ने तयारी थालेको छ। , सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा २०७९ सालमा भएका कार्यप्रगति तथा भावी योजनाबारे सार्वजनिक गरेको हो।, सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भको मर्मत सम्भार गर्ने जिम्मा सशस्त्र प्रहरीले पाएको ब...
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा रहेको पुलको मुख भासिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।, सोमबार अपरान्ह ४ बजे पुलको मुखमै जमिन भासिएपछि अहिले सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले सेतोपाटीलाई जानकारी दिए।, पुलको मुखमा जमिन भासिएपछि अहिले उक्त ठाउँमा भर्ने काम भइरह...
सेतोपाटी संवाददाता काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासले आफ्ना नागरिकले पहिलो पटक सगरमाथा चुमेको ६० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइरहेको छ।, सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन सोमबार सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुगेका छन्।, खुम्बुमा उनले हिमाल आरोहणसम्बन्धी विभिन्न क्षेत्रक...
सेतोपाटी संवाददाता बैतडीमा एक किशोर मृत फेला परेका छन्।, सुर्नया गाउँपालिका–६ मोतीनगरमा १९ वर्षीय लक्ष्मण कुँवर मृत फेला परेको प्रहरीले जनाएको छ।, सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए। उनी सोही पसलभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी न...
सेतोपाटी संवाददाता मिटरब्याज पीडितले आफ्नो ६ बुँदे माग सम्बोधन नभएसम्म गाउँ नफर्किने बताएका छन्। उनीहरू चैत १९ गतेदेखि रत्नपार्क शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका छन्।, उनीहरूले सोमबार पनि शान्तिवाटिका वरिपरि शान्तिपूर्ण आन्दोलन गरेका छन्। , आफ्नो माग पूरा नभएसम्म पीडित काठमाडौंमा आन्दोलन गरिरहने मिटरब्याज तथा ठगीव...
सेतोपाटी संवाददाता काठमाडौंको कपनस्थित सरस्वती नगरमा हत्या गरिएको निरा आचार्यको अन्त्येष्टि भएको छ। , सोमबार मृतक परिवारले शव बुझेर अन्त्येष्टि गरेको हो।, उनको वैशाख ७ गते दिउँसो आफ्नै पसल निरू किचेनभित्र हत्या भएको थियो। यस घटनामा प्रहरीले अनुसन्धान गरी आरोपितलाई आइतबार सार्वजनिक गरेको थियो। , आरोपित व्यक्ति सार्वजनि...
सेतोपाटी संवाददाता पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा बदली रहने छ।, जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।, महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनु...
रासस काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ।, प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरूविरुद्ध जाहेरी दर्ता गरेको वृत्तका प्रमुख प्रहरी नाय...
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा रहेको पुलको मुखनिर जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा समय लाग्ने भएको छ।, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको बताए।, १६ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा साना स...
रासस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको छ।, बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानका...
रासस दाङका सबै पालिकाले बनाएका  स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन्। जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतितिनिधि निर्वाचित भएकोे बेला नै सो नीति बनाएका थिए। , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार काम गर्नुपर्ने भएकाल...
रासस चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन्।, सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो।, केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको...
रासस नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ। अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो। समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छ...
सेतोपाटी संवाददाता सोमबार वर्षाका कारण हुन नसकेको एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईविरूद्धको फाइनल खेल आज पनि वर्षाले प्रभावित हुने देखिएको छ।, आजको खेल बिहान ९ बजेदेखि  त्रिवि  क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ।  सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ र...
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।, शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरू गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्। ,...
रासस काठमाडौं  महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ।, उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो। गत आवको चैतसम्ममा ५ अर्ब आठ करोड ९७ लाख ८८ हजार रुपैयाँ असुल गरेको महानगर राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।  , उनका अनुसार गत आर्थिक वर्षमा भन्द...