content
stringlengths
20
64.1k
रासस यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन्।, चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्। , नेपाल बिग माउण्टेन ट्राभलले आज यहाँ पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो यु...
सेतोपाटी संवाददाता बेलायतका राजकुमार ह्यारी, उनकी श्रीमती तथा हलिउड अभिनेत्री मेगन मर्केल र मेगनकी आमा डोरिया रागल्यान्डलाई पापाराजीहरूले दुई घन्टासम्म पिछा गरेका छन्। , बिबिसीका अनुसार पापाराजीहरूले उनीहरूलाई कारमा लगातार पिछा गरेका थिए। यो क्रममा ह्यारीहरू चढेको कार झन्डै अरूसँग ठोक्किएको थियो। , त्यो बेला उनीहरू न्...
शोभा शर्मा खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) का निर्देशक सूर्य राईमाथि पनि बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।, उक्त फाउन्डेसनका संस्थापक मदन राईले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि अहिले हिरासतमा छन्।, मदन पक्राउ परेपछि फाउन्डेसनमा बसेर दश कक्षासम्म पढेकी एक युवतीले निर्देशक सूर्य राईल...
सेतोपाटी संवाददाता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरूद्ध अन्तर्राष्ट्रिय दिवस मनाएका छन्।, दिवसको अवसरमा मितिनी नेपालले 'सधै संगैः विविधतामा एकता' नामक पुस्तक विमोचन गरेको थियो। साथै उमेर विभेदले नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूमा ...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरण लगायत विभिन्न भ्रष्टाचारका मुद्दाको छानविनको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छऽ , बुधबार नागरिक समाजका अगुवाले निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका हुन्। , दलीय भागबण्डामा गुपचुप राखिएका भ्रष्टाचार काण्डहरू प्ले कार्डमा उल्लेख गर्दै उनीहरूले जनक चोकमा प्रदर्शन...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। , बुधबार १४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न थप तीन दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , यस प्रकरणमा पक्राउ परेकामध्ये आङटावा श...
रमेश गिरी मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरूसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।, साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा बज्दै थियो। बाजाको आवाज सुनेर रातक...
रासस म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। , बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्। , पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए। सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवे...
सेतोपाटी संवाददाता जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अझै तीन दिन बदली रहने जनाएको छ। , पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण  आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना रहेको मौसमविद्  विनु महर्जनले जानकारी दिइन्। , उनका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदल...
सेतोपाटी संवाददाता भक्तपुरको फर्निचरमा लागेको आगलागीबाट दुई करोड बढीको क्षति भएको छ। , आइतबार राति सूर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीको न्यु दाजुभाई फर्निचर ट्रेडर्समा आगलागी भएको थियो। नजिकै रहेको अर्को पुष्प सिल्पकारको कृपालु फर्निचर कारखानामा पनि आगलागी भएको थियो।, उक्त आगलागी हुँदा दुई करो...
नवीनबाबु गुरूङ काठमाडौंको वीर अस्पतालअगाडी खानेपानीको पाइप फुटेको छ। सोमबार दिउँसो पाइप फुटेको हो। पाइपबाट निस्किएको पानी  अहिले सडकमा बगिरहेको छ। प्राविधिकहरूले फुटेको पाइप टाल्ने प्रयास गरिरहेका छन्। , खानेपानीको पाइप किन फुट्यो भन्ने कारण खुलेको छैन। , हेर्नुस् तस्बिरहरू: , वीर अस्पतालअगाडि खानेपानीको ...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको छैटौं दिनमा बयान सुरू भएको छ। , सोमबार उनलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। उनको अहिले बयान सुरू भइसकेको कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए। , सरकारी वकिलको कार्यालय...
नवीनबाबु गुरूङ अनधिकृत रूपमा भवन बनाएको भन्दै काठमाडौं महानगरपालिकाले अनामनगरस्थित हनुमानस्थनमा रहेको एक भवन भत्काएको छ। , सोमबार दिउँसो काठमाडौं-२९ स्थित भवनमा नगर प्रहरी र डोजर चलाएको महानगर प्रहरी इश्वर वाग्लेले जानकारी दिए। , 'पहिले त्यहाँ प्रहरी बस्नुहुन्थ्यो,' उनले भने, 'तर केही समय अगाडि नै उहाँहरू सरिसक्नुभयो।...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरूआत गरेको छ। , सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्...
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले वडा तहबाट महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरू गरेको छ। , महानगरले हाल ८ वटा वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र चलाएर निःशुल्क उपचार गरिरहेको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। , ‘पहिले ३२ वटै वडामा भएका स्वास्थ्य क्लिनिकमध्ये ६ वटाको स्...
विष्णु विश्वकर्मा नुवाकोटको तादी गाउँपालिका-३ खरानीटार र वडा नम्बर १ उर्लेनी जोड्ने दोर्खुखोलाको पक्की पुल सम्झौता सकिनु १४ महिनाअघि नै बनेको छ।, बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उक्त पुलको उद्घाटन गरिसकेका छन्।, ४१ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पुल निर्माण कम्पनी जयविष्णु निर्माण सेवाले बनाए...
सेतोपाटी संवाददाता महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको तथा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , साइबर ब्युरोले स्याङ्‍जा पुतलीबजार नगरपालिका-३ घर भई ठमेल बस्ने ४८ वर्षीय नन्दलाल शर्मालाई पक्राउ गरेको हो।, उनलाई सोमबार पोखराबाट पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी ...
सेतोपाटी संवाददाता नहरमा खसेर सोमबार झापा शिवसताक्षीकी ३२ वर्षीया कमला राईको मृत्यु भएको छ।, राँगा चराउने क्रममा चिप्लिएर उनी दिउँसो नहरमा खसेकी थिइन्।, उनको घटनास्थलमै डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।, उनको स्थायी घर इलाम माई नगरपालिका हो भने शिवसताक्षी-१० सरदारेमा अस्थायी रुपमा बस्दै आएकी ...
सेतोपाटी संवाददाता मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , नाबालिकालाई भारतको आसाममा पुर्‍याएर बेचबिखन गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। , पक्राउ पर्नेमा म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्री छन्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले राजस्व बढाउन पसल-पसल गएर व्यवसाय दर्ता गर्ने तयारी गरेको छ। , सोमबार बसेको १५ औं‌ कार्यपालिका बैठकमा महानगरका प्रमुख बालेन शाहले वडामा गएर दर्ता गर्न व्यवसायीले झन्झटिलो मान्ने हुँदा पसल-पसल गएर व्यवसाय दर्ता गरिदिने बताएका हुन्। , ‘होम डेलिभरी सरकार महानगरको नीतिमै भएको र कत...
सेतोपाटी संवाददाता पाँच नेपाली सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।, नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियान २०१३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ टोलीमा संलग्न दस जनाले सगरमाथाको आरोहण गरेका छन्।, प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा सह सेनानी विष्णुबल राई, सह सेनानी दी...
सेतोपाटी संवाददाता पूर्व-सभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका छन्।, नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको थाहा पाएको भन्दै उनी सोमबार परिसरमा उपस्थित भएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। , कार्कीका अनुसार उनीविरूद्ध कुनै पक्राउ पुर्जी जारी भएको थिएन। तर समाचारहरूमा उनीविरू...
दिपकजंग शाही जाजरकोटकी ज्योतिको दिनचर्या अहिले निकै असहज भएको छ। क्यान्सर रोगपीडित श्रीमानलाई महँगो औषधि खुवाउनुपर्छ। दुवै जना बेरोजगार छन्। मजदुरी गरेर भएको आम्दानीबाट मुस्किलले छाक टर्छ।, दुई छोरी सरकारी विद्यालयमा पढ्दैछन्। छोरीका साथीहरू निजी विद्यालयमा पढ्छन्। साथीहरूलाई देखेर निजीमै पढ्न चाहन्छन् तर ज्योतिको आम्...
रासस चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा संकलकको उद्धार हुन सकेको छैन। उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन्।, तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन। खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन नसकेको हो...
नवीनबाबु गुरूङ पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरमा सर्वसाधरणका लागि पार्किङ खुला गरिएको छ।, भ्युटावर निमार्णाधिन अवस्थामै हुँदा वैशाख २२ गतेदेखि पार्किङ खुलाइएको काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेशकुमार काफ्लेले जानकारी दिए।, उनका अनुसार सडकमा अव्यवस्थित पार्किङ हटाइरहेका हुँदा भ्युटाव...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबार नसकिएपछि मंगलबार (आज) पनि लिइँदैछ।, उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो। पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो। गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो।, स...
सेतोपाटी भारतको उत्तर प्रदेशमा आइतबार ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन्। , हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदरहरू फेला परेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, ती बाँदरलाई विष खुवाइएको हुन सक्ने आशंका वन विभागका अधिकारीहरूले गरेका छन्।, गढमुक्तेश्वर क्षेत्रको झाडीमा बाँदर मृत फेला परेपछि वन...
सेतोपाटी संवाददाता हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नामक संस्थाले चितवनका विभिन्न स्थानमा रहेका तीन स्वास्थ्य संस्थाहरूलाई ९० लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।, ग्रामीण महिला विकास केन्द्रको समन्वयमा इच्छाकामना गाउँपालिकाको विकट गाउँ काउलेको स्वास्थ्य चौकी, कुरिनटारस्थित इच्छाकामना अस्पताल र भ...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदलीको अवस्था रहेको मौसमविद् समीर श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।, दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि स...
रासस आइतवार साँझ भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । , सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना आगलागी भएको थियो ।  , प्र...
रासस सफा र चौडा सडक! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू। छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ।, रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ। तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सार्वजनिक जग्गाको यकिन विवरण तयार पार्ने भएको छ।  , मंगलबार छयासीकोटमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त कुरा बताएका हुन्।  , ‘वडा नम्बर १-२९ सम्मका सबै सार्वजनिक जग्गाको क्षेत्रफल र अवस्थाको फेरहिस्त तयार पार्छौं,' उनले भने,'त्यसको ला...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ। , नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै सोमबार आफैं परिसर पुगेका शेर्पालाई चोट लागेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। , रिजालका अनुसार उनी राति बाथरूम जाँदा लडेर टाउकोमा चोट लागे...
रासस पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको  छ। सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ। तर सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा सो व्यवस्था प्रभावकारी कार्यान्वयन हुन सकेक...
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न ठाउँमा अवैध रूपमा चन्दा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न कलेज, विद्यालय, व्यापारी र कम्पनीहरूसँग चन्दा उठाउने सोमबार प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बैतडीका ४२ वर्षीय अमृत कार्की र सल्यानका ३२ वर्षीय डिबी चन्द छन्।...
नारायण खड्का भारतीय निर्माण कम्पनीले काम नगरेपछि दाङको तुलसीपुर-घोराही चार लेन सडक खण्डको सम्झौता नेपाल सरकारले रद्द गरेको छ।, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सेतोपाटीलाई दाङको अलपत्र चार लेन सडकको सम्झौता तोडिएको जानकारी दिइन्।, तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको क...
नवीनबाबु गुरूङ भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेडले (एमआरआर) प्रदर्शन गरेको छ।, ग्रुपका सदस्यहरूले मंगलबार साँझ माइतीघर मण्डलमा विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्।, तस्बिरहरू:,  , भ्रष्टाचारीलाई कारबाही माग्दै 'एमआरआर'को प्रदर्शन (तस्बिरहरू)
युनिक श्रेष्ठ भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट लिएको रकममध्ये एक करोड रूपैयाँ फिर्ता गरिदिएको तथ्य प्रहरीले फेला पारेको छ।, उक्त रकम पूर्वगृहमन्त्री खाणले आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत् फर्काएको गृहको उच्च स्रोतले सेतोपाटीलाई बताएको छ।, नक्कली भुटानी शरणार्थी प्रक...
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ।, मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरिक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी ...
सेतोपाटी संवाददाता बिहान साढे ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा चढेका युवक तल झरेका छन्। , मोरङ बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी ५ बजेतिर पोलबाट ओर्लिएका हुन्।, गाउँपालिका अध्यक्ष जितनारायण थापालगायतले फकाएर उनलाई तल झारेका हुन्। , माझीले सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएको भन्दै काम रोक...
नवीनबाबु गुरूङ किराँत समुदायले काठमाडौंको टुँडिखेलमा उभौली तथा उधौली पर्व मनाएका छन्। , शनिबार टुँडिखेलमा भेला भएर किराँत समुदायले साकेला नाचेर पर्व मनाएका हुन्। किराँत समुदायमा यो महान् पर्वको रूपमा मनाउने गरिन्छ।, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्छन्।, यो वर्ष गत वैशाख २२...
रासस ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरू बागमती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरूपमै जरिवाना गरिएको छ।,   , बागमती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामंगल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्...
सेतोपाटी संवाददाता सुर्खेतको भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। , शनिबार बिहान भरीगंगा नगरपालिका-९ जहरेस्थित भेरी नदीमा डुबेर एक जना बालकको मृत्यु भएको हो। , सोही ठाउँमा आफन्तको घरमा बस्दै आएका दार्चुला मालिकार्जुनका ११ वर्षीय सन्देश पार्कीको मृत्यु भएको हो। , नुहाउन जानेक्रममा बालक नदीमा डुबेका थिए। बालकलाई नि...
रासस कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ। , कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।,  , जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउ...
सेतोपाटी संवाददाता देशमा स्थानीय वायुको सामान्य प्रभाव देखिँदै आएकामा बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको असर पनि देखिन थालेको छ। , जल तथा मौसम विज्ञान विभागकाअनुसार बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात शक्तिशाली चक्रवातमा परिणत भएको छ। , चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमा...
रासस बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्। , राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताउँछन्।, उनका अनुसार बस्ती जोगाउन राप...
सेतोपाटी संवाददाता खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाहरूलाई आज खोप लगाइँदै छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बृहत् खोप अभियान अन्तर्गत आज देशैभरी पाँच वर्षभन्दा मुनिका बालबालिकाहरूलाई खोप लगाउन लागिएको हो। , अभियानअन्तर्गत जन्मेदेखि १५ महिनाभित्र  लगाउनुपर्ने नियमित खोप छुटेका बालबालिकालाई खोप लगाइ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले मकवानपुरबाट भन्सार छलीका तीन ट्रक जुत्ता नियन्त्रणमा लिएको छ। , हेटौंडा उपमहानगरपलिका-१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट गत शुक्रबार विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्ता रहेको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकार...
रासस पाकिस्तानी महिला आरोही नैला कैनीले सगरमाथाको सफल आरोहण गरेकी छन्। आइतबार बिहान ८ः०२ बजे कैनीले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्। , उनीसँगै नैपाली आरोही पासाङतेम्बा पनि आजै सगरमाथाको चुचुरोमा पुगेका छन्। दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए। , कम्पनीका कार्यकारी निर्देशक द...
सेतोपाटी संवाददाता दाङको घोराहीस्थित राप्ति विज्ञान प्रतिष्ठानमा बिहीबार उपचारका क्रममा मृत्यु भएकी सुत्केरी महिलाको शव चारदिनसम्म परिवारले बुझेका छैनन्।, केसीकी आफन्त र परिवारले उचित क्षतिपूर्तिसहित विभिन्न माग राख्दै शव बुझ्न अस्वीकार गरेका हुन्। अहिले सहमतिका लागि दुबै पक्षबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय ...
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। , शनिबार राति टोखा नगरपालिका-८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो...
रासस सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन्। , दुर्घटना भएको बखत आफैंले मिनीट्रक चलाएको हो भन्दै  सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामु उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्न...
रासस आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।, आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन्।, तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र ...
सेतोपाटी संवाददाता सर्लाहीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ नगद बरामद भएको छ। , मलंगवा नगरपालिका-८ भन्सार इलाकाबाट शनिबार सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवै...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। , आइतबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा शनिबारदेखि लागु हुने गरी चार दिनको मात्रै म्याद मागेको हो। सरकारी वकिलको कार्यालयले पनि प्रहरीलाई चार दिनभित्रै ...
सरिशा अछामी पशुपति आर्यघाटमा शव ल्याउनासाथ सुन्दर महत आफन्तलाई सोध्न पुगिहाल्छन् -आँखा दान गर्नुहुन्छ?, यो प्रश्न सुन्दा धेरै जना आक्रोशित हुन्छन्, केही आफन्तले दान नगर्न भन्छन्।, आँखा दान गर्दा हुने फाइदाबारे जानकारी दिँदा डाक्टर महतको टोलीले मुस्किलले हप्तामा दुई-तीन जना भेट्छन्।, शोकमा परेका आफन्त र परिवारलाई आँखा ...
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएकी मधु केसीको शव बुझ्न परिवार तयार भएका छन्।, आइतबार अस्पताल र पीडित पक्षलगायतको उपस्थितीमा भएको छलफलपछि मधुको शव बुझ्न परिवार तयार भएको दाङका डिएसपी राजन गौतमले जानकारी दिए। , उनका अनुसार मृतकका दुई सञ्तानलाई घोराही उपमहानगरपालिकाले पढाइ...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। , सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको हो। त्यसअनुसार नै शनिबारदेखि लागु हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका सूचन...
सेतोपाटी संवाददाता 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा  पक्राउ परेका मदन राईलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। , जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङका अनुसार जिल्ला अदालत खोटाङले राईलाई सात दिन हिरासतमा राख्न आ...
शोभा शर्मा बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीको छानविनमा तानिएका मदन राईको शुभम फाउन्डेसनका बालिकालाई त्यहाँका सञ्चालकले धम्की दिएको पाइएको छ।, खोटाङको 'शुभद्रा मदन फाउन्डेसन (शुभम)' का संस्थापक मदन राई पक्राउ परेपछि शुक्रबार विद्यार्थी भेला गरेर धम्की दिएको फाउन्डेसनस्थित स्रोतले बताएको छ।, राई पक्राउ परेपछि फाउन्डे...
सेतोपाटी संवाददाता भक्तपुरको चुनदेवीस्थित एक उद्योगमा भीषण आगलागी भएको छ।, आइतबार राति अन्दाजी ७ बजेतिर चुनदेवीमा रहेको एक उद्योगमा आगलागी भएको हो। , सोफा उद्योगमा आगलागी हुँदा नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।, ‘पानी पनि परिरहेकाले आगलागी अलि कम भएको छ। निय...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो।, सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् रोज...
रासस काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई  वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ। , उनलाई बागमती प्रदेशसभा सदस्य रुकु चौलागाई, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनले दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ।, बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि पानी पथान्तरण रोकिएको परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले सेतोपाटीलाई जानकारी दिए।, २०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्...
रासस पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। , कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो।, खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। बस अनियन्त्रित भई सडक छेउम...
राजु अधिकारी केही समय अघिसम्म जमुना निरौला अधिकारी नेकपा एमालेको भ्रातृ संस्था 'युवा संघ नेपाल' को केन्द्रीय सदस्य थिइन्। झापा, दमक–२ बस्ने उनी उतैबाट एमाले राजनीतिमा सक्रिय थिइन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीदेखि दमकका सबैजसो एमाले नेताले व्यक्तिगत रूपमै चिन्छन्।, अहिले भने उनी दिक्क लागेर पार्टीमा सक्रिय हुन छाडेको ...
रासस नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ। , जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जा...
रासस महोत्तरी प्रहरीले आइतबार एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।, भा...
रासस उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ।, जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो। , आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उद...
रासस चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृतावस्थामा भेटिएका छन्।, वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन्।, निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैंडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैंडा मृतावस्थ...
सेतोपाटी संवाददाता चितवनका कवि, कलाकार तथा सामाजिक अभियन्ताहरू भ्रष्टाचारका विरूद्ध सडकमा ओर्लिएका छन्।, बिहीबार भरतपुरको चौबिसकोठीमा कविहरूले भ्रष्टाचारविरूद्धका कविता वाचन गरे।, 'भ्रष्टाचारविरूद्ध सडक कविता' कार्यक्रममा उपस्थित कविहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन...
रासस ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्।, एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन्। , क्षमताभन्दा बढी भएता पनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेल...
शोभा शर्मा कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लग...
रासस विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ।, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो।  , जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए।, घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो। केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको ...
रासस सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा तीस जना घाइते भएका छन्।, जलवीरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी च...
रासस नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल सम्झौताको १४ महिनाअगावै सम्पन्न भएको छ। , खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको सो पक्की पुलको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे।, जिल्लाकै विकट बस्तीका रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोधका...
सेतोपाटी संवाददाता आज देशभर मौसम सामान्यता सफा रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो मधेश, कोशी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जानकारी दिएको छ। , मौसमविद् गोविन्दकुमार झाका अनुसार बाग्मतीका पहाडी भूभागका एकदुई स्थानमा पनि  आंशिक बदलीको सम्भावना छ।, अहिले पश्चिमी वायु निष्क्रिय र...
रासस वरपर जङ्गल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरूङ्गीको आवाजले धेरैको मन फुरूङ्ग हुन्छ। बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।, एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो।, ताल बजा...
सेतोपाटी संवाददाता मोरङको राठी म्यानुफ्याक्चरिङमा आगलागी भएको छ। , जिल्लाको बुडीगङ्गा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गर्दै आएको राठी  उद्योगमा गएराती २ बजेदेखि आगलागी भएको मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। , आगलागी अहिलेसम्म पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। , डिएसपी दाहालका अनुसार बाहिर...
रासस लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा लगाएको छ।  , राप्ती उपत्यकामा लुम्बिनीको स्थायी राजधानी तोकिएपछि त्यहाँ जग्गा किनबेच ...
नारायण खड्का दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल घेरेका छन्।, घोराही-८ सौरी निवास २८ वर्षकी मधु केसी बिहीबार बिहान सुत्केरी हुन अस्पताल भर्ना भएकी थिइन्।, सुत्केरी भएकी उनको साल नझरेपछि शल्यक्रिया गरिएको थियो।, अत्यधिक रक्तश्राव भएपछि उनको गएराति १...
दिपकजंग शाही प्रधानमन्त्री तथा मन्त्रिपपरिषदको कार्यालयले मध्यपश्चिम विश्वविद्यालयले अघि बढाएका सम्बन्धन र पदपूर्तिका काम रोक्न निर्देशन दिएको छ।, बिहिबार प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई पत्र पठाएको छ।, विश्वविद्यालयबाट भएका सम्बन्धन, पदपुर्ति सम्बन्धि विज्ञापन लगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा प्...
सेतोपाटी संवाददाता सिङ्गापुर पठाइदिन्छु भन्दै  विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला छन्। , निरौलासहितले १२ जनालाई वैदेशिक रोजगारका लागि सिङ्गापुरमा प्रतिष्ठित ह...
डा. कामक्षा शाह हाम्रो शरीरमा सात वटा ग्रन्थि हुन्छन्। ती ग्रन्थिहरूले हर्मोन भन्ने रस निकाल्छन्। जुन रसले हाम्रो शरीरको हरेक अंगमा गएर काम गर्छन्। हर्मोनको कम या बढी भयो भने कपाल, नङदेखि मुटुदेखि मिर्गौलालगायत सबै अंगमा असर गर्न सक्छ।, हर्मोन हाम्रो शरीर चल्नको लागि जरूरी तत्व हो। हर्मोनले हाम्रो शरीरलाई शक्ति दिन्छ।...
विनोद सापकोटा शवको पहिचान गर्न नसक्दा झापामा जिउँदो मानिसको काजकिरिया गरिएको घटना बाहिरिएको छ।, काजकिरिया सकेकै दिन मृतक भनिएका युवक टुप्लुक्क घर आइपुग्दा परिवार मात्र होइन सारा गाउँले र आफन्त चकित परे।, घटना यस्तो थियो:, , दुई साताअघि सुरूङास्थित कोटिहोममा बेवारिसे शव फेला परेको थियो। सुरूङा प्रहरीले शवको पहिचान नहुञ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ।, शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो। , पटक/पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गर...
शोभा शर्मा खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)' का संस्थापक मदन राईले आफूमाथि धेरैपटक यौन दुर्व्यवहार गरेको भन्दै एक किशोरीले काठमाडौंको तीनकुने प्रहरीमा जाहेरी दिएकी छन्।, किशोरीको नाम हामीले 'दिक्तेल- ४' राखेका छौं।, दिक्तेल- ४ सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईल...
शोभा शर्मा 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।, उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राईलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए।,...
रासस मोरङको बूढीगङ्गा गाउँपालिका-५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो दिउँसो नियन्त्रणमा आएको छ ।, विद्युतीय सामग्री उत्पादन उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकले अनुमान गरेका छन्। , मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी ...
रासस तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ।, गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत फेला परेका हुन्।, गुरुङको स्थानीय सुदेखोला सातविसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी ...
रासस मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ।, हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।, सामान्य बाढी आएको बेला ...
विनोद सापकोटा झापाको दमकमा मंगलबार प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा कम्तिमा दुई दर्जन मानिस घाइते भएका छन्।, आन्दोलनरत पक्षबाट कम्तिमा १५ जना घाइते भएका र उनीहरूको विवरण संकलन भइरहेको किरात लिम्बूवान प्रदेश नामांकन अभियानले जनाएको छ। , त्यस्तै प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, दमकका डिएसपीसहित दस जन...
सेतोपाटी संवाददाता बझाङमा एम्बुलेन्सकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, मंगलबार दिउँसो ३ बजे बित्थडचिर गाउँपालिका- ६ चिसापानी मोडमा एम्बुलेन्सले ठक्कर दिँदा साेही ठाउँका २३ वर्षीय मोटरसाइकल चालक गोवीन्द्र महरको मृत्यु भएको प्रहरीले जनाएको छ।, देउलेखबाट सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०१००झ ३६१ नम्बरको एम्बुल...
विनोद सापकोटा पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले शान्त बनाउन खोज्दा झापाको दमकमा झडप भएको छ। दुवै पक्षबीच भएको झडपका कारण दमक बजार करिब २ घन्टा अशान्त बनेको थियो।, प्रदेशको नाम 'कोशी' खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको हो। पहिचान पक्षधरले राँकोले प्रहरीलाई आक्रमण गर्न थालेपछि स्थ...
रासस यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज-उद्धार हुन सकेको छैन।, उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए।, कर्णाली प्रदेश ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट अढाइ करोड बराबरको सामान बरामद गरेको छ।, २४ घण्टामा अढाइ करोड बराबरका भन्सार छलेर चोरी पैठरीका सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देशभरिको सीमा क्षेत्रबा...
सेतोपाटी संवाददाता भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए। , पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्। केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप...
रासस पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ। मङ्गगलबार दिउँसो करिब ३ बजे गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको हो।, आगलागीबाट मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा ...
सेतोपाटी संवाददाता पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित नौकिलामा सुक्खा पहिरो गएको छ। , आज बिहान ८ बजेबाट पहिरो खस्न थालेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक डबल बमले जानकारी दिए।, पहिरो खसेपछि केहीबेर एकतर्फी सडक सञ्चालन भएको थियो। पहिरो नरोकिएपछि प्रहरीले दुबैतर्फको सवारी रोकेको ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणबारे तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।, प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले आज एक विज्ञप्ति निकाल्दै तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन्।, केही अनलाइन र छापा माध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धान क्रममा रहेको भु...