content
stringlengths
31
27.4k
कास्की क्षेत्र नं २ बाट तीन महिला भिड्दै देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ । भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको...
विद्यालयमा पानी, शौचालय र सफाइका लागि ‘तारा पद्धति’ काठमाडौं । के तपाईं वरिपरिको विद्यालयमा महिनावारी सामग्री व्यवस्थापनका लागि छात्रा शौचालयमा ढकनसहितको ‘डस्टबिन’ राखिएको छ? त्यस विद्यालयमा शुद्ध पिउने पानी र हरियाली वातावरण छ? छ भने त्यस्तो विद्यालयका शिक्षक र विद्यार्थीलाई बधाई दिएर उनीहरुको अशल कामको प्रशंसा गर्न स...
सिकार गर्ने क्रममा एक जनाको मृत्यु लमजुङ । दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो। गुरुङ भिरबाट लडेर घाइते भएका थिए। उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। भिरमौरीको मह...
बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु पक्राउ काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने ३३ वर्षीय संजय पोख्रेल र सोही ठाउँकी ५८ वर्षीया लक्ष्मी देवी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ। बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले संजयलाई ३ वर्ष कैद र १ कर...
५ नम्बर प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न रुपन्देही । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमवीच ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र ५ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्र...
फुटसल प्रतियोगिता कप सैनिकको पोल्टामा भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले हात पारेको छ । आज रोम्बस नेशनल सेकेन्डरी स्कूल र सैनिक आवासीय महाविद्यालयबीच भएको खेलमा २–७ गोलको अन्तरमा सैनिक आवासीय माहाविद्यालयले जीत हासिल गरेको एन्फा भ...
उपनिर्वाचनको तयारी तीव्र, मनोनयनपत्र दर्ता बिहीबारदेखि काठमाडौं । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म म...
लुम्बिनी प्रादेशिक अस्पताल परिसरका ७८ सटर भत्काइने रुपन्देही । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि सटर भत्काइने भएको छ । प्रादेशिक अस्पताललाई विशिष्टकृत अस्पतालका रुपमा रुपान्तरण गर्न मङ्सिर महिनापछि अस्पतालको उत्तरपूर्वका सटर भत्काउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । प्रदेशकै सुविधासम्पन...
गोरखा भूकम्पपछि ५३५ परकम्प गोरखा । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बता...
एकैदिन ६ हजारबढीले अवलोकन गरे नारायणी महोत्सवमा चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणगढको नदी किनारमा सञ्चालन गरिएको ‘नारायणी महोत्सव २०७६’ को मंगलबार ६ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सवमा मंगलबार दर्शकहरुको संख्या केही कम देखिएको रेविका बाल प्रतिष्ठानक...
राष्ट्रपतिसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट...
नेपाल–युएई श्रम समझदारी आजदेखि कार्यान्वयनमा काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ। कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो। समझदारीक...
चर्चित सांगितिक व्याण्ड एडीको कन्सर्ट कीर्तिपुरमा हुने काठमाडौं । चर्चित सांगितिक ब्याण्ड १९७४ एडीको सांगितिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने भएको छ । मंगलबार कीर्ति ईभेन्टले पत्रकार सम्मेलन गरी सो कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको हो । कन्सर्टमा चर्चित ब्याण्ड कुटुम्ब र चर्चित गायक रोहित ज...
२२ वर्षपछि प्रकाउ परे धादिङका चन्द्रबहादुर धादिङ । धादिङमा २२ वर्षपछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका ३ स्थित बस्ने पेम्बा दोर्जे तामाङलाई ज्यान मार्ने उद्याेकमा सोही ठाउँका ३ जनाले कुटपिट गरेपछि उनीहरुविरुद्ध उजुरी परेको थियो। स्थानीय चन्द्र बहादुर तामाङ‚ मैत...
ललितपुरमा ‘मेयर कप’ टेवलटेनिस प्रतियोगिता हुने काठमाडौं । ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम...
सुकुटे बस दुर्घटनाः अझै ५ जना घाइते अस्पतालमै काठमडाौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो। सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पता...
सिआइबीको टोली ग्राहक बनेर जाँदा… काठमाडौँ । विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआइबीले योजना बनायो । कारोवारी पक...
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्र...
कीर्ते नागरिकता बनाइदिने पक्राउ वालिङ । झुठो विवरण पेश गरी कीर्ते नागरिकता बनाइदिएको कसुरमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन ...
पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छः राष्ट्रपति भण्डारी काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सम्मेलनलाई भिडियो सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक सामाजिक रुपान्तरणमा पोषणको ठूलो महत्व रहेको बताइन्। राष्ट्रपति भण्डारीले नेपालल...
कात्तिक नाचको चौथो दिन : बाथः प्याखँ अर्थात् सती जाने परम्परा ललितपुर । ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज चौथो दिन बाथःप्याखँ (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ स...
पेस्तोल र गोली सहित मोरङबाट एकजना पक्राउ मोरङ । कटहरी गाउँपालिका १ स्थित सिंघीया खोला नजिकबाट सोही गाउँपालिका २ बस्ने २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही खोला नजिकको खुल्ला मैदान...
५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू रुपन्देही । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सोमबारदेखि सुरू भएको छ। ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद क...
नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ । आज बिहान काठमाडौँबाट दाङ्ग जाने क्रममा नागढुंगा नपुग्दै गाड...
नेपाल र नर्वेबीच परामर्श संयन्त्र स्थापना काठमाडौं । नेपाल र नर्वेबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री डागइनङ्गे उल्स्टेनको उपस्थितिमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलकुमार काफ्ले र नेपालका लागि नर्व...
चितवनमा सहकारीको गैरकानुनी रुपमा शाखा, बचतकर्ताको रकम जोखिममा चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. ले गैरकानुनी रुपमा शाखा विस्तार गरेको पाइएको छ । सो सहकारी संस्थाले सम्पर्क कार्यालय भन्दै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजार र भरतपुर महानगरपालिका वडा नं. १९ शार...
‘सेन्टी भाइरस’को पहिलो पोस्टर सार्वजनिक, यस्ता देखिए धुर्मुस काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र सिताराम कट्टेल ‘धुर्मुस’ फिचर्ड छन् । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा धुमुर्स र सुन्तली मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ...
मिस्टर एण्ड मिस स्टारको उपाधि भावना र श्रवणलाई चितवन । क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन् । त्यसै गरि युवती तर्फ रुपा केसी फर्स्ट रनरअप, नविना अधिकारि सेकेन्ड रनरअप र पुरुष तर्फ मनोज तामाङ फर्स्ट रनरअप, क...
बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै काठमाडौं । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन) मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर...
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र दैलेख । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ । डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजी...
३ किलोग्राम चरेससहित एकजना पक्राउ काठमाडौँ । नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरे...
सहकारीको ४३ करोड रुपैयाँ हिनामिना गर्ने ४ जना कारागार चलान राँझा । सहकारीको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ। जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रब...
म्याग्दी बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै (नामावली सहित) बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ। दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर...
उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तह) का सन्दर्भमा ...
बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्ध लामा पक्राउ काठमाडौं । एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन्। प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज ...
म्याग्दीमा बस दुर्घटना, ४ जनाको मृत्यु म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन्। दुई जनाको सनाखत हुन नसकेको प्रहर...
कञ्चनपुरमा गहुँखेतीका लागि डिएपी मल अभाव कञ्चनपुर । धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कञ्चनपुरमा भने मलखादको अभाव भएको छ। अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मलको अभाव भएको जनाएको छ। “युरिया मात्र...
कैलाली दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो कैलाली । कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आज साँझ महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नंको यात्रुवाहक बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक ...
सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १६ पुग्यो, ४७ घाइते, ५ को सनाखत काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ। दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्...
महिला आयोगमा पदाधिकारी नियुक्तिको माग काठमाडौं । राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्ति नहुँदा कामकाज प्रभावित भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन्। सङ्कल्प नामक संस्थाद्वारा आयोजित आयोगका पदाधिकारी गठन बारेको छलफलमा महिला अधिकारकर्मीले पदाधिकारी नियुक्ति नहुँदा नीति तथा कार्यक्रममा प्रभाव परेको भन्दै...
१३औं संस्करणकाे इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने काठमाडौँ। १३औं संस्करणको इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने भएकाे छ । ज्योति एभरेष्ट तेक्वान्दाेकाे आयोजनामा  सन् २०२० मे १ र २ तारिखमा इस्टर्न मिचिगन युनिभर्सिटीमा उक्त प्रतियाेगिता हुने...
नारायणी महोत्सवमा तेस्रो दिन सात हजार भन्दा बढी दर्शक चितवन । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार आइतबार लाइभ कन्सर्ट भएकाले...
भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठी सोमबार र मंगलबार काठमाडौं । यही कार्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा भोल...
लाओस पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एक दम्पती पक्राउ काठमाडौं । विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले ...
सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १४ पुग्यो, ४७ जना घाइते काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुनकोसी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। आइतबार चौतारा सागाचोकगढी नगरपालिका ९ सुकुटेस्थित अरनिको राजमार्गमा बा २ ख ७२४५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ स...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाँस्कोटा नियुक्त काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बास्कोटालाई नियुक्त गरिएको छ। आइबार बसेको मन्त्रिपरिषद् बैठकले डा. धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत रह...
सरकारले लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान गर्ने काठमाडौँ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ शुरु गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तीकरणका लागि...
सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, काँग्रेसद्वारा शोक व्यक्त मेलम्चि। अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए...
बर्दियामा लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ धम्बोझी । लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश ...
एमसीसी विरुद्ध युवा टिमले बलिङ गर्ने काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदानमा एमसीसीविरुद्ध नेपाली युवा टिमले सुरुवातमा बलिङ गरिरहेको छ । कप्तान रित गौतमले टस जितेर...
वनभोज खाएर फर्किएको बस दुर्घटना, तीन जना घाइते सुर्खेत। सुर्खेको कटकुवाबाट वनभोज खाएर फर्कँदै गरेको बस वीरेन्द्रनगर–६ घण्टाघरचोक नजिक शनिबार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वनभोज खाएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको भे१ख २९१७ नङको बसको ब्रेक फेल गई दुर्घटना भएको हो । दुर्घटनामा न...
नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा चार पक्राउ गुलरिया । नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने मुख्य आरोपित मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको ...
धुलिखेलवमा टिपर दुर्घटना, घटनास्थलमा नै चालकको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल...
दुर्घटनामा विदेशी पर्यटकको मृत्यु दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२००५ प ७६०८ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक विदेशी ...
चितवनको सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये आधा पैदलयात्री भरतपुर । जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो। तीन...
ढुङ्गाले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हि...
दुर्घटनामा एकको मृत्यु, दुई घाइते पोखरा । पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बँेसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ। बा५८प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। चौताराब...
बञ्चरो प्रहार गरी छिमेकीको हत्या कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जान...
एमसीसीको नेपाल भ्रमण तालिका र टिम सार्वजनिक काठमाडौं । नेपाल भ्रमणका लागि इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भ्रमण तालिका सार्वजनिक गरेको छ ।एमसीसीले सार्वजनिक गरेको तालिका अनुसार सुरुवातमा एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय खेल खेल्नेछ । यस्तै राष्ट्रिय टिमसँग एक ...
नेयमार विना पिएसजीको लगातार जित एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । आइतबार राति मार्सेलीलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले फराकिलो जित निकालेको हो । पहिलो हाफमै ४ गोल गरेको पीएसजीलाई घरेलु मैदानमा जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले दुई दुई गोल ...
सरकार विकास र समृद्धितर्फ निरन्तर अगाडि बढ्दैछः अध्यक्ष प्रचण्ड काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरे...
नगदसहित छ जुवाडे पक्राउ सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा ...
श्रीमानको हत्याको आरोपमा महिला पक्राउ राजापुर। श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको...
९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु काठमाडौं । राजधानीमा ९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । वल्र्ड विथ एंगर (डब्लुडब्लुए), ग्लोबल पीस फाउन्डेशन (जीपीएफ) नेपाल र समृद्धि कलेज, लोकन्थलीले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको शुक्रबार उद्घाटन गरिएको छ । दुई दिन संचालनमा आउने उक्त सम्मेलनमा इक्...
उपनिर्वाचनका लागि जारी गरिएको आचारसंहिता आजदेखि लागू काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता आजदेखि कार्यान्वयनमा आएको छ। शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक...
कर्णालीले पर्यटनबाटै लाभ लिन सक्छ : उपराष्ट्रपति सुर्खेत । उपराष्ट्रपति नन्दबहादुुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताएका छन् । सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको आज अवलोकन गर्दै उनले पर्यटन प्रवद्र्धन गर्नसके कर्णालीले मुहार पर्ने बताएका हुन् । उपराष्ट्रपति पुनले खस भाषाको ...
बारा र पर्सामा आएको ‘घुम्रपात’ले ४४ किमि दूरी तय गरेको थियो काठमाडौँ । गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो । जल तथा मौसम विज्ञान विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गर...
मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ : वरिष्ठ नेता खनाल इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आज यहाँको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले बताए...
उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा...
रुसमा बाढीका कारण बाँध भत्किँदा १७ जनाको मृत्यु मस्को (रासस/सिन्ह्वा) । रूसको कुरागिङ्स्की जिल्लामा रहेको एउटा बाँध भत्किँदा १७ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार जिल्लाको क्रास्नोयास्र्क क्षेत्रमा रहेको बाँध भत्किएको हो। “नातेदारहरुले मृत्यु भएका सवै १७ जनाकै शव पहिचान गरिसकेका छन्,” रूसी आपत्...
लेड (सिसा)को विषाक्तताबाट बालबालिकालाई जोगाउनुपर्ने चिप्लेढुंगा । आम जनस्वास्थ्य र विशेष गरी बालबालिकामा प्रत्यक्ष असर पार्ने पेन्ट लेड (सिसा) को विषाक्तताबाट जोगिने उपायका बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्र एवं वन तथा वातावरण...
पूर्व माओवादी र राप्रपा संयुक्तका ५१ नेता नेपाली काँग्रेसमा प्रवेश काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका पूर्व सह–महामन्त्री, कर्णाली प्रदेश पूर्व प्रमुख एवं केन्द्रीय सदस्य कर्णबहादुर बुढा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, डोल्पाका पदाधिकारी काँग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै उपाध्यक्ष...
‘जेठो छोरालाई गरी खाने वातावरण र कान्छो छोरालाई होचोको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन माग’ काठमाडौं । जनकपुर अञ्चल रामेछाप जिल्ला साविक भिरपानी गाविस वडा नं. २ हाल खाँडादेवी गा.पा वडा नं. ३ रामबहादुर श्रेष्ठ र रमा श्रेष्ठले आफ्ना छोराहरु राजु श्रेष्ठ र कल्याण श्रेष्ठको लागि सहयोगको लागि याचना गरेका छन् । उनीहरुका अन...
‘सहकारी क्षेत्रको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्छ’ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थासँग भएको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्ने बताएका छन्। काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘बचत तथा ऋण सहकारीको संस्...
त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी काठमाडौं । विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन्। एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने मा...
काँग्रेस केन्द्रीय समिति बैठक नबसेरै स्थगित काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो। पार्टी विधान अनुसार जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमित...
प्रहरी पोशाक दुरुपयोग गरेको अभियोगमा पक्राउ काठमाडौं । अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म दुरुपयोग गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका ५ ठेगाना भएका आफूलाई र्‍यापर भन्न रूचाउने भिटेन, समिर घिसिङ्ग भन्ने २२ वर्षीय समिर लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। “हामी यस्तै त हो नी ब्रो” बोल...
प्रधानमन्त्री ओली दोहामा दोहा। प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा जानेक्रममा कतारको पुगेका छन्। यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको न...
महरालाई थप ७ दिन थुनामा राख्न आदेश काठमाडौं । यौन काण्डमा मुछिएर प्रहरीको हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो। बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन...
दलित व्यक्तिलाई कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ पाल्पा । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षी...
बैतडीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । धनगढीबाट दार्चुलातर्फ गइरहे...
भारतको कर्नाटकमा बाढीका कारण थप १३ को मृत्यु कर्नाटक (रासस/एएनआई) । भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ। विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन्। राज्य सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण १५० ...
नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित काठमाडौं । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ। पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका ...
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार अमेरिकाको मियामी बस्ने झापा भद्रपुर नगरपालिका ९ घर भएका ४२ वर्षीय लिलाराज गौतम पक्राउ परेका छन्। गौतम समेत भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्म कैद फैसला भएका फरार गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मिय...
राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केकी छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथ...
विश्व महिला सम्मेलन : २० बुँदे काठमाडौं घोषणा–पत्र जारी काठमाडौं । चौंथो विश्व महिला सम्मेलनको २५ औं वार्षिकोत्सवका उपलक्ष्यमा समानान्तर राष्ट्रिय प्रतिवेदन तयारीका सिलसिलामा आयोजित बेइजिङ्ग २५ को राष्ट्रिय समीक्षा कार्यक्रम २० बुँदे काठमाडौं घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका महिला अधिकारकर्मीहरुको स...
अवैध रुपमा ल्याएका विभिन्न सामान बरामद मोरङ । भारतबाट अवैध रुपमा ल्याएको करिब १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मंगलबार बरामद गरेको छ। बरामद भएका सामानहरुमा उक्त रुपैयाँ मूल्य बराबरका विभिन्न मोटर पार्टहरु, गिलास, बटुका, पापड, विभिन्न लत्ताकपडा, सुर्ती, सुप...
टोनार्डोको क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बारा-पर्सामा आएजस्तो टोनार्डोबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणालीको तत्काल स्थापना गनुपर्ने सुझाव दिएको छ। बारा–पर्सामा गत चैत्र १७ गते आएको विनाशकारी टोनार्डोको अध्ययन प्रतिवेदनले त्यस्त...
राप्रपाका नेता स्व. चन्द्र बहादुर गुरुङको स्मृतिसभा काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले संविधानसभामा तत्कालीन राप्रपा नेपालका संसदीय दलका नेता चन्द्र बहादुर गुरुङले आफ्नो पार्टीले लिएको निष्ठाप्रति अविचलित र अडिक भएर प्रस्तुत हुने नेताका रुपमा स्व. चन्द्रबहादुर गुरुङलाई चित्रण गर्दै...
नेपालमा पोषणसम्बन्धि विश्व सम्मेलन हुने काठमाडौं । पोषणसम्बन्धि विश्व सम्मेलनमा पनि नेपालमा हुने भएको छ । राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्तिक १८ गतेदेखि काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । बढि पोषण पनि कुपोषण हो भन्ने सन्देश समेत दिने गरी आयोजना हुने सो सम्मेलनका वि...
सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था छैन : गगनकुमार थापा काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन्। पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता थापाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई ...
‘उर्जा शिखर सम्मेलन’ मंसिर ५ र ६ गते काठमाडौंमा हुने काठमाडौं । नेपालमा यही मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो शिखर सम्मेलन आयोजना हुने औपचारिक जानकारी गराएको हो। नेपालको उर्जाको उत्पादन, बजारीकरण र त्य...
बाढी प्रभावित परिवारलाई राहत वितरण मुगु । गत साउन ३२ गते परेको अविरल बर्षाले बाढी आउदा घर, जग्गा र अन्नवाली बगाएपछि पीडित भएका यहाँका कृषकहरुलाई आज राहत वितरण गरिएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १, ४, ६ र ७ वडा भएर बग्ने गमगाढ खोलामा गत साउन ३२ गते बाढी आउँदा मानविय बाहेक करोडौका खेतबारी, घर र अन्नवाली बगाएर बगर ...
नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान काठमाडौं । नेपालले अन्तराष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ। वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान...
एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्दै प्रधानमन्त्री ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्दै तोकिएको समय अघि नै आयोजना निर्माणको काम सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयो...
अन्तरजातिय विवाह गरेकी दलित केटी भैसिँगोठमा बस्न बाध्य सिरहा । सिरहा जिल्लामा जातिय छुवाछुतको घटनामा बृद्धि भईरहेको छ । केहि दिन पहिले सिरहा नगरपालिका ११ को भलुवाहिमा छुवाछुतकै कारणले स्थानीय बिरेन्द्र महरालाई भोज खानलागेका बेला पात खोसेर भोजखान दिइएको थिएन । उक्त घटना सेलाउन नपाउँदै फेरि अर्को छुवाछुतको घट्नाले अहिले ...
चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते काठमाडौं। चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा बुधबार एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्...
समृद्धिका लागि समाजवाद आवश्यक : श्रेष्ठ काठमाडौं । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताएका छन् । नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार...
काठमाडौँ र ललितपुरमा रगतको अभाव काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न ...