content
stringlengths
31
27.4k
स्वास्थ्यचौकी निर्माणका लागि ५ रोपनी जग्गा नि:शुल्क प्रदान गुल्मी । मनकारी दुई दाजुभाइले आफ्नो गाउँमा स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका छन् । चन्द्रकोट गाउँपालिका–७ अन्तर्गत रुपाकोट निवासी हाल युकेमा कार्यरत दाजुभाइ द्वय तारानाथ भण्डारी र मोतीराज भण्डारीले गाउँमा स्वास्थ्यचौकी निर्...
अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जना पक्राउ काठमाडौं । अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका १० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ७ बस्ने ५४ वर्षीय राजेन्द्र प्रसाद पाण्डे रहेका छन्। लागूऔषध नियन्...
१३ जना त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुम...
फाइभ-जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण बेइजिङ (रासस/सिन्ह्वा) : चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन्। चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फा...
समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ : मन्त्री बाँस्कोटा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छन्। रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प...
राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्कँदै काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापान भ्रमण सम्पन्न गरी बुधबार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदै छिन्। जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यान्माबाट जापान पुगेकी हुन्। समारोहमा भाग लिन विभिन्न देश...
नगरस्तरीय भलिबल प्रतियोगिता शुरु कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा आजदेखि नगरस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। तिहारका अवसरमा शुक्लाफाँटा नगरपालिका वडा नं ७ ले उक्त प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको सांसद नरबहादुर धामीले उद्घाटन गरे। उनले आफ्नो निर्वाचन क्षेत्रको खेलकूदको विकासका लाग...
चलचित्र कलाकार संघको उपराष्ट्रपति नन्दबहादुर पुनसंग भेटघाट काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काको प्रतिनिधित्वमा उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ्ग’संग उनकै कार्यकक्षमा भेटघाट तथा आउदै गरेको शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेक...
महिला हिंसा अन्त्य गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री थापा काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकार जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताएकी छन्। बेजिङ्ग सम्मेलनको २५ वर्ष प्लस् राष्ट्रिय समिक्षा कार्यक्रमको अवसरमा आज, वियोण्ड वेजिङ्...
नेकपालाई कार्यकर्ता समेट्न मुश्किल काठमाडौं । दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ । नेकपा पाँचथरले आज फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ÷नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो। तर विगतमा महत्व...
‘महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन मिल्दैन’ काठमाडौं । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका छन्। नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख ग...
मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन नेता नेपालको सुझाव काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ ने...
सरकार असफल, गणतन्त्रमाथि भएको प्रहार चिन्ताजनक छ : यादव काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे। काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ । राज्यको प...
जापानी सम्राट नारूहितोको भब्य समारोहबीच राजगद्दि आरोहण टोकियो (रासस/सिन्ह्वा) । जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गरेका छन्। जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो। विश्वभरबाट...
‘सरकारका कारण जनतामा वितृष्णा पैदा भयो, गणतन्त्र नै गुम्ने खतरा छ’ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्म निरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको स...
महिलामाथि डोजर चलाएको घटना बारे काँग्रेसको ध्यानाकर्षण काठमाडौं । महिलामाथि डोजर चलाएको घटना बारे निन्दा गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसले जिल्लाको दशरथचन्द नगरपालिकामा नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दा गर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई कार्तिक ४ गते एकपक्षीय रुपमा सडक खन्ने क्...
अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले कार्वाही गर्छ : टोपबहादुर रायमाझी काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधि...
सभामुख पदमा काँग्रेसको दावी रहन्छ : नेता लेखक काठमाडौं । प्रमुख प्रतिदल नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्। काँग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्र...
पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार चितवन । सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ। कार्यालयले आज यहाँ आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, अवस्था र चुनौती विषयक एक दिने गोष्ठीमा सञ्चार रजिष्ट्रार रेव...
फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा १० रुपैयाँ दिइने मुग्लिन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ। गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो। गाउँपालिका अध्य...
ज्योतिषको भेषमा आएका घुमन्तेद्वारा बालिका अपहरणको प्रयास गलकोट । बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ । अपरिचित...
अवैध लागूऔषध सहित मोरङ र बझाङमा २ जना पक्राउ काठमाडौं । बझाङ, बित्थडचिर गाउँपालिका ३ स्याडीबाट कैलाली गोदावरी नगरपालिका १० खमौडा बस्ने ३८ वर्षीय लाल बहादुर बुढालाई करिब ५ सय ग्राम लागूऔषध चरेश सहित इतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ५३३३ नम्ब...
नक्कली नोट बनाउने मेशिन लगायतका सामान सहित ३ जना पक्राउ काठमाडौं । नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बिपुल चोक बस्ने दोलखा मेलुङ गाउँपालिका ७ का पृथ...
बेलायतमा राष्ट्रकवि र महाकविको सम्मानमा साहित्य समर्पण बेलायत । बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा राष्ट्रकवि माधब प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव र ११०औं महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमका साथ उत्साहबद्र्धक रुपमा मनाइयो। स्थानीय वेष्ट लण्डन स्थित एब...
नेपाल र अष्ट्रियाबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सम्झौता काठमाडौं । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन्। नेपाल र अष्ट्रियाबीच गठित ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा दुवै देश सो सहमतिमा पुगेका हुन्। आज यहाँ सम्पन्न संयन्त्रको पहिलो बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ म...
चितवन मेडिकल कलेज तोडफोड : दोषीमाथि कारवाही गर्न चिकित्सक सङ्घको माग चितवन । नेपाल चिकित्सक सङ्घ चितवन शाखाले चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही गर्न माग गरेको छ। सङ्घले जिल्ला प्रशासन कार्यालय चितवनमा आज ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानूनी कारवाहीको माग गरेको हो। स...
‘काभ्रेका पर्यटकीय क्षेत्रमा पर्यटकको बढ्दो निकटता’ काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ ३ नं प्रदेशका सदस्य कृष्ण श्रेष्ठले लोभलाग्दो पर्यटकीय क्षेत्रमा पर्यटकहरु बढ्दै गएको सुनाए। काभ्रेपलाञ्चोकका पर्यटकीय क्षेत्रमा एक पटक आएको पर्यटक दोहोर्याइ, तेहर्याइ आएको हुँदा काभ्रेका पर्यटकीय क्षेत्रमा पर्यटकहरुको गहिरो निक...
रुकुममा पाँच किलो चरेससहित एक महिला पक्राउ रुकुम । प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ। पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो। सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयल...
अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा के भने अर्थमन्त्री खतिवडाले ? काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकको दोस्रो दिन वोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी भएका छन्। उनले नेतृत्वको नेपाली प्रतिनिधिमण्डको अन्तर्राष्ट्रिय वित्त निग...
नेपाल अब कुनैपनि देशकाे दबाब र प्रभावमा छैन: परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन...
त्रिभुवन विश्वविद्यालयमा श्रम शिक्षाको पनि अध्यापन हुने काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ । सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि छुट्...
‘नेपाल विकासको प्रमुख साझेदार जापान’ काठमाडौं । जापानको औपचारिक भ्रमणमा रहकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताएकी छन्। राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको उ...
प्रधानमन्त्रीद्वारा सुरुङ मार्गको शिलान्यास (फोटोफिचर) काठमाडौँ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच शिलान्यास गरे। यो मार्ग नेपालको पहिलो सुरुङ ...
१८ जुवाडे पक्राउ कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरी...
राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता टोकियो, जापान । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रत...
समृद्ध नेपाल निर्माणका लागि एकता आवश्यक : मुख्यमन्त्री गुरुङ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल निर्माणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले बडादशैँ, तिहारलगायतका चाडपर्वका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारका नकारात्म...
खस भाषाको नाटक ‘पम्फा फूल’ प्रदर्शन खलङ्गा । कर्णालीको कला संस्कृति झल्किने खस भाषाको नाटक ‘पम्फा फूल’ जुम्ला सदरमुकाम खलङ्गामा आज प्रदर्शन गरिएको छ । स्थानीय कलाकारको लेखन तथा निर्देशन रहेको नाटक ‘पम्फा फूल’ स्थानीय कलाकार हिराबिजुली नेपालीको लेखन, गोविन्द सुनारको निर्देशनसहित १३ कलाकारको समूहले निर्माण गरेर मञ्चन गरि...
महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ : उपसभामुख तुम्बाहाङफे ललितपुर । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले समाजमा महिलाको भूमिका परिवर्तन हुँदै गएको अवस्थामा महिलाप्रति हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सञ्चारीका समूह र संयुक्त राष्ट्रसङ्घीय शैक्ष...
रकम हिनामिना गरेकाे अभियाेगमा ५६ जना विरुद्ध मुद्दा दायर काठमाडौं । तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक, कर्मचारी र खातावाल गरी ५६ जनाव...
नेता वा मन्त्रीको पावरमा मलेसियाको नयाँ डिमाण्ड स्वीकृति नगर्न राजदुत पाण्डेको आग्रह मलेसिया । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेता वा मन्त्रीको पावरमा मलेसियाको नयाँ डिमाण्ड स्वीकृति नगर्ने सबैलाई आग्रह गरेका छन्। शनिबार मलेसिया स्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा मल...
‘आमन्त्रण गल्फ’ प्रतियोगिता स्याङबोचेमा कोङ्दे, सोलु । बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । चार हजार दुई सय पचास मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो। नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता आयोजना गर...
४० वर्षीय छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने ६२ वर्षीय बाबु पक्राउ खोटाङ । आफ्नै ४० वर्षीय छोरा गणेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका–२ डुम्रिबोट बस्ने ६२ वर्षीय जमान सिंह राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। सामान्य बादविवादको क्रममा जमान सिंहले खुकुरी प्रहार गर्दा गणेश...
‘लेडयुक्त पेन्ट’ मापदण्ड पूर्ण पालना गराउन सरकारलाई विज्ञको सुझाब काठमाडौं । विज्ञहरुले लेडयुक्त पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। वातावरणविद् रामचरित्र साह, चिकित्सक मेघनाथ धिमालले लेडयुक्त पेन्ट स्वास्थ्यको लागि घातक हुने भएकाले त्यसको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराए...
सिटी एक्सप्रेस र एनएस क्यासप्वाइन्ट/लुलु एक्सचेन्जको स्क्राच एण्ड विन प्रमोशनमा टिभी उपहार काठमाडौं । सिटी एक्सप्रेस मनिट्रान्सफर र एनएस क्यासप्वाइन्ट/लुलु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्राच एण्ड विन प्रमोशन अगस्ट १०, २०१९ देखि सुरु भएको थियो । यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउ...
रेशम चौंधरीलाई रिहा गर्न आदिवासी जनजाति महासंघको माग काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष जगत बरामले कैद मुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौंधरीको विना सर्त तत्काल रिहा नभए सरकार विर...
गाडिएको अवस्थामा एक युवकको शव फेला मेलम्ची । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वार नजिकै एक युवाको हत्या भएको छ। हत्यापछि एक स्थानीयवासीको घर नजिकै रहेको मलखाडलमा गाडिएको अवस्थामा शव फेला परेको थियो। लामोसाँघु–जिरी सडक सुधार आयोजनामा स्काभेटर चलाउँदै आएका बाह्रबिसे नगरपालिका–४ पलातीका ३० वर्षीया जीवन थापाको हत्याप...
वुमन्स च्याम्पियन्स लिग : काठमाडौँद्वारा ललितपुर पराजित ललितपुर । राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो...
धरहरा पुनःनिर्माणले गति लिन सकेन काठमाडाै‌ । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य एक वर्ष बित्नलाग्दा पनि २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन । दुई वर्षमै निर्माण गरिस...
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति काठमाडौं। हत्या आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा निलम्बित सांसद अफताव आलमलाई अदालतले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत रौतहटले आइतबार उनलाई थुनामा राख्न अनुमति दिएको हो। उनी गएको असोज २६ गते रौतहटस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। आलमको बय...
सहकार्य र एकताले नै विकास सम्भव छ : मुख्यमन्त्री राउत पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सहकार्य र एकताले नै राष्ट्र विकास सम्भव हुने बताएका छन् । उनले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति भएको समाजमा उन्नति गर्न नसकिने भएकाले एकता र भाइचाराले नै समाज र राष्ट्र सुखी तथा विकसित हुने बताए। समाजवादी पार्टीले...
कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन आज बनेपामा आयोजित कार्यक्रममा उनले क...
विश्वका कम्युनिष्ट पार्टीको बैठक टर्कीमा काठमाडौँ । विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीको २१औँ बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ। नेकपाको तर्फबाट केन्द्र...
एशियाली मुलुकहरुलाई पूर्वीय दर्शनबाट एशियाको विकासमा योगदान गर्न परराष्ट्रमन्त्रीको आग्रह म्यान्मा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एशियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर काम गरी पूरै एशियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताएका छन्। म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा ...
‘हामीसँग अब टाईम लिङ्गरिङ गर्ने छुट छैन्, १२ अर्ब लगानी भित्र्याउन काम सुरु गरिसक्यौं’ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्...
दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरु आन्दोलित चितवन । चितवनको खैरहनी नगरपालिकाले दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुले विरोध गरेका छन् । आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत राजस्व तिरिरहेको अवस्थामा खैरहनी नगरपालिकाले समेत प्रत्येक सामानमा कर लिने गरेको भन्दै व्यवसायीहरुले विरोध गरेका हुन् । व्यवसायीहरुले दोहोरो...
पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका‍‍‍… कञ्चनपुर । कला संस्कृति संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले आज कञ्चनपुरको भीमदत्तनगरमा ‘हमरा गीत’ विशेष साँझमार्फत यहाँका पुराना देउडा भाका पस्किए। “पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या” “अब छुटन लाग्या पहाडका डाँडा काँडा अब...
अछाममा विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता अछाम । अछाममा विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता हुने भएको छ। शनिवार पत्रकार सम्मेलन गर्दै अछाम जिल्लामा पहिलो पटक माध्यमिक तह सम्मका विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता हुने आयोजकले जनाएको छ। ‘तथ्ययुक्त तर्कहरुको वैचारिक लडाइँ’ भन्ने मुल नाराका साथ तर्क युद्ध अछाम, ...
मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु काठमाडौं । ललितपुरको मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु भएको छ । पाटन दरबारक्षेत्रस्थित आर्दश कन्या विद्यालयको प्राङगणमा सो प्रतियोगिता सूरु भएको हो । कार्तिक नौं गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ७२ वटा टोलका १७० जना खेलाडीहरु सहभागी हुनेछन्। २ वटा कोर्ट...
अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा पनि सुरु काठमाडौं । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ। अमेरिकामा केन्द्रिय कार्यालय भएको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ । नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आ...
डोटीमा बस दुर्घटनाः ११ यात्रु घाइते, ४ जनाकाे अवस्था गम्भिर डोटी । जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८२३५ नं को बस दुर्घटनामा परेको हो। घाइतेमध्ये चार जनाको अवस्था गम्भी...
सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै छैन : सिपी मैनाली काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन्। महासचिव मैनालीले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनि सरकारलाई प्रश्न पनि गरे। शनिबार काठमाडौं...
जुजुभाईको अनुभवः जतिसुकै पीडा होस् तर रगत नबगोस् मध्यपुरठिमी । ‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए। त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेक...
राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्वेगादोन पेगोडको अवलोकन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ। पच्चीस वर्ष पुरानो सो चैत्य र त्यसको क्षेत्रमा भ्रमण नगरी म्यान्माको भ्रमण पूरा भएको मानिन्न। त्यहाँ राष्ट्रपति भण्डारीले बुद्धपूजा पनि गरे। उन...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु काठमाडौं । महोत्तरी, मोरङ र नबलपरासी (बर्दघाट सुस्ता पूर्व) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। महोत्तरी, सम्सि गाउँपालिका २ स्थित सडकमा ज।१ क ४६६ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने शेख कलिमको १२ वर्षीय छोरा महमद शेखको शु...
एघार महीनादेखि वाग्मती सौन्दर्यीकरणको काम अलपत्र काठमाडौं । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले ११ महीनादेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकिएको गुनासो गरेका छन्। विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका स...
मिस पूर्वाञ्चलको दसौं संस्करणको आवेदन अनलाइन र एसएमएसबाट धरान । २०१० बाट शुरु भएको पूर्वको पुरानो तथा सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको तयारी सुरु गरिएको छ। हरेक वर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पूर्वी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्...
नेपालमा थप सहयोग गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार विकासको गतिलाई अगाडि बढाउन विश्व बैंकको सहायता राशीमा उल्लेखनीय वृद्धि गर्नु जरुरी रहेको बताएका छन्। अर्थमन्त्री डा खतिवडाले भने, “नेपालको चरम गरीबी केही वर्षभित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्ष...
अल्टिमेट आकाशको नेपाल संस्करण लोकार्पण काठमाडौं । युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास ‘अल्टिमेट आकाश’ को नेपाल संस्करण लोकार्पण भएको छ। उपन्यास काठमाडाैंकाे बागबजारमा रहेको हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो । लोकार्पण कार्यक्रमको आयोजना उपन्यासको प्रकाशक जनमत प्रकाशन काभ्रेले गरेको थियो। नेपाल प्रज...
कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश दिएकाे भन्दै न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ। परिषद्को आज बसेको बैठकले गोरखा बु्रअरी कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागे...
कात्तिक १५ गतेदेखि नारायणी महोत्सव हुने चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ आगामी कात्तिक १५ गतेदेखि नारायणगढमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ। अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल प्रतिष्ठानले आयोजना गरेको महोत्सव कात्तिक २५ गतेसम्म नारायणी नदी किनारमा हुनेछ। भरतपुर २ क्षेत...
नेपाल चेम्बर र पीएचडी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा नयाँदिल्लीमा छलफल काठमाडौं । भारत भ्रमणको अवसरमा नयाँ दिल्ली स्थित पि.एच..डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमा...
आदिवासी-जनजाति-मधेशीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन्। प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने ग...
‘राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाएपछि मात्र सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई सशक्त, प्रभावशाली र बलियो राष्ट्रवादी शक्तिको रुपमा देख्ने सपना पुरा नहुँदै स्वर्गवास भएका पार्टीका संस्थापक एवं केन्द्रीय सदस्य सत्यमान लामाको सपना सार्थ...
निर्वाचितपछि कुमार पन्तको घाेषणा : नेपालमा वार्षिक रुपमा १० अर्बको लगानी भित्र्याउने काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरक...
अन्नपूर्णको भुरुङ तातोपानीमा स्नान गर्नेको घुइँचो पोखरा । अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ। चिसो बढेसँगै मुस्ताङ जाने–...
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा कार्की पोखरा । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ। समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा व...
पार्क भिलेज रिसोर्टले गर्यो ‘फोहार व्यवस्थापन प्लान्ट’ निर्माण काठमाडौं । पार्क भिलेज रिसोर्टले गर्यो फोहार व्यवस्थापन प्लान्ट (एसटीपी) निर्माण गरेको छ। जल तथा बातावरण संरक्षणको महत्वलाई बुझेर पार्क भिलेजले बुढानिलकण्ठमा हरित मरुधान निर्माण गरेको छ। जहाँ जातका बनस्पतिहरु लगाएर चराहरुलाई वासस्थान उपलब्ध गराउने तथा होटलक...
चितवनको प्रहरी कार्यालय भित्र रक्सीका बोतल, तस्बिर खिच्ने पत्रकार नियन्त्रणमा चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हाता भित्र जथाभावी रुपमा फालेका मदिराका बोत्तल खिचेको भन्दै पत्रकारमाथि दुब्र्यवहार भएको छ। आज दिउँसो प्रहरी कार्यालय पुगेका नारायणी अनलाइन तथा न्युज २४ मा आबद्ध पत्रकार केदार शर्मा र भण्डाफोर अभि...
१३ हजार घुससहित प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी अख्तियारको नियन्त्रणमा काठमाडौं । अख्तियार दुरुपोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई १३ हजार घुस रकमसहित आज नियन्त्रणमा लिएको छ। नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्य...
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ कैलाली । आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी गौरीगंगा नगरपालिका ३ बस्ने ५० वर्षीया अनिता देवी बिष्ट र २५ वर्षीया निरुता बिष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। आत्महत्या दुरुत्साहन मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनीहरुको खोजी ...
म्यानमारसँगको सम्बन्ध अझ प्रगाढ हुने राष्ट्रपति भण्डारीको विश्वास काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउने बताएका छन्। राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा आज राजधानी नेपितस्थित प्रिन्सिडेन्सियल हाउसमा...
दिउँसै गोली प्रहार गरी रकम लुट्ने एक जना पक्राउ रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा एक महीना अघि दिउँसौ गोली प्रहार गरी रकम लुट्ने समूहको एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। लुटेरा समूहका व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न लाग्दा विशेष सुराकीको आधारमा बुधबार बेलुका करीब ८ बजेको समयमा नियन्त्र...
चलचित्र ‘सेल्फि किङ’को सेटमा दुर्घटना, प्राबिधिक घाइते काठमाडौं । चलचित्र ‘सेल्फि किङ’को छायाँकनका क्रममा स्कुटर दुर्घटना सहायक प्रोडक्सन म्यानेजन बिदुर मानन्धर घाइते भएका छन् । घाइते मानन्धरको खुट्टामा गम्भिर चोट लागेको छ । दाइने खुट्टाको घुडामा चोट लाग्दा उनको हड्डी फुट्न पुगेको छ। छायाँकन स्थल थानकोटमा मानन्धरले चला...
नेपाल र म्यान्मा संस्कृति, पर्यटन विषयमा मिलेर अघि बढ्ने छन्ः परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्र प्रमुख तहबाट म्यान्माको राजकीय भ्रमण नभएका परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मा भ्रमणबाट दुई देशका जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ६० वर्ष ल...
छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल : महासचिव पौडेल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताएका छन्। उनले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको ब...
‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडाैँमा हुने काठमाडौं । आगामी कार्तिक १९ गते ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडाैँमा हुने भएको छ। इन्डोनेशियामा जारी ३४ औं व्यापार मेलामा विहिबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराईएको हो। नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरकमा ...
दिपायलमा आयोजना हुँदै ‘डोटी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ दिपायल । दिपायलमा ‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। बिहिबार दिपायलमा पत्रकार सम्मेलनको गरी आयोजक नयाँ समाज नेपालले दुई लाख ११ हजार एक सय ११ राशी पुरुस्कारको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको जनाएको हो। आयोजक संस्थाका अध्य...
राष्ट्रपति भण्डारीको राजकीय भ्रमण : म्यान्माली राष्ट्रप्रमुख र सेना प्रमुखसंग भेट (फोटोफिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका राष्ट्रपति, सेना प्रमुखलगायतसंग आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन्। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्र...
सरकारका प्रवक्ता भन्छन्, ‘ट्रम्प र पुटिन आए भव्य स्वागत गर्छौं’ काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आएमा सरकारले भव्य स्वागत गर्ने बताएका छन्। बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्...
प्रधानमन्त्री ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्नुहुन्छ : दिनानाथ शर्मा काठमाडौं । सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन्। नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो न...
रिक्त रहेको सभामुख पद काँग्रेसले पाउनुपर्छ : मोहन बस्नेत काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्। काँग्रे्रस केन्द्रीय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक÷फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल...
जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार वीरेन्द्रनगर । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ। जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रह...
जनावरले बढ्दै सवारी दुर्घटना निजगढ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा पर्ने पथलैया जङ्गलमा जङ्गली जनावरका कारण दुर्घटनाको जोखिम बढेको छ । दैनिक हजारौँ सवारीसाधन हिड्डुुल गर्ने सडकमा जङ्गली जनावरले एक्कासी सडक वारपार गर्दा जोखिम बढेको हो । बासस्थान र आहाराको खोजीमा राजमार्गमा दिनको...
सवारी दुर्घटनामा २ जनाको मृत्यु काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका ८ तिनकुनेस्थित सडकमा को १ ख १९३० नम्बरको बसले को २१ प २३६१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका १९ बस्ने ६१ वर्षीया कालीमाया राईको घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नुव...
कलङ्की–महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’ काठमाडौँ । चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ। झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतमा सडक हस्तान्तरण गर्ने भएको छ । पहिलो चरण...
राष्ट्रपति भण्डारीलाई म्यान्मारमा भव्य स्वागत (फोटोफिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा पुगेकी भण्डारीलाई भव्य स्वागत गरेको छ। उनलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थु...
चियापानमा कार्यकर्ता : ‘जनतासँग जोडिन जिम्मेवारी देऊ’ काठमाडौं । संविधान जारीपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भएपनि पार्टी एकतापछि आम कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन्। सरकार र पार्टीको पर्याप्त समन्वय भई आफूहरुले उ...
इण्डोनेसियाको व्यापारमेला सुरु काठमाडौं । इण्डोनेसियाको ३४ औ व्यापारमेला बुधबारदेखि सुरु भएको छ । इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडिमा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गरेका हुन्। व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामाग्रीदेखि...
राजनीतिमा नैतिकताको संकट देखियो : रामचन्द्र पौडेल काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि ...
मन्त्रीपरिषद पुनर्गठन हुन सक्छ : ईश्वर पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन्। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रीपरिषद पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो। नेकपाा सचि...