content
stringlengths
31
27.4k
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी लहान। प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ। प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन। प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभि...
खाना पकाउने विषयमा झगडा हुँदा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ मध्यपुरथिमि । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमत...
श्रीमान्को हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान दमौली । श्रीमान्को हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ परेकी ४० वर्षीया सम्झना कार्कीलाई अदालतल...
ठूलो मात्रामा लागुऔषधसहित १२ जना पक्राउ काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागुऔषध र मनोद्विपक पदार्थ सहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीकाक्रममा ३ महिला सहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो । पछिल्लो १२—१२ दिनमा चलाएको ...
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु चितवन । भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवास...
टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु, पाँच प्रहरी घाइते, हवलदार गम्भीर बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार टिपरको ठक्करबाट पैदलयात्री आमाछोरीको मृत्यु भएको छ। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया ग...
जडीबुटीमा दुर्घटना विवरण आउन बाँकी काठमाडौं । जडिबुटीमा दुर्घटना भएको छ । दुर्घटनाकाे विवरण आउन बाकी छ ।  दुर्घटना कसले गराएको हो भन्ने खुलेको छैन । सोमबार राति  १०ः४५ बजे सडक यात्रीले दुर्घटना भएर बेबारीसे अवस्थामा एक जना लडिरहेको देखेको जनाएका छन् । लडेको अवस्थामा रहेको पुरुष वा महिला त्यो पनि खुल्न सकेको छैन ।
कार्भेमा स्कुलबाट घर फर्किँदै गरेकी आमा–छोरीको टिपरको ठक्करबाट मृत्यु, स्थानीय आक्रोशित काठमाडौं। काभ्रेको पनौतीमा सोमबार साँझ टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। स्कूलबाट बनेपातर्फ आउँदै गरेका आमा–छोरीलाई सोमबार साँझ पनौतिमा टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट उनीहरुको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्त...
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई सोमबार पक्राउ गरेको छ । नयाँ मिटरको क्षमता वृद्धिको लागि नियमानुसार राजश्व तिरी प्रक्रिाय अगाडि बढाउँदा समेत काम झन्झटिलो हुन्छ...
रेडक्रसमा भ्रष्टाचार भएको उजुरी परेपछि छानबिन हुदै काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा छानबिन गरिरहेको छ । रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरु समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो । छानबिनका क्रममा विभिन्न पक्षसँग समितिले छलफल समेत गरिरहेको छ । महिल...
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु काठमाडौं । धनुषा, सर्लाही र कञ्चनपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ। धनुषा, सहिदनगर नगरपालिका–१ कमला बाँध छड्कीस्थित सडकमा ना.४ त ७५८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा परी ...
पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घर भित्र काठमाडौं । पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समित...
बसको ठक्करले बालकको मृत्यु लहान । सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आइतबार साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोमा खेल...
कामपाका सबइन्जिनीयरविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ महानगरपालिकाका सबइन्जिनीयर गणेश ठकुल्लाविरुद्ध आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ बबरमहलमार्फत खटिइएका सबइन्जिनीयर ठकुल्लाले भूकम्पपछिको पु...
ज्येष्ठ नागरिकको हत्या प्रयास गर्ने युवक पक्राउ राजविराज । राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा आइतबार एक युवक पक्राउ परेका छन् । धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गर...
हत्या अभियोगमा जन्मकैद भोजपुर । जिल्ला अदालतले हत्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी घर भएकी ४८ वर्षीया ...
प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालियो काठमाडौं। मिर्गौला प्रत्यारोपण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा राखिएको स्टेन्ट आइतबार निकालिएको छ। फ्लोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालिएको हो। अस्पतालमा झण्डै पाँच घण्टा विताएका प्रधानमन्त्र...
null
उपत्याकामा परिचालित ७४ ‘जासुस प्रहरी’ को एकसाथ सरुवा काठमाडौं / महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिएको छ । उनीहरुले उल्लेखनिय कार्य गर्न नसकेका भन्दै एकै साथ सरुवा गरिएको हो । सरुवा हुन...
मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि कास्की । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार पोखरा रङ्गशालामा सम्पन्न फाइनल...
साताको शेयर बजार: कूल चार अर्ब ४२ करोडको कारोवार काठमाडौं । धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो । साताभर कूल १८२ कम्पनीको कूल एक...
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु चितवन । पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम ...
छुट्टा छुट्टै दुघर्टनामा पाँच जनाको मृत्यु काठमाडौं । सर्लाही, दाङ, कञ्चनपुर र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सर्लाही, बरहथवा नगरपालिका ५ चोर्निया पुलस्थित सडकमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल मुनि खस्दा मोटरसाइकल चालक सर्लाही चन्द्रनगर गाउँ...
हरायो काठमाडौं उपत्यकाका धारापोखरी काठमाडौं। काठमाडौं उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो । बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन शुरु गरेको ...
मन्त्री गुरुङद्वारा ‘हिमाल बचाउ’ अभियानमा लाग्न आग्रह काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘हिमाल बचाउ’ अभियानमा लाग्न हिमाल आरोहीलाई आग्रह गरेका छन्। नेपाल पर्वतारोहण सङ्घद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले हिमाल आरोहीले हिमाली क्षेत्रका प्राकृतिक स्रोतहरुको उचित...
पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने काठमाडौं । रु ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो । केन्द्रीय बैंकको सर्कुलरमा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले फर्म वा कम्पनीलाई रु ५...
हत्या आरोपमा फरार बाबु–छोरा पक्राउ सप्तरी। चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा बिहीबार पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी क...
बस र अटोरिक्सा ठोक्किँदा चालकको मृत्यु बाँके । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको नाम र ठेगाना ...
अब सानीभेरी नदीमा पनि ‘र्‍याफ्टिङ’, परीक्षण सफल रुकुमपूर्व । यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ। सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो। सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा न...
आफ्नै घरमा मृत भेटिए दम्पतीको इलाम। यहाँस्थित फाकफोकथुम गाउँपालिकाको एक दम्पती मृत फेला परेका छन् । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरका उनकै पत्नी रिता खपाङ्गीको शव बुधबार घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले...
लागुऔषधसहित एकजना पक्राउ मोरङ । १ नम्बर प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार साँझ अवैध लागुऔषधसहित बिराटनगर महानगरपालिका १५ चाइना मार्केटबाट एक जनालाई पक्राउ गरेको छ। पका्रउ पर्नेमा बेलबारी नगरपालिका ८ गौँथली चोक बस्ने २९ बर्षीय कमानसिंह राई रहेका छन। प्रहरीले भारत जोगवनीबाट नेपाल...
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुन...
बोलेरोको ठक्करबाट एकको मृत्यु, चालक पक्राउ नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ। चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश...
घुस लिने सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर काठमाडौं। टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र ...
दुर्घटनामा एक बालकसहित दुईको मृत्यु सप्तरी। सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा ४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ...
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्ज ‘एकदुई दिनमै’ काठमाडौं। गएको बुधबार मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरुले बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी ओलीकी निजी चिकित्सक प्रा.डा( दिव्या सिंह शाहले प्रधानमन्...
सौरपानीमा जिप दुर्घटना ११ घाइते, ४ जनाको अवस्था गम्भीर गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादु...
तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना ! भोजपुर । तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो पौवादुङमा गाउँपालिकाङ–२ मा दुर्घटना भएको हो । घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार सवारीसाधन कारवाहीमा काठमाडौं। ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो । कारवाही पर्नेमा एक हजार ...
थ्री स्टार सेमिफाइनलमा काठमाडौं । थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो । थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई गोल गरे । यस्तै संजोक राई...
सडक दुर्घटनामा परी एकको मृत्यु, ११ जना घाइते चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै अढाई करोड ठगी गर्ने पक्राउ काठमाडौं। नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका ३८ ...
हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली काठमाडौं। मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न थालेका छन्। आइतबार मिर्गौला प्रत्यारोपण गरिएको पाँचौ दिन दिउँसो ४ बजे अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार प्रधानमन्त्री ओलीलाई नियमित हिँडडुल गराउन थालिएको छ। गएको बुधबार त्रिवि शिक्षण अस्पताल मह...
दार्चुला जाँदै गरेको जिप पाटनमा दुर्घटना, चालकको घटनास्थलमै मृत्यु बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सो र...
जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते बैतडी। धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। सो राजमार्गअन्तर्गत पाटन नगरपाल...
टिपरको ठक्करबाट बालकको मृत्यु कञ्चनपुर । टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ । बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलाल...
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ काठमाडौं। भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक शिक्षिका अन्ततः कारवाहीमा परेकी छिन् । ...
मुस्लिम महिलाहरू यसरी सम्झन्छन् दिल्लीको हिंसात्मक हमला बीबीसी । पूर्वोत्तर दिल्लीमा भएको हिंसामा ४० जनाभन्दा बढीको मृत्यु भयो र मृत्यु हुनेमा हिन्दू र मुस्लिम दुवै धर्मका मानिस छन्। तर घरबारविहीन भएका मुस्लिम महिला र बालबालिकाको भने भविष्य निकै निराशाजनक देखिएको छ। इन्दिरा विहार क्षेत्रस्थित भरिभराउ ठूलो हलमा थुप्रै स...
चट्याङले टेलिकम सेवा अवरुद्ध सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले शनिबार विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिए। कुन उपकरणम...
पुनःबीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्री गर्ने काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि रु एक अर्ब ६० करोड बराबरको साधारण शे...
ट्रक र स्कुटी ठोक्किँदा एकको मृत्यु नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे९प ७८१७ नंको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नंको ट्रक एकापसमा ठोकिँदा स्कुटी चालक क...
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो सिकोट । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएक...
दश सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ घाइते भक्तपुर । सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३प४६४७ काठमाडौँ वल्र्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोकिँदा १५ जना घाइते भएका छन्। भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै ...
मिनी ट्रक दुर्घटनामा चालक र सहचालकको मृत्यु कार्भे। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार शुक्रबार बेलुका मण्डनदेउपुर नगरपालिक...
टिपरको ठक्करबाट एक जनाको मृत्यु पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेकी छन् । मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । मधु चालक श्रेष्ठको श्...
मकवानपुरगढी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो हेटौँडा । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म...
गोरखामा जीप दुर्घटना, सचिवको मृत्यु, ७ जना गम्भीर घाइते गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरक...
टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते जलेश्वर । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उ...
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएकोमा दीप प्रज्वलन काठमाडौं। प्रधानमन्त्री के पी ओलीको दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको खबर बाहिर आउनासाथ स्वतःस्फुर्तरुपमा भेला भएका शुभेच्छुकहरुले दीप प्रज्वलन गरेका छन् प्रधानमन्त्री ओली उपचाररत रहेको त्रिविशिक्षण अस्पताल परिसरमा भेला भएका उनीहरुले प्रधानमन्त्...
सुर्खेतमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु सुर्खेत । रातानाङ्गला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर १५ राउटे गल्छेनामा भएको जीप दुर्घटनामा परि ३ जनाको घटनस्थलमै मृत्यु भएको छ । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप अनियन्त्रित भई बाटोबाट झण्डै चारसय मिटर तल खसेको प्रहरीले जनाए...
टिपरको ठक्करबाट ३ जनाको मृत्यु विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। टेम्पो ...
अमेरिकाको कोरोना उद्गमस्थलबाट मेरो आग्रह म अमेरिकाको त्यहिँ शहरमा बस्छु जहाँ बिगत ४ दिन भित्रमा कोरोना भाईरसको कारणले ९ जना मान्छेको ज्यान गैसक्यो। यो राज्यमा सरकारले ४ दिन पहिले नै आपतकालको घोषणा पनि गरिसकेको थियो। अमेरिकामा अहिलेसम्ममा यो रोगले जति पनि मान्छेहरु मरेका छन ती सबै यहिँ अर्थात वाशिंगटन राज्यको सियाटल शहर...
पूर्व डीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रह...
अमेरिकामा ईञ्जा दिवस सम्पन्न – आगामी बर्षका लागि सामुदायिक पत्रकारीता तथा श्रष्टा सम्मान पुरस्कार सहयोगको घोषणा डिसी नेपाल वासिंगटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आफ्नो मुख्यालय भर्जिनिया, अमेरिकामा समुदायका प्रतिनिधिहरु बिच आफ्नो दोस्रो बार्षिकोत्सब भव्यताका साथ मनाएको छ। मार्च १ का दिन ई...
नक्कली बिल बनाई आर्थिक अनियमितता गर्नेविरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को खेती समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमि...
ठगीमा संलग्न २ जना पक्राउ बनेपा । लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सोमबार पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार प...
अमेरिकी वीमा कम्पनीद्वारा नेपाली भाषामा आफ्नो ब्रोसर प्रकाशन डिसी नेपाल वासिंगटन डिसी । अमेरिकाको उत्कृष्ठ १० वीमा कम्पनीहरुमध्ये एक मानिएको अमेरिकन नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट नेपाली भाषामा यसको ब्रोसर प्रकाशित गरी डिसेम्बर २९ शनिवार एक भव्य कार्यक्रमका बीच सार्वजानिक गरेको छ । सन् १८४८ मा स्थापना भएको...
घुस लिएको अभियोगमा इञ्जिनीयर र अध्यक्ष बिरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइर...
मरिससमा के गर्दैछन् श्रममन्त्री? काठमाडौं। मरिससको औपचारिक भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्द्रकुमार जुगनाउथसँग शिष्टाचार भेटवार्ता गरेका छन्। पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपाल र मरिससबीच गत जेठमा सम्पन्न श्...
मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ काठमाडौं । नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने २७ वर्षीय सविन थापामगर र २५ वर्षीय केशर नेपालीलाई शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ...
अमेरिकामा नेपाली विद्यार्थीका समस्याहरुबारे यसरी गरियो बृहत छलफल मिलनजंग कटुवाल गत आइतवार फेबु्रअरी २३ को सांझ अमेरिकाको टेक्सास राज्यमा वृहत नेपाली युवा सम्मेलन सम्पन्न भयो । युनिभर्सिटी अफ टेक्सास आर्लिंगटन (युटिए) मा संचालन भएको उक्त कार्यक्रम विगतमा हुने गरेका समारोहभन्दा भिन्न थियो । कारण, एन.आर.एन.ए को युथ टास्कफ...
जीप दुर्घटनामा एकको मृत्यु सुर्खेत । गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो । मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्र...
नक्कली चालक अनुमतिपत्र बनाउने महिला पक्राउ जनकपुरधाम । नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने रुबी मिश्र रहेकी छन् । गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका– १२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको कागजात चेकजाँचका क्रममा प्रहरीले न...
टेलिकमको टावर ढल्दा तीन घाइते, एकको अवस्था गम्भीर कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइ...
ट्रकमा मोटरसाइकल ठोक्किँदा मृत्यु सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा बिहीबार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बिग्रिएर सडक किनारमा रोकिराखेको ना३ख ९०२४ नंको ट्रकमा स८प ७७१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्य...
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा ताप्लेजुङ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ। ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको ...
१९ तोला सुनसहित दुई जना पक्राउ लहान । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका– १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो । प्राप्त गोप्य सूचनाका आधार...
म्याराथुन दौडको उपाधि बस्नेतलाई भक्तपुर । जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिताको उपाधि वागीश्वरी माध्यमिक विद्यालयका अभिषेक बस्नेतले हात पारेका छन् । मध्यपुरथिमिस्थित शिक्षा विकास सञ्जालको पाँचौँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरिएको पाँच किलोमिटर म्याराथुन प्रतियोगितामा १९६ प्रतिस...
कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ। रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी द...
कलङ्कीमा ट्रकले ९ वटा सवारीलाई ठक्करदिँदा एक जनाको मृत्यु, ४ घाइते काठमाडौँ । काठमाडौँको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको...
पोखरा फेवातालमा डुंगा पल्टियो, ३ जनाको उद्धार, एकजना बेपत्ता पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्। पोखराको खपौँदी नजिकैबाट सँगै डुंगा चढेका ३ जनामध्ये एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेपत्ता हुनेमा काठमाडौँका सुमित लुइँटेल रहेका छन्। काठमाडौंबाट आएका ४ मध्ये ३ ...
घुस लिएको अभियोगमा अख्तियारद्वारा मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ । कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनी...
लागुऔषध नियन्त्रणमा पहल तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुख्य प्रवेशद्वार आँबुखैरेनीमा मुख्य समस्याका रुपमा रहेको लागुऔषध दुव्र्यसनी रोकथामका लागि प्रहरीले सचेतना कार्यक्रम अगाडि बढाएको छ । राजमार्ग हुँदै लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढ्न थालेको र त्यसले समाजमा नकारात्मक असर पर्ने गरेको भन्दै इलाका प्रहरी का...
बाबुले छोरीलाई हाडनाता करणी गरेपछि जन्मकैद दमौली । तनहुँ जिल्ला अदालतले हाडनाता सम्बन्धमा भएको बलात्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस...
भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ। ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानक...
मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा शिवरात्रिको भव्य समारोह डिसी नेपाल वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा महाशिवरात्रि पर्व निकै धुमधामका साथ मनाइएको छ । फेब्रुअरी २१ तारिख शुक्रबार सांझ सो मन्दिरमा भगवान शिवको विशेष पूजा आराधना भएको थियो । मन्दिर व्यबस्थापन समिति, नेपाल एजुकेशन तथा सा...
फरार अभियुक्त २१ वर्षपछि पक्राउ काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आइतबार पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विसं ...
श्रीमानकाे हत्या अभियोगमा श्रीमती पक्राउ काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । पक्राउ परेकी कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा...
पोखरा रङ्गशालाको काम अन्तिम चरणमा, चैतभित्र सम्पन्न हुने चिप्लेढुङ्गा । आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा समे...
खैरो हिरोइनसहित पक्राउ धनगढी । कैलालीको बसपार्कस्थित अछाम होटलबाट खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका छन् । उनीहरुबाट ५६० मिलिग्राम लागुऔषध खैरो हिरोइन...
धादिङमा सिमेन्ट बोेकेको ट्रकको टायर पड्किँदा चालकको मृत्यु, सहचालक घाइते काठमाडौँ । धादिङमा सिमेन्ट बोेकेर काठमाडौँ आउँदै गरेको ट्रकको टायर पड्किँदा चालकको ज्यान गएको छ । उक्त दुर्घटनामा परी सहचालक घाइते भएका छन् । आज बिहान सवा ३ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटमा पर्ने पृथ्वी राजमार्गमा वीरगञ्जबाट सि...
पोखरामा कार दुर्घटना, घटनास्थलमै एकको मृत्यु ३ घाईते कास्की । पोखरामा शुक्रबार साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना...
फरकफरक सवारी दुर्घटनामा पाँचजनाको मृत्यु काठमाडौं । भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा मारिएका केन्द्रीय प्रहरी समाचार कक...
बाह्र किलो चरेशसहित पक्राउ नेपालगञ्ज । बाँकेको कोहलपुरमा प्रहरीले आज ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको हो । प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित कोहलपुर–१२ का ३२ वर्षीय आकाश आरसीलाई पक्राउ गरेको इ...
अज्ञात समूहद्वारा दुई वटा डोजरमा आगजनी डोटी । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् । सायल गाउँपालिकामा जलाइएको डोजर गाउँपालिकाकै भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजर स्थानीय व्यक्तिले सडक निर्माणका लागि काठमाडौँबाट भाडामा ल्याएको भन्ने जानकारी प्राप्त भएको डोटीका ...
बास्कोटाको ७० करोड प्रकरण ओलिको अग्नी परिक्षा : डा. सुन्दरमणी दीक्षित काठमाडांै । संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बिभिन्न ब्यक्त्तीहरुले आफ्नो धारणा .ब्यक्त गरेका छन। डाक्टर सुन्दरमणी दीक्षितले यसलाइ प्रधानमन्त्री केपी शर्मा ओलीको अग्नी परिक्षाको घडी बताएका छन। ‘भ्रष्ट...
सडकमा रोकेर राखेको कार तोडफोड गर्ने पक्राउ काठमाडौं । नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोकेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई बुधबार बिहान पक्राउ गरेक...
चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं। विज्ञापन प्रसारण गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज पौडेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नगरपालिकाको सूचना प्रकाश...
गुण्डागर्दीमा संलग्न पक्राउ काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भई काठमाडौँ जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीसहितका व्यक्तिले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदारलाई हातहतियार देखाइ ज्यान मार्ने, हातखुट्टा भाँचिदिने धम्की दिएर त्रा...
प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ झापा । प्रहरीको असईमा जागीर लगाईदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के बस्ने २२ वर्षीय बिजय वाग्लेलाई झापा मेचीनगर नगरपालिका–६ बाट प्रहरीले पक्राउ गरेको छ । वाग्लेले प्रहरीको नक्काली परिचयपत्र देखाई सोलुखुम्बु र खोटाङका २ जन...