content stringlengths 31 27.4k ⌀ |
|---|
भारतबाट आएको खाली ट्रकबाट एक करोडभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ काठमाडौं । नेपाल भारत सीमा क्षेत्र सिलबन्दी भएको बेला भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको एक करोड भन्दा बढी भारतीय रुपैयाँ फेला परेको छ । मोरङको रानी नाकामा सशस्त्र प्रहरीले चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा पाँच सय दरका १ कर... |
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर... |
न्यूयोर्क टाइम्सको डरलाग्दो खुलासा, अमेरिकामा आगामी महिनादेखि दोब्बर मानिस मर्न सक्ने वासिंगटन डिसी । अमेरिकामा आउँदा दिनहरुमा प्रतिदिन ३ हजार मानिसहरुको मृत्यु हुने प्रक्षेपण ट्रम्प प्रशासनले गरेको समाचार सार्वजानिक भएको छ ।
अमेरिकाका राज्यहरुलाई लकडाउन खुलाउन दवाव दिँदै आएको राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आन्तर... |
कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य र रक्षालाई साढे तीन अर्ब काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले साढे तीन अर्व रुपैयाँ निकासा गरेको छ। सोमबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य र रक्षा मन्त्रालयलाई उक्त रकम निकासा गरिएको जानकारी दिए।
अर्थले स्वास्थ... |
गाई चराउन गएकी किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ दाङ । किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् ।
शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरी... |
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु कैलाली । कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदी... |
ग्रीनकार्ड नहुनेले अमेरिकी सरकारको राहत रकम पाएनन् वासिंगटन डिसी । ग्रीनकार्ड नभए पनि कोरोना महामारीको संकटका बेला अमेरिकी संसदले घोषणा गरेको राहत रकम कुरेर बसेका आप्रवासीहरु निराश हुने भएका छन् ।
केही हप्ताअघि अमेरिकी संसदबाट पारित भई लागू भएको प्रतिब्यक्ति १२ सय अमेरिकी डलर पाउने कोरोना महामारीको राहत प्याकेज वितरणका... |
गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो कोहलपुर । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् ।
कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर... |
नेकपा सचिवालय बैठक शुरु काठमाडौं । आन्तरिक द्वन्दमा रुमलिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक वालुवाटारमा सुरु भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक भर्खरै प्रारम्भ भएको हो ।
पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठ... |
प्रहरीद्वारा २ जना हुण्डी कारोवारीलाई पक्राउ काठमाडौं । प्रहरीले काठमाडौंबाट २ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरुलाई काठमाडौंको अलग–अलग स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षी... |
सगुनले लगानीकर्ताहरु बीच वेविनार गर्दै
मानव सभ्यतामाथि नै संकट मडारिइरहेको हालको प्रतिकूल अवस्थामा विश्वका सबै राष्ट्रहरु आफ्ना नागरिकहरुलाई बचाउने र संयुक्तरुपमा मिलेर यसको स्थायी उपचार पत्ता लगाउने महाअभियानमा जुटिरहेका छन् । अधिकांश मानिसहरु आफू जोगिन र अरुलाई जोगाउन काम, व्यवशाय छोडेर घरभित्र बस्नु परिरहेको छ । यस... |
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ ।
आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसु... |
null |
null |
रोल्पामा बम विस्फोटमा परेर ४ बालबालिकाको मृत्यु काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहीबार अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको जिल्ला ... |
लागुऔषधसहित चार पक्राउ काठमाडौं । लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका –१ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र दैलेख, दुल्लु नगरपालिका –७ का २७ वर्षीय आकाश शाह छन् ।... |
आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ भक्तपुर । आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै सहोदर किशोरी बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको कि... |
युवतीको हत्या आरोपमा दुई किशोर पक्राउ रुकुमपूर्व । रुकुम (पूर्व) मा एक युवतीको हत्या आरोपमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अभियुक्तले दाउराका ल... |
दैनिक ३० करोड घाटा हेटौँडा । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रु ३० करोड घाटा भइरहेको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीसहित मजदुर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अ... |
बेल्जियमबाट कतार एयरमा नेपाल आएकी युवती सङ्क्रमणमुक्त बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छन् ।
धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी छन् ।
लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई ... |
कोरोनाका बिरामीलाई घोप्टो पार्दा कसरी ज्यान जोगिन सक्छ? बीबीसी । संसारभरि कोभिड-१९ का बिरामीहरू बढ्दै गर्दा अस्पतालमा उनीहरूको उपचारको दृश्य सञ्चारमाध्यममा अचेल निकै देखिन्छ। तर कतिपय त्यस्ता दृश्यमा सघन उपचारमा रहेका बिरामीहरूलाई अत्याधुनिक भेन्टिलेटरमा राखिएको तर उनीहरूलाई घोप्टो पारिएको देखिन्छ।
यो पुरानै विधि हो जस... |
एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ।
कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने... |
प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ ।
इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्... |
इरानद्वारा सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण तेहरान । इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको घोषणा गरेको छ ।
संयुक्तराज्य अमेरिकाले भूउपग्रह कार्यक्रमको आवरणमा इरानले क्षेप्यास्त्रहरूको विकास गरिरहेको आरोप लगाउँदै आए... |
भारतीय नागरिकको शवलाई भारत प्रवेश निषेध, काठमाडौं नै फर्काइयो काठमाडौं । भारतको सिमा सुरक्षा बल एसएसबीले काठमाडौंबाट लगिएको एक भारतीय नागरिकको शवलाई भारत छिरिसकेपछि रोकेर फेरि काठमाडौं नै फिर्ता पठाइदिएको छ । भारतीय सीमा सुरक्षा बलले नेपाल भारत सीमा बन्द गरिएको भन्दै जे सुकै परे पनि भारत छिर्न नदिने अड्डी कसेको थियो ।
... |
बालिका बलात्कार आरोपित पक्राउ सप्तरी । बारह वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
पीडित ब... |
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार ग... |
अब पोखरामा न्यायिक उजूरी अनलाइनबाटै पोखरा । पोखरा महानगरपालिकामा अब अनलाइनमार्फत न्यायिक उजूरी दिन सकिने भएको छ।
कोरोना भाइरसको सङ्क्रमणका कारण परिस्थिति असहज भएपछि न्यायिक समितिसमक्ष अनलाइनमार्फत उजूरी दर्ता गराउन सकिने व्यवस्था गरिएको महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताए ।
पोमपा, न्यायिक समिति संयोजक गुरुङक... |
बालिका बलात्कार आरोपमा पक्राउ नुवाकोट । एक बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।
शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई यही वैशाख ५ गते विभिन्न प्रलोभन देखाई बलात्कार गरेको आरोपको उजूरी जिल्ला प्रहरी कार्यालयमा आइतबार दर्ता भ... |
लकडाउनः व्यस्त सडकमा ‘ओभर ले’ काठमाडौं । अरु समयमा उच्च सवारी चापका कारण काम गर्न कठिन हुने काठमाडौँका मुख्य सडकमा ‘लकडाउन’ को मौका छोपी निर्माण शुरु भएको छ ।
त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको हो । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक ... |
इटालीमा कोरोना उपचारको एउटा अस्पताल बन्द गरियो इटाली ।कोरोना भाइरस संक्रमितको उपचारका लागि इटालीको मिलान सहरको न्यूग्वार्दामा रहेको अस्पताल बन्द भएको छ। लोम्बार्दिआमा कोरोनाका कारण गम्भीर अवस्थामा रहेका बिरामीहरुको संख्यामा कमी आएसंगै सो अस्पताल बन्द गरिएको हो। अस्पतालको २७ जनासम्मको उपचार गर्न सक्ने क्षमता रहेको थियो ... |
दुर्घटनामा एकको मृत्यु धादिङ । धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
दुर्घटनामा घाइते भएका अन्य आठजनालाई तीनवटा एम्ब... |
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु बुटवल । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना–४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको मृत्यु भएक... |
गोरु काटेको अभियोगमा ७ जना पक्राउ खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फे... |
कोरोना संक्रमणः म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने याङ्गुन । म्यान्मारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै उक्त निर्णय गरिएको हो ।
म्यान्मारमा कारा... |
३ सय १२ विद्यार्थीलाई अमेरिकामा सहयोग गर्यौं—एनआरएनए टाक्स फोर्स वासिंगटन डिसी । गैर आवासीय नेपाली संघ, स्टुडेन्ट टाक्स फोर्स तथा स्टुडेण्ट रेस्पोन्स टीम, अमेरिकाले ३ सय १२ विद्यार्थीहरुलाई सहयोग गरेको जनाएको छ । डिसी नेपालमा अप्रिल १५ तारिकमा एनआरएनए अमेरिकाको २५ डलर सहयोग शीर्षकमा प्रकाशित समाचारमा प्रतिक्रिया जनाउंद... |
खुकुरी प्रहार गरी श्रीमान्को हत्या गर्ने महिला पक्राउ खोटाङ । आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।
खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा ... |
कैलालीकी कोरोना सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा अत्तरिया । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभ... |
बेलायतमा कोरोना भाइरसबाट फेरि अर्का नेपालीकाे निधन लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ ।
सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ। लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो।
उपचारका... |
ट्र्याक्टर दुर्घटनामा आठ बालबालिका घाइते दैलेख । आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजीक कर्णाली प्रदेश ०२००१ त.००५९ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ८ बालबालिका घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था चिन्ताजनक छ । ट्र्याक्टर साँझ करीब ५ बजे दुर्घटना भएको थियो ।
ट्र्याक्टर सडकबाट करीब ५०... |
वाग्मती प्रदेश र प्रदेश २ का मुख्यमन्त्रीबीच टेलिफोन वार्ता हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसविरुद्ध प्रदेश २ लाई सबै तवरले सहयोग गर्न वाग्मती प्रदेश सरकार तयार रहेको बताएको जनाइएको छ ... |
लकडाउनमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आव... |
आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु ज्याक्सन। संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।
मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्र... |
अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएकाकाे शव ल्याउन समस्या खाेटाङ। ‘लकडाउन’का कारण अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ।
भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान ... |
छोराले गरे बुबाको हत्या भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्... |
वीरगंन्जका सबै मस्जिदहरु सिल गर्ने तयारी काठमाडौं । पर्साको जमातिमा रहेका तीन भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि वीरगन्जमा रहेका सबै मस्जिदहरु सिल गर्न लागिएको छ । वीरगंजको छपकैयास्थित मस्जिदमा केही हप्तादेखि आश्रय लिइरहेका तीन जना कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गर्न लागिएको हो । पर्सा प्रहर... |
जग्गाको बिषयमा वादविवाद हुँदा छिमेकीलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ झापा । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-५ बस्ने ३५ वर्षीय पुन्य प्रसाद खनाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जग्गाको बिषयमा वादविवाद हुँदा ख... |
बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हा... |
बेलायती प्रधानमंत्री बोरिस जोन्सनलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई आज सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएकोछ। कोरोना संक्रमणका बिगत तीन दिनदेखि उनीलाई लण्डनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा राखिएको थियो।
आज प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिबाट... |
कारोनाका कारण लण्डनमा अर्का एक नेपालीको मृत्यु भएको पुष्टि लण्डन । लण्डनदेखि बाहिर नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको कोरोनाका कारण मृत्यु भएकोछ।
पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा मेखबहादुर गुरुङको मंगलबार निधन भएको हो ।केही दिनदेखि आइसोलेनमा बस्दै आइरहेका एक्कासि ज्वरो... |
जापानको क्योटो प्रान्तमा पनि आपतकाल घोषणा गर्ने तयारी क्योटो ।जापानको क्योतो प्रिफेक्चर सरकारले केन्द्र सरकारलाई आपतकालिन स्थितिको घोषणा गर्न आग्रह गरेको छ ।
कोरोना भाईरस संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेको जनाउँदै प्रिफेक्चरका मेयर र गर्भनरले संयुक्त प्रेस सम्मेलन आयोजना गरेर यस्तो आग्रह गरेका हुन् ।
गर्भनर निस... |
विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भिर गौशाला । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । ... |
प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन शुरु काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन... |
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो लण्डन । कोरोना भाईरसका कारण १० दिन घरमै सेल्फ आईसोलेशनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आईसीयुमा सारिएका छन् । हिजो आइतबार स्वास्थ्य परिक्षणका लागि उनी अस्पताल पुगेका थिए। स्वास्थ्य स्थिति बिग्रदोँ भएपछि हिजै सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए।
आज उनको अवस्था झन गम्भ... |
कोरोना उपचारका लागि तीन देशबाट स्वास्थ्य सामाग्री खरिद गर्ने तयारी काठमाडौं । कोरोनाभाइरसको सम्भावित जोखिम रोकथाम तथा उपचारका लागि नेपाली सेनाले ३ वटा देशबाट स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ। नेपाली सेना स्रोतले दिएको जानकारी अनुसार सिंगापुर, चीन, र दक्षिण कोरियाबाट सामान ल्याउने तयारी गरेको हो ।
जीटुजी सम्बन्ध कायम... |
कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छः मन्त्री ढकाल काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वा... |
बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ मेलम्ची । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको ।
पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन्।
कोरोना भाइरसको जोखिम न्य... |
बलात्कारको आरोपमा दुई जना पक्राउ नुवाकोट । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए ।
आ... |
भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को मृत्यु नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट शुक्रबारसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८... |
महामारीका कारण लण्डनको हिथ्रु एयरपोर्ट बन्द हुने बेलायतको सबैभन्दा ठूलो र अति व्यस्त रहने हिथ्रु एयरपोट आउँदो सोमबारदेखि बन्द हुने भएकोछ। कोरोनाका कारण बेलायतमा गत केही दिनदेखि मर्नेहरूको संख्या निकै बढ्दो छ भने हिजो र आज दुई दिनमा मात्रै एक हजारभन्दा बढीको ज्यान गइसकेकोछ।
सामाजिक दुरी कायम गर्न सरकारले अत्यावश्यकबाहेक... |
इटालीमा संक्रमितभन्दा लकडाउन उल्लंघन गरी सजाय पाउने बढ़ी इटाली । इटालीमा सन्क्रमितभन्दा लक डाउनको अवज्ञा गरी जरिवानामा पर्नेहरु को संख्या बढी छ। मार्च ११ देखि अप्रिल १ सम्मको अवधिमा ३६ लाख ८० हजार २४२ जना मानिसहरु चेक जाँचमा परेका थिए । जसमा १ लाख ५५ हजार ३ सय ५९ जना जरिवानामा परेका छन। त्यस्तै साेही समयमा १६ लाख ६० हज... |
कर्णाली राजमार्गमा मिनी ट्रक दुर्घटना हुँदा चार घाइते दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्... |
एनआरएनए युरोप ६० लाखको आपतकालीन राहत कोष स्थापना गरेर कोरोना विरुद्ध लड्दै काठमाडौँ । संसारलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध लड्न गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रीय समितिले ६० लाख बराबरको आवतकालीन राहत कोष स्थापना गर्ने भएको छ ।
संघको केन्द्रीय समितिले आहन गरेनुसार युरोप संयोजक नारायण आचार्यको ... |
कोरोनाको जोखिम रोक्न झोलुङ्गे पुल बन्द राजापुर । मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ।
मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्र... |
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट बुधबार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को १ च ९६०५ नं को एम्बुलेन्सल... |
संकटमा किन संयम गुमाउँदैछन् मन्त्रीहरु ? सोमबार र मंगलबारका नेपाली मिडिया एवं सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीविरुद्धको ठूलो आक्रोश पोखिएको छ। उनले सरकारका आलोचकहरु (मिडिया तथा विपक्षीलाईसमेत) कतै गिद्ध त कतै कुकुरको संज्ञा दिएपछि सामाजिक सञ्जाल उनीमाथि खनिएको हो।
उनीप्रतिको मानिसहरुको मुख्य टिप्पणी छ ‘... |
बेलायतका स्वास्थकर्मीलाई निशुल्क नेपाली खाना लण्डन / बेलायतमा लामो समयदेखि व्यवसाय गर्दै आइरहेका दुई भाइ कुल आर्चाय र दधि आर्चायको होली काउ टेकवे रेष्टुरेन्टले यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत स्वास्थकर्मीहरु लाई निशुल्क खाना दिने व्यवस्था गरेको छ। होलीकाउले आफ्ना ९ वटा ब्रान्चका टेकवे र एक फाईड डाईन रेष्ट... |
मादक पदार्थ सहित चालक र जिप प्रहरी नियन्त्रणमा म्याग्दी । जिल्लामा पहिलो पटक संक्रामक ऐन २०२० अन्र्तगत कारवाही प्रकृया शुरु भएको छ ।अत्यावश्यक सामग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ओसार पसार गर्ने बेनीबाट राखु तर्फ जादै गरेको ग२च ८८६९ नं.को जिपलाई ६ कार्टुन मादक पदार्थ सहित चालक जिल्ला म्याग्दी बर्ष १९ को सुनिल कुमा... |
घिरिङ गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पिपिइ वितरण दमौली । तनहुँको घिरिङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण गरेको हो । गाउँपालिकाले तीन स्वास्थ्यचौकीका स्... |
योगप्रसाद उपाध्यायको ‘माई लाइफ टाइम’, कांग्रेसको इतिहास अनुसन्धान गर्न उपयोगी कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक अहिले लकडाउनको अवस्थामा छ। अधिकांश मानिस घरभित्रै बसिरहेका छन्। यो बेला मानिसले विभिन्न माध्यममार्फत समयको सदुपयोग गरिरहेका छन्।
कसैले पुस्तक बढेर फुर्सदको सदुपयो गर्दैछन् भने कसैले आफूलाई मनपर्ने फिल्म ह... |
एक लाख नगद र लागुऔषधसहित ३ जना पक्राउ सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ प... |
ठेगाना एपले नेपालमा कोरेना सम्बन्धि सूचना ट्र्याकिंग गर्ने काठमाडौं। ठेगना नामको मोबाइल एप्लिकेशनले नेपालमा कोरोना भाइरस सम्बन्धि सूचना पनि ट्र्याकिंग सेवा शुरु गरेको छ। ठेगना सर्भिसेसले एक सूचना प्रकाशित गर्दै यो सेवा शुरु गरेको जनकारी दिएको हो।
ठेगना अप्लिकेशनमा कोरोनाको लक्षण देखिएदेखिको मेडिकल रिपोर्टसम्म दर्ता गर्... |
लकडाउनमा क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट, एक पक्राउ बारा । लकडाउनको समयमा क्रिकेट नखेल्न आग्रह गर्दा बारामा डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको छ। बाराको परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको हो।
कुटपिटको अभियोगमा सोही गाउँपालिका–५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार... |
स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा छ : मन्त्री ज्ञवाली काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)लाई आइतबार अन्... |
इटालीका गृहमन्त्री भन्छिन् – तत्काल लकडाउन खुल्दैन इटाली।फेब्रुअरी २१ देखि कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको इटाली अप्रिल ३ सम्म लक डाउनमा छ। संक्रमितको संख्या ९२४७२ पुगिसकेको इटालिमा दस हजार भन्दा बढीको मृत्यु भैसकेको छ।
इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै लक डाउन ... |
मकाउका मनकारी नेपालीद्वारा माक्स सहयोग मकाउ, चीन । चीनको मकाउमा रहेका नेपाली समाजसेवीहरुले सात हजार थान सर्जिकल फेस माक्स नेपाल पठाउने भएका छन् । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसबाट नेपालीहरुलाई जोगाउन यस्तो सहयोग गरेका हुन् ।
सो परिमाणका मास्क एनआरएनए मकाउमार्फत नेपाल पठाइने भएको छ । र, ती सामग्री एनआरएनए मका... |
एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ पर्सा। पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट शनिबार एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षीय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवै... |
कोरोनाभाइरसको अस्तव्यस्तताकाबीच आशा पाँच जगाउने कारण बीबीसी । हामीलाई थाहा भएकै कुरा हो, कोरोनाभाइरसको प्रकोप फैलदै जाँदा विश्वभरका मानिसहरूका निम्ति यो खराब समय बन्न पुगेको छ।
सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। शहर होइन पूरै देशहरू नै बन्द गरिएका छन्। कैयौँ मानिसहरू आइसोलेशनमा बस्न बाध्य बनाइएका छन्।
तर चिन... |
टोकियोमा आज थप ६० जना करोना संक्रमित भेटिए ज्याक खड़का टोकियो, जापान ।
तीनदिन यता कोरोना भाईरसबाट संक्रमित ४० बढी भेटिएको राजधानी टोकियोमा त्यो संख्यामा झनै बृद्धि भएको छ ।
संक्रमण नियन्त्रणको लागि नागरिकहरुलाई जरुरी काम बाहेक घरबाहिर ननिस्कन गरिएको विशेष अनुरोधकै दिन संक्रमितको संख्या ६० बढी थपिएको छ ।
कोरोना भाईरस स... |
छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ सिमकोट । हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेप... |
अमेरिका बन्यो संसारमै सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुक वासिंगटन डिसी । संयुक्त राज्य अमेरिका विश्वका सबै मुलुकहरुभन्दा बढी कोरोना भाइरस संक्रमित हुने मुलुक बनेको छ ।
चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अमेरिकामा प्रवेश भएको धेरै समय भएको छैन तर यसको फैलावट भने अत्याधिक छिटो गतिले भएको छ ।
तथ्यांकअनुसार, ... |
चीनतर्फका दुई नाका खोल्ने निर्णय काठमाडौं । सरकारले चीनतर्फका रसुवागढी र तातोपानी गरी दुईवटा सीमा नाका सञ्चालन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय कोरोना समन्वय समितिले बुधबार सो निर्णय गरेको हो । चीनतर्फका नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्... |
तीन एआईजीलाई खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान काठमाडौं। नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीनजनालाई प्रहरी प्रधानकार्यालयको खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान लगाइएको छ। कोरोना भाइरसको सक्रमण हुन सक्ने संभावनालाई ध्यानमा राखेर प्रहरी प्रधानकार्यालयले खुला चौरमा दर्ज्य... |
बाटोखन्ने क्रममा ढुङ्गा पल्टिदा एक जना घाइते, ‘बि पोजेटिभ’ रगतको आवश्यकता ठाटीकाँध । ठाटीकाँध गाउँपालिका ६ डिम्रेखोलामा सडक खन्ने क्रममा ढुङ्गा पल्टीदा १ जना शक्त घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध गाउँपालिका ६ का पुरबहादुर थापा रहेको छन् ।
घाइते थापाको देब्रे हात र देब्रे खुट्टामा गम्भिर चोट लागेको छ । अहिले उनलाई... |
अठार किलो गाँजासहित पक्राउ पर्सा । पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा नं ५ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–५... |
कोरोनाका कारण जापान फर्किन नपाएका एक युवकको दुर्घटनामा परी मृत्यु काठमाडौँ । दाङमा स्कुटी दुर्घटनामा परी एक जना पुरुषको ज्यान गएको छ।
दाङको लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार भन्ने स्थानमा रा ३ प ५४३० नम्बरको स्कुटी दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ वर्षीय अमित सिंह धामीको मृत्यु भएको ... |
मस्र्याङ्दीमा बस खस्यो, ३ जनाको मृत्यु ७ जना गम्भिर काठमाडौं । आबुखैरेनी स्थित मस्र्याङ्दीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पोखराबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख ४२९४ नं.को बस आइतबार साँझ करिव ६ः३० बजे दुर्घटनाग्रस्त भएको हो ।
घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्याल... |
रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध कास्की । कोभिड–१९ (कोरोनाभाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक... |
कोरोना प्रकोपमा नेपाली समुदायलाई सहयोग गर्ने बानाको प्रतिबद्धता बाल्टिमोर । नेपालीहरुको संस्था बाल्टिमोर एशोसिएसन अफ नेपालिज् इन अमेरिका(बाना)ले कोरोनाको प्रकोपबाट बच्न अमेरिकाको संघीय सरकार, राज्य सरकार र स्थानीय निकायले गरेको आह्वानलाई पालाना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ । सोसियल डिस्ट्यान्सिंग र सरसफाईलाई महत... |
काभेमा रोकिएन ट्रक आतंक, फेरि मिनीट्रकको ठक्करबाट बाबुछोराको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गर... |
बेग्लाबेग्लै दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु काठमाडौं । सर्लाहीमा शुक्रबार भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१० स्थित ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पश्च... |
नयाँ बसर्पाकबाट छुट्ने यात्रुलाई निःशुल्क मास्क वितरण काठमाडौं । काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दुरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते... |
अमेरिकी करदातालाई थप ३ महिना राहत वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाले आफ्ना करदाताहरुका लागि कर फायल गर्ने कामका लागि ३ महिनाको अवधि थप गर्ने घोषणा गरेको छ । कर फायल गर्ने समय यही अप्रिल १५ तारिकमा सकिंदै थियो । सरकारी घोषणाअनुसार, यसको समय सीमा बढाएर जुलाई १५ सम्म पुऱ्याइएको छ ।
अमेरिकी सरकारका फाइनान्स सेक्रेटरी... |
टोकियो ओलम्पिक स्थगित गनुपर्छः जेओसी सदस्य काठमाडौं । जापान ओलम्पिक कमिटीका एक सदस्य काओरी यामाचुगिले कोरोना भाईरसको बढदो संक्रमणका कारण जापान ओलम्पिक स्थगित गनुपर्ने बताएका छन ।
जापानी सञ्चार माध्यमले जनाए अनुसार काओरीले २७ मार्चमा जापान ओलम्पिक कमिटीको बैठकमा सो कुराको बारेमा आवाज उठाउने बताएको छ । उनले भनिन मैले युर... |
समस्यामा परेकालाई सहयोग गर्न तयार छौं : एनआरएनए जर्मनी जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले कोरोना माहामारीको सामना गर्न एकजुट भएर लाग्न सबै नेपाली समुदायमा आह्वान गरेको छ । अध्यक्ष हरि न्यौपानेले एक विज्ञप्ति जारी गर्दैै यो जटिल परिस्थितिमा ‘नेपालीका लागि नेपाली’ भन्ने नारा चरितार्थ गर्न एकजुट भइ सकेको जिम... |
अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने एक जना भारतीय पक्राउ काठमाडौं । अवैधरुपमा अन्तर्राष्ट्रिय एसएमएसलाई बाईपास गर्ने एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको पश्चिम बंगालका ३५ वर्षीया प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनि काठमाडौं महानगरपालिका २५ नरदेवीमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।... |
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते नवलपरासी । पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर... |
रतन तिरुवा भन्छन् : प्रचण्ड मेरो प्रिय नेता काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले प्रचण्ड आफ्नो प्रिय नेता भएको बताएका छन् ।
बुधबार अपरान्ह ५ सय धरौटीमा रिहा भए लगतै पत्रकार सम्मेलन गरेर उनले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् ।
उनले भने्, ‘म विद्य... |
अख्तियारद्वारा प्रशासकीय अधिकृत र टेक्निसियन विरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुक्तानी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सुर्खेतको भेरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहदुर केसीविरुद्ध बुधबार विशेष अदालतमा आरो... |
मास्क र स्यनिटाइजर कालोबजारी गर्ने तीन जना पक्राउ कमठमाडाैं । नेपाल प्रहरीले मास्क र स्यानीटाइजर बढी मूल्यमा बिक्रीगर्ने तीन जनालाई पक्राउ गरेको छ ।
महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाईरसबाट बच्न सरकारले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नु भनी विभिन्न संचार माध्ययमबाट नागरिकहरुलाई पटक–पटक आग्रह गरिरहेको... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.