content
stringlengths
31
27.4k
जयतु संस्कृतम्का शाखा बेलायत र अष्ट्रेलियामा काठमाडौं। जयतु संस्कृतम् संस्थालाई विश्वका प्रमुख देशमा शाखा खोली संस्कृत भाषामा रहेको ज्ञान विस्तारमा उपयोग गरिने भएको छ । संस्थाले गत वर्ष अमेरिकामा शाखा गठन गरेको आज जुम प्रविधिबाट आयोजित वाग्मती प्रदेशस्तरीय संस्कृत लोकभाषा अभियान विषयक अन्तरक्रिया कार्यक्रममा संस्थाका अ...
जाजरकोटमा गिद्ध गणना जाजरकाेट । प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ। जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए। गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो। जि...
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती म...
एयरलाइन्स कम्पनीको लापरवाहीले ६५७ यात्रु होटल क्वारेन्टाइनमा काठमाडौं। विदेशबाट स्वदेश फर्किन चाहने नागरिकले आफूलाई कोरोना भाइरस नेगेटिभ भएको रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने प्रोटोकल छ। पीसीआर नेगेटिभ भएको रिपोर्ट साथमा नभए स्वदेश फर्किन नपाउने सरकारी नियम छ। विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ लिएर आएमा उ...
कामपामा कोरोना : २ हजार सात सय संक्रमित, १९ जनाको मृत्यु काठमाडौं। बिहीबार काठमाडौं महानगरले ९ वटा वडामा ५२५ जनाको स्वाब संकलन गर्दैछ। वडा ८ र २९ मा १००/१०० जना, २८ जना १२० जना, २०, २१, २३ र २४ मा गरी १२० जना, ३ मा ३० जना र ६ मा ५५ जनाको स्वाब संकलन गरिने महानगरपालिकाले जनाएको छ। भदौ १४ गतेसम्मको विवरणअनुसार महानगरका २...
करेन्ट लागेर मृत्यु नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद खाँणले बताए। कावासोती...
वर्षाले अवरुद्ध ग्रामिण सडक खोल्दै नगरपालिका मुगु । लगातारको वर्षाले अवरुद्ध रहेका आफ्ना नगर क्षेत्रका ग्रामिण सडकहरु खुलाउन यहाँको एक स्थानीय तहले सडक मर्मत कार्य शुरु गरेको छ। जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले वर्षाका कारण अवरुद्ध रहेका नगर क्षेत्र भित्रका अन्तर वडा र राष्ट्रिय सडक जोडने ग्रामिण स...
फेरि मौसम बदली, विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सोमबार र अस्ति आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभ...
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत काठमाडाैं। नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ। क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो। शनिबारको खेलअघि जमैका र सेन्ट किट्स...
बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो । घरबाट करिब एक किलोमिटर उत्तरमा रहेक...
सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन –३ को बिजेता काठमाडौं । सज्जा चौलागाईँ नेपाल आइडल सिजन–३ को विजेता भएकी छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल ३ को बिजेता बन्न सफल भएकी हुन्। उनले बिजेताको उपाधि उचाल्दै गर्दा सबैले अपेक्षा गरेका प्रवीण बेडुवाल फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलल...
काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक काठमाडौँ। काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ। अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ। रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ ...
चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु चितवन। चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ। स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो। उनीको...
एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडिओ सार्वजनिक काठमाडौं। चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडिओ सार्वजनिक गरिएको छ। नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको रहेक...
स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु रुपन्देही । तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८÷४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवलबाट मणिग्रामतर्फ जाँदै ...
विदेशमा पनि नेपाल प्रहरीको पराक्रमः सुडानमा बहादुरी देखाउँदै (फोटोफिचर) काठमाडौं । अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (एफपीयु) का प्रहरी जवानहरु । तस्वीरः नेपाल प्रहरी फर्मड पुलिस युनिट सुडान
आइसोलेसन तोडफोडका मुख्य नाइके पक्राउ खाँदबारी । सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्...
एपीएफद्वारा अवैध सामान बरामद काठमाडौं । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानीबाट शुक्रबार एपीएफ टोलीले करीव सात लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोवाईल स्क्रिन र कम्प्युटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आ...
लिदी पहिरामा पुरिएका ३० जनाको शव फेला, ९ अझै बेपत्ता सिन्धुपाल्चोक। गएको शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये बिहीबार थप पाँचको शव फेला परेको छ । बिहीबार तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्...
लिदी पहिरोः थप ३ शव फेला काभ्रे । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जा...
बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह काठमाडौं। सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कल...
सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयमा समाचार कम प्रकाशित काठमाडौं। नेपालका पत्रपत्रिकाले अझैपनि बृहत्तर यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयलाई कम प्राथमिकता दिएको पाइएको छ। राइट हेयर राइट नाउ को सहयोगमा युवालयले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपालका १० वटा दैनिक पत्रिकामा प्रकाशित समाचारक...
नेपालको पत्रकारिता क्षेत्रमा कोभिड–१९ को गम्भीर असर काठमाडौं। विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को नेपाली पत्रकारिता क्षेत्रमा गम्भीर असर देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकार...
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु पोखरा। पोखराको पस्याङ्मा सवारी दुर्घटनाहुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग१ब ३६९ नंकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त...
भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो । विश्वव्यापी ...
गृहमन्त्रीको स्कर्टिङ गर्ने गाडीले ठक्कर दिँदा २ महिला घाइते काठमाडौं। प्रहरीको गाडीले स्कुटीलाई ठक्कर दिँदा २ जना महिला घाइते भएका छन्। गृहमन्त्रीलाई स्कर्टिङ गर्न जान लागेको गाडीले ठक्कर दिँदा स्कुटरमा सवार २ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए। गौतमले भने, ...
अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ काठमाडाैं। प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर...
नेपाली सेनाका सहायक रथी राणा बर्खास्त काठमाडौं। नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणा बर्खास्तगीमा परेका छन्। सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा आर्थिक अनियमितता गरेको ठहर गर्दे १ करोड ७२ लाख जरिवाना र भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सहाक रथी राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।...
यो साता सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउने न्यून लन्डन। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून...
बेपत्ता बालकको शव फेला काठमाडौं । झिमरुक– प्युठानका माडीखोलामा खस्दा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ। गत साउन २४ गते साइकलसँगै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी १० वर्षीय विपीन गौतमको शव शुक्रबार बिहान फेला परेको हो। शव प्युठान नगरपालिका–१ को झिम्टीबगरस्थित माडीखोलाको क...
मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या काठमाडाैं। काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या गरिएकाे छ। शुक्रबार सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हाे। तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर तामाङको हत्या गरेको हाे। उ...
रुपन्देहीमा कोरोना नतिजा आधा घण्टामै रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ । कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए । पिसिआर परी...
पहिरामा बेपत्ता व्यक्तिको शव फेला टिस्टुङ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। पहिर...
ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो। अभियुक्त उदास र ट...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भए...
प्रेम र विवाहको नाटक गरेर फरार भएका युवा पक्राउ धादिङ । प्रेम र विवाहको नाटक गरेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मा उर्फ (राज सेन्चुरी)लाई पक्राउ गरेको छ। काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरे। नाम, थर ढाँटेर प्रेम विवाह गरेका ...
डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो...
करेन्ट लागेर मृत्यु सप्तरी । पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ बस्ने ३५ वर्षीय इजलाम आलमको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राज...
जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ वीरेन्द्रनगर । कर्णालीमा नेत्र विक्रम चन्द नेतृत्वका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मुगुका सोरु गाउँपालिका–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र...
सुटकेशमा शव प्रकरणः एक युवती चितवनबाट पक्राउ काठमाडौं। काठमाडौंमा भएको विभत्स हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। आइतबार गोंगबु क्षेत्रमा टाउको र खुट्टा अलग गरिएको एक शव सुटकेशमा फेला परेको थियो। शव फेला परेको दोस्रो दिन प्रहरी संदिग्ध युवतीलाई चितवनको ठाँडीबाट पक्राउ गरिएको प्रहरी उच...
र्‍याली अफ होपः विश्व नेताहरूले भने ‘मानवता बचाउन विश्व एक जुट हुनुपर्छ’ सियोल। आइतबार दक्षिण कोरियाबाट संञ्चालन गरिएको र्‍याली अफ होपमा संसारभरिका करिब १९४ देशका दशलाख भन्दा बढी सहभागिहरूले प्रत्यक्ष रुपमा सहभागिता जनाएका छन्। टेलिभिजन, तथा विभिन्न सामाजिक संजालहरूका माध्यमबाट करिब १ करोड मानिसहरूले कार्यक्रमलाई हेरेक...
घुस लिएको अभियोगमा मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ । इञ्जिनीयर अधिकारील...
माडीका मेयर भन्छन् : भारतको अयोध्यापछि नेपालको अयोध्यामा पनि मन्दिर बनाउने तयारी काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भगवान रामचन्द्रको जन्म मूभि नेपालमै रहेको बताएपछि नेपालमा रामको जन्म भूमिलाई लिएर बहस चलिरहेकै बेला रामको जन्म भूमि मानिएको भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि शिलान्यस भयो। भारतीय प्रधानमन्त्र...
अवैध कपडा बरामद कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बाट शनिबार बरामद गरेको छ । सशस्त्र प्रहरीले भारतीय बजार बसहीबाट अवैधरूपमा ल्याउँदै गरेको कपडा अमताल नजिकको जमुनाघारीबाट बरामद गरेको हो । सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र...
सामूहिक बलात्कारका फररा आरोपी पक्राउ नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २ गते आफ्नै घरमा सुतिरहेका अवस्थामा चारप...
लेबनानमा भएको विस्फोटमा १३५ को मृत्यु बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका बताइएको छ । यस गोद...
अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन। यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन्। भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्द...
उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार काठमाडौंमा ५७ जना र ललितपुर...
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन्। मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२...
भारतबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ नेपाल आएका सोनार पक्राउ काठमाडौं। कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टो...
मोटरसाइकलको ठक्करबाट मृत्यु बुटवल । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्र...
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कमला प्रहरी फन्दामा काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवनका गर्दीका बस्ने ४० वर्षीया कमला कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रह...
गाँजासहित युवा पक्राउ मोरङ । मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्ष...
नक्कली दुई प्रहरी पक्राउ दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्। नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा क...
खानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत काठमाडौं । गत आर्थिक वर्षमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । मन्त्रालयअन्तर्गत १४ आयोजना सम्पन्न हुँदा एक लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०...
कुटपिट गरेर बाबुको हत्यापछि अपराध लुकाउन शव आर्यघाट पुर्‍याएपछि… काठमाडौं। शनिबार पशुपति आर्यघाटमा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ को थम्पीका ५१ वर्षीय रामकृष्ण नेपालीको शव जलाउने अन्तिम तयारी चलिरहेको थियो। कोरोना महामारीका कारण मलामीहरु धेरै थिएनन्। मात्र नजिकका आफ्न्तहरु थिए। शव चितामा चढाउने तयारी भइरहेकै ब...
सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म न्यूयोर्कका विद्यालय नखुल्ने न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले शनिबार बताएका छन् । “विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि ...
ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु नेपालगञ्ज । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ। नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापा...
पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयकाे अवरोध पछि झडप काठमाडौं। पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा झडप भएको छ। गएराति संक्रमितको शव व्यवस्थापन गर्नेक्रममा स्थानीय नागरिकले अवरोध गरेपछि प्रहरीले हवाई फायर अश्रु ग्यास प्रहार गर्दा झडप भएको हो। पर्सा प्रहरीका अनुसार एसपी गंगा पन्...
हङकङ प्रशासनद्वारा स्थानीय निर्वाचन एक वर्ष पछि सार्ने निर्णय हङकङ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय शुक्रबार गरेको छ । हङकङको उक्त निर्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आक्रोशित तुल्याएको छ । उनीहरूले निर्वाचनलाई पछि सार्ने निर्णय प्रतिपक्ष...
खाडी जाने लोभमा दलालको विश्वास गर्दा भारतमा अलपत्र काठमाडौं। कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहा...
पाँच सय तालिबानी जेलमुक्त काबुल । अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्। ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो प...
उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा ३८ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । आज काठमाडौंमा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै...
गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ : अस्ट्रेलिया सरकार क्यानबेरा । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल कास्की । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ। सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका का...
बीस दिनपछि मृतकको पहिचान खुल्यो काठमाडौं। सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेको छ। असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाईते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट...
बंगलादेशी प्रधानमन्त्रीको व्यवहारले भारतमा खैलाबैला, मिडिया रिपोर्टले ल्यायो नयाँ तरंग ! काठमाडौं। बंगलादेशलाई आफ्नो नजिकको सहयोगी सम्झिने भारतको सम्बन्ध पछिल्लो समय बंगलादेशसँग पनि बिग्रिँदै गएको छ । अहिले भारतको सम्बनध छिमेकी देशहरु नेपाल, पाकिस्तान, चीन, बंगलादेश कसैसँग पनि राम्रो छैन । अघिल्लो वर्षसम्म भारतको सम्बन...
ट्रककाे ठक्करबाट युवतीकाे मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। कैलालीको बर्दगोरियास्थित बौनियामा सोमबार बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन्। स्थानीयवासीको अव...
सुनको मूल्यमा नयाँ रेकर्ड काठमाडाैं। कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ। गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ। आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९६ ...
हत्या आरोपमा पक्राउ झापा । जिल्लाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन्। आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रब...
लामखुट्टेले मानिसको रगत किन पिउँछ ? वैज्ञानिकले खोजे कारण काठमाडौं। लामखुट्टेले टोकेर मानिसको रगत चुसेको त हामीले देखेकै छौं । तर, लामखुट्टेले मानिसको रगत किन पिउँछ भन्नेबारे वैज्ञानिक रुपमा अहिलेसम्म कुनै तथ्य पत्ता लागेको थिएन । अहिले भने वैज्ञानिकहरुले यसको पछाडिको कारण खोजेका छन् । वैज्ञानिकहरुले यसको कारण खोज्ने क...
सीतापाइलामा युवतीमाथि एसिड प्रहार काठमाडौं। काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ ती युवतीमाथि एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ताले जानकारी दिएका छन्। उनले युवतीलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको जानकारी दिए। प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको...
स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ। सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम...
मास्क प्रयोग नगर्नेबाट रु एक लाख राजश्व कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो । कोभिड १९– को स...
अपहरण भयो भनि नाटक, केटीसँग होटलबाट पक्राउ काठमाडौं। अपहरण भएको भनि नाटक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। साउन २ गते प्रहरीमा परेको निवेदका आधारमा खोजी गर्दा काठमाडौंको नयाँ वसपार्क स्थित एक होटलबाट केटी सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ४ चुनदेवीका वर्ष ३० का शक्तिराज रेग्मि रहे...
सर्पकाे टाेकाइबाट १ जनाकाे मृत्यु महोत्तरी । जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए। अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो। सर्पदंशित उनलाई बुधबार बिहान उप...
अमेरिका र चीनको द्वन्द्वमा टिकटक किन फस्यो ? बीबीसी । भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको छ। तर चीनसँग सम्बन्धित भएका कारण चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच द्वन्द्व बढ्दा टिकटक दबावमा परेको नयाँ कम्पनी बनेको छ। अमेरिका र अस्ट्रेलिया यो एपलाई प्र...
पहिरोले पुरिएर काठमाडौंमा १ जनाको मृत्यु काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर १ जनाको ज्यान गएको छ। गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। कार्कीका अनुुसार, ‘आठ जना मध्ये मृ...
चीनका विषयमा नाटकीय रुपमा फेरियो ट्रम्पको बोली काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली नाटकीय रुपमा फेरिएको छ । विगत केही महिनायता चीनको चर्को आलोचना गर्दै आएका ट्रम्पले अचानक बोली फेरेर भारत र चीनको भलाइ र शान्ति कायम गर्नको लागि आफू जेसुकै गर्न तयार रहेको बताएका हुन् । उनले आफूले भारत र चीन दुवै देशका जनता...
ब्रिटिस आर्मी हुँ भन्दै महिला साथी बनाएर ठगी गर्ने पक्राउ काठमाडौं। ब्रिटिस आर्मी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीइ प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक सनकोशी गाउँपालिका–८, घर भएका दिपक मोक्तान भनिने ३३ वर्षिया दिपक ...
शाही र कार्की एआईजी पदमा बढुवा सिफारिस काठमाडौं। नयाव महानिरीक्षक (डीआईजी)हरु निरजबहादुर शाही र प्रद्युम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी शाही र कार्कीलाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुने प्रहरी महानीरिक्षक शैले...
बिग बास लिगको खेल तालिका सार्वजनिक काठमाडौं । क्रिकेट अष्ट्रेलियाले बुधवार देशकै प्रमुख टि २० प्रतियोगिता बिग बास लिगको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार बीबीएलको पहिलो खेल एडिलेड स्ट्राइकर र मेलबोर्न रेनेगेड्स बीच एडिलेड ओभलमा ३ डिसेम्बर हुनेछ। प्रतियोगतामा कुल ६१ खेलहरु हुनेछन । बीबीएलको फाइनल अर्को वर्ष फ...
बाढी–पहिरोबाट ३० लाख मानिस प्रभावित हुनसक्ने अनुमान काठमाडौं। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट ३० लाख मानिसहरु प्रभावित हुनसक्ने आकलन गरिएको छ। मनुसन शुरु भएपछि गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययन अनुसार ३० लाख मानिसहरु प्रभावित हुनसक्ने जनाएको हो। सरकारको अध्ययन...
लकडाउनमा घरभाडा छुट गर्ने घरधनी सम्मानित बन्दाबन्दी अवधिको घरभाडा मिनाहा तथा छुट गर्र्ने घरधनीलाई आज बुटवलमा बिशेष सम्मान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण गरिएको बन्दाबन्दी समयमा घरभाडा मिनाहा तथा छुट दिने ६० मनकारी घरधनीलाई सम्मान गरिएको हो । बुटवल । लकडाउन अवधिभर व्यापारव्यवसाय ठप्प भएकाले भाडामा रह...
राम जन्मभूमिबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको प्रष्टिकरण काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम जन्मभूमिबारे दिएको अभिव्यक्तिले विवादको रुप लिन थालेपछि परराष्ट्रमन्त्रालयले यो विषयमा प्रष्टिकरण दिएको छ। मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ओलीको टिप्पणी कुनै राज...
युवकको बगेर मृत्यु काठमाडौं । प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ। प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५, बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी...
यूकेमा २००० वर्षअघि ‘हत्या गरिएका’ एक मानिसको कङ्काल फेला बीबीसी । यूकेको बकिङ्हम्शरमा रेलमार्ग निर्माण भइरहेको स्थानमा फेला परेको एउटा अस्थिपञ्जर लौहयुगमा हत्या गरिएका एक व्यक्तिको हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन्। झन्डै २००० वर्ष पुरानो नरकङ्काल भुइँमा घोप्टिएको र दुवै हात ढाडतिर लगेर पछाडिपट्टि बाँधिएको अवस्थ...
सार्वजनिक यातायात सञ्चालनः गाडी सडकमा ल्याउने वातावरण बनाइदिन व्यवसायीको माग काठमाडौं। कोरोना महामारीका कारण देशभर लकडाउन गरिएपछि चैत ११ गतेबाट बन्द भएको सार्वजनिक यातायात सुचारु गर्ने विषयमा आइतबार यातायात व्यवसायी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङबीच छलफल भएको छ। आइतबार मन्त्रालयमा भएको छलफलमा ...
रुपन्देहीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ। सो दुर्घटनामा गम्भ...
नेपालमा भारतीय न्यूज च्यानल प्रकरण : भारतमै भारतीय सञ्चारमाध्यमको विरोध काठमाडौं। नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि भारत सरकारले त्यसको प्रतिवाद गर्यो। तर, केही भारतीय सञ्चार माध्यमहरु भने नेपाल सरकार र नेपालका प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार अभिय...
धनुषा र सर्लाही हुँदै फेरि सलह नेपाल आउन सक्ने प्रक्षेपण काठमाडौं। विनाषक किरा सलह फेरि नेपाल आउन सक्ने प्रक्षेपण गरिएको छ। कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यानेन्ट सेन्टरले धनुषा, सर्लाही र सर्लाहीबाट सलह नेपाल आउने सक्ने सम्भावना रहेको जनाएको छ। सेन्टरले शनिबार...
रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन गर्ने तयारी रुपन्देही । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता ...
ट्रम्पले आफ्ना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजाय घटाइदिए वाशिङ्टन डिसी (बीबीसी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन्। वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको ह...
बैंकिङ कसुरमा फरार २ व्यक्तिलाई प्रहरीद्वारा पक्राउ काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार सूचना जारी गरी जनाएको छ । काठमाडौँ ताम...
सार्वजनिक यातायात संचालन नगर्ने व्यवसायीकाे चेतावनी काठमाडौं। बिहीबार मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात संचालन गर्न दिने निणर्य भएको सुनाए। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न द...
धेरैले चाहन्छन् ‘यस्तो घरबेटी मेरो पनि होस्’ काठमाडौं। ‘यो बैंकले पनि कति फोन गरेको? रकम भए त आफैं गएर खुरुखुरु किस्ता बुझाउँथे नि! आखिर बुझाउनै पर्ने रकम हो।’ सतुंगलका एक कपडा व्यापारी आफ्नै पसलमा निकै चिन्तित भएर दुखेसो पोख्दै थिए। ‘डेरावालाई पनि जबरजस्ती गर्ने कुरा आएन,’ करुणा देखाउँदै घरमा बस्नेप्रति भन्दै थिए, ‘क...
नेपालप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि भारतीय च्यानल बन्द काठमाडौं। नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालका च्यानल सेवा प्रदायक संस्थाहरुले भारतीय च्यानल दुरदर्शनबाहेक सबै च्यानल बन्द गर्ने निर्णय गरेका छन्। बिहीबार रातीबाट लागु हुनेगरी च्यानलहरु बन्द गरिएको मेगा म्याक्स टि...
भारतीय सञ्चारमाध्यमप्रति नेपाली नेताहरु आक्रामक काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि विचलित भएका भारतीय सञ्चारमाध्यमहरुले नेपालबारे तथ्यहीन, आधारहीन र काल्पानिक विषयमा समाचार बनाउँदै देश र देशका प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरेपछि नेपालमा भारतीय सञ्चार माध्यमको विरोध भएको छ। सत्तारुढ दल नेकपाको आन्तरिक विवाद, का...
ओखलढुङ्गामा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। सोलुखुम्बुस्थित सोलुखोला ...
बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो, केही व्यक्ति सम्पर्कविहीन मेलम्ची। गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु-याएकोे छ। उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। अविरल वर्षाका...