content stringlengths 31 27.4k ⌀ |
|---|
कोरोनाविरुद्धको लडाईँः १४ गतेबाट खोप अभियान काठमाडौं। कोरोना महामारीविरुद्धको लडाईँमा नेपालमा पनि खोप अभियान शुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आगामी बुधबार देश व्यापी खोप अभियान शुरु हुने जानकारी दिएका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत मन्त्री त्रिपाठीले खोप अभ... |
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ।
आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ। सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्या... |
यसरी पाइन्छ आम्दानी अनुसारको घर कर्जा काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले घर बनाउने प्रयोजनका निम्ति जग्गा खरिद गर्न, घर निर्माण गर्न, घरको तला थप्नेजस्ता व्यक्तिगत प्रकृतिका घरजग्गामा कर्जा दिँदै आएका छन् । घरजग्गाका लागि ऋण लिनुअघि यस्तो कर्जाको नीतिगत व्यवस्थाबारे सामान्य जानकारी राख्नु जरुरी छ ।
घर कर्जा प्रदान ... |
निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न प्रहरी महानिरीक्षकको निर्देशन काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदे... |
दुई दम्पत्तिको शंकास्पद मृत्यु : प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? काठमाडौं। एक हप्ता अघि काठमाडौको टोखामा उमेश केसी र सुदिक्षा केसी मृत अवस्थामा फेला परे। उनीहरु दम्पत्ति थिए। उनीहरुको मृत्युको कारणबारे महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जले सो विषयमा अनुसन्धान गर्यो। ती दुवै निकायले उमेश र ... |
‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’ लन्डन । सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएक... |
खोपको लाइन नमिच्न डब्लुएचओको धनी देशहरूलाई आग्रह बीबीसी । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन्। टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए।
त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी ... |
व्यावसायिकरुपमा माछापालन फस्टाउँदै दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिकरुपमा पाल्न थालिएको छ।
उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अगाडिसम्म केही... |
पीएम कप क्रिकेटः आर्मीद्वारा गण्डकीलाई २८८ रनको लक्ष्य काठमाडौं । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभूवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । शुक्रबार टियू मैदान कीर्तिपुरमा जारी खेलमा पहिले ब्याटिङ गर्दै आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको छ ।
सुस्त सुरुवात गरेक... |
क्यापिटल भवन हिंसा : आत्मसमर्पण गर, नत्र तिम्रो ढोकामै पुग्नेछौँ बीबीसी । अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई)ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ।
अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन्... |
मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित क्वालालम्पुर । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।
मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा अहिलेस... |
पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छः डा महत काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । विश्व हिन्दू महासङ्घ नेपालले २९९औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको सनातन धर्म संस्कृति संरक्षणको क्षेत्रमा राष्ट्र निर्माता प... |
जंगीअड्डामा नेपाली सेनाले मनायो पृथ्वीजयन्ती काठाडमौं । नेपाली सेनाले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। सेनाको मुख्यालय जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती तथा एकता दिवस मनाएको हो।
मुख्यालयभित्र रहेको पृथ्वी नारायण शाहको शालिकमा प्रधान सेनापति पूर्णचन्द्र थापाले माल्यार्पण गरेका थिए। स... |
काठमाडाैंकाे टोखामा दम्पतीको शव भेटियो, अनुसन्धान भइरहेको प्रहरीको भनाई काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन। शुक्रबार राति सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेका हुन्। केही समयअघि मात्रै अमेरिकाबाट आएका उनीहरु टोखाको कोलनीमा बस्दै आएका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौं... |
होबार्ट पराजित, सन्दीपको किफायती बलिङ एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ । पर्थमा बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो ।
सिड्नीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा... |
एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन भएको छ ।
माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क... |
भारतमा देखियो बर्ड फ्लू, हजारौँ पन्छी मारिँदै बीबीसी । भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए।
भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।
‘उ... |
एउटा बालिका बलात्कार घटना जसले कोरियाको कानुनी कमजोरीलाई उजागर गरिदियो बीबीसी । एक बालिकालाई क्रूर तरिकाले बलात्कार गरेको आरोप लागेका व्यक्तिको सजाय कम र रिहाइको घटनालाई लिएर दक्षिण कोरियाको न्यायिक प्रणालीबारे नयाँ बहस सुरु भएको छ।
बाह्र वर्षअघि ११ डिसेम्बर बिहान राजधानी सोलबाट दक्षिण-पश्चिम अन्सानमा एकजना आठ वर्षीया ... |
असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ जेनेभा । राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् ।
बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यात... |
कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण काठमाडौं । कम्बोडिया सरकारले नेपाल सरकारलाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्... |
एअरपोर्टमा भेटिएको पेस्तोलको गोली नेपाल प्रहरीकै काठमाडौं। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जान लागेका बद्रिहाङ राईको सुरक्षा जाँच गर्दा पेस्तोलमा प्रयोग हुने गोलीको एक डब्बा फेला पर्यो। विमानस्थलमा गोलीसहित मानिस फेला परेपछि प्रहरीले सो विषयलाई गम्भीर रुपमा लिँदै गोलीसहित फेला परेका झापा मेचिनगरका २० ... |
टोखाबाट चरिबाघको छालासहित एक जना पक्राउ काठमाडौं । प्रहरीले काठमाडौँको टोखाबाट चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार)सहित ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई आइतबार पक्राउ गरी आज सार्वजनिक ग... |
बागलुङमा तङ्ग्रिदै पर्यटन बाग्लुङ। कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ। बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन्। बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ। धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन्।
... |
जलेश्वर पुगेर प्रभु साहले भने, ‘प्रचण्डलाई जनतामाथि विश्वास छैन’ जलेश्वर । शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा शनिबार आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघ... |
महिलाकाे नौ महिनादेखि ओडारकै बास, खाेज्न काेही आएनन् कर्णाली । जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ। सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पुर्याएको हुन सक्छ। त्यही पात्रको परिचय भने न... |
फरार दुई प्रतिवादी पक्राउ कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।
चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजा... |
एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै काठमाडौंं। एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ। महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस स... |
भारतमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस, ६ जना संक्रमित काठमाडौं। बेलयातबाट आएका ६ जनाको स्वांब संकलन गर्दा भारतमा नयाँ स्वरुपको कोरोनाका फेला परेकाे छ। भारतीय संचार माध्यामका अनुसार अहिलेसम्म नयाँ स्ट्रेनकाे काेराेना भाइरसबाट ६ जना संक्रमित भएकाे पुष्टि भएकाे छ।भारतका विभिन्न शरहमा बेलायतबाट आएकाहरूकाे परीक्षणा ग... |
कमिशन घटेको दिन सेयर बजारमा देखिएन उत्साह, नेप्से ४० अंकले घट्यो काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से झण्डै ४० अकंले घटेको छ। आइतबार नेप्से ३९ दशमलव ९८ अंकले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा बन्द भएको छ।
आइतबार कारोबार भएका सबै समूहको सेयर ओरालो लागेको छ। २ सय ४ वटा कम्पनीका ८१ लाख ७७ हजार कित्ता स... |
कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिनेलाई फ्रान्सले नागरिकता दिने बीबीसी । फ्रान्सले कोरोनाभाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता दिने बताएको छ।
आन्तरिक मन्त्रालयले कोभिड–१९ को नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई द्रुत रूपमा उपलब्ध गराइने अङ्गीकृत नागरिकताका लागि न... |
आइतबार सुनको मूल्य स्थिर काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार स्थिर रहँदै छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य पनि स्थिर छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेक... |
गुल्मीमा ६७ हजार राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तम्घास । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत गुल्मीमा हालसम्म ६७ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । गत कात्तिक २३ गते जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म ६७ हजार २५१ जनाक... |
कोरोनाविरुद्धको खोप भारतबाटै ल्याउने नेपालको तयारी काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप नेपालले दक्षिणी छिमेकी भारतबाटै ल्याउने तयारी गरेको छ। दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्य भारतमा विकसित भइरहेको खोप ल्याउनेबारे छलफलमा जुटेका छन्।
उनले २४ डिसेम्बरमा भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तलाई यही विषयलाई लिएर भ... |
आज पुष ११ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आज वि.सं.२०७७ साल पुष ११ गते, शनिबार । सन् २०२० डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । द्वादशी तिथि। चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मिनेट र सूर्यास्त बेलुकी ५ः१४... |
कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई मातृशोक काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताकोे निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीकोे आज बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले आज एक शोक विज्ञप्... |
भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु काठमाडौं। भक्तपुरमा भैसि बोकेको ट्रक अनियन्त्रित भई पल्टीदा चाकको मृत्यु भएको छ। भक्तपुरको जगातीमा भएको दुर्घटनामा चालक विरगञ्जका कैमोदिन अन्सारीको मृत्यु भएको हाे।
विरगञ्ज महानगरपालिका वर्ष ३० का कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानका... |
प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक, महासचिवमा पाण्डेकाे नाम प्रस्ताव काठमाडौं। प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकले रिक्त महासचिवमा सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गर्ने बताइएको छ।
पाण्डेको नाम केही बेरमा बस्ने केन्द्रीय कार्य कमिटीको बैठकले अन... |
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला... |
झापामा लागुऔषधसहित तीन पक्राउ झापा। जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरब... |
टी टेन लीगमा नेपालका तीन क्रिकेटर अनुबन्धित, तर सन्दीपलाई कसैले किनेन काठमाडौं। युएईको आबुधावीमा हुने टी १० क्रिकेट लीगका लागि नेपालबाट १२ खेलाडीहरुले ड्राफ्टका लागि नाम दर्ता गराएकोमा तीनजना खेलाडीमात्र विक्री भएका छन्। नाम दर्ता गराएका मध्ये पाँच खेलाडी ड्राफ्टमा परेका थिए।
फास्टबलर सोमपाल कामी, अर्का बलर करण केसी र ... |
प्रचण्ड–नेपाल समूहमा गएका महासेठ पुरानै घर फर्किए काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको विवादका कारण मंगलबार अलग-अलग बैठक बसे। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले बालुवाटार र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बबरमहलमा आफू वैधानिक हौं भन्दै अलग अ... |
बालअधिकार महासन्धिको ३१ वर्ष पुगेको अवसरमा दक्षिण एशियाली बाल सम्मेलन काठमाडौं। बालअधिकार सम्बन्धी महासन्धीको ३१ वर्ष पूरा भएको अवसरमा मंगलबार बाल सहभागिता सम्मेलन आयोजना गरिएको छ। साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समुह (एनएसीजी) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एशियास्तरीय बालसहभागीता सम्वन्धी सम... |
नेपालको सगरमाथामा नेपाली सर्भेयर नै पहिलो पाइला पर्न सफल भएँः खिमलाल गौतम (अन्तर्वार्ता) पोखरा । नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो । नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधि... |
हुण्डीको रकमसहित एक जना पक्राउ काठमाडौं। प्रहरीले काठमाडौको न्यूरोडबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। नगद १३ लाखसहित धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी बृत्त जनसेवाले उनलाई स्रोत नखुलेको रमकसहित पक्राउ गरेको थियो। उनले सो रकम कहाँबाट ल्या... |
बादललाई फकाउन सक्रिय प्रचण्ड, आजै फेरि भेटेर फर्के काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई फकाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड- नेपाल समूहको अलग अलग केन्द्रीय कमिटीका छलफल भइरहेका बेला प्रचण्डले मन्त्री क्वाटर पुगेर बादललाई फकाइरहेको स्... |
चितवनमा घुमौँ सौराहा अभियान संचालन चितवन । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ। विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो।
क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा अभियान शुरु गरिँदैछ... |
ब्रिटेनमा देखियो कोरोनाको नयाँ प्रकार, अध्ययन गर्दै डब्ल्यूएचओ बीबीसी । ब्रिटेनमा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार वा नयाँ भेरीअन्टबारे ब्रिटिश अधिकारीहरूसँग छलफल भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ। ब्रिटिश सरकारका अनुसार यो नयाँ प्रकार अहिले लन्डनमा देखिएका अधिकांश सङ्क्रमितमा फेला परेको छ।
नया... |
नेदरल्याण्ड सरकारले बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगायो काठमाडौं। नेदरल्याण्ड सरकारले बेलायतबाट हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । बेलायतमा नयाँ स्ट्रेनको कोरोनाभाइरस भेटिएपछि नेदरल्याण्डले यस्तो गरेको हो । बेलायतका केही भागमा तेस्रो पटक लकडाउन लागू गराउने स्थिति ल्याएको यो नयाँ स्ट्रेनको कम्तीमा एक केस आफ्नो देशमा प... |
नेकपा विवादः शीर्ष नेताहरू दैनिक छलफलमा काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिए... |
अमेरिकामा मोर्डनाको खोप प्रयोगका लागि स्वीकृति काठमाडौं। अमेरिकी सरकारले मोर्डनाको खोप प्रयोगका लागि अनुमति दिएको छ। फाइजर÷बायोएनटेकको खोपपछि अमेरिकामा अनुमति पाउने मोर्डना दोस्रो खोप हो।
अमेरिकी खाद्य तथा औषधी प्रशासनले अमेरिकामा निर्मित मोर्डनाको खोप प्रयोगका लागि आधिकारिक अनुमति दिएको छ। अमेरिकाले मोर्डनाको २० करोड ... |
४९४ फरार प्रतिवादी पक्राउ कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ।
प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत... |
ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी काठमाडाैं। आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्... |
पशुपतिनाथ मन्दिर नौ महिनापछि खुल्दै, दर्शनार्थी खुशी काठमाडौँ । सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल मन्दिर परिसरमा भजन गरेर आनन्द लिने उनको दैनिकी टुटेको पनि नौ महिना पूरा भएको छ ।
“पशुपतिमा नित्य दर... |
सात दिनभित्र माग पूरा नभए कडा आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको चेतावनी काठमाडौं । स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको सयुक्त संघर्ष समितिले १८ बुँदे मागबारे सरकारले बेवास्ता गरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिडलगायत ज... |
भारतीय नोट दुई लाखसहित भारतीय नागरिक पक्राउ काठमाडाैं । भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्... |
भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार नयाँ दिल्ली । कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् ।आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु पर्ने अडान राखेका छन् ।
सरकारले ठूलो उपल... |
अष्ट्रेलियाले दियो भारतलाई १ सय ८७ रनको लक्ष्य काठमाडौं। तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा घरेलु टिम अष्ट्रेलियाले भारतलाई जितका लागि १ सय ८७ रनको लक्ष्य दिएको छ।
सिड्नीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । अष्ट्रेलियाका लागि दुई जना खेलडिले अ... |
श्रीमतीसँग झगडा भएपछि श्रीमान ४ सय ५० किलोमिटर टाढा पैदल हिँड्दै पुगे काठमाडौं। श्रीमान श्रीमतीमा झगडा हुनु आम कुरा हो । तर, एक दम्पतीको बीचमा यस्तो झगडा भयो कि श्रीमानले आफूलाई शान्त बनाउनको लागि ४५० किलोमिटरको बाटो पैदल नै पूरा गरे । यस क्रममा उनी हप्तौंसम्म पैदल हिँडे । घटना इटलीको हो ।
इन्डिपेन्डेन्टको रिपोर्टअनुसा... |
भाङ र सिस्नोको परिकारले चम्किएका सन्तोष (भिडियोसहित) जर्मनी। नेपाली युवा सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल यूके २०२० को सेमिफाइनलमा पुगेका छन्। इन्डियन खानामा २० बर्ष भन्दा लामो अनुभव सम्हालेर पोख्त भएका उनी नेपाली खानालाई विश्व बजारमा चिनाउनु पर्छ भन्दै नेपाली खानाकोे प्रवद्र्धन गर्ने उद्देश्यले अहिले प्रतियोगिता... |
६ वर्षपछि बलात्कार अभियुक्त पक्राउ पाँचथर। नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभ... |
null |
यस वर्षको हिउँदमा गैँडा गणना हुने चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ ।
नेपालमा गँंैडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स... |
सिमाका भन्सारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहीरहने सम्झौता काठमाडौँ । नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा रहीरहने भएका छन् ।
नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वर काठमाण्डौ र प्रभु बैंकको समन्वयमा सीमाका विभिन्न ७ वटा भन्सार कार्यालय... |
सरकारको बहुवर्षीय महत्वकांक्षी योजना, स्वास्थ्य क्षेत्रमा ‘कायापलट’ काठमाडौं। सरकारले ३ सय ९ वटा स्थानीय तहमा आधारभुत अस्पताल भवनको शिलान्यास गरेको छ।
स्वास्थ्य सेवा स्थानीय स्तरसम्म पुर्याउने उद्येश्यका साथ गत जेठमा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पत... |
कृषि विकास बैंकको ह्याकिङ प्रकरणका आरोपीत पक्राउ काठमाडौँ । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर (ह्याकिङ) गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका १ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
कृषि विकास बैंक मूख्य कार्यालय तथा शा... |
ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने पक्राउ काठमाडौं। पेट्रोल ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई जनालाई बाराबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनीहरूलाई काठमाडौं ल्याएको हो।
पक्राउ पर्नेमा बारा जिल्ला साविक अमलेखगञ्ज ६ स्थायी ठेगाना भई हाल जितपुर सिमरा र विकेश २१ बस्ने ३५ व... |
सञ्चार क्षेत्रको भूमिका अझै सशक्त बनाउन सरकारले सहयोग गर्छः अर्थमन्त्री पौडेल रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकास र परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैनिकपत्र’ राष्ट्रिय दैनिकको १७औँ वार्षिकोत्सवको उद्घाटन गर्दै पौडेल... |
भारतमा २४ घण्टामा थप ४४ हजार ४८९ जनामा कोरोना भाइरस संक्रमण नयाँदिल्ली। भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। जसमध्ये ८६ लाख ७९ हज... |
काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाले गति लिँदै (फोटो फिचर) काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेश द्रुतमार्गले निर्माणमा गति लिएको छ । यो सँगै आयोजना समय सिमा भित्रै निर्माण सम्पन्न हुने नेपाली सेनाले जनाएको छ ।
यो आयोजनाको नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ बैशाख २१ गतेको निर्णय अनुसार आ.ब.०७... |
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमिटेक पुरस्कार २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ ।
रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो ... |
बाबुराम भट्टराईदम्पती कोरोनामुक्त काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोनामुक्त भएका छन् ।
भट्टराईले कोरोनामुक्त भएको जानकारी ट्विटरमार्फत दिएका छन्।
‘एक महिनापछि कोभिड– १९ सँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त ... |
बाजुरामा तास खेलिरहेका ५ जना ११ हजार नगद सहित पक्राउ बाजुरा । बाजुरामा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
बडिमालीका नगरपालिका ६ बस्ने ४० वर्षीय जय बडुवालको घरमा तास खेलिरहेको अवस्थामा बडुवाल समेत ५ जनालाई नगद ११ हजार १ सय ८५ रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराब... |
किम जोंग उनका भतिजा अमेरिकी गुप्तचर एजेन्टको नियन्त्रणमा काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उनका भतिजा किम हान सोल बेपत्ता भएका छन् । उनलाई अमेरिकाको जासुसी एजेन्सी सीआइएले ‘प्रोटेक्टिभ कस्टडी’मा राखेको बताइएको छ । किम हान सोल किम जोंग उनका दाजु किम जोंग नामका छोरा हुन् । किम जोंग नामको २०१७ मा हत्या गरिएको थियो । ... |
नाम्लो र थाप्लोको भरमा टिकेको जीवन नुवाकोट। ‘त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु…’ बद्री पंगेनीले धेरै वर्ष पहिला यो गीत गाएका थिए। उनले गितमा ‘अझै नी लोकतन्त्र आको छैन है, जनताले भने झैं भाको छैन है’ पनि भनेका छन्। बद्री पंगेनीले भनेझै लोकतन्त्रको आभास नुवाकोटकी मन्जु ओझाले गरेकी छैनन्। उनलाई अझै पनि लोकतन्त्र आएको छै... |
गण्डकीमा १०९ र सुदूरपश्चिममा ६४ सङ्क्रमित थपिए गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०९ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयल... |
अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने एकजना पक्राउ सिरहा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई सोही नगरपालिका ४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजय... |
अमेरिकामा कोरोनाको ३० मिनेटमै नतिजा दिने नयाँ विधिलाई अनुमति वासिङ्टन(एपी) । अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ ।
आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व... |
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘जित’ सङ्केत गर्ने शब्दको पहिलो पटक प्रयोग वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन्।
निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ... |
आज मंसिर १ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आव वि.सं.२०७७ साल मंसिर १ गते, सोमबार । सन् २०२० नोभेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । प्रतिपदा बिहान ०९ बजेर १२ मिनेट उप्रान्त द्वितीया तिथि। चन्द्रमा बृश्चिक राशिमा । काठमाडौंम... |
देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु देउखुरी। दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो।
विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको... |
भरुवा बन्दुक र कालिज सहित ५ जना पक्राउ म्याग्दी । बेनी नगरपालिका ४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट १ थान भरुवा बन्दुक र २ वटा कालिज सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बेनी नगरपालिका ४ थामडाँडा बस्ने ३६ वर्षीय सक बहादुर गुरूङ, २१ वर्षीय संजय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय ... |
मजदुर समाजको यूएई शाखा गठन अबुधाबी। मजदुरका लागि मजदुर भन्ने मुल नारा र उद्देश्यसहित स्थापना भएको नेपाली मजदुर एकता समाजको यूएई शाखा गठन गरिएको छ। मलेशिया, माल्दिभ्स, भारत, नेपाल गरी ४ वटा देशमा शाखा समिति निर्माण गरिसकेको नेपाली मजदुर एकता समाजले आफ्नो पाचौं शाखा समितिको रूपमा युएईमा समिति गठन गरेको हो।
लक डाउन को समय... |
फेक आईडीबाट बालिकाहरूलाई अश्लिल तस्वीर पठाउने व्यक्ति पक्राउ काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका ४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अखिलले बालि... |
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक २७ गते देखि कारोबार सुरु भएको हो ।
... |
चेक बाउन्स भएपछि सुन्दर यातायातका अध्यक्ष पक्राउ काठमाडौं। चेक बाउन्स प्रकरणमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन्। उनलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो।
सुन्दर यातायातका सञ्चालकहरुको उजुरीका आधारमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ। बस ल्याउँछु भनेर व्यक्ति... |
बाइडेनले अमेरिकी राष्ट्रपतिको चुनाब जित्दा साउदी अरेबिया किन डराइरहेछ ? काठमाडौं। अमेरिकी राष्ट्रपति पदमा जो बाइडेनको जीतले विश्वका कैयौं देश उत्साहित भएका छन् भने कैयौं देश असहज पनि भएका छन् । केही देशले बाइडेनलाई जीतको बधाइ समेत दिएका छैनन् । साउदी अरेबियाले पनि बाइडेनलाई बधाइ दिन २४ घण्टाभन्दा ढिलाइ गर्यो । साउदी अर... |
राजधानीकै स्थानीय तह दिँदैनन् सूचना काठमाडाैं । राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ।
‘सोच नेपाल’ नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रमका कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले नागरिकको हैसियतमा भदौको अन्तिम सा... |
युवतीलाई १० वर्षसम्म यौन शोषण गरेपछि लेबनान पुर्याएर बेचियो काठमाडौं। एक बालिकालाई काठाडमौंका गौतम लामाले नेपालदेखि लेबनानसम्म यौन शोषण गरेको खुलेको छ। ती बालिका अहिले २३ वर्षकी भइसकेकी छन्। ती बालिकालाई काठमाडौंदेखि लेबनानसम्म १० वर्षदेखि यौन शोषण गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको छ।
प्रहरीले ललितपुर महालक्ष... |
देशभर ३५हजार ४१९ सक्रिय संक्रमित, कहाँ कति ? (तथ्यांकसहित) काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ । योसँगै सक्रिय संक्रमित ३५ हजार ४१९ जना रहेका छन् ।
यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांकः
... |
नेकपा विवाद : ओलीलाई भेट्न सचिवालयका पाँच सदस्य बालुवाटरमा काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष ५ नेता प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेका छन्। शुक्रबार पार्टी कार्यालय धुम्बारहीमा छलपफल गरेका सचिवालयका ५ सदस्य प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय स... |
श्रीमतीमाथि तातो तेल खन्याएपछि… धादिङ। धादिङको नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन् । तातो तेलले पोलेर टाउको, ढाड... |
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ वासिङ्टन । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् ।
ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए ।
शान्तिपूर्ण ... |
ट्रम्पका छोराले भारतको नक्सा बदलिदिएको भन्दै भारतमा मोदी र ट्रम्पको विरोध काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जति जयजयकार गरे पनि अमेरिकी राष्टपति डोनल्ड टम्प र उनको समूहले भारतको नक्सा नै फेरबदल गरिदिएको भन्दै सामाजिक सञ्जाल तातेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोरा डोनल्ड ट्रम्प जुनियरले विश... |
ढकाल समूहको उम्मेदवारी दर्ता काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो नेतृत्वको समूहको जीत आवश्यक रहेको बताएका छन् । आफ्नो समूहका सद... |
एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ काठमाडौँ । प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ ।
पक्राउ पर्न... |
चीनले नेपाली सीमा मिचेको समाचारहरु फेक हुन् : चीन काठमाडौं। चीनले नेपाली भूमि मिचेको भनेर प्रकाशित भएका समाचार तथा रिपोर्टहरु फेक भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चीनले नेपाली भूमि मिचेको प्रतिवेदनहरु गलत भएको बताएको चिनियाँ सरकारी समाचार माध्यम ... |
श्रमजीवी पत्रकारका समस्या दिगोरुपमा समाधान गर्न सञ्चारमन्त्रीको जोड काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब÷सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
आज सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, न्यूनतम् पारिश्रमिक निर्... |
जलविद्युत पत्रकार समाज गठन कास्की । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारको भेलाले ‘जलविद्युत पत्रकार समाज’ गठन गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आज भएको भेलाले भरत कोइराला(कास्की)को अध्यक्षतामा १३ सदस्यीय समाजको गठन गरेको हो ।
समाजको उपाध्यक्ष दीपक ज्ञवाली (रुपन्देही), महासचिव ज्ञानेन्द्... |
दुर्घटनामा घाइते महिलाको मृत्यु झापा । गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ।
मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी थिइन् र उनको विराटनगरस्थ... |
ज्वारे पूर्णिमामा धामी नाच हुँदै सिमकोट । कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ । कोजाग्रत पूर्णिमाको दिन आज बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर) मा देवताका धामी र भत्तालुको भिड लागेका छन् । मौला, नाच्नेडाँडा, लामाथाणा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.