content stringlengths 20 64.1k ⌀ |
|---|
युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आज (बिहीबार, जेठ २५ गते) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहान ९ बजे एफपीओ बाँडफाँड गरेको हो।
कम्पनीको उक्त एफपीओमा १३ लाख ५७ हजार १८० आवेदकबाट १ करोड ५४ लाख २७ हजार ५३० कित्ताको लागि आवेदन परेको थियो। जसम... |
आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १६० रुपैयाँ, कुरीलो प्रतिकेजी १८०, काउली स्थानिय प्रतिकेजी मूल्य ६० रुपैयाँ,आलु रातो ४५ र... |
यस्तो छ, आजको बिदेशी मुद्राको बिनिमय दर, युरो १४१ रुपैयाँ बढी काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ ... |
आजदेखि बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं। बिल्डिङ रिजिलियन्स अफ इन्सुरेन्स टुर्वाड्र्स इमर्जिङ रिक्स भन्ने नाराका साथ नेपाल बीमा प्राधिकरणले २५ देखि २७ गतेसम्म काठमाडौंमा बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एसियन इन्स्योरेन्स मिट आयोजना गर्ने भएको छ।
प्राधिकरणका अनुसार सम्मेलनमा जलवायु परिवर्तन, महामारीलगा... |
सामान्य अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ३६५.४७ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ६५ ल... |
दुई कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ। सेयर सूचीकृत हुनेमा दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन्।
दोल्ती पावरको ५३ लाख ६४ हजार ८६० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ। आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार... |
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव दमौली। पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ। मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा ६ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ।
घरटहरा हटाउनका लागि रु २२ करोड ४५ लाख मुआब्ज... |
अप्पर लोहरेखोला हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अप्पर लोहरेखोला हाइड्रोपावर कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई चुक्तापुँजीको ४९ प्रतिशत आईपीओ बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो।
अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ४९ प्रतिशत... |
सुनको मूल्य बढ्यो, चाँदी स्थिर काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी म... |
५ अर्बले बढ्यो निक्षेप संकलन, सीडी रेसियो घट्यो काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ५ अर्बले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २२ जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ। २१ जेठसम्म बैंकहरूको निक्षेप ५५ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो।
यसै ... |
आइएमई लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति काठमाडौँ। नेपाल धितोपत्र बोर्डबाट आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्सकान गर्न अनुमति प्राप्त गरेको छ। बोर्डले यो कम्पनीलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको आईपीओ बिक्री खुला गर्न अनुमति प्रदान गरेको हो।
अनुमति प्राप्त गरेसँगै अब कम्पनी... |
३२ जेठबाट प्रिमियममा आईपीओ जारी गर्दै घोराही सिमेन्ट इन्डस्ट्री काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्रीले ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ जेठ ३२ गतेदेखि जारी गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको... |
आजको तरकारी तथा फलफूलको मुल्य, गुन्द्रुककाे भाउ २७५ रुपैयाँ काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्य सार्वजनिक गरेकाे छ।
जसअनुसार आज बुधबार ठुलो गोलभेडा (नेपाली) २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा १५ रुपैयाँ, रातो आुल ४७ रुपैयाँ ताेकिएकाे छ ... |
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८८ पैसा र बिक्री दर १३२ रूपैयाँ ४८ पैसा रहेको छ भने युरो ... |
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने काठमाडौं। वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने\गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत नि... |
संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको उक्त् छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुन... |
२५.६६ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ९८ करोड माथिको कारोबार काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक २५.६६ अंकले घटेर १९२७.६५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८७ अंकले बढेर ३६५.०९ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ... |
बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराए... |
ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत भएको छ। बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
बैंकको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अ... |
नेपाल टेलिकमको स्पष्टोक्ति : ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुने छैन काठमाडौँ। नेपाल टेलिकमले ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमले ग्राहकको गोपनीयतालाई सधैँ सम्मान गर्छ र यसको सुरक्षा तथा गोपनीयतामा एकरत्ति पनि... |
युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बाँडफाँड हुने काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बिहीबार (जेठ २५ गते) बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहान ९ बजे आईपीओ बाँडफाँड हुने भएको हो।
कम्पनीको उक्त एफपीओमा १४ लाख ४ हजार ७ आवेदकबाट १ करोड ६३ लाख ३ हजार २० कित्ताको लागि आवेदन दिए... |
अवसर इक्विटी फन्ड र हिम पर्वत हाइड्रोपावरबीच लगानी सम्झौता काठमाडौँ। अवसर इक्विटी डाइभर्सिफाइड फन्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ। दुईवटा रन अफ रिभर हाइड्रोपावर निर्माण गर्न सम्झौता गरिएको छ।
सागु खोला–१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२० मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपैयाँ... |
सेल्सवेरी डिपार्टमेन्टको सामान अब अनलाइनमार्फत खरिद गर्न सकिने काठमाडौं । सेल्सवेरी डिपार्टमेन्ट स्टोर्सले अनलाइन प्लेटफर्म ‘इकमर्स’ सार्वजनिक गरेको छ। सेल्सवेरीका सिइओ सुशिलमान प्रधानाङले सोमबार पत्रकार सम्मेलन गरि सो अनलाइन प्लेटफम ‘इकमर्स ‘ सार्वजनिक गरेका हुन्।
यससँगै सेल्सवेरीले विभिन्न अफर पनि सार्वजनिक गरेको छ। ... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्... |
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय-सुझाव काठमाडौँ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ।
केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ। सोही बमोजिम बैंकले आर्थिक वर्ष २०८०–८१ को मौद... |
कति छ आज हरियो तरकारी र फलफूलको मूल्य ? काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
समितिका अनुसार आज मङ्गलबार ठुलो गोलभेडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुप... |
विश्व वातावरण दिवसको अवसरमा नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’ योजना काठमाडौँ। नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजना (Nabil Sustainable Housing Loan) को स्किम अघि सारिएको हो।
आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका ... |
थप ११ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स काठमाडौँ। नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) वितरण गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो।
एलओआई पाएका ४३ वटा कम्पनीमध्ये ७ कम्पनीलाई बोर्डले पहिले नै ब्रो... |
नयाँ सारथी लघुवित्तको २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले दुई संस्थापक सेयरधनीको २२ हजार ८३१ कित्ता सेयर आज (जेठ २३ गते) देखि बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी पूर्णबहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशमराज बिष्टको नाममा रहेको १० हजार ८३१ कित्ता बिक्रीम... |
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर, महंगियाे डलर काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९८ पैसा र बिक्री दर १३२ रूपैयाँ ५८ पैसा रहे... |
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्त... |
दोहोरो अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८८ अंकले बढेर ३६२.२२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७७ कम्पनीको ५६ लाख २... |
समीट लघुवित्तको सेयरमा मूल्य समायोजन, कति पुग्यो भाउ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले संस्थाको १३.५६ प्रतिशत बोनस सेयर समायोजन गरे... |
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ । नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भई रहेको सुनको मूल्य स्थिर रहेर शो मूल्यमा कारोबार भइ रहेको नेपाल सुनचाँदी व्यवसायी म... |
नेपाली ट्राभल कम्पनी भयो ‘ह्याक’, करोडौँको नोक्सान काठमाडौँ। ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् ।
विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पुर्याएका ह... |
हिमाल दोलखा हाइड्रोपावरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयर आज (२२ जेठ) देखि निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात् १:०.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।
यसअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँअंकित मूल्यक... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ कायम गरिएको छ।
युरोपियन युरोको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा, बेलायती पाउण्ड स्टर... |
बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन् म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो।
लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सु... |
यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ३६ रुपैयाँ ६७ पैसा, गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, रातो आलु ४... |
गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा गण्डकी। गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ।
आइतबार सार्वजनिक आउँदो आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ-नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शी... |
सेयर बजारमा हरियाली, ५३ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ। नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो।
आइतबार नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ... |
आरएमडीसी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। आइतबारको कारोबारमा संस्थाको ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
आरएमडीसीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो... |
पुँजीगत लाभकर नै अन्तिम कर हुने भएपछि सेयर बजारमा उत्साह काठमाडौँ। अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ। नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो।
आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर न... |
नेशनल लाइफ इन्स्योरेन्सको ३५औँ वार्षिक साधारण सभा २२ जेठमा, के-के छन् एजेण्डा ? काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा जेठ २२ गते बस्दैछ। सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १०ः३० बजे सुरु हुनेछ।
सभामा गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण गर्ने... |
राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी काठमाडौं। राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ। आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो।
नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ ... |
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा, स्थानीयवासी खुसी गण्डकी। जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ।पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ।
नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपा... |
घरभाडा नबढाउन उद्योग वाणिज्य संघको अपिल चितवन। व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सकेसम्म छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ । देशमा चरम आर्थिक मन्दिका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको भन्दै संघले भाडा नबढाउन अपिल गरेको हो ।
संघले कोभिड–१९ पश्चात सिर्जित अवस्था एवम् बैँक तथा वित्तीय संस्थाले... |
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ । नेपाली बजारमा सुनक मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य प्रति तोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैया... |
सेयर लगानीकर्ताले लगाए ब्रोकर कार्यालयमा ताला काठमाडौँ। सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन्।
उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन्। बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ। लगानीकर्ताहरुको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार ह... |
यस्तो छ आजकाे तरकारी तथा फलफूलकाे मूल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार आइतबार ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ६७ पैसा, ठुलो गोलभेडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ, सानो गोलभेडा (टनेल) १७ रुपैयाँ ६७ पैसामा खरिर ... |
यस्ताे छ, आजकाे विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ ०० पैसा रहेको छ भने युरो... |
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा कास्की। कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।
आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो। आयोजना माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेख... |
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो काठमाडौं । सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ ।
आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक... |
वार्षिक आम्दानी अनुसार कति तिर्ने आयकर ? काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ ।
आर्थिक विधेयकमा भएका व्यवस्था... |
विश्वका केन्द्रीय बैंकबीच सुन किन्ने प्रतिस्पर्धा, १७६ प्रतिशतले बढ्यो खरिद लन्डन। विश्वभरका केन्द्रीय बैंकहरूमा सुन किन्ने प्रतिस्पर्धा बढ्दै गएको छ। विश्व वित्तीय बजारमा बढ्दो अस्थिरताका बीच विभिन्न केन्द्रीय बैंकहरूले सुनमा लगानीलाई सुरक्षित मानिरहेका छन्।
मौद्रिक विज्ञहरूका अनुसार यो पनि अमेरिकी डलर प्रतिको निरन्तर... |
null |
null |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७२ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
बैंकले ७२ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्... |
दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज हेटौँडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ। दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्... |
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ? काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ।
आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ। जसमध्ये चालु शीर्षकमा रू ती... |
नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजमा थप सुविधा काठमाडौँ। नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ ।
टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्क भि... |
कृषि विकास बैंकले माग्याे ठूलो संख्यामा कर्मचारी काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि १७९ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले चौथो तहको सहायकदेखि नवौँ तहको अधिकृतसम्म कर्मचारी भर्ना दरखास्त आह्वान गरेको छ... |
नबिल बैंकका एक साथ ३८ नयाँ शाखा सञ्चालनमा काठमाडौँ। नबिल बैंकले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो।
‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै... |
बजेटले समृद्धिको मूल लक्ष्यलाई जोड्नुपर्छ : पूर्वउपाध्यक्ष कँडेल काठमाडौँ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले बजेटमा अर्थतन्त्रको स्थितिलाई सम्बोधन गर्ने प्रयास गरिएको बताएका छन्।
अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दि... |
लुम्बिनी विकास बैंकको ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म पाइन्छ भर्न ? काठमाडौँ। लुम्बिनी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र भर्ने म्याद थप गरिएको छ। अव लगानीकर्ताहरुले यस ऋणपत्रमा जेठ ३० गतेसम्म आवेदन दिन पाउने भएका छन्।
बैंकले जेठ १६ गतेदेखि जेठ १९ सम्म क लागि ऋणपत्र बिक्री खुला भएको छ। तर तोकिएको समयमा आवश... |
सुनको मूल्यले तोड्यो रेकर्ड, चाँदीमा पनि वृद्धि काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले दिन प्रति दिन बढ्दै गएको छ। शुकबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
बिहीबार प्रति तोला १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय र... |
प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : महासंघ अध्यक्ष ढकाल (अन्तर्वार्ता) नयाँ दिल्ली। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन्।
प्रतिनिधिमण्डलमा यसअघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ। हिजो (बिहीबार) साँझ नेपाल र भारती... |
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल नयाँ दिल्ली। भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए।
नेपा... |
यस्ताे छ तरकारीको आजको मूल्य : सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार प्रतिकेजी ९ रुपैयाँ ६० पैसादेखि ४६५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ।
सार्बजिनक... |
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारदेखि खुल्ने काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट खुल्ने भएको छ। मर्जर प्रक्रिया पूरा एकीकृत कारोबार पनि सुरु गरिसकेको कम्पनीको सेयर कारोबार आइतबारदेखि सुरु हुन लागेको हो।
यस अघि मर्जर गर्नको लागि रोक्का रखिएको सेयर कारोबार नेपाल स्टक ए... |
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ? काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज (जेठ १९ गते)देखि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत... |
यस्ताे छ आजको बिनिमय दर, युराेकाे भाउ १४० नाघ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ५६ पैसा र बिक्री दर १३२ रूपैयाँ १६ प... |
आइएमई पेको नयाँ अफर– रु.१४ मा आइफोन १४ काठमाडौं । आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु.१४ मा आइफोन १४’ नामक योे अफर आज जेठ १८ गतेदेखि असार ३० गतेसम्म डेढ महिनासम्म चल्नेछ।
यस अफरमा ग्राहकले आइएमई पेको ‘रु।१४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन्। यो गेम ग्राहकले जतिपटक पनि रु. १४ तिर... |
१६.५४ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा बढेको छ। बिहीबार नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१९ अंकले बढेर ३५५.६२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७२ कम्पनीको... |
रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिन्छौं : भारतीय प्रधानमन्त्री मोदी नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिएर काम अघि बढाउने बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरवाद हाउसमा आयोजित संयुक्त पत्... |
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर नयाँदिल्ली। अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ।
आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज यहाँ हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्... |
१९ वर्षदेखि चर्चामै सीमित उत्तरगंगा जलाशययुक्त आयोजना गलकोट। बागलुङको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ। सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्यालाई विद्युत्को पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य तथा वायुलगायत नवीकरणीय ऊर्... |
दिक्तेलमा नबिल बैंकको शाखा विस्तार खोटाङ । नबिल बैंकले खोटाङको दिक्तेल बजारमा शाखा विस्तार गरेको छ । केही समय अघिदेखि कारोबार सुरु गरेको नबिलको २३४ औं दिक्तेल शाखा बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले उद्घाटन गरेका छन् ।
थप ३८ वटा नयाँ शाखा विस्तारका क्रममा दिक्तेल शाखा औपचारिक ... |
प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ।
२ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो।
६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्प... |
सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर... |
हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न नाट्टाको माग काठमाडौँ। नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ।
नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा विदेश भ्रमण गर्दा ल... |
१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘झ’ बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै ५ वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री गर्न लागेको हो। जेठ १९ गते जारी हुने उक्त ऋणपत्र आज (जेठ १८ गते) बोलकबोलमार्फ... |
सनराइज बैंकको १ लाख २२ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सनराइज बैंकको १ लाख २२ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यस सेयरमा अन्य व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता १२५ र... |
बजेटमा सुदूरपश्चिम : स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सुक्खा बन्दरगाहसम्म महेन्द्रनगर। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन्। कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई सम्बोधन गरेको... |
रावा इनर्जी डेभलपमेन्टको आईपीओ बिक्री खुला काठमाडौँ। रावा इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आज (जेठ १८ गते)देखि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्न लागेको हो। यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।
साथै, आ... |
यस्ताे छ आजकाे तरकारी तथा फलफूलकाे मूल्य काठमाडौँ। कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य २५, मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी १५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ।
त्यसै... |
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूप... |
कर्णालीका स्थानीय तहलाई झण्डै २७ अर्ब बजेट सुर्खेत । सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ ।
जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तह... |
विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ऋण र दुई अर्ब अनुदान सहयोग काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्... |
सेयर बजार राताम्मे, ३८.८३ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा पहिरो गएको छ। बुधबार नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ अंकले घटेर ३५३.४३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्स... |
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा. महत काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन्। उनले भने,“पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु। ”
नेपाल आर्थिक पत्रकार समाजल... |
नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन्। सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन्।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अ... |
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
मंगलबार प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सयले बढेर १ लाख १२ हजार रुपैयाँमा... |
पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालो सूचीमा काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ कम्पनीलाई कालोसूचीमा राखेको छ। बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।
एक वर्षदेखि साढे ३ वर्षसम्म कालोस... |
पाँचखाल औद्योगिक ग्राम : ‘महिला उद्योग ग्राम’मा रुपान्तरण काभ्रे। काभ्रेपलाञ्चोकको कृषि नगर पाँचखाल नगरमा निर्माण हुने मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामलाई ‘महिला उद्योग ग्राम’मा रुपान्तरण गरिएको छ। सोमबार संसद्मा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट वक्तव्यमा निर्माणको प्रक्रियामा रहेको ... |
कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला काठमाडौँ। कुमारी बैंकले बुधबारदेखि बैंकको नाममा रहेको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।
यसमा न्यूनतम ११० रुपैयाँ वा सोभन्दा ब... |
हकप्रद सेयर जारी गर्दै सिंगटी हाइड्रो इनर्जी काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
यो सँगै कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाउने भ... |
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘झ’ बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै ५ वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री गर्न लागेको हो। जेठ १९ गते जारी हुने उक्त ऋणपत्र जेठ १८ गते बोलकबोलमार्... |
घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम मौका काठमाडौँ। घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बुधबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। यस कम्पनीले १९ वैशाखदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको हो। यस सिमेन्टले ३ लाख ९७ हजार १... |
युनिक नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको यस एफपीओमा लगानीकर्ताले आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाउने छन्।
कम्पनीले जेठ ११ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.