content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ।, बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो। सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीव...
सेतोपाटी संवाददाता मोबाइलमा भिडिओ बनाउने क्रममा एक जना नेपाली युवाको भारतीय राज्य गुजरातमा मृत्यु भएको छ।, टाइम्स अफ इन्डियाका अनुसार, रेलको भिडिओ बनाउन लागेका प्रकाशमंगल बिकको मंगलबार रेलको ठक्करबाट मृत्यु भएको हो।, एक साताअघि कामको खोजीमा गुजरात पुगेका बिकले पहिलो पटक रेल देखेपछि उत्साही हुँदै भिडिओ बनाउन खोजेका थिए...
एजेन्सी भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ।, टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्।, मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र एक अर्का सार्पसुटर रहेका छन्। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आज पाँचौं दिन पनि सिंहदरबारको फाहोर उठाएको छैन। , महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। , सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पन...
रासस पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ।, पश्चिमी क्षेत्रबाट प्रदुषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन। विभागका महानिर्देशक शिवलाल तिवारील...
सेतोपाटी संवाददाता बिहीबार दिउँसो सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा धनगढी-१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगर पुगे।, उनी मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भनेर आएका थिए। , सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरे गर्न पठाइयो। एक्सरे रिपोर्ट हेर्...
रासस सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएकोे तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ। , अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि मंगलबार कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका सं...
रासस गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।, भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।, यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा भएको छ। , सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले दुई जना डिआइजीको सरूवा गरेको हो। , प्रहरीको केन्द्रीय प्रवक्ता रहेका डिआइजीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरूवा भएको हो। , यस्तै योजना तथा अन्वेषण निर्देशनालयमा रह...
रासस बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।, मङ्गलबार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएक...
सेतोपाटी संवाददाता स्रोत नखुलेको २० लाख रूपैयाँ नगद र बिल-बिजक नभएको दुई सय किलो काजुसहित एक व्यक्ति पक्राउ परेका छन्।, मंगलबार दिउँसो पैसा र काजुसहितको ट्रयाक्टरमा आउँदै गरेका अलिम मिया अन्सारीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।, सह-प्रवक्ता थापाका अनुसार सशस्त्र प्रहरी ब...
प्रशन्न पोखरेल सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ।, अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान पाउने छैनन्।, यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थी विभिन्न देश जाने गर्दथे।, सरकारले फागुन १८ गते निर्देशिका जारी गर्दै वैदेशिक अध्ययन अनुमति पत्र (...
सेतोपाटी संवाददाता बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। , गए राति पाटन नगरपालिका वडा नम्बर ८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट जिप खसेको थियो।, पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको सेतोपाटीलाई बताए।, ‘दुर्घटनामा परेर ६ जनाको मृत्यु भयो। मृतकहरू सबै एकै ...
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदानको अवलोकन गर्न निमन्त्रणा पठाएका छन्।, मंगलबार शीतलनिवास र बालुृवाटारलाई पत्र लेख्दै मेयर साम्पाङले धरानमा खानेपानीको समस्या र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकनका लागि आमन्त्रण गरेका हुन्। , प...
रासस आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन। , पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन। छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन।, घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ।, हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन। बागलुङ नगरपालिका–११ रायडाँडाको ...
सेतोपाटी संवाददाता स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले  पाँचथर जिल्ला फागुनन्द गाउँपालिका- ३ घर भई  ललितपुर महानगरपालिका-२६  बस्दै आएका  ४६ वर्षीय एकराज नेम्बाङलाई पक्राउ गरेको हो।, नेम्बाङलाई मंगलबार काठ...
रासस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ गढीगेटनजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ।, दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।, गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्ष...
सरिशा अछामी नवलपरासीकी ७० वर्षीया फोकनादेवी कोइरी साँझ परेपछि छट्पटाउन थाल्छिन्।, दस दिनअघि मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदा उनले सात किलोजति गहुँको पिठो बोकेर ल्याएकी थिइन्। त्यो अहिले सकिन लागेको छ। त्यही भएर साँझको रोटी उनी आफ्ना श्रीमानका लागि मात्र पकाउँछिन्। आफू भने आन्दोलनकारीहरूको सामूह...
सेतोपाटी संवाददाता मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।, मोटरसाइकल चोरीसम्बन्धी उजुरी बढ्न थालेपछि मोरङ प्रहरीले विशेष अपरेशन नै चलाएर गिरोहलाई नियन्त्रणमा लिइ मंगलबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेहरूमा देवानगञ्ज गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारत अरअरिया लक्ष्मीपुर-...
एजेन्सी भारतको पञ्जाब राज्यमा बुधबार बिहान भारतीय सेनाको एक क्याम्पमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।, टाइम्स अफ इन्डियाका अनुसार पञ्जाबको बठिन्डा सैनिक क्याम्पमा बिहान साढे ४ बजेतिर गोली चलेको हो।, गोली चलेपछि क्याम्पको आपतकालीन टिम परिचालन भएको छ भने क्याम्प रहेको क्षेत्रलाई सिल गरिएको छ।, गोली हान्ने व्यक्ति सा...
सेतोपाटी संवाददाता अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ।, बुधबार साँफेबगर नगरपालिका-१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको  स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेर उनको मृत्यु भएको ...
सेतोपाटी संवाददाता महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना बाहिरिएको छ। काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका-६ का निर्माण व्यवसायी कृष्ण मिश्रले कुटपिट गदै स्थानीय मोबारक नदाफमाथि दुर्व्यवहार गरेका हुन्।, महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार गत चैत २३ ...
सेतोपाटी संवाददाता रोल्पा प्रहरीले अफिम नष्ट गरेको छ। परिवर्तन गाउँपालिकाका विभिन्न स्थानमा गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको हो। , जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार र मंगलबार करिब १८ हजार जति अफिमका बोट नष्ट गरेको हो। , प्रहरी नायब उपरीक्षक श्यामकुमार सारू मगरको  नेतृत्वमा खटिएको ३८ जनाको प्रहरी टोलील...
नवीनबाबु गुरूङ काठमाडौं सहरमा बग्ने नदीनालामा प्रदुषित पानी बग्छ। ढल मिसिँदा नदीहरू दुर्गन्धित छन्।, वसन्त ऋतुको आगमनसँगै नदीका किनारमा भने मनमोहक दृश्य देखिएको छ। धोवीखोला करिडोरमा बनाएका  विभिन्न पार्कमा अहिले फूलहरू फुलेका छन्।, हेर्नुस् तस्बिरहरू:, फूलैफूलले ढकमक्क धोवीखोला किनार (तस्बिरहरू)
रासस काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन।, काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारी साधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन।, बज...
सेतोपाटी संवाददाता बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।, पाटन नगरपालिका–१० का ४३ वर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएक...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले तीन दिन बितिसक्दा पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन।, मेयर बालेन शाहको निर्देशनअनुसार बुधबार पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।, ‘हामीलाई फोहोर उठाउनू भनेर निर्देशन नआएसम्म उठाउन ...
सेतोपाटी संवाददाता अवैध रूपमा अमेरिकी डलर बाह्य मुलुक लैजान लागेको आरोपमा तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा दुई बंगलादेशी र एक भारतीय नागरिक छन्।, प्रहरीका अनुसार बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडी मोफिजुल इस्लाम, ४७ वर्षीय देवासहिस कुमार साह र भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार पक्राउ परेका हुन्।, बंगलादेशी...
सेतोपाटी संवाददाता चितवनको टाइगरल्यान्ड होटलमा बुधबार आगलागी भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार बिहान ११ बजेदेखि लागेको आगो निभाउन पाँच दमकल पुगेका छन्।, आगो निभाउने क्रममा स्थानीय कृष्ण अधिकारी घाइते भएका छन्।, आगलागीको कारण र क्षति विवरणको विस्तृत जानकारी आइसकेको छैन।, अह...
सेतोपाटी संवाददाता नेटवर्किङ शैलीको व्यवसाय गरी ५५ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले एक जना महिलालाई पक्राउ गरेको प्रवक्‍ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३५ वर्षीया जुनुकला राई छिन्। उनलाई प्रहरील...
सेतोपाटी संवाददाता नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा थप एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्। , उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। , नेपालीलाई ...
सेतोपाटी संवाददाता झापामा लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। , कनकाई नगरपालिका-२ जामुनखाडी सिमसारबाट तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।, जामुनखाडी सिमसार बस्ने ४० वर्षीय भानु दाहाल, इलाम माई नगरपालिका-८ बस्ने ३९ वर्षीय आशबहाद...
सेतोपाटी संवाददाता स्रोत नखुलेको साढे १२ लाख नगदसहित एक जना पक्राउ परेका छन्। , काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , ललितपुरको गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो पक्राउ गरेको हो। , प्रहरी वृत्त जनसेवाबाट...
सेतोपाटी संवाददाता कैलालीमा सुत्केरी आमा र शिशुको मृत्यु भएपछि मृतक आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।, गोदावरीस्थित मालाखेती अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु भएको तीन दिनसम्म पनि मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।  , चिकित्सकको लापरवाहीका कारणले आमा र शिशुको मृत्यु भएको आफन्तको भनाई छ। सोमबार बिहान ग...
सेतोपाटी संवाददाता काभ्रेमा धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पनौती नगरपालिका–११ का ५२ वर्षीय विष्णुबन्ध थापा छन्। , जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार बुधबार बिहान ११ बजे विष्णुबन्धुले आफ्नी ९२ वर्षीया आमा कान्छीमाया...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन।, शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।, बालेनको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिव...
सविता बुढा कैलालीको धनगढी उपमहानगर निवासी पूजा कुँवर चौधरी बिहानको घरायसी काम सकेर सामुदायिक भवन पुग्छिन्। उनीमात्र होइन वल्लोपल्लो घरका अरू महिलाहरू पनि पुग्छन्। दिनभरि गर्ने कामको बाँडफाँड गर्छन्।, पात सुकाउने, पात गाँस्ने, सफा गर्ने, सिन्का बनाउने, मेसिन चलाउने लगायतका कामको बाँडफाँड हुन्छ। समूहका केही सदस्य जंगलमा...
एजेन्सी सामाजिक सञ्जाल ट्विटरले बेलायती प्रसारण संस्था (बिबिसी) लाई सरकारले पैसा दिने मिडिया भनेपछि बिबिसीले आपत्ति जनाएको छ।, बिबिसीका अनुसार ट्विटरले बिबिसीको भेरिफाइड खाता @BBC लाई सरकारले पैसा दिने मिडिया भनेर लेबल गरेको छ।, एक वक्तव्य जारी गर्दै बिबिसीले आफू एक स्वतन्त्र संस्था भएकाले सरकारले पैसा दिने भनी ट्विटर...
सेतोपाटी संवाददाता पाल्पा जिल्लामै सरकारी तवरमा सबभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ।, निर्माण कार्य सुरू भएको करिब आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ।,  , नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्।, यस अस्पताल २०७२ सालमा पचास शय्यामा...
सेतोपाटी संवाददाता कैलालीमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। , आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको हो।, दुर्घटनामा परी गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६ ...
एजेन्सी निर्वासनमा रहेका तिब्बती धर्मगुरू दलाई लामाले हालै भएको एक घटनामा माफी मागेका छन्। भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।, उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बाल...
रासस छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ। , प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद सजाय सुनाएको हो। , यस्तै १५ हजार ज...
सेतोपाटी संवाददाता २० हजार घुस रकम सहित एक जना इन्जिनियर पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय इटहरीले एक जना इन्जिनियरलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए, बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका हुन्। , उनले घर नक्सा पास गराउन सेवाग्राहीसँग घुस मागेका थिए। , उक्त खबर...
नारायण खड्का चैत २२ गते बिहान साढे नौ बजेतिर रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ का ४१ वर्षीय तारामान बुढा र श्रीमती ग्वारी बुढाले चार छोरी र दुई छोरा सँगै बसेर खाना खाए।  , विद्यालय बिदा थियो। खाना खाइसकेपछि १० वर्षीया साइँली छोरी रिना र ८ वर्षीया कान्छी छोरी कालीमायाले बुवा आमालाई आफूहरू सिस्नो र निगुर...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ६ मा बस्ने २० वर्षीय कादिर मोमिन छन्।, प्रहरीका अनुसार कादिरले सामाजिक सञ्जालमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिलाको शरीरको तस्बिर जोडेर अश्लिल शब्द लेखी तस्बिर र भि...
सेतोपाटी संवाददाता आफैले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सुनाइएको छ।, जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको इजलासले उनलाई १८ वर्ष एक महिना कैद सजाय सुनाएको हो।, स्रेस्तेदार विष्णु पाण्डेका अनुसार चटौतबाट पीडितलाई ८ लाख क्षतिपूर्ति भर...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ।, कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको छ।, नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वज...
रासस बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ।, आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ।, आगलागीबाट २ बाख्रा र केही कुखुरा जलेको गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष टीकानाथ यादवले बताए।, उनकाअनुसार सोमबार दिउँसोदेखि सुरु भएको आगलागी बेलुकी नियन्त्रणमा आ...
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमण अझै केही दिन बढ्ने बताए।, 'अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,' उनले भने, 'त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनुप...
रासस विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ।, नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। , मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको डिएसपी थापाले ब...
सेतोपाटी संवाददाता नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको भिडिओ बाहिरिएको थियो। , तीमध्ये बोग...
रासस मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा  अस्पतालमै बन्धक छिन्।, गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो। , उपचार भएपछि उनलाई अस्पता...
एजेन्सी अमेरिकाको केन्टकी राज्यमा एक जना बैंकका कर्मचारीले गोली हानेर पाँच जना सहकर्मीको हत्या गरेका छन्।, द न्युयोर्क टाइम्सका अनुसार लुइभिल सहरको ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन्।, गोली लागेर बैंकका बरिष्ठ उपाध्यक्षको पनि मृत्यु भएको छ।, घाइते भएका ८ जनामध्ये दुईको अवस्था गम्भ...
सेतोपाटी संवाददाता सार्वजनिक स्थानमा हतियार प्रर्दशन गरेको अभियोगमा पक्राउ परेका युवामाथि बाँके प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने भएको छ।, नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले चक्रे मिलन समूहका युवा गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको थियो।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामब...
सेतोपाटी संवाददाता प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। , मंगलबार बिहान ८ बजेतिर माण्डवी गाउँपालिका–५ रम्दीमा ट्र्याक्टर दुर्घटनामा परी नौबहिनी गाउँपालिका–१ ठूलागाउँका २५ वर्षीय दुर्गा विकको मृत्यु भएको छ।, जिल्ला प्र...
सविता बुढा बाजुराको गौमुल गाउँपालिकाले मदिरा सेवन गर्न अनुमति दिने कार्ड लागु गरेको ५ वर्ष पुगेको छ। यो गाउँपालिका बाजुराको विकट क्षेत्रमा पर्छ।, मदिराकै कारण स्थानीयहरूले ज्यान गुमाउने, हिंसामा पर्ने घटना धेरै भएपछि गाउँपालिकाले यो कार्ड लागु गरेको थियो। , अध्यक्ष हरिबहादुर रोकायाका अनुसार मदिरा सेवनमा उक्त नियम लागु...
नवीनबाबु गुरूङ चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अघि बढाएको भन्दै प्रदर्शन भएको छ। , मंगलबार दिउँसो माइतीघर मण्डलामा चिकित्सा शिक्षाका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। , चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेशको अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक...
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ। , दिउँसो पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको ...
नारायण खड्का पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा बिहीबार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ।, स्थानीय दुई किशोरी ती बालिकाहरूको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।, स्थानीय ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढाको हत्यामा संलग्न र...
सेतोपाटी संवाददाता ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।, नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन्।, एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थ...
सेतोपाटी संवाददाता सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु भएको छ। , बोदेबर्साइन नगरपालिका-६ खामगडा बस्ने ५५ वर्षीय छठु महतोको शनिबार दिउँसो मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहका अनुसार उनका ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गरेका कारण छठुको मृत्यु भएको परिवारको आरोप छ।, उ...
रासस गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन्। , प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई  गाईघाटबजारको मुख्य ...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ।, काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो। , यसअघि चैत २२ गते सुनुवाईका लागि पेशी तोकिएपनि समयअभावका कारण सुनुवाई हुन सकेन। आज तेस्रो नम्बरमा रह...
एजेन्सी चीनमा पुरानो भनाइ छ- बाँदरलाई तर्साउन कुखुरालाई मार।, यो भनाइले शक्तिशालीलाई तर्साउन निर्धोको नष्ट गर भन्ने बुझाउँछ।, यो भनाइलाई व्यवहारमा कार्यान्वयन गरियो भने के हुन्छ? चीनमा एक व्यक्तिले यस्तै गरेको घटना सार्वजनिक भएको छ।, सिएनएनका अनुसार चीनको हुनान प्रदेशको हेङ्ग्याङ काउन्टीको एक अदालतले छिमेकीको ११ सय वट...
सेतोपाटी संवाददाता हाम्रोबजार डट कम अनलाइन वेबसाइटमा आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए। , हुम्ला सिमिकोट गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बा...
सेतोपाटी संवाददाता धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ।, आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको छ।, ‘हेलिकप्टर फोर्स ल्याण्डिङ’ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख, डिएसपी मदन कुँवरले सेतोपाटीलाई जानकारी दिए।, उक्त हेलिकप्टरमा एक जनामात्रै पाइ...
मन्दिरा घिमिरे देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।, सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्छ।, मेयर बालेनले फोहोर उठाएर स...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्। , गत शुक्रबारको मन्त्रिपरिषदको निर्णयअनुसार डिआइजीबाट बढुवा भएका चार जना एआइजीले आइतबार दर्ज्यानी चिन्ह पाएका हुन्। , प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादु...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश भएको छ।, आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हो। , लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाल...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो।, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डो...
सुसन चौधरी ललितपुरको सानेपास्थित द हेरिटेज गार्डेनमा १० औं अन्तर्राष्ट्रिय नेपाल ट्याटू कन्भेन्सन २०२३ भइरहेको छ। उक्त कन्भेन्सन गत शुक्रबारदेखि सुरू भएको हो। आज कन्भेन्सनको अन्तिम दिन हो। , द नेपाल ट्याटू प्रालिको आयोजनामा भइरहेको ट्याटू कन्भेन्सनमा नेपालीसहित अमेरिका, जर्मनी, भारत, स्वीजर्ल्यान्ड, स्पेन, फ्रान्स लगा...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोबाट सालकको खपेटासहित दुई जना पक्राउ परेका छन्। , आइतबार बिहान १० बजे ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।, पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६...
सेतोपाटी संवाददाता दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।, घोराही उपमहानगरपालिका-१६ बैरबुटाका २१ वर्षीय भुवन डाँगी र घोराही-१० नारायणपुरका २० वर्षीय प्रवेश रोका पक्राउ परेका हुन्। , उनीहरू दुबै जना बैरबुटाको शिवशक्ति टोलबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उ...
सेतोपाटी संवाददाता वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। , पक्राउ पर्नेमा सूर्यज्यो...
सेतोपाटी संवाददाता चितवनकै सर्वाधिक धनराशीको ‘एक्सपर्ट क्वीज च्याम्पियन–२०२३’ को उपाधि भरतपुरको अरोमा कलेजले जितेको छ।, आइतबार भएको फाइनल प्रतिस्पर्धामा चार वटा कलेजलाई पछि पार्दै अरोमा कलेजले उपाधि जितेको हो। , अरोमाले उपाधिसंगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त गर्‍यो। अरोम...
विवेक राई दुई सातायता नेपालमा कोरोना संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढिरहेको छ। काठमाडौं उपत्यकाका टेकु अस्पताल, वीर अस्पतालमा अहिले बिरामीको संख्या दिनदिनै थपिइरहेको छ।, आइतबारसम्मको तथ्यांकअनुसार वीर अस्पतालमा ९ जना र टेकु अस्पतालमा ३ जना कोरोना बिरामी उपचाररत् छन्। वीरमा उपचाररत् ९ जना बिराम...
सेतोपाटी संवाददाता आफ्नै साथीको फोटो राखेर नक्कली फेसबुक अकाउण्ट खोल्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, महिलाको तस्बिर राखेर नक्कली फेसबुक अकाउण्ट प्रोफाइल बनाई ठगी गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ घर भएका २६ वर्षीय विश्व शर्मालाई नियन्त्रणमा ...
सेतोपाटी संवाददाता रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , गुप्ताले गैरकानुनी रूपमा सम्पत्ति आर्ज...
सेतोपाटी संवाददाता ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट होटल तथा अपार्टमेन्टका कारण वरपरका केही घर भासिएपछि प्रभावित व्यक्तिहरूको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोड रूपैयाँको उद्धार कोष स्थापना गर्ने निर्णय भएको छ।, ललितपुर महानगरपालिकामा आइतबार बसेको सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो।, बैठकले समिटका...
रासस सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।, पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो।  , मोटर...
रासस राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो। , यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन्। , करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्ल...
राजेश घिमिरे अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले आइतबार साँझ सुँडबाटै करिब डेढ सय लिटर पानी खाएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। , मंगलबार राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनदेखि आफैं खान सकेको थिएन। ...
रासस बिजुलीको लाइन विस्तार गर्ने क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्।, नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी) ले आइतबार अवरोध गरेको हो।, प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार हुलाकी सडकखण्डको कालो पुलदेखि ...
रासस म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। , भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन्।, विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन्। , जिल्लाका ४५ कृषकलाई केन्द...
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने जानकारी दिएको छ। , गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एकदुई स्थानमा भने मेघगर्जन ...
सेतोपाटी संवाददाता विगत ३५ वर्षदेखि शैक्षिक सामग्री प्रकाशन गरेर विशिष्ट पहिचान बनाएको निमा पुस्तक प्रकाशनले अब मेडिकल प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। , चिकित्सा क्षेत्रको एमबिबिएस, बिडिएस, नर्सिङ, पारामेडिकल शैक्षिक कोर्सहरूको तयारी कक्षा सञ्चालन काठमाडौंको प्रदर्शनीमार्गस्थित निमा मेडिकल इन्ट्रान्स ...
सेतोपाटी संवाददाता दाङस्थित राप्ती नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी छ।, बिहीबार अपराह्न ४ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित राप्ती नदीमा नुहाउने क्रममा १३ वर्षीय विवेक सुनार डुबेर बेपत्ता भएका थिए।, नदीमा ४ जना बालक नुहाउन पसेको र त्यसमध्ये एक जना डुबेर बेपत्ता भएका थिए।, इलाका प्रहरी का...
रासस काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन बाँकी स्थानमा पाइप बिछ्याउन सुरू गरिएको छ।, केही वर्ष पहिले बिछ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरू गरिएको हो। , यसअघि एसियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप बिछ्याइए...
सेतोपाटी संवाददाता रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका-७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिए। बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।, दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी...
रासस सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ।, पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्‍याएको थियो। , बाढीबाट प्रभावित याङ्ग्र...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। , जल  तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागमा मौसम सामान्तया सफा रहेको छ। , दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित...
सेतोपाटी संवाददाता भौगोलिक कठिनाइ र विभिन्न औपचारिक क्षेत्रका कार्यालयहरूमा पुग्न सहज वातावरण नभएकाले अपांगता भएकाहरू न्यायको पहुँचमा पुग्न नसकेको निष्कर्ष निकालिएको छ।, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपांग महासंघले संयुक्त रूपमा गरेको अध्ययनबाट न्याय माग्न जाने ठाउँसम्म पुग्नै अवरोध भएको निष्कर्ष निकालिएको हो...
राजेश घिमिरे इच्छाकामना गाउँपालिकाको कोयलघारीमा हुर्केकी सुशीला गुरूङ ३ वर्षअघि विवाह गरेर भरतपुर महानगरपालिकाको चौकीडाँडा पुगेकी थिइन्।, महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने चौकीडाँडालाई सहरनजिकै रहेको पर्यटकीय गाउँ भनेर चिनिन्छ।, विवाह गरेर यहाँ आउँन लाग्दा उनले दुःख कम हुने ठानेकी थिइन्। तर उनले सोचेजस्तो पाइनन् चौ...
प्रियंका रानी जोशी (यसपालि, ,'महिनावारीका कुरा', मा हामीले मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीको अनुभव समेटेका छौं। काठमाडौंमा जन्मेकी २५ वर्षीया प्रियंकाले सन् २००५ मा पूर्व मिस नेपाल सुगारिका केसीले टेलिभिजनमा फरर बोलेको देख्दा मनमनै आफू पनि मिस नेपाल बन्ने सपना बुनेकी थिइन्। तर परिवारमा कोही पनि ग्ल्यामर क्षेत...
सेतोपाटी संवाददाता रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। , परिवर्तन गाउँपालिका–१ कुरेलीका ४५ वर्षीय बुद्धिबल बुढा मगरको घर नजिकै भिरबाट लडेर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार बिहान १० बजेतिर उनी घरदेखि दक्षिण दुई किलोमिटरको दूरीमा रहेको रिमुली गैरा जंगलमा एक्लै झ्याँक्रा काट्न भने...
सेतोपाटी संवाददाता दशनामी संन्यासीहरूको मृत्युपछि उनीहरूको पार्थिव शरीर समाधिस्थलमा गाड्ने परम्परा छ। त्यही परम्परा मान्दै मंगलबार एक वृद्ध व्यक्तिको शव भक्तपुर नगरपालिकास्थित हनुमानघाटको समाधिस्थलमा गाड्न लगिएको थियो।, शव गाड्ने ठाउँमा काठमाडौं उपत्यका विकास प्राधिकरणले धमाधम संरचनाहरू निर्माण गरिरहेको थियो। यो प्राध...
सेतोपाटी संवाददाता रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरूद्ध पक्राउ पुर्जा जारी गरिएको छ।, आफ्नो नाममा अरूलाई नै एसइई परीक्षा दिन लगाएको आरोपमा उनीमाथि थप अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरिएको हो।, जिल्ला अदालत रौतहटले शुक्रबार कानुविरूद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका ...
सेतोपाटी संवाददाता प्रहरीले सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका २३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ। , शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गरेका २३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए।, उनका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र १२ जना पुरू...
निशा भण्डारी काठमाडौंको तीनकुने गैरीगाउँको सुकुम्बासी बस्तीका बासिन्दाले बाटो बन्द गरेका छन्।, काठमाडौं महानगरपालिकाले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै त्यहाँका संरचना भत्काउन शुक्रबार दिउँसो डोजर पठाएको थियो।, उक्त क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी पनि परिचालन गरिएको छ।, तस्बिरहरू:, घर भत...